~हरिश कल्पित~
तिनी अचम्म पर्छिन् मेल बक्समा आएको नयाँ इमेलको नाउँ देखेर, एकैछिन, घोरिन्छिन्, अनि उक्त नामको इमेल किल्क गर्छिन् । इमेल पढेर झनै छक्क पर्छिन् । मन एकतमासले धड्किरहेको हुन्छ । एक एक शब्दमा घोरिन्छिन् । ‘डियर अनु धेरै पछि इमेल गर्दैछु , आशा छ तिमीले बिर्सेको छैन होला मैले पनि तिमीलाई अझै बिर्सन सकेको छैन् किनकी म अझै पनि तिमीलाई माया गर्छु । तिमी टाढा भएर के भयो त अझै पनि मेरो हृदयमा छौ………।’ यो भन्दा अगाडी पढ्न सक्दिनन् । अनायासै आँखा रसाउँछन् । आँखा चारै तिर घुमाउँछिन् । दुई थोपा आँसु तुरुक्क झर्छ । दुई हातले आँखाको आँसु पुछ्दै हत्तपत्त पठाउनेको नाम फेरी हेर्छिन् । एक दिन त विश्वासै लाग्दैन, तर, उहि नाम उहि मेल एड्रेस, उफ …….। लामे सुस्केरा तान्छिन् । आँखा अगाडी अतितका पाना पल्टिदै जान्छन् ।
यो उहि नाम थियो, जुन नामसंग तिनको सास अट्केको थियो, जसलाई मन, मुटुमा गाँठो पारेकी थिइन् । अमोल तिनको लागि अमुल्य बनेको थियो । तर समयको अन्तरालसंगै त्यस नामलाई शनैः शनःै विर्सिसकेकी थिइन् । अमोल थियो उसको नाम जसले तिनको जीवनमा ठूलो परिवर्तन ल्याइदिको थियो । प्रेम र वासनामा के फरक छ भन्ने कुराको अनुभूति गराईदिएको थियो । एक दिन कुनै काम विशेषले अमोल तिनको अफिसमा आएको थियो । पहिलो भेट मै तिनको रुप, सौन्दर्यमा मोहित भएको थियो । तिनले भने खासै मतलव राखेकी थिइनन् । तर अमोल भने कुनै न कुनै बहाना बनाई भेट्न आइरहन्थ्यो । एक दिन एक्कासी चिया खान जाने प्रस्ताव राखेको थियो । तिनी अचम्मित भएकी थिइन । हुन त तिनी पनि अमोलको आर्कषक ब्यक्तित्व प्रति आर्कर्षित त भएकी थिइन तर परिचय नभैकन चिया खान जाने प्रस्ताव उचित मानिन्, त्यसैले अस्विकृत जनाउँदै भनिन् । धन्यवाद ! तर मलाई फूर्सद छैन् माफ गर्नूहोला ।
‘–इट इज ओके ! वाइ द वे आइ एम अमोल’ ! म तपाईको नाम जान्न सक्छु होला ? अलि संकोच मान्दै अमोलले भनेको थियो ।
‘–आई एम अनु ’! तिनी मुस्कुराउँदै भनेको थिइन् ।
‘– नाइस टु मिट यू’ ! हात मिलाउँनलाई हात बढाएको थियो ।
‘–सेम टु यू भन्दै तिनेले दुई हात जोडी मुस्कुराएकी थिइन् ।
‘–अब त जानु हुन्छ यसो चिया पिउँन ?’ हाँस्दै भनेको थियो अमोलले ।
‘–हैन ! आज फूर्सद छैन् अर्को दिन जाउँला हैं !’ अगाडी बढेकी थिइन् ।
हुन त तिनी पनि आर्कर्षित भएकी थिइन । आर्कषक व्यक्तित्वको धनि अमोल प्रति, तर आफ्नो भावनालाई नियन्त्रित गरेकी थिइन् ।
