~रमेश रञ्जन झा~
अनुवादक : धीरेन्द्र प्रेमर्षि
सिङ्गो गाउँ अत्तर छर्किएझैँ मग्मगाइरहेको थियो। साँझ्पख रातरानी फूलको सुगन्ध नै त्यस्तै। सबै आफ्नै पाराले सुवास लिने प्रयत्न गरिरहेका थिए।
चार बजेदेखि स्टेज बनाइँदै थियो। लाउडस्पिकरमा थरी-थरीका फिल्मी गानाका साथै भोजपुरी र मैथिली गीत घन्किरहेको थियो। अहिलेको रमझ्म भन्दा भरे रातिको कल्पनामा मस्त थिए मानिसहरू।
नाच पनि चानचुने कहाँ हो र, नामी कम्पनीको थियो। दुई-तीन रात कमाल देखाउँदा गाउँलाई त्यसले एक किसिमले बर्बादै बनाउँथ्यो। वरपरको सारा गाउँका मानिस थुप्रिन्थे। रातभरिको नाच अनि जथाभावी दिसा-पिसाब। भोलिपल्ट गन्हाएर खपिनसक्नु हुन्थ्यो।
फेरि यो नाच त्यत्तिकै कहाँ आएको हो र! टन्न पैसा लिएको थियो। त्यसमाथि नाच ल्याउने कि भिडियो देखाउने भन्दै सिङ्गो गाउँ दुई पार्टी भएर लाठी-भालासमेत निस्केका थिए। धन्न, कुरा बेलैमा सल्टियो।
धेरै लामो तिर्खा मेटिएको थियो गाउँका मानिसको। छेउछाउका गाउँमा कतिपल्ट आयो, तर त्यहाँ अहिलेसम्म आएको थिएन। सबैको एउटै छटपटी थियो― एकपल्ट यस गाउँमा पनि आ’स् नाच। बरू चन्दा जति पनि दिन तयार। त्यसैले आधा पेट खाएर भए पनि तीन रातको लागि गाउँका मानिसले ल्याएका थिए नाच।
पहिले बाँसका खाँबा गाडिए। त्यसपछि खाटहरू मिलाएर राखियो। रङ्गी-चङ्गी तुलका साथै पर्दाहरू झ्ुण्ड्याउन थालियो। आवश्यक व्यवस्था गर्न थुप्रै मानिस पहिल्यैदेखि जुटिसकेका थिए। समयको चालसँगै दर्शकदीर्घामा उत्तेजना र उत्सुकता बढ्दै थियो।
नाच कम्पनीका केही उस्ताज मञ्चको तयारीमा जुटेका थिए। बाँकी कलाकार मेकअप गर्न थालिसकेका थिए। तर मानिसले भने दिउँसैदेखि कलाकारहरूलाई दिक्क पारिसकेका थिए। उस्ताजले त एक-दुईपल्ट रिसाएर मानिसको भीडतिर झ्म्टेका पनि थिए। तर रमितेहरूलाई यी कुरासँग के मतलब? कसैलाई रूदल, कसैलाई सोनमा, कसैलाई देवा त कसैलाई अनार― आफ्ना प्रिय पात्रहरू हेर्नु छ। धेरैजसोका आँखाले चाहिँ फुलबाको भूमिका खेल्ने रामसिनेहीलाई खोजिरहेका थिए। उत्सुक आँखाहरू जति भौँतारिए पनि रामसिनेही फेला पर्न सकेको थिएन। थरीथरीका हल्ला चल्न थालिहाल्यो।
“मैनेजरको अनुहार किन अँध्यारो छ, बुझ्िस्?” अहँ को सङ्केतमा टाउको हल्लनुभन्दा पहिल्यै उसले आफैँले भन्यो, “रामसिनेही आएन, त्यसैले।” ५-६ जनाको अर्को समूहमा एउटा लाल-बुझ्क्कडले भन्यो, “ए”, कहाँ आउँछ र रामसिनेही! त्यल्लाई म्यादी ज्वरो आएको छ, एक महिनादेखि ‘च्छ्यानमै छ। क्यै खान-प्युन पाएको छैन, सुकेर हड्डी भएको छ।”
अर्को ठाउँमा अर्कै कुरा, “’हो त्यसै आउँछ! धन्न रामसिनेही भएर यो नाच कम्पनी चलेको छ। तर, यो मैनेजरले चाहिँ पैसा पनि राम्ररी दिँदैन रे!”
“मात्तिएको पनि कम छैन भन्या। पहिले यो मैनेजर अरूको खेतमा हलो जोत्थ्यो, अहिले आफैँले एकहल गोरू र एउटा थारो भैँसी पालेको छ। पक्की घर। अझ् त्यतिले नभएर जनकपुरमा घडेरी पनि किनेको छ अरे। यी सब कहाँबाट आए? त्यही रामसिनेहीलाई पाएर त हो नि! तर उसले के पायो? त्यही भत्केको फुसघर। एउटा बाख्रा। दुई-चारवटा सिलबरका भाँडाकुँडा। खेतीपातीको नामै छैन। लुटी ल्यायो कुटी खायो, त्यत्ति त हो नि!”
“अरे, यी वाहियात कुरासँग तिमीहरूलाई के मतलब? बस्, एउटा मात्र कुरामा अडिरहे भइहाल्यो नि, राति जसरी भए पनि नाच गराउनु छ― फुलबा-हरण। यो खेल त आखिर रामसिनेही नभए कहाँ हुन्छ र? अरू कसैबाट गरायो भने आधा पैसा काटेर दिने, सकिएन कुरो!”
“पैसा काट तिमीहरू। हामी त बाँस-साँस उखेलेर बजाइदिन्छौँ मजासँग, बस्। भाग्ने बाटो पाउँदैन एउटाले पनि। बाजा-साजा पनि खोसेर राख्ने बुझयौ केटा हो!”
“अँ, गर्ने भयौ खूबै पराक्रम। यति भएपछि त जय-जय भइहाल्छ नि गाउँको! अरे नाच ल्याएका छौ भने हेर। राम्रो-नराम्रो त्यो त पछिको कुरा पो हो त! वाहियात जथाभावी बोल्छन् भन्या।”
कुरो बढ्दै गएको थियो। जुनसुकै बेला महाभारत मच्चिन सक्थ्यो। गाउँको यस स्वभावसँग परिचितहरूले स्थिति काबुमा पार्ने प्रयत्न गरेका थिए। तातो तावामा पानी छर्किएका थिए। सिङ न पुच्छरका कुरामा पूरै गाउँ नै तात्तिन्छ भन्या।
… आखिर रामसिनेही आएन। र, राति सूत्रधारले सोढरीको लडाइँ खेल हुने घोषणा गर्नासाथ हुटिङ र होहल्ला हुन थालिहाल्यो। मानिसहरू फुलबा-हरण हुनुपर्छ भनेर कराउन थाले। विचरा मैनेजरको दिमागले कामै गर्न छोड्यो।
पहिले त सबै ठीक-ठाक नै थियो। अन्तिम समयमा त्यसकी स्वास्नीको जिद्दी बज्रबाँध नै भयो। स्पष्ट भन्दिई अरे― तिमीले यहाँबाट पाइला मात्र चाल्यौ कि म झ्ुण्डिएँ। आखिर के गर्न सक्थ्यो र उसले पनि! आँखामा आँसु टल्पलाउँदै साथीहरूलाई पठाइदियो र भन्यो, “अब नाच गर्दिनँ।”
मैनेजरको सधैँ गर्वोन्नत शिर यतिखेर परेवाको टाउको भएको थियो। ऊ मञ्चमा आयो र भन्यो, “गल्ती हाम्रै हो, रामसिनेही आउन सकेन। कबुलको रकमभन्दा डेढी फर्काइदिन्छौँ र भोलि बिहानै फर्कन्छौँ।”
आखिर मानिस भनेका मानिस न हुन्। उनीहरूलाई न आगो हुन बेर, न पानी। बिचरा मैनेजरको कुरामा एकैछिनमा सबै पग्लिहाले।
यतिञ्जेल स्टेज तयार भइसकेको थियो। बाजा-गाजा बजाउनेहरूले आ-आफ्नो ठाउँ ‘गटिसकेका थिए। नगडाको टङ्की आगोमा सेकाउन थालिसकिएको थियो। हारमोनियमका आधारमा अन्य बाजाहरूमा सुर बाँध्ने काम शुरु भइसकेको थियो। उता कोही गुन्द्री, कोही बोरा र कोही परालको मुठो लिएर आ-आफ्नो बस्ने ठाउँ मिलाउने जोरजाममा लागिसकेका थिए। अगाडि बस्न तँछाड-मछाड भइरहेको थियो।
हारमोनियम मास्टरले सुर मिलाउन थालेको आवाज लाउडस्पिकरबाट निस्कनासाथ नाच हेर्न बसेकाहरूको जोश र उत्सुकता चरममा पुग्यो। त्यति नै खेर अरू सबै आवाजलाई छोप्दै एउटा तेज आवाज छरियो वायुमण्डलमा, “ऊ… रामसिनेही आइपुग्यो।” यति सुन्नासाथ मानिसको भीड अनियन्त्रित हुन थाल्यो। केटाकेटीहरू अत्तालिएर रुन-कराउन थाले। सबै चाहन्थे― मिलिक्क मात्र भए पनि रामसिनेहीलाई अहिल्यै हेरिछाडौँ।
तीन रातको लागि नाच आएको थियो। पहिलो रात नै दर्शकहरूलाई हुनुसम्म मनोरञ्जन भयो। घर-घरमा एउटै चर्चा― रामसिनेहीले त कमालै गर्यो। ‘हो कम्मर कस्तरी भाँच्न सकेको होला! … अनि स्वर पनि कस्तो खिरिलोे, बाँसुरी जस्तै। जतिखेर तरबार नचाउन थाल्छ त्यतिखेर त यस्तो लाग्छ, मानौँ साँच्चै दुर्गा नै उसको रूपमा प्रकट भइदिएकी होउन्।
यी प्रतिक्रियाहरूमा लालमोहर लगाउँदै एकजना बुज्रुकले भने, “त्यस जातमा एउटा पनि गोरो छालाको मानिस देखेका छौ? धेरैजसो हाँडीकै पिँधजस्ता हुन्छन्। तर यो कस्तो कैलो छ, विचार गर न। लाम्केशी महारानीझ्ैँ कम्मरसम्म पुगेको रेशमी कपाल। ‘ठ त्यस्तै रातो, जतिखेर पनि लिपिस्टिक लगाएर बसेको जस्तो। साला त्यस्तो दरिद्र घरमा कहाँबाट यस्तो रूप पायो होला कुन्नि! अरू कसैको हुन सक्छ नि, के ठेगान!”
रूप र गुणले परिपूर्ण रामसिनेहीका लागि एक किसिमले पागलै हुन्थे दर्शक। अचम्म त के थियो भने जतिखेर पनि ऊ मुस्कुराई नै रहेको हुन्थ्यो। आज त्यही मान्छे किन यतिविधि गम्भीर भएको होला? सबैजना चकित छन्। न हाँसो न ठट्टा। उसको स्वभावभन्दा सर्वथा भिन्न थियो आजको यो रूप।
स्वास्नीको क्रूद्ध रूप र असन्तोषको जालोमा यस्तरी जेलिएको थियो सिनेही, जसले उसमा वास्तवमै एक प्रकारको नयाँ आवरण चढाइदिएको थियो। बिहेका ५-६ वर्षसम्म पनि छोराछोरी नहुनु नै उसका लागि सबैभन्दा भारी भएको थियो। स्वास्नीको फत्फत् घरमा मात्र सीमित थिएन। घर पस्नासाथ सुक्खा रोटी त के, माड-भात पनि राम्रोसँग खान पाउँथेन। जानासाथ गालीको फिलिङ्गो उड्न थाल्दा जीउभरि डामिदिए जस्तो लाग्थ्यो। आखिर के गरोस् विचरो? छट्पटाउँथ्यो, मुर्मुरिन्थ्यो अनि चुपचाप सहेर बस्थ्यो।
“चामल छैन, पीठो पनि छैन। अब खाने के सराद्धेको भोज! अरू जस्तो पञ्जाब-सञ्जाव गएको भए पो म पनि तेह्रथरी पकवान पकाएर पस्किदिन्थेँ!” सिनेही चूप। “तिमी गाउँ-गाउँको तरकारी चाख्दै हिँड अनि मचाहिँ तिम्रा बाजेको भकारीबाट झ्िकेर मसिनो चामलको भात र रहरको दाल खूब स्वाद लिई-लिई खाउँला!”
“हैन, तिमी मेरो मर्द कि मै तिम्रो मर्द?” यो प्रश्नले अलि बढ्तै छोयो। सिनेहीलाई लाग्यो, यसले उसको मुटुलाई भित्रैसम्म छेडिदियो। “अलिकति पनि लाज-शरम भए पो! अहिले सबै कुरा घुटुघुटु निल्यो अनि भरे फेरि तिनै नचनियाहरूसँग हिँड्यो मौगा।” यसपटक उसले अलि बढ्ता आक्रोशमा दाँत किटेर भनेकी थिई।
थुप्रै शुभचिन्तकहरूले भने, “त्यस हराशंखिनीलाई छाडिदिए भइहाल्यो नि! स्वास्नीमान्छेको कमी छ र दुनियाँमा! त्यसमाथि अझ् तेरो रूपै यस्तो छ, चाकामा माहुरीहरूले फन्को मारेझ्ैँ ‘इरिन्छन् आइमाईहरू।” तर रामसिनेही यसका लागि पटक्कै तयार हुन्थेन। उदाहरण दिन्थ्यो― रुदललाई जस्तोसुकै आपत-विपद पर्दा पनि उसले फुलबालाई छाड्यो? फुलबाकै लागि त रुदलले रगतको खोलो बगायो!
