~रवि भट्ट रोषी~
चुरो नपसेको छोरो शूरो पल्ट्यो भने भरिभन्न गर्छ । “बैदारबूढाले बुढेसकालमा बल्ल-बल्ल कनी-कनी पाएको एक्लो छोरो भनेर मत्याएर राखे, आखिरमा टाउकोमा टेकेर कसैले पनि भनेको नमान्ने अटेरी भएर पो निस्क्यो ।बाँटुली माइलीको छोरी हिजो साँझ घट्टमाथिको समीको चौपारीमा राना बूढाको छोरासँग ठुँड जोड्दै साउती मार्दै थिई आज बिहानै खाली पेटमा राना बूढाको छोरा टिपेर पोइल पो हिडिछ नि बाई, अलिकति पनि लोकको डर नमान्ने कस्तो छाडा भा का नि बरिलै ।माँथि अमलपानीको अधिकारी बूढाको बुहारी अंगालोभरिको सरसराउँदो लोग्ने हुँदा-हुँदै ड्राइभरसग लहसिएकी रहिछे । लसपसकै बेलामा गाउलेले काँचो आँखाले देखेपछि चारजना समाज जोडेर ड्राइभरलाई नै टासो लगाइदिएर पठाइदिएछन् । कस्ती बाइफाले रहिछे है नक्कली त । आँगनभरि ग्यालग्याल्ती छोराछोरी अस्रल्ल पारेर अर्काको ओछ्यान हुन कसरी सकेकी हो -सुनिनौं – लौटेकी स्वास्नीको कुरा – मर्लान्तरी पिट्यो रे बूढोले जाडको सुरमा । चुल्ठो समाएर ढोकाबाट हुत्याएर ढुंगामा बजारिदियो रे खँडेलीमा । जीउभरि डाम छरे चुटेको । घर छोडेर हिडेको पनि सात दिन भइसक्यो रे तैपनि भोकभोकै अर्काको आँगन पीढीमा सुत्दा पनि आँखाभरि माया भरिएर आउछरे त्यै लौटे मोराको । माइत नजिक भए पनि दरदुइचार दिन दुःख छल्दी हो । एक झप्का निन्द्रा त पानीमाथि पनि परिहाल्छ नि दिदी । दुइचार दिनमा त मन फर्केला नि भन्दै एक्लो ज्यान पल्टिएकी छे धुस्ना माथि । न डँडाल्नामा चोलो पूरा छ, न तल सिङ्गो फरिया नै छ । अझै पनि त्यै धसिंगरे मोराको माया लाग्छ भनेर निन्याउरो मुख लाउँथी ।
हाम्रा ग्रामीण समुदायमा आंशिकरूपमा घट्ने गाउँघरका घटनालाई पँधेरा भर्न जाने पँधेर्नीहरू,गोठाला जाने गोठाल्नीहरू र मेलापात रनवन चहार्ने सबैका नारी ज्रिब्रोमा सल्बलाउने दैनिक बोल्तीलाई जस्ताको तस्तै थुपुक्क राखेर महिला पंक्तिबाट सत्तोसराप बटुल्ने धृष्टता गरेको चाहि पक्कै हैन । मेरो लेख पढेर पचाउन सक्नेले यसले त मनकै कुरा लेखेछ भनेर मनमनै मुसु-मुसु हाँस्दै मस्किन पाउने अधिकार पनि तपाईहरूलाई नै छ । पचाउन नसक्नेले नकचरो मोरो भनेर आँखा तर्दै नाकको डाँडी बंग्याउदै आँखीभौं सोहोर्न पाउने अधिकार पनि तपाईलाई नै छ । त्यसको विरोधमा उत्रिनु भनेको अरिङ्गालको गोलोमा झटारो हान्नुसरह हुन जान्छ । म त्यत्ति जोखिम मोल्न सक्ने हुतिवान पनि परिन ।
एकताका हाम्रा गाउँघरतिर मद्रासका हात हेराउने ज्योतिषको हुल पसेझैं महिला सीप विकासको नाममा थुप्रै एनजीओको ओइरो लागेको थियो । सिलाइ-बुनाइ, एम्ब्राइडरी बाटिक पेन्ट, फेब्रिक पेन्ट स्वेटर बुनाइ तालिम आदि-इत्यादि । वल्लाघरे पल्लाघरेको लहैलहैमा लागेर महिला सीप आर्जन गर्ने लहड हाम्री जहानलाई पनि लागे
छ । झम्के साँझमा बेंसीबाट घर आइपुगेको के थिए जहानको बोल्ने शैलीमा अलि भिन्न पाए । कत्ति सधै काम काम भनेर मरिहत्ते गर्नुहुन्छ । कहिलेकाहि उज्यालोमा घर आउनुभए पनि हुन्थ्यो नि । आफ्नै मान्छेसगै भएर पनि पेटभरि मनको कुरा गर्न पनि नपाउने भन्दै बडो लयालु पारामा लजाउँदै भनिन् । हे दैव सधै नवदुर्गा बन्ने दुर्गा नामकी मेरी जहानलाई यस्तो नम्र भावमा बोल्ने सद्बुद्धि कहाँबाट पलायो ह-भनेर आर्श्चर्यबिभोर भए। आफैंलाई चिमोटेर विस्मृत हुन खोजे। म म नै रहेछु । बलेनी खाँबो समाएर पीढीको पालीबाट आधा ढाड बाहिर निकालेर हातमा पानस लिएर बोल्ने पनि मेरै गृहलक्ष्मी नै रहिछन् । अडिलको नल्काको पानीले हात खकाल-खुकुल पार्दै दौराको फेरोमा हात लतारेर भात खान भित्र हुत्तिए। फापरको ढिडोको थाप्लोमा तोरीको साग लुत्रुक्क झार्दै दाहिने घुडामाथि दुइटा हात लपक्क खप्ट्याएर बोहोतामाथि थुपुक्क कलश अड्याएझैं खप्टिएका हात माथि चिउडो टुसुक्क अड्याएर मलाई लोभलाग्दो नजरले टुलुटुलु हेरेर बसिरहिन् । सधै कर्कश व्यवहार गर्ने गृहलक्ष्मीको त्यो करुणादायक हेराइले म पनि भुतुक्कै भइहाले। फापरको ढिडोको डल्लो कुप्लुक्क मुखको दुलोबाट घुसारेर देब्रे बंगाराको डिलमाथि गालाको भित्तामा अडेस लगाउँदै असजिलो आवाज निकाल्दै फुसुक्क सोधीहाले। के भो दुर्गी तलाई – आज त तेरो बोलीमा निकै मिठास पाउँछु। किन यत्तिबिघ्न खुसी र लजालुपन झल्केको छ हतेरो मुखा । ऊ पनि के कम थिई र पोथी कुखुरीले कोर्कोराएर भालेलाई र्समर्पणका निम्ति आह्वान गरेझैं मलाई पनि त्यस्तै चित्ताकर्ष हाउभाउ कटाक्ष प्रस्तुत गर्दै गा“ठी कुरा खोलिहालिन् । “हर्ेर्नु न गाविस भवनमा सिलाइ-बुनाइ तालिम आ’को छ रे । -तपिल्दार) तहविल्दार बाजेको बुहारीले सिक्न जान पर्यो भनेर हत्ते गर्नु भा’को छ । मैले घरमा सोधेर निधो गरुम्ला दिदी भनेर पर्खाएर राखेकी छु । गाम्का सबैका छोरीबुहारी सिक्न गएको ठाम्मा मलाई पनि गरालो नहालिदिनु न है -भनेर रुन्चे पारामा भनिन् । के गर्ने आफ्नो पनि कर्कलाको पानी जस्तो मन, सबैका छोरीबुहारी सिक्न ग’को ठाउ“मा न जा भनेर केलाई पो एक्लो बृहस्पति बन्नु भनेर लौ जा त नि भनेर जहानको दाम्लो फुकाएर छोडिदिए। हरे शिव त्यस दिनबाट कोक्रामा रोएको छोरालाई काखमा पसार्दै त्रि्रा हल्लाउँदै हः हः बाबु हः हः बाबुको आमा पर भन्दै च्वः च्वः गर्दै धाइआमाको काम पनि आफैंले बेहोर्नुपर्यो । गोठको बस्तुभाउको धन्दादेखि चूल्हो चौको पनि आफैंले चहार्नुपर्यो । काम सिक्न गा’को एक महिनाजति के भा’थ्यो । काम सिकेर ऐनाजस्तो भएर आउ लिन् भनेकी गृहलक्ष्मी त परर बोल्ने मैनाजस्तो भएर पो आइन् नि गाँठे । काम सिकेको पनि तीन महिना भइसक्यो अब त कामको भाका टिपिसकिहोलिन् भनेर एक दिन फलाटिनको कपडा ल्याएर छोरालाई भोटो दौरा तगिदेउन त भनेर उर्दी लगाइदिए । १५ चोटी छोराको गला र पाखुरा, त्रि्रा र पिंडौलाको नापो लिएर सपाङ्ग कपडा लिएर गएको हप्ता दिनमा सिलाएर ल्याउन त ल्याइन् सपाङ्ग कपडा अपाङ्ग बनाएर पो ल्याइछन् । दौराको एउटा बाहुला छोटो त अर्को चाहि“ हातै पुरिने भएछ भने सुरुवाल चाहि“ बाँसको गबुवाको खोलजस्तो तलदेखि माथिसम्म सुलुत्त बेढङ्गको प्रारूप दिएर पो ल्याइछिन् । तै पनि छिरी हाल्छ कि भनेर उसले खोकिलामा हात हालेर छोरो उचाल्ने मचाहि छोराको खुट्टामा सुरुवाल घुसारी टोपल्ने भएको गोलीगाँठोसम्म त जेनतेन छिरेको थियो त्यसभन्दा माथि पनि तैबिसेक छिरिहाल्छ कि भनेर बल गर्ने भएको नाकको डाँडी निधारमाथि पुर्याउँदै छोरो त च्याँठिन पो थाल्यो ।
‘तेरो तीन महिने सीपको पायन् पनि देखियो । भैगो बाबै फाली पिट्नेले मादल बनाउन खोज्यो भने ढंग पुग्दैन । बरु घरकै करेसो बारी चहारिस् भने यसो हरियो परियो त मौलाउँथ्यो नि” भन्नमात्र के भ्याएको थिए परपुर्ववत् स्वभाव पदर्शन गर्दै उनको चोरी औंला मेरो नाकैमा ठोक्काउ लाझैं गर्दै खहरे खोलाझैं सुसाउँदै गर्जिन पो थालिन् । के सम्झेका छौ हामी महिलालाई – महिला जातिको अपमान गर्नेलाई के गर्नुपर्छ हामीलाई पनि थाहा छ । भोलि महिला भेला डाकेर यसको छिनोफानो गरेर छाड्छु” भन्दै लामो श्वास छोडेर सास बिसाइन् । मैले नरमता प्रकट गर्दै उसलाई सम्झाउँदै भने । “ए दर्ुर्गी छ कक्षामा सात चोटी फेल भएपछि तेरा बाउले तेरा-मेरा गोडा धोएर आँगन पोलेर आँगन छेउको केराको थामको गेटबाट धकेलेर तैं काउसो मलाई भिराएर पठाइदिएका हुन् क्या र । तेरा बाउले तँ लाई शिक्षादीक्षा दिएर सीप सिकाएर मान्छे बनाउन नखोजेका हुन् र तँलाई – के गर्ने कसौंडीभन्दा पनि बाक्लो रहेछ तेरा दिमाग । दरदुइ बीसले नेटो काटेर सुद्धि पँधेलो हुँदै जाने क्रममा सीप सिकेर हलो काटी मुँग्रो धोती काटी झुम्रो भने झैं कहिले देख्न पाउने तेरा पायन् – तेरा वशका कुरा हैनन् बाबै यो उमेरमा कपडा तग्न । आफ्नै मन तग्न सिक् त कत्ति सुन्दर हुन्छ यो घर भनी सम्झाइ-बुझाई गरे। अझै पनि महिला समाज जोड्छु भन्ने कुरा सुन्यो कि मन झसंग झस्किरहन्छु।
(श्रोत:- अन्तर्जाल)