कथा : चक्रव्युह

~प्रदिप सुबेदी~

मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो।

माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। के गर्नु आफ्नो त भाग्य नै छैन यसरी बुढीसँग मस्किदै हिंड्ने। कहिले कहाँ पुग्नु परेको छ् कहिले कहाँ , लाग्छ कुनै जुनिमा गरेको पापको फल अहिले भोग्नु परेको छ। मैले यसरी बिदेस आएर काम नगरेको भए मेरो घरको चुलोमा आगो बल्ने थिएन न त भाइबहिनीले पढ्न पाउथे आखिर आफ्नो रहर अधुरै राखेर भए पनि परिवार लाई खुशी राखेकोमा गर्ब गर्छ उसले तर मनमा भने खै किन हो एक किसिमको सुस्वाट सुस्ताइरहेको थियो।

यती बेला ऊ लिफ्ट चढेर मेट्रो चढ्ने प्लेट्फर्ममा पुगिसकेको थियो। आज पब्लिक होलिडे दुबइको मेट्रो निकै भरिभराउ छ् सबै तछाड मछाड आफ्नो आफ्नो गन्तब्य तताइरहेका छन।कोहीकोही आफ्ना जोडीसँग मस्किदै हिंडेका छनकोही आफ्नो समुह लिएर गफ छाट्दै हिंडेका छन, उ भने यत्रो भिडमा पनी आफुलाई एक्लो महसुस गर्छ सबै भएर पनि उस्को लागिकोही छैनन या त ऊ कसैको आबस्यकतामा पर्दैन। मेट्रो आईपुग्छ सबै ठेलमेल भित्र पस्छन निस्कने निस्किन्छन। अती ब्यबस्थित छ् दुबइको मेट्रो, धेरै कुर्नु पनि पर्दैन हरेक ५ मिनिटमा ठ्याक्कै ओराल्ने र चढाउने गर्छमान्छेहरुलाई। वा यस्तो पो देस आखिर कुन जुनिमा होला मेरो देस यस्तो ? भाषाण गर्नेले त १० बर्षमा स्विजरल्याण्ड बनाउछौ भन्थे तर ६ बर्ष सम्मा ढुकुटी रित्याउदा पनि संबिधानसम्मा पनि लेखेनन अब त झन कुर्चिको खेलमा फस्दै छ् मेरो देस अनी यस्तो देसका म जस्ता नागरिकले बिदेसमा दु:ख नपाए कस्ले पाउछ त ? उस्को मनमा निरासमात्रै भरिन्छ आफ्नो प्यारो देस सम्झिदा। मनमा यस्तै कुरा हरु खेलिरहेका थिए ऊ झर्ने स्टेसन पनि आएछ।

ऊ सरासर एउटा दोकानमा पसेर रेचार्ज कार्ड किन्छ। अनि मिसकल हानेको भाइलाई कल गर्छ। उताबाट भाइले १२ क्लास पास गरेको खबर सुनाउँछ। उस्का हल्का चाउरिएका गालामा एक पल मुस्कान छरिन्छ। अनि फिस्स हाँस्दै भाइलाई बधाई दिन्छ तर भाइले उर्दी लगाएको बीए भर्नाको लागि फिको मागले एकैछिनमा झसँग हुन्छ। हैन बिदेसमा त पैसाको बोटै फल्छ भन्ठान्छन् कि के हो यिनीहरु- फोन राखेसी एक्लै थन्थनाउँछ ऊ। सम्झिन्छ जिन्दगीलाई फर्केर दुबइ छिरेको पनि ठ्याक्कै ८ बर्ष लागिसकेछ अझै नेपाल नगएको त अब अर्को महिनामा ५ बर्षा लाग्छ। सबैले दुबइको रामझममा भुलेर घर जादैना भन्छन तर कस्लाई के थाहा उस्को ब्यथा।