एकान्तमा बसिरहेको रामसिनेहीको काँधमा हात राख्यो उसको नचनिया साथीले। निकैबेरसम्म एक-अर्कालाई हेरिरहे दुवै। आफ्नो हातमा सिनेहीको हात राखेर बेस्सरी थिचिदियो साथीले। कुन्नि यो कस्तो औषधि थियो! रामसिनेहीलाई उसको घाउमा कसैले मलम लगाइदिएझ्ैँ भयो। पीडा घट्यो। र, ऊ हौसिँदै उठ्यो।
आजको पूरा खेल रामसिनेहीमाथि नै थियो। फुलबा हरण उसै पनि दुई दिनको खेल हो। एक रातको भइसक्यो र आज त्यसभन्दा अगाडिको कथा हुन्छ। मर्द भएर स्वास्नीमान्छेको भूमिका खेल्नु दालभातको गाँस कहाँ हो र! त्यसमाथि पनि उसको हिँडाइ, हातको चाल, आँखा घुमाइ, वाह! काटीकुटी आइमाईकै जस्तो। त्यसैले दर्शक बहुलाहाझ्ैँ लागेका हुन्छन् उसको पछाडि।
नगडामा चोट परेर कर्नट (क्लेरनेट) फुकिनासाथ ‘इलाएर बसेको रामसिनेहीको जीउमा नाग सर्प जस्तै फूर्तिको सञ्चार भयो। फुलबालाई डोलाबाट तान्न रुदल तयार थियो। त्यो कलाकार पनि बेजोडै थियो― पाँच हातको मर्द। बोल्दा बादल गर्जे जस्तो, शरीर अखडाको पहलमानको जस्तो। उसले पाखुरा समाउनासाथ रामसिनेहीलाई लाग्यो, फलामे सिक्रीले उसलाई कसैले जकडिदिएको होस्। उसलाई त के, डोलाबाट अपहरित हुने स्वाङ पार्नु त थियो नि! रुदलले उसलाई सजिलै उचालेर काँधमा राख्यो। र, मञ्चको पछाडि पछारिदियो। ऊसँग भइरहेको सम्पूर्ण पुरुषोचित व्यवहारलाई रामसिनेही एउटी स्त्रीले झ्ैँ गरी सहज रूपमा लिइरहेको थियो।
पछाडि गाउँबाट आएको उसको भतिजो बसिरहेको थियो। के हो खबर लिएर आएको थियो, कसैलाई भनेको थिएन। काकालाई नै भन्छु भन्दैथियो। भेटेपछि अलि एकान्तमा लिएर गयो।
एकैछिनपछि मानिसले देखे― रामसिनेही आफ्नो साडी च्यातिरहेको, ब्लाउज लुछिरहेको, नाक-कानमा झ्ुण्डेका गहनाहरू थुत्दै फालिरहेको, कपाल जिङरिङ्ग पारेर धरतीमा टाउको पछार्न थालेको थियो, कुनै पागलले झै ।
कुरो के भएछ भने उसकी स्वास्नी अरबबाट कमाएर आएको एउटा केटोसँग भागिछे। बहुलाहाझै चिच्याउँदै गरेको रामसिनेहीको बाँसुरीझ्ैँ मसिनो आवाज लाउडस्पिकरको आवाजलाई छेड्दै दर्शकसम्म पुगिरहेको थियो। दर्शकहरू छक्क परेका थिए। मञ्चमा सूत्रधार आएर फुलबा-हरण समाप्त भएको घोषणा गर्यो। मतिशून्यझ्ैँ भइसकेको रामसिनेही चिच्याउन थाल्यो, “अँ, भयो फुलबा-हरण… फुलबा-हरण भइसक्यो…।” आवाज मन्द हुँदै गयो र अन्त्यमा बन्द भयो।
मैथिलीबाट अनुवादः धीरेन्द्र प्रेमर्षि
(श्रोत:- हिमालखबर )