~बूँद राना~
फेर्नलाई सधैँ लुगा फेरेको छ मुलुकले
नयँ लुगा भन्दै कोरा बेरेको छ मुलुकले।
भुइँको त्यो भुइँचम्पा हरायो रे, बिलायो रे
फर्किन्छ कि भनी बाटो हेरेको छ मुलुकले।
सेतो सारी सेतै कोरा गन्ने गरे थाहा होला
सपनामा घाँटी कति सेरेको छ मुलुकले?
‘दुई दुना चार भयो’ भनेर उम्किनु कहाँ
वाक्के बस्ने सवालले घेरेको छ मुलुकले।
लत्पतियो ‘बूँद’ आज बिहानीको सिन्दुरमा
लाग्छ, कालो इतिहास केरेको छ मुलुकले।
(श्रोत:- अन्तर्जाल)