पहिलो नजरमै अमोलले तिनलाई मन पराएको थियो तर तिनले त्यति मतलव राखेकी थिइनन् । यौवनको आर्कषणले आर्कर्षित गरेता पनि आफ्नो भावुकता माथि सजिलै नियन्त्रित गरेकी थिइन् । तर अमोल भने तिनको रुप यौवनले लएिको थियो त्यसैले बकुल्लाले माछा ठंूगे झै संधै कुनै न कुनै बहाना बनाई तिनलाई भेटेन आइरहन्थ्यो । एक दिन एक्कासि पे्रम प्रस्ताव राख्यो । तिनी आश्चर्य चकित भइन् । जावो दुई चार चोटीको भेटमै यस्तो प्रस्ताव सुनेर झड्ङ्ग रिसाएकी थिइन् ।
‘–प्लीज यस्तो कुरा नगर्नूस अमोलजी ! …..भन्नुस् तपाईको कुनै काम छ भने, तर यस्तो वाह्यात कुरा सुन्ने मेरो फूर्सद छैन् ।’
अमोल निरुत्तर भई रुँन्चे अनुहार लगाई लुसुक्क एकातिर लागेको थियो । तिनलाई मनमनै पश्चाताप लागेको थियो, किन त्यस्तो जवाफ फर्काए भनेर । अमोलको रुन्चे अनुहार सम्झेर दया पलाएको थियो । तिनले सोचेकी थिइन अब कहिल्यै अगाडी पर्दैन भनेर मनमा कता कता बिझेको थियो । किन रुखो व्यवहार गरें भनेर उनीलाई । बरु राम्रोसंग संझाएको भए पनि त हुन्थ्यो नि ! मनमनै सोचेकी थिइन् । तर …..केहि दिन पछि अफिसमा अमोलसंग टुप्लुक्क भेट हुँदा तिनी आश्र्चय चकित् भएकी थिइन् । ‘–पिल्ज मेरो कुरामा माइन्ड नर्गनुहोला, तर म एक दम विवश छु । जति आफूलाई रोक्ने प्रयत्न गर्दा पनि रोक्न सकिन । शायद मेरो लागि यो भन्दा ठूलो जिन्दगीको हार अरु कुनै हुने छैन् । प्लीज मलाई घृणाको नजरले नहेरिदिनु होला । शायद साँचो माया लागाउँन खोज्नेले हारको सामना गर्नू पर्दो रहेछ ।’ तिनले यो भन्दा बढि सुन्न सकिनन् ।
‘–म जस्तो कठिनाईको पनि सामना गर्न गयार छु । सिर्फ मलाई तापाईको माया चहिन्छ । रुँन्चे अनुहार लागाउँदै अमोलले भनेको थियो । तिनलाई कता कता असजिलो भएको थियो । चारैतिर हेरिन् कोही पनि नदेखे पछि हत्तारिदै भनिन्–‘हिड्नोस कफि पिउँन् ।’
आफूलाई रोक्दा रोक्दै पनि तिनी अमोलको अगाडी पग्लन बाध्य भइन् । जति गरे पनि आप्mनो भावनालाई रोक्न सकिनन् ।