पाँच बर्ष अघिसम्म उस्मा जोस थियो जिन्दगी जित्ने रहर थियो सधैं साथी भाइ लाई भन्थ्यो शायद अब म धेरै बिदेस बस्दिन होला। उस्की प्रियासी शोभाले भनेकी थिइ- तिम्रो बाटो कुरेर बसेकी हुनेछु। सधैं हाम्रो जिन्दगीको मधुमासको लागि तिमी छिट्टै फर्केर आऊ प्रदिप। उस्लाई त्यतिबेला आँफैले बोकेको १० किलोको झोला पनि पृथ्वी जत्रो ठुलो र गर्हौ लाग्यो तर पनि गर्नु के, मानिसको सबै भन्दा ठुलो सत्रु भनेकै गरिबी रहेछ। पाइताला भरी काँडा बिझेको आभास भएथ्यो उस्लाई त्रिभुबन बिमान्स्थलमा बिमान चढ्दा अनी सिन्दुर हालेर सात फेरो घुमेर आफ्नी बनाएकी जिबन सङिनी सोभालाई हात हल्लाउदै बिदाइ गर्दा। आखिर के थाहा उस्लाई त्यो हल्लाएको हात नै अन्तिम थियो भनेर।
दुबइ आएसी एकदमै खल्लो महसुस गरेको थियो उसले। सधैं गर्ने काम पनि नयाँ लाग्थ्यो, सधैं हास्ने बोल्ने साथीहरु पनि नौला लाग्थेमात्रा ऊ हरपल सोभाको बारेमा सोचिरहन्थ्यो। सकेसम्मा दिनको एक्पटक त फोन गर्थ्यो तर सधैं पैसाले साथ नदिदा हप्तामा एक्फेरी त फोन गर्थ्यो अनी छिट्टै गाउमै फर्केर केही गरी सँगै बस्ने कुरा हरु गरिरहन्थ्यो सोभासँग ऊ। परिवारको जेष्ठ छोरा कर्तब्य अनी परिवारको भबिस्य पनि उसैको काँधमा थियो।

महिनै भरी खटिएर दु:ख गरेर काम गर्थ्यो अनी तलब आएसी भाग लगाउथ्यो। यसरी उस्का दिन बित्दै गए उता उस्की प्रियासी शोभा पनि सधैं उस्लाई मिस गरिरहन्थी। दुबै जना सधैं मिस कल हानेर कुरा भएको आनन्द लिन्थे आखिर पैसा नै रहेछ सबैथोक। बेला बेलामा सोभाले उस्लाई सुनाउथी पल्लाघरेमास्टरकी श्वासनिले कत्रो सुनको सिक्री लगाएर हामीलाई देखाउदै हिन्ड्छे। हेर्नु न त्योमाथिकी मन्जुले बिहे गरेको ८ महिनामै छोरो पाइछे आफ्नो त के हो के तपाईंलाई सधैं पैसाकै चिन्ता छ् घरपरिवार कै चिन्ता छ् आफ्नो बारेमा सोच्ने हैन ?? उसले मुसुक्क हासेर भन्थ्यो शोभा पर्ख न केही महिना अरु हाम्रा पनि दिन आउछन क्या !! मन भने अमिलो हुने गर्दथ्यो ति सबै कुरा सुनेर।

