कथा : चक्कुले नच्यातिएको कुमारी झिल्की !!

~अर्चना पोखरेल~

हेल्लो !अर्चना जी नमस्ते।

नमस्ते।

के म हजुरसँग कुरा गर्न सक्छु?

अवश्य।

तपाईंका सबैजसो कविताहरु पढेको छु।तपाईंको एउटा ‘उत्तेजित लिङ्गको लौरो टेकेर ‘शीर्षकको कविता पढेपछि तपाईंसँग केही कुराहरु गर्न मन लागेको थियो।तपाईं ब्यस्त हुनुहुन्न भने एकछिन मसंग कुरा गर्न राजि हुनुहुन्छ?

हजुर भन्नुस् न।म कुरा गर्न तयार छु।

तपाईंको लेखन त साँच्ची अराजक नै छ। आफैलाई पनि ‘अराजक अर्चु’ भन्नुहुन्छ,यथार्थमा पनि तपाईं अराजक नै हुनुहुन्छ हो? हजुरलाई कस्तो लाग्छ? खै म कसरी भनूँ र? २८ वर्षसम्म आफैंलाई त चिन्न नसकेर यो कन्फ्युजन नै कन्फ्युजनमा बाँचेको मान्छे म! कहिले नदेखेको,कहिले नभेटेको तपाईंको बारेमा कसरी गेस गर्न सक्छु र!

मेरो सबै कविताहरु पढ्नु भएको रहेछ मेरो वाल पनि त हेर्नु भएकै होला।अनि त्यति धेरै कुरा पढिसकेपछि दिमागमा यो केटी यस्ति चैं होला भनेर एउटा इमेज त बनाउनु भ’को होला नि त!

नचिनेको,नजानेको मान्छेको इमेज दिमागमा बनाउने फुर्सद नै मसँग कहाँ छ र?

ए त्यसो पो?अनि त्यस्तो बिजी मान्छे अहिले चै कुरा गर्ने समय कसरी मिलाउनु भयो नि?

मान्छेले चाह्यो भने के के त गर्न सक्छ!आफूले कुरा गर्न चाहेको मान्छेको लागि समय निकाल्नु कुन चैं महाभारत हो र!

हो र?

हो नि। बरु माइण्ड गर्नुहुन्न भने एउटा कुरा भन्नु न ल!

के कुरा?

तपाईं कहाँबाट हो?

काठमाण्डौ।

कुन ठाउँ नि काठमाण्डौको?

बानेश्वर।

पूरानो कि नयाँ?

हैन तपाईँलाई यो सबै किन आवश्यक पर्यो?

किन भन्नु हुन्न र?

हुन्न भने ठिकै छ नि त नभन्नुस्।

हुन्छ । किन नहुनु। लौ सुन्नुस् मेरो ठेगाना: नयाँ बानेश्वर,तारामार्ग घर नम्बर १६०५,चाइनिज इंटाको घरको दोश्रो तलाको बाटोपट्टि झ्याल भएको कोठा।

हे हे हे हे हे………! तपाईंले त डिटेलमा नै भन्नु भयो । मैले त यति साह्रो सोधेको हैन नि त।

कति साह्रो सोध्नु भ’को त हजुरले?अब सबै लोकेशन पनि पाउनु भो कोठाको,आँट छ भरे आउनुहोस् अब।

मैले कोठामा आउँछु भनेको छु र? त्यसरी नरिसाउनुस् न।ठिकै छ भन्न मन छैन भने नभन्नुहोस्। मलाई कर गर्न मन पनि पर्दैन।

हो र? हजुरलाई के गर्न मन पर्छ त त्यसो भए?

एउटा कुरा सोध्न मन लागेको छ।

खालि एउटा मात्र भन्नुहुन्छ । एकैचोटी दुईटा सोध्नुहोस् न ।

तपाईं यति उत्क्रिष्ट लेख्नुहुन्छ तर आफ्नो आइडिन्टिटी किन लुकाउनुहुन्छ? तपाईंको रचना पढ्दा नेपाली तसलिमा नसरिनको झल्को आउँछ। अनि त आफ्नो अनुहार लुकाउनुको के औचित्य छ?

मेरो रचना मन पराइदिनु भएकोमा धेरैधेरै धन्यवाद। मैले आफ्नो असली परिचय लुकाएको छैन। सबै कुरा प्रोफाइल इन्फर्मेसनमा खुलाएकै छु।फोटो राख्ने-नराख्ने भन्ने मेरो स्वतन्त्रताको कुरा हो जस्तो ठान्छु। फेरि फोटो राख्नुमा मेरो कुनै आपत्ती पनि छैन र म एउटा हैन १०० वटा फोटोहरु राख्नेछु उपयुक्त समयमा। तर आफ्नो अनुहार विग्यापन गरेर फेसबुकमा मोडलिङ्ग गर्ने चैं मेरो चाहना छैन।हजुरलाई पनि थाहै होला धेरै दिग्गजहरु थानिएकाबाट समेत स्रष्टाहरुको अनुहार लिङ्ग हेरेर उसको रचनाको मूल्याङ्कन गर्ने कुरुप संस्कार मौलाएको छ अचेल फेसबुकमा। त्यो त मैले पनि महसुस गरेको हो। म फेसबुक मार्फत आफ्नो विचार बाँड्न चाहन्छु र निष्पक्ष रुपमा मैले राखेको विचारको राम्रो- नराम्रो पक्षको बारेमा बहस होस भन्ने चाहना रहेकोछ मेरो।

तपाईँको विचारको सम्मान त गर्छु तर फोटो राख्दैमा तपाईंको रचनाको सही मूल्याङ्कन हुँदैन भन्ने कुरामा चैं असहमती रह्यो मेरो।

आ-आफ्नो धारणा हो।

तपाईंको बारेमा अरु पनि केही जिग्यांसाहरु थिए मेरा। के म सोध्न सक्छु?

अवश्य,सोध्नुहुस के कुरा जान्न चाहनुहुन्छ?

तपाईं कती पढ्नुहुन्छ कि कुनै जागिर पनि गर्नुहुन्छ?

पढाइ र जागिर दुबै गर्छु।

तपाईंको अफिस कहाँ हो अनि कलेज नि?

हैन,तपाईं मेरो बारेमा किन यति धेरै चासो देखाउनुहुन्छ अशोक जी?

सरी सरी !मैले त्यस्तो भन्न खोजेको हैन। नढाँटी भन्दा तपाईँसंग धेरै कुरा गर्न मन छ तर तपाईको जवाफ पाएपछि त म शून्य शून्य नै भैसके। कुरा त गर्ने तर के कुरा गर्ने भनेर नै सोच्न सकिरहेको छैन।

ठिक छ। त्यसो भए म आफैं भन्छु।सुन्ने आँट गर्नुहुन्छ हैन त? सुन्नुहोस मेरो कथा। तर त्यो भन्दा अगाडि एउटा कुरा भन्नु त।

के कुरा सोध्नुहोस् न।

कति वर्षको हुनु भयो?

मलाई सबैभन्दा मन नपर्ने प्रश्न! तर सोधिहल्नु भयो ,म २८ वर्षको भएँ अस्ति असारबाट।

अनि तपाईं नि?

म २० वर्ष पुगेँ यही मङ्सिरबाट। अनि तपाईंले विहे गर्नु भयो त?

छैन । किन र?

हैन त्यतिकै सोधेको नि।

खै त कथा भन्नु भ’को? भन्छु भन्नुभा हैन त?

ए मेरो कथा! लौ सुन्नुस मुटु दर्ह्रो पारेर।

हस्! म २० वर्षकी केटी हुँ र अझै कुमारी छु।आफू कुमारी हुनुमा मलाई गर्ब पनि छ।

ह्वाट? कुमारी केटी हुँ ,के भन्न खोज्नु भएको?

बुझ्नु भएन र?

आई मिन् आई एम् २० यर्स ओल्ड भर्जिन् गर्ल एण्ड आई अल्सो ह्याभ् डिग्निटि अफ माई भर्जिनिटी।

ओ!

ह्वाट अबाउट यू?

ह्वाट डु यू मिन्?

मेरो बारेमा के कुरा? मेरो मतलब तपाईँले अहिलेसम्म सेक्स गर्नु भ’को छ कि छैन?

अँ ……….म कुमार हैन।

सेक्सको बारेमा तपाईंको धारणा के छ त? जुन दिन एउटी केटीको योनी झिल्ली च्यातिन्छ त्यो सँगसंगै उसको आत्मसम्मानमा पनि प्वाल पर्छ भन्छन्। यो कुरा हजुरलाई कस्तो लाग्छ?

यो बारेमा त म के भन्न सक्छु र! तपाईं केटी मान्छे,मलाईभन्दा बढी त तपाईंलाई नै थाहा होला नि!

हो! मेरा पनि आफ्नै केही निजी धारणाहरु छन यो सम्बन्धमा।तर तपाईं अनुभवी हुनुहुँदो रहेछ।पहिले तपाईंकै विचार सुनौंन अनि म आफ्नो धारणा राखुँला !

खै मलाइ त कुमारित्व र आत्मसम्मान विचमा खासै सम्बन्ध हुन्छ जस्तो लाग्दैन। तर हाम्रो समाजमा विवाह नगरी शारीरिक सम्बन्ध राख्ने केटीलाई राम्रो मानिदैन।

अनि केटालाई चै महान ठान्छ होला नि हैन तपाईंको समाजले? तपाईंले सम्बन्ध राखेकी महिला विवाहित थिइन त?