यसरी कफी हुँदै डेटिङको सिलसिला शुरु भयो । कहिले नगरकोट त कहिले ककनी । तिनी अमोलको मायामा चुर्लुम्म डुब्न पुगिन् । अमोलसंग जिन्दगी विताउँने सपना बुँन्न थालिन् । प्रेमको सागरमा पौडदा पौडदै तिनले आफ्नो तनमन अमोललाई सुम्पिन पुगिन् । एकदिन पनि अमोललाई नभेटेमा पानी विनाको माछा झै छटपटिन्थिन् । सधै अमोल नामको माला जपिरहन्थिन् । अमोलको लागि जे गर्न पनि तयार हुन्थिन् । तन मन धनले समर्पित भएकी थिइन् । अमोल पनि तिनको फर्कदो यौवनको सागरमा डुबुल्की लगाउँदै जिन्दगीको मजा लुटिरहेको थियो । २ वर्ष यसरी नै बित्यो । घरमा गाईगुई बिहेको कुरा चल्न थाल्यो । तिनलाई छटपटि भयो । एकदिन साहसका साथ बाबु आमा अगाडी पे्रमको खुलाशा गरिन् । घरमा भूइँचालो गयो, सवै जना विरोधी भएर निस्के । उनको प्रेममा वकालत गर्न कोही पनि निस्केन् ।
‘ हैन के भयो तिमीलाई किन कम्पूटरमा एकनाशले टोल्याई रहेकी ।’ अजितको आवाजले तिनको तन्द्रा भङ्ग हुन्छ । अनि आफूलाई समाल्दै अजित तर्फ हेर्दे भन्छिन्ः–‘आज त चाडै आउनु भयो नि ! के टिकट बुक गर्नु भयो त ? प्रश्नवाचक दृष्टि फैलाउछिन् ।
‘–खै ! हेरन ! अझै पनि वैटिङ्ग लिस्टमा छ भन्या शायद नेक्स्ट वीकमा थाहा पाउँछ होला । ’ तिमीलाई थाहै छ दशैमा सवै नेपालीहरु नेपाल फर्कन हतार हुन्छन् । सिट पाउँन मुस्किल छ । तर मैले अलि चाडै कन्ट्याक्ट गरेकोले पाउँने आशा धेरै छ र स्वास्नीलाई आस्वासन दिन खोज्छ ।
‘–यस पाली पनि जान पाएन भने त …..।’ आँखा तर्दै लोग्ने तिर हेर्छिन् ।
‘–हैन ! तिमीलाई नेपाल जान किन यस्तो हतार भएको हँ ?’ थाह छ तिमीलाई नेपालमा कति समस्या छन् भनेर …..?, ग्यास छैन् ! पेट्रोल छैन् ! मट्टितेल छैन् ! त्यसमाथि लोडसेडिङ् बढेको छ । जताततै फाहोर ! केहि त ब्यवस्थित छैन् । राजनीतिक दलहरुको खिचातानी, एक अर्कामा आरोप प्रत्यारोप ! खै ! ! के देश बनाउँछन् यिनीहरुले ……सबै गरीव जनतालाई सपना बाँडने त हुन नि ! लामो सुस्केरा तान्दै अजित सोफामा थचक्क बस्छ । तिनी हत्तपत्त फ्रिज खोली एउटा कोल्ड ड्रिङ्ग लोग्ने तिर बढाउँछिन् । लोग्नेको थाकेको अनुहारलाई सुम्मसुम्याउनै प्रयत्न गर्छिन् । स्वास्नीको हातबाट कोल्ड ड्रिङ्ग लिई अजित एकै श्वासमा घुट्काउँदै सोफामा अडेस लगाई आँखा चिम्लिन्छ । तिनको मनभरि लोग्ने प्रति माया उर्लेर आउँछ । एक तमासले लोग्नेको मुहार निहाल्न पुग्छिन् । मरि गए पनि त्यो केटासंग बिहे नगर्ने अड्डी लिएकी थिइन् । अमेरिकाको डक्टर केटोबाट माग्न आएकोमा दङ्गदास थिए बाबु आमा । छक्क पर्दै भनेको थियो ः–‘ आखिर तैले त्यो केटामा के खोट देखिस हँ !’ राम्रो भलाद्मी छ ! ! खानदन पनि राम्रो छ, त्यसमाथि अमेरिकाको डक्टर ! त्यति भए पछि के चाहियो ?
