दण्डहीनता

~बिन्दु लामा~

युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष चासो राखे । छलफलमा धेरैजसो युवाको नै सहभागिता थियो । देशको मेरुदण्ड अर्थात् विकासका कर्णधार भनेकै युवानै भएको हुँदा जोसिला र फूर्तिला युवा नै अग्रसर जागरुक देखिन्थे । छलफलमा आ-आफ्नो विचार व्यक्त गर्ने क्रम चलिरहेको थियो । निडर र दक्ष युवा अगुवा रामकेशवले बोल्यो -’हाम्रो देशमा अपराध किन बढ्छ भन्दा आफै बोक्सी आफँै झाँक्री बन्ने परिपाटीले गर्दा हो भनेर भन्दा फरक नपर्ला । उदाहरणको लागि अछाममा एक महिलामाथि सामूहिक बलात्कार भयो तर सोझालाई जेल हालियो भनियो । विशेष उक्साउने र आफैँ पनि शिकार गर्ने शिकारीलाई चँै कारवाही गर्नुको साटो बरु उल्टै संरक्षणका साथै निर्दोष सावित गरेर राखियो । कारवाही सबैलाई गरिनुपर्छ, सबैलाई हुनुपर्छ । चाहे जो कोही होस् । कानुनको कठघरामा उभ्याउनु पर्छ अपराधीहरूलाई .. । निर्दोषलाई दोषीलाई बनाई दोषीलाई निर्दोषको तक्मा लगाइदिने ऐन नियम छ यो देशमा । यो त्यसैले अपराध बढ्छ् ।

फूर्तिका साथ हरिशंकर बोल्यो -”हो, रामकेशवजीले कुरो सही गर्नुभो’ । देशमा निर्धा, निमुखा, दुःखी र गरिबलाई मात्र कानुन लाग्छ । जसले जे गरे नि हुन्छ भन्ने परिपाटी बसेको छ । त्यसैले युवा साथीहरू हामीले अब देश व्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्छ । सफल पार्नको लागि हामी सबैले भूमिका खेल्नुपर्ने समय आएको छ । हो । त्यसैले सबैको सहमति छ कि छैन ? धेरैको एकै आवाज भो । सहमति देखियो । भेलामा उपस्थित एक व्यक्तिलाई भने नराम्रोसँग चस्का परेछ क्यार । शङ्कालु पाराले सबैतिर हेर्दै ऊ आफ्नो बाटो लाग्यो । सबैले ऊ गएतर्फ हेरिरहे । उसलाई बोलाएर अन्तक्रियाका लागि सहमत गराउन कसैले पहल गरेन । दण्डहिनताको जरो कतै यस्तै र यतैसम्म फैलिएको त छैन ?

(श्रोत:-शनिबार – गोरखापत्र – आश्विन ९, २०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.