बाबुलाई क्यान्सर छ् औषधी गर्ने पैसा छैन, भाइहरुको कलेज् फि तिर्नु छ् फेरी आमालाई ब्लोड प्रेसरले सताएको छ् उता भर्खरै बिहे गरेकी श्रीमतीका रहर हरु खाली छन सोच्थ्यो मेरो जस्तो जिबन त कसैले पनि जिउन नपरोस। तै पनि आफ्नो कर्तब्यबाट बिचलित भएन ऊ। सधैं काम मेहनतले गर्दथ्यो अनी उस्को कामले कम्पनिमा तलब र पोजिसन पनि बढ्दै गएको थियो। सोच्थ्यो अझै राम्रो गर्नु छ् अनी पैसा कमाएर आफ्नो घर परिवार अनी शोभा लाई खुशी पार्नु छ्। दिनमा १८ घण्टा सम्मा काम गर्दथ्यो उसले। पसिना का धारा तरर निस्केर पाइताला सम्मा पुग्थे गर्मी का दिनमा तैपनी भोली आउने खुशी सम्झेर ऊ कुनै दिन काममा पछी हटेन गर्दै गयो। आजकल सोभाले पनि निकै गुनासो गर्न थालेकि थिइन ऊसँग तेरो आमाले यस्तो भनिन, तेरा भाइहरु यस्ता, मलाई यस्तो दु:ख दिने भए किन बिहे गरेको आदी इत्यादी तैपनी ऊ चुप्चाप काममै ब्यस्त रहने गर्थ्यो समय सँगै सबै कुरा ठीक हुनेछ भन्ने विश्वाश बोकेर आफ्नो कर्मा भुमिमा रात दिन पसिना बगाइरहेको थियो।

समय आफ्नै रफ्तारमा थियो भने ऊ आफ्नै परिस्थितिमा रुमल्लिरहेको थियो। भन्छन नि समय सँगै बहेको हावाले सिठ्ठी फुकेर ल्याउदैन बिपत। उस्को जिबनमा पनि एका एक यस्तो हुरी लाग्यो कि जस्ले बर्सौ सम्मा सङालेर राखेका सपना हरु उडाइदियो। एकाएक आगो लाग्यो उस्को रहरहरुमा अनी हेर्दा हेर्दै खरानी बने ति सारा उसले चाहेका खुशी हरु। शोभाले बाटो तताइछिनमाथिल्लो गाउँको दिनेससँग। थाहा भएन या त उसलेमाया दिन जानेन या त शोभाले चाहेको खुसी उस्को आँगनमा थिएन। ऊ बेहोस् भएको थियो त्यो दिन जुन दिन उस्को भाइले फोन गरेर भाउजु पोइला गएको जानकारी दिएको थियो। उस्लाई बाँच्न मन त पटक्कै लागेको थिएन त्यो दिन तर पनि मजबुरी नैमाहत्मा गान्धिको अर्को नाम भने जस्तै बिरामी बाबु आमाको अनुहार अनी ति चिचिला भाइ बहिनीको अनुहार सम्झेर आफ्नो मनमा उर्जा थपेर परान धानेको थियो उसले।

त्यसपछि ऊ नेपाल गएको छैन झन्डै पाँचै बर्ष पुग्नै लाग्यो। बिहान उठ्यो हतार हतार मेट्रो चढेर काममा पुग्यो फेरी राती ८ / १० बजेतिर लखतरान परेर फर्कियो यसरी नै उस्का दैनीकी चलिरहेको छ्। घरबाट आमाले हजार चोटि घर आउने बिन्ती गरिन तर पनि उसले सधैं छुट्टी मिलेन भनेर ढाटिदिन्छ। गाउँतिर त उतै दुबइमा बिहे गरेर बसेको छ् रे भन्ने सम्मको हल्ला पनि नचलेको हैन बेला बेलामा आमाले गुनासो सुनाउछिन उस्लाई। उस्को अरु सपना छैनमात्रा घरको रिन तिर्ने अनी भाइहरुलाई राम्रो बाटो देखाउने तर यो सपना उसले रातदिन खटेर काम गर्दा पनि सम्भब भाइरहेको थिएन। एक किसिमले जिबन देखी नै हारेको महसुस गर्थ्यो ऊ , न त खोजेको भेट्थ्यो न त सोचेको पुग्थ्यो उस्को जिन्दगी आँफैलाई बोझ लागेको ठान्दथ्यो ऊ।

उस्को मानसपटलमा बिगत घुमिरहन्छ धमिलो छाँया बनेर। पल्लघरे नबिनले कती राम्री श्वासनी बिहे गरेको छ् रे ,माथिल्लो गाउको भरतले पनि बिहे गरेर छोरो पाइसकेछ् तल साइला बा कि छोरी सिताले पनि बिहे गरेर उतै अमेरिका तिर गै रे बुढासँग यस्तै यस्तै खबरहरु सुन्दा उस्को मन झन भक्कानिएर आउछ। के गल्ती गरेको रहेछु र मैले आज पल पल पिडा हरु बोकेर बाँच्नु परिरहेछ् मलाई। फेसबुकमा साथीहरुले अप्लोड गरेका फोटा हरु हेर्दा पनि डाह लागेर आउछ। ति फोटाहरुले जिस्काइरहेको भान पनि हुन्छ। आखिर जिबन न हो भोग्नै पर्ने रहेछ जे जस्तो परेपनी म दुखी छु त के भो दुनियाँ सारा खुशी छ् म तिनै खुशी हरु हेरेर हाँस्न सिक्नु पर्छ प्रदिप आँफैले आफ्नो मनलाई सम्झाउछ।

टिविट टिविट फेरी उस्को मोबाइलमा मिस कल बज्छ। फोन त कस्ले गर्छन् र मलाई उही मिसैकल त हुन नि। यसपाली भने उसले मोबाइल निकाल्दैन। यतिबेला ऊ डेरा बिचको कीनारमा बसेर पानीको छाल हरु नियाल्छ। जसरी छाल्हरु संगै पानीका फोकाहरु तरंगिरहेका छन उसै गरी उसको दिमाखमा बिगत देखी बर्तामान तरंगीरहन्छ। उसको नजिकै एक हुल ठिट्टा हरु गफिएका छन कान तेतै पुराउछ उनिहरु आफ्ना गाउका, तरुनि तन्नेरिका गफ गरिरहेका हुन्छन। उस्का मनमा पनि रहर भरिन्छन यसरी साथीभाइसँग गफिने तर पनिकोही छैन यहाँ उस्को लाई वा ऊ कसैको हैन। अली पर एक जोडी चौरमा बसेर मस्किरहेका छन, बिस्तारै साँझले आफ्नो पाइला बढाइरहेको छ्। या जाडो पो बढ्न थालेछ् यार आँफैलाई भन्छ। जुरुक्क उठेर चिया खानु परो भन्दै पसल तिर लाग्छ।
मोबाइलमा फेरी घन्टी बज्छ यसपाली भने कलै रहेछ। झिकेर हेर्छ आफ्नो रुम मेटको रहेछ। हैन ! प्रदिप तिमी कता हराएको यार म आइसके एक बोटल पनि ल्याको छु बरु तिमीले आउँदा चिकेन फ्राइ लिएर आउ है अब चिरिप्प पार्नुपर्छ। उसले हुन्छ भनेरमात्रै फोन राखिदियो। प्लस्टिकको कपमा आधामात्रै पिएको चिया छोडेर ऊ निस्कियो त्यहाबाट। हाबा सिर्र सिर्र लागेको थियो सडकमा गाडीहरु तेज कुदिरहेका रहेका थिए। साँझ झिसमिस हुँदैथियो गगन्चुम्बी महलहरु बिजुलिका झिल्का बिभिन्न रंगमा छाडेर मस्किदै थिए। ऊ बर्जुमान स्टेसनमा उत्रियो अनी लर लर पाइलाहरु लम्काइरहयो सधैं झै उही गतिमा। मनमा मेट्रोको गती भन्दा पनि छिटो कुरा खेलिरहेका थिए। ऊ पर बर्जुमान टावरबाट आएको झिल्मिल प्रकाशले उस्लाई जिस्काइरहेको थियो ए परदेसी !! ए परदेसी कहाँ जादैछौ …………. ??

(श्रोत्:-Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.