मैले केटाहरु चै महान हुन् भनेर कहाँ भनेको छु र! उनी मेरी प्रेमिका थिइन् र मैले उनीसँग मात्र त्यस्तो सम्बन्ध राखेको छु अहिलेसम्म।

कसको आग्रहमा राख्नु भयो त पहिलो शारीरिक सम्बन्ध?

तपाईं मलाई यो सब किन सोध्नुहुन्छ?

किन भन्न सक्नुहुन्न र?यसमा धकाउनु पर्ने कुरा नै पो के छ?

अब सेक्सको बारेमा कुरा गर्न अफ्ठ्यारो त लागिहल्छ नि !

हो यहीं नै छ हाम्रो कमजोरी।सानैदेखि हामीलाई यौन लज्जाको बस्तु र घ्रिणित कुरा भनेर सिकाइदै आइएकोछ। तर सेक्स अपरिहार्य कुरा हो र यसको राम्रो र नराम्रो पक्षको बारेमा बहस हुन जरुरी छ।

त्यो त हो। तर सेक्सको बारेमा खुलमखुला कुरा गर्दै हिँडेर चै के फाइदा हुन्छ त?

मेरै कुरा गरौं न म सानो छँदा आमालाई सोधेको थिएँ,आमा म कहाँबाट आएँ? आमाले भन्नु भएको थियो ,”नानी तँ आकासबाट खसेकी होस् अनि तलाईँ मैले टिपेर ल्याएर पालेकी”। आखिर एउटा अबोध बच्चामाथि किन झुटको खेति गरिन्छ?मलाई म आकासबाट खसेकी हूँ भन्ने छाप मेटाउन पछिसम्म पनि कति गाह्रो परेको थियो।

हे हे हे हे हे………. ! मलाई पनि सानो हुँदा आमाले त्यस्तै भन्नु भएको याद आयो अहिले।

ल छाड्नोस् अब सानोको कुरा ,ठूलो भएपछिको आफ्नो अनुभब सुनाउनोस् न!

सुन्ने नै हो त? त्यसो भए भन्छु नि त।

हजुर भन्नुहोस् न।

भोलिपल्ट मेरो इकोनोमिक्सको इक्जाम थियो।म दिउँसो कोठामा एक्लै बसेर पढिरहेको थिएँ। ठोकामा ढकढक गरेको आवाज आएपछि गएर ढोका खोलेँ। बाहिर उनी हातमा किताब लिएर उभिरहेकी रहिछन्।

को नि उनी भनेको?

आफ्नै गर्लफ्रेण्ड।

अनि के भो त?

मैले केही सोध्न नपाउँदै जति पढे पनि केही बुझिन अनि तिमीसँग सिक्न आएकी भन्दै उनी सरासर कोठामा पसिन।म पनि ढोका लगाएर उनको पछिपछि आएँ। मेरो कोठामा एउटा मात्र बेड थियो। बेडमा किताबहरु छरपष्ट छरिएको देखेर हेर हेर पडन्दासको ताल नै बेग्लै भन्दै पलङ्गको एक छेउमा बसिन उनी। त्यसपछि अरु कुराकानी केही पनि भएन । म उनलाई इकोनोमिक्सको हिसाबहरु सिकाउन थालेँ। अनि के भो त? उनले कपि काखमा राखेर अफ्ठ्यारोसँग लेखेको देखेर मैले सजिलोसँग बसेर लेखन भने। उनले भनिन् “म त यसरी बसेर लेख्नै जान्दिन कि टेबलमा बस्नुपर्छ कि सुतेर मात्र लेख्छु”। त्यसपछि उनी मेरो बेडमा घोप्टो परेर लेख्न थालिन। अब मेरा आँखा भने कपिमा कम उनको पुष्ट छातीमा ज्यादा केन्द्रित हुन थाले। घोप्टो पर्दा कुर्तामाथिबाट मुस्कुराइरहेका दुई थुङ्गा फूल प्रष्टै देखिन्थ्यो। मैले एकोहोरो हेरेको थाहा पाइछन् कि के हो,कुर्ता माथि तान्दै भनिन् “यहाँ सिकाउन छाडेर कता टोला’को?” मैले केही नभएको जस्तै गरि भने कहाँ टोलाएको छु र तिम्रै कपीमा त हेरिरा’को छु नि!

ओहो! तपाइँ त कस्तो बदमास है?

त्यस्तो बदमास नै त हैन म।यो भन्दा अगाडि पनि हामी धेरै पटक सँगै बसेका थियौ,सँगसँगै हिँडेका थियौँ तर आज सँगै बस्न मलाई कस्तो कस्तो अफ्ठ्यारो लागिरहेको थियो।कता कता काउकुति लागेजस्तो,उनलाई अँगाली हालुँजस्तो हुनथाल्यो।मैले आफूलाई सम्हाल्न नै सकिनछु। उनलाई गम्लङ्गै अङ्गाल्न पुगेँछु। उनी त मेरो अनपेक्षित झम्ट्याइले तर्सिन् र मेरो पन्जाबाट उम्किनलाई बल गर्दै भन्दै थिइन्,” तिमीले यो के गरेको,नाई म यस्तो गर्दिन,छोड मलाई”।

ओहो! अनि उनले हुन्न भन्दा भन्दै पनि छाड्नु भएन है?माया नलागे पनि तेत्रो याचना गर्दा अलिकति दया त लाग्नु पर्ने नि! कति क्रुर हुन सक्छन् यौनको मामलामा लोग्ने मान्छेहरु!

उनले जति बल गरिन मैले झन सारो च्यापें,छोड्दै छोडिन,माया दया केही पनि लागेन। म त त्यो बेला उत्तेजनाले पागल भैसकेको थिएँ। जब केही बेरको घम्साघम्सीपछि उनी सिथिल भएर लडिन अनि आफूले चाहे अनुसार भोगेँ।यही हो मेरो पहिलो अनुभव।

अब तपाईंको सुनाउहोस् न त!

त्यसपछि त तपाईलाई खुब गर्व लाग्यो होला हैन?सगरमाथा नै विजय गरेजस्तो लाग्यो होला नि?

पहिले जोसको बेलामा त्यस्तो केही सोचाई नै आएन।पछि उनी गैसकेप्छि बह्ने कता कता नराम्रो लाग्यो उनले के सोचिन् होला भनेर। अर्को मनमा भने मख्ख परेँ। आज मैले पनि कुनै केटीसँग सेक्स गरिसकेको थिएँ।अब त कलेजमा साथीहरुले मलाइ तँ त मरिस भने पनि स्वर्ग जान पाउंंदैनस् भनेर गिज्याउंदा मुखभरिको जवाफ दिनेछु भनेर सोचिरहेको थिएँ। आफू पनि पूर्ण पुरुषको भएको जस्तो लगिरहेको थियो।

ए!खुबै ठूलो पुरुषार्थ गर्नु भएछ।स्वर्गको बाटो पनि खोल्नु भएछ हैन आफ्नै प्रेमिकालाई जबर्जस्ति गरेर? त्यसपछि उनले के भनिन् नि? केही भनिनन्। बेपर्बाह फ्याँकिएका आफ्नो कपडा टिपेर लगाएपछि छरपष्टिएको कपाल सम्हाल्दै बाथरुमतिर छिरिन् । बाथरुममा निकै बेर लगाएर निस्किन् र मैले बोलाउँदा पनि नबोली मेरो मुखमा हेर्दै नहेरिकन आफ्नो किताब टिपेर सरासर बाटो लागिन्।

ओहो! कति गर्बले सुनाउँदै हुनुहुन्छ है आफ्नो अपराध ? कति ठूलो विश्वास र भरोसा राखेर तपाईंसँग नबुझेको कुरा सिक्न आएकी आफ्नै प्रेमिकालाई आफैंले बलत्कार गरेको कथा शानले फलाक्दै हुनुहुन्छ हैन? तपाईँजस्ता पुरुषहरुलाई यौन पिपासु नभनेर के भन्ने?आफ्नो अनुकुल पर्ने ठाउँमा कुनै पोथी जातीलाई भेट्टाए भने आफ्नो असली रुप देखाएरै छोड्छन् भालेहरुले। फकाएर वा धम्क्याएर नभए जबर्जस्ति भए पनि घोडा चढेरै छोड्छन्। आफँले जन्माएकी दूधका मुन्टा पनि राम्ररी नउम्रेकी अबोध छोरीलाई निर्मतापूर्वक रातैभरी भोग्ने बाउ,८२ वर्षे हजुरामालाई बलत्कार गरेर हत्या गर्ने २५ वर्षे कुरुप अनुहार अनि आइमाईले मात्र नपुगेर जङ्गलमा एक्लै भेट्टायो भने गाई,भैंसी र बाख्रालाई समेत भोग्न पछि नहट्ने राक्षसी अनुहार सम्झिँदा त सम्पूर्ण पुरुषजाति प्रति नै घ्रिणा लागेर आउँछ। कति कुरुप छ है पुरुषको यौन मनोविग्यान! तपाईँ पनि एउटा पुरुष,भन्नुहोस् न यौनको मामालामा किन यति निर्मम,निर्लज्ज र घिणित छ लोग्ने मान्छे?

तपाईं पुरुषलाई मात्र किन दोष लगाउनुहुन्छ अर्चु जी? के महिला चै सबै चोखा छन् र? यौन भन्ने चिज तपाईँले भनेजस्तै घ्रिणित कुरा हो त? यो त प्राक्रितिक कुरा हो।पुरुष महिला दुबैलाई उत्तिकै अपरिहार्य सेक्स स्रिष्टीको निरन्तराको लागि पनि उत्तिकै आवश्यक छ। पुरुषलाई मात्र दोषी देखाउँदा,आफ्नी स्वास्नी र छोराछोरीको भविश्य उज्वल पार्न खाडीको उखर्माउलो गर्मीमा आफ्नी स्रिमतीप्रेमिकाको खुइलिएको फोटो चुम्दै यौव।।।नका उर्बर वर्षहरु गुजार्न बाध्य दाजुभाईहरुले ज्यानको बाजि लगाएर कमाएको पैसा यहाँ परपुरुषसँग सल्किएर प्रेमीलोग्ने र बालबच्चालाई घर न घाटको बनाउने महिलालाई चै किन सतीसावित्री देख्नुहुन्छ?स्रिमानले दिनभरी आफिसमा हड्डी घोट्दै गर्दा घरमा रखौटेसँग रासलिला गर्ने स्वास्नीलाई किन पानीमाथिको ओभानो बनाउन खोज्नुहुन्छ? अर्कोतिर बलत्कार गर्न उकास्नेहरु पनि धेरै हदसम्म केटीहरु आफैं हो। एक बित्ताको स्कर्ट र ह्वाङ्लाङ्ग छाती प्रदर्शन गरेर बाटोमा हिँडेपछि त लोग्ने मान्छे उत्तेजित भैहाल्छ नि!

हो! यौन प्राक्रितिक कुरा हो र मैले यौन बर्जित गरिनुपर्छ भनेको पनि छैन।प्रेमी प्रेमिकामा प्रेम प्रकट गर्ने उच्चतम रुप हो समभाव राखेर गरिएको सौहार्दपूर्ण सम्भोग भने अर्कोतिर प्रक्रिती र पुरुषको मिलनद्वारा स्रिष्टीको निरन्तराको लागि गरिएको अनुष्ठान हो यौन।स्वच्छ र उन्मुक्क्त यौन सम्पर्क स्वाथ्यको लागि पनि अत्यन्तै लाभदायक छ पनि भनिछ।’सम्भोग’ को अर्थ पनि समान रुपमा भोग्ने अथवा आनन्द लिने भन्ने नै हुन्छ।मैले भन्न चाहेको यति मात्र हो,यौनको सदुपयोग हुनु पर्यो। यौनको विषयलाइ आड लिएर भालेले पोथीलाइ दबाउने वा पोथीले भालेलाई फसाउने हुन भएन नि त। मैले सबै पुरुष यौन पिपाशु छन् र सबै महिला चोखा छन भनेको छैन। मैले त राक्षसी प्रब्रित्तिको खैरो खन्न खोजेको हो चाहे त्यो पुरुषमा होस् वा महिलामा नै किन नहोस्।महिला दोषी नभएका हुंदै हैनन् तर यो मामलामा पुरुषहरु बढी जिम्वेवार देखिएकोले मेरो प्रहार त्यहाँ हो।यदि कसैले चोरको खुट्टा काट भन्दा आफैं खुट्टा तान्छ भने मेरो भन्नु केही पनि छैन।

तपाईंले बलत्कारको कुरा गर्नु भयो।अझ बलत्कार गर्न उक्साउने पनि केटी नै पो? तपाईं पुरुषले चैं सानो पेन्टी मात्र लगाएर भुत्ले छाति प्रदर्शन गर्दै हिँड्दा पनि कुनै केटी उत्तेजित भएर पुरुषलाई बलात्कार गरी भन्ने सुन्नु भएको छ आजसम्म? हामी महिलाले चैं घुँडासम्म देखिने स्कर्ट लगाउँदा र टिसर्टबाट अलिकति छाती चुहियो भन्दैमा बलत्कार गर्न उक्सिने पुरुषको कति कुरुप मनोविग्यान?

बलत्कार त अपराध नै भैहाल्यो।त्यो बाहेक प्रत्येक लोग्ने स्वानीमै पनि लोग्नेले चाहे किचनमा होस् वा बाथरुममा अथवा बेडरुममा नै किन नहोस् जुनसुकै बेला स्वास्नीले उतानो परिदिनुपर्ने तर ए उटै बेडमा सुतेकी स्वानी चाहनाले निथ्रुक्कै भिज्दा पनि लोग्ने चै भितातिर फर्केर निदाइदिने!धेरै घरमा सधैं बल्झिने यो ब्यथा के न्यायसङ्गत छ त?

तपाईंकै कुरा गरौंन,तपाईंले आफ्नै प्रेमिकालाई जबर्जस्ति गर्नु भो तर पनि उनले केही भन्न सकिनन्।यदि उनले त्यस्तो गरेको भए तपाईं के भन्नुहुन्थ्यो?

केटीमान्छे अगाडी सरेको रम्रो मान्दैन नि त हाम्रो समाजले।

के समाज भनेको पुरुषको मात्र हो?तपाईंहरुकै मात्र मनोमानी चल्ने सँधै!के समाजमा उतिनै सख्यामा महिला चैं छैनन्?अबको एक्काईसौँ शताब्दीको समाजमा भालेहरुको मात्र रजाईँ चल्न सक्दैन र पोथीहरुको मात्र पनि मनोमानी टिक्न सक्दैन।अबको समाज त भाले र पोथीहरुमा समानता भएको,सहास्तिव्त स्वीकारिएको र एक अर्कामा समभाव राख्ने हुनुपर्दछ।जहाँ एक अर्काले भावनाको सम्मान होस् र चाहनाको कदर होस्।अनि मात्र सांच्चीकै प्रेमपूर्ण र आदर्श समाज हुनेछ।

अर्चु जी! तपाईँको कुरा त एकदमै उचित हो तर यो समाज यति सजिलै परिवर्तन होलाजस्तो लाग्दैन मलाई त।

हो समाज त्यति सजिलै परिवर्तन हुँदैन। तर परिवर्तन त आफैँबाट खोज्नु पर्यो नि।जव हामी परिवर्तन हुन्छौँ हाम्रो परिवारमा सकारात्मक प्रभाव पर्छ।परिवारबाट समाजमा अनि समाजबाट राष्ट्रमा हुंदै विश्वभरि नै परिवर्तनको लहर चल्ने न हो।

अर्चना जी! सबैले तपाईँजस्तै सकारात्मक सोच राख्ने हो भने त यो सन्सार कति सुन्दर,आत्मिय र प्रेमपूर्ण हुन्थ्यो होला है!

एकदिन अवश्य हुनेछ!

ओहो! हेर्नु न ८ बजेबाट च्याट गर्न थालेको १२ बज्न लागिसकेछ कुरा गर्दा गर्दै। तपाईंसग कुरा गर्द त समय बितेको पनि पत्तै भएन।अनि तपाईंले कथा सुनाउँछु भन्नु भएको हैन त?

ए मेरो कथा।सुनाउँछु नि तर एउटा सर्तमा मात्र।

के सर्त भन्नुहोस्न त।

म मोबाइल फोनबाट फेसबुक चलाइरा’को छु।मेरो फोनमा ब्याट्रि लो भन्न थाल्यो हजुरले ब्याट्रि ट्रान्स्फर गरिदिनुहुन्छ भने मात्र।:पी

तपाईंको सर्त मान्न मन्जुर छु तर त्यो भन्दा पहिले एउटा काम गर्नुपर्छ, हुन्छ?

हुन्छ।तर मोबाईल नम्बर चैं दिन्न नि फेरि।

हे हे हे हे ! तपाईँ धेरै बाठी हुनुन्छ।

त्यो त मलाई पनी थाहा छ नि! :डी

ल सुन्नुस् मेरो कथा छोटकरीमा भन्छु ल!

हस!

हामी वीचमा एकदमै गाढा प्रेम सम्बन्ध थियो र हाम्रो परिवारले स्वीकर नगरेता पनि हामीले २ महिनापछि विवाह गरेर सँगै जीवन बिताउने निर्णय समेत गरिसकेका थियौँ। ऊ मलाई एकदमै माया गर्थ्यो र मलाई पनि ऊ प्रति अति नै विश्वास र भरोसा लग्थ्यो। उसको साथमा हुँदा निकै नै सुरक्षित ठान्थें आफूलाई। अनि के भो त? त्यो दिन भ्यालेन्टाइन डे थियो। उसले प्रेमदिवसमा कतै टाढै घुम्न जाने प्रस्ताब गर्यो।मैले पनि आफ्नो प्रेमी,आफूले स्वीकारी सकेको जीवनसाथी नै भनेपनि हुन्छेले प्रेमदिवसमा घुम्न जाने प्रस्ताब गर्द सहर्श स्वीकारें।हामी उसको बाइकमा बसेर नगरकोट गयौं।दिनभरी घुम्यौं,टन्नै फोटाहरु खिच्यौ,धेरै रमाइलो गर्यौं,रुखको फेदीमा बसेर भविश्यका सुनौला सपनाहरु कोरल्यौं। यति सम्मकी हाम्रा नजन्मेका छोराछोरीको न्वारान समेत गर्न भ्याइसकेका थियौं।

खुब मस्ति गर्नु भएछ त।

हो नि साह्रै रमाइलो भएको थियो। खुबै खुसी थिएँ म त्यो दिन। ऊप्रति आगाध सम्मान जागेर आएको थियो ममा उसको ब्यवहारिकता,मायाँ र मप्रति गरेको केयर देखेर।मेरो मायाँ छचल्केर आँखाबाट पोखिएको थियो धेरैबेरसम्म।तर ऊप्रतीको मेरो सम्मान नगरकोटको डाँडाबाट घाम ढल्दा नढल्दै गर्ल्यामगुर्लुम ढल्न पुग्यो त्यो प्रेमदिवसको दिन।

ल किन नि? त्यस्तो प्रगाढ सम्बन्धमा अचानक के भयो र?

के भएन चै भन्नु न!दिनभरि हामी यति मस्त र खुशि भएछौ कि,हामीलाइ समय बितेको पनि पत्तै भएन।थाहै नपाइ साँझ ५ बजिसकेछ।मैले भने अब त ढिला पनि भैसक्यो फेरि रात पर्छ घर फर्कनु पर्छ।तर उसले भन्यो।”आज त यतै बसौँ तिमीसँग धेरै कुरा गर्नु छ।रातभरि बसेर कुरा गरौंला।फेरि २ महिना पछि त विहे पनि गर्दैछौँ भविश्यको योजना पनि त बनाउनु छ नि!” भन्दै धेरै नै ढिपी गर्यो। उसको कुरा सुनेर म पनि पग्लिहालेँ अनि ममीलाइ फोन गरेर म संगिताकोमा बस्छु आज भनेर ढाँटे अनि अनि संगितालाई पनि फोन गरेर ममीले फोन गर्नुभयो भने अर्चु मसंगै छ भन ल! भनेर कुरा मिलाएँ।

त्यसपछि के भयो त?

त्यसपछि हामीले होटलमा एउटा कोठा बुक गर्यौँ जहाँ २ वटा बेड र अट्याच बाथरुम पनि थियो।त्यो दिन मैले उसला ई यति धेरै विश्वास गरेकी थिएँ कि मलाई एउटा लोग्ने मान्छे जिवनमा पहिलो पटक एउटै कोठामा सँगै बस्न पनि कति अफ्ठ्यारो लागिरहेको थिएन बरु म त खुसीले फुरुङ्ग पो थिएँ।तर जव साँझको खाना खाएर हामी आफ्नो कोठामा छिर्दा भने खै किन हो मेरो मनमा चिसो पस्यो।सायद कुनै भयानक घटनाको पूर् संकेत पो थियो कि!।अरु दिन संगै बस्दा ,खाँदा,हिँड्दा,हात समाउँदा मायाले अन्कमाल गर्दा समेत कती अफ्ठ्यारो नमाने शालिन मान्छे उसले आज भने मेरो मस्त जवानीलाइ भोको नजरले हेरेको जस्तो लाग्यो मलाई।तर मैले खासै वास्ता नै गरिन। उसले हेर्दैमा के बिग्रन्छ र! सोचेँ आखिर २ महिना पछि त यो शुन्दरता र मस्त जवानीमा उही नै पौडिनेवाला थियो। यस्तै सोच्दै म एउटा बेडमा बसेपछि ऊ पनि त्यहीं आयो।मैले भने जाडो छ म पनि सिरकमा पस्छु तिमी पनि जाऊ अर्को बेडमा सिरकभित्र पस अनि गफगाफ गरौलाँ।

हेल्लो अशोक जी सुन्दै त हुनुन्छ हैन?

हजुर भन्नुहोस् न म सुन्नमा मस्त छु हजुरको प्रेमकहानी।त्यसपछि के भयो नि?

तर ऊ त मेरो नजिकै नबोलिकन उभीइरह्यो। अनि मैले जिस्काउँदै भने,”किन टोलाउनु भको हजुर? चिसो छ जानुस् न सिरकमा घुस्नुस् यत्रो वर्ष त एक्लै सुत्नुभयो अब त जाबो २ महिना त हो नि त्यसपछि त कुनै साँध सिमाना रहन्न नि!” ऊ पनि के कम थियो र हजुरको जो आग्या भन्दै बेडको छेउमा बस्यो भन्यो,”यहाँ बसेर कुरा गर्दा त सीमा मिचिन्न होला नि भरे सुत्ने बेलामा जाउँला नि अर्को बेडमा”।मलाई कस्तो कस्तो त लाग्यो तर मुसुक्क हांसे हजुरको मर्जी मात्र भने।त्यसपछि धेरैबेरसम्म नबोलि एकोहोरो मलाई हेरिरहेको थियो ऊ। मलाई अफ्ठ्यारो लाग्यो र किन चुपचाप मात्र के भनेको थिएँ…………..

ल के भयो र अर्चु जी किन रोकिनु भ’को भन्नु न के भयो?

ऊ त चिलले चल्ला झम्टेजसरी एक्कासी मामाथि झम्टिहाल्यो।मैले केही सोच्नै सकिन।दश हजार भोल्टको करेन्ट प्रवाह भयो मेरो सुकुमारी शरीरमा। एकैछिन अगाडिको मायालु प्रेमिका म एकाएक रणचण्डी झैँ भएं। उसले मलाई गाँजिरहेको थियो मैले कसो कसो गरेर अघि स्याउ काट्न भनेर वेटरसँग मगाएको चक्कु टेबलबाट तान्न सकेँ।अनि एकाएक गर्जिएँ,मलाई छाड्छस् कि यसैले रोपेर मार्दिऊँ?

ओहो! अनि के भयो त?

म रिसले कामिरहेकी थिएँ।मेरो रौद्ररुप देखेर ऊ तर्सियो अनि आफ्नो ज्यान बचाउन बाथरुमतिर दगुर्यो।मैले बाथरुमको ढोकामा लात बजारेँ तर उसले चुकुल लगाएको थियो खुल्दै खुलेन।त्यसपछि म ट्याक्सी लिएर काठ्माण्डौतिर हुइँकिएँ।घर जान अफ्ठ्यारो लाग्यो अनि लोकन्थली बस्ने साथी शैलूलाई फोन गरेर उसैकोमा बिताएँ त्यो रात।

ओहो! कस्तो डेन्जर! सुन्दा पनि मुटु काँप्यो मेरो त। अनि तपाईंहरुको प्रेम के भयो त?

प्रेम! त्यो सम्बन्धलाई प्रेम ठान्ने ठूलो भ्रमबाट मुक्त भएं म त्यो प्रेमदिवसको दिनदेखि।लोग्ने मान्छेको असली रुप देखेँ मैले।अहिले सम्झिँदा पनि छक्क पर्छु म,हामी २ महिनापछि त विहे गर्दै थियौँ त्यसपछि त मैले साँचेर राखेको कुमारी झिल्ली उसैको छुरीले च्यात्न पाउने थियो सुहाग रातको त्यो उमङ्गमा।तर ऊ यति धेरै भोकायो कि ४ वर्षको प्रेम संबन्ध र २ महिना पछिको विवाह बिर्सेर ब्वाँसो झै म माथि किन झम्टियो?के प्रेमको उद्देश्य जसरी पनि भोग्नु मात्र हो त?

तपाईं पनि धेरै आबेसमा आउनु भएछ।राम्ररी सम्झाएको भए त उसले मान्थ्यो होला नि त!ऊ नभागेको भए चक्कु हानुहुन्थ्यो त आफ्नै प्रेमिमाथि?

अवश्य रोप्ने थिएँ चक्क्कुले मैले त्यो बेला भेट्टाएको भए।जव कोठामा एक्लै भएको बेला ममाथि उसले जवर्जस्ति गर्न खोजेपछि ऊ प्रेमीबाट गिरेर बलात्कारी भैगयो नि! अनि मैले आफ्नो अस्मिता बचाउनलाई एउटा बलात्कारी माथि आक्रमण गर्नु जायज थिएन र?

त्यो त हो।

त्यही दिन पनि उसले राम्रैँसग सल्लाह मै त्यस्तो प्रस्ताब राखेको भए म अवश्य राजी हुने थिएँ नि आफ्नै हुनेवाल लोग्ने,आफू १६ वर्ष हुंदादेखि माया गर्दै आएको प्रेमीलाई यो यौवन सुम्पिन। तर उसले त्यति धैर्य पनि गर्न सकेन,ऊ त एउटा प्रेमि हैन फगत भोको लोग्ने मान्छे भएर देखा पर्यो।

आजकाल तपाईंको ऊसँग भेटघाट हुन्छ कि हुन्न नि?

किन भेट्नु उस्लाई मैले? जुनदिनदेखि म भ्रमबाट मुक्त भएँ एउटा पन्छि झैं भएकी छु:स्वतन्त्र,उन्मुक्त अनि स्वच्छन्द !मलाई मेरो यो जिन्दगी साह्रै प्यारो लाग्छ। ऊ त आजकाल झन धेरैतिर चर्दै हिँड्न थालेको छ रे! तर मलाई के मतलब भयो र!मैले त एउटा प्रण पनि गरिसकेकी छु।

कस्तो प्रण नि? भन्न मिल्छ भने भन्नुहोस् न त।

मैले तपाईंलाई शुरुमै भनेकी थिएँ नि म कुमारी छु भनेर! हो कुरा त्यही हो।त्यो प्रेमदिवसमा एउटा चक्कुले बचाएको मेरो कुमारित्व,मेरो स्वाभिमान त्यति सजिलै ढल्न दिनेछैन म।अब विवाहपूर्व कुनै पनि लोग्ने मान्छेसँग सुत्ने छैन र विवाह पनि कुमार केटासँग मात्र गर्नेछु।यदि कोही कुमार केटा पाइन भने पनि कुनै अनाथ बच्चाको कुमारी आमा बनेर बस्नेछु जीवनभर। तर कसैको जुठो खाने छैन म।

अर्चु जी! धेरै मार्मिक रहेछ तपाईंको प्रेमकथा भनौ वा जीवनकथा।तपाईंको जीवन तपाईंले चाहेजस्तै होस्! मेरो शुभकामना सुखद भविश्यको लागि।अब त २ पनि बज्न लगेछ सुतौं होला कि?

हस् त शुभरात्री!मेरो कथा धैर्यतापूर्वक सुनिदिनुभएकोमा धन्यावाद।

(स्रोत : Writer’s Facebook)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.