‘–म अहिले बिहे नै गर्न चाहन्न ! किन तपाईहरु मलाई जर्बजस्ती बिहे गर भन्नुहुन्छ ? तिनी
सुक्सुकाएकी थिइन् ।
‘–हेर छोरी केटा खान्दानी छ, असल छ, फेरि तलाई एकचोटी हेर्दैमा मन पराउँनु यो त तेरो भाग्य हो बुभझिस ।’ आमाले सम्झाउँने कोशिश गरेकी थिइन् ।
‘–मैले काहाँ भेटे र ?’तिनी छक्क परेकी थिइन् ।
‘–तँ अस्ति रुपा आँन्टी कहाँ गएको बेलामा रुपा आँन्टीले परिचय गराईदिएकी हैन र ?’ बल्ल तिनले आमाको कुरा बुझिन् । केहि दिन अघि छिमेकी रुपा आँन्टीको विशेष कुरा छ भन्दै घरमा बोलाएकी थिइन् । त्यस समय एउटा गोरो, अग्लो यूवकलाई रुपा आँन्टीले मेरो भाई अमेरिकाबाट आएको भन्दै परिचय गराएकी थिइन् ।
‘–मैले एकचोटी भेट्दैमा कसरी बिहे जस्तो कुरा हुन्छ भन्ने ? मलाई त उस्को बारेमा केहि थाह छैन् …। ’ बाबुले बिचमा कुराकाट्दै भने ‘–भेट्न त तलाई कति पल्ट भेट्न मन लाग्छ भेट कु्रा गर ।’ तर तैले अस्विकार गर्ने प्रश्नै आउँदैन् । केटाको बारेमा हामीले सबै कुरा बुझिसक्यौं । यो जस्तो असल केटो तैले कहिले पाउँने छैनस् । त्यो लफङ्गाको पछि नलाग् । तैले धेरै दुःख पाउँछेस् । तैले असल केटा मन पराएको भए त हामीले रोक्ने छेक्ने थिएनौ, तर ..त्यस्तो फटाहाको जालमा परिस । हामी तेरो राम्रो भविश्यको लागि यो सब गदैछौ बुझिस् । तँ’ किन अन्धो बनेकी छस् ?’ बाबु कडकिएका थियो ।
तिनीलाई आफू उभिएको जमिन बिस्तारै भासिए झैं भान भयो । मन साह्रै दुख्यो । ‘कसरी बाबुले लफङ्गा, फटाहाको पदवी दियो मेरो अमोललाई !’ आँखा रसाएर आयो । अमोलको निर्दोष अनुहार आँखा अगाडी नाच्न थाल्यो । ‘म मेरो प्रेमलाई मर्न दिन्न । साँचो प्रेम गर्नेहरुलाई यस्तै बाधा अड्चनहरु आईपर्छ । बाबाले बुझ्नुभएकै छैन मेरो अमोललाई । ‘म अमोलसंगै जिन्दगी विताउँन चाहन्छु, जस्तो दुःख आई परे पनि । बाबाहरुले प्रेम गरेको भए पो थाह हुन्थ्यो पे्रम के हो भन्ने कुरा । प्रेममा कति तडप हुन्छ भन्ने कुरा ।’ तिनले मनमनै अठोट गरिन्,म कुनै हालतमा पनि अमोललाई छोड्ने छैन् । एउटासंग तन, मन, धनले अर्पित भई सकेपछि कसरी अर्कोसंग जिन्दगी विताउँने ? अब अमोललाई भेटेर सबै कुरा भन्छु । छिटो निर्णय नगरे मैले अमोललाई गुमाउनु पर्ने अवस्था आउँछ । अमोल विनाको जिन्दगी म सोच्न पनि सक्दिन ।’ तर सानो भाईबाट तिनको योजनाको पर्दाफास भयो । भाईलाई आफ्नो ठानेर आफ्नो योजनाको सहयोगी बनाएकी थिइन् । घरमा आँघी आयो । बाबुले आदेश दिए–‘यसलाई घरबाट बाहिर पाईला हाल्न नदिनु ।’ तिनी रोइन कराइन, छटपटाइन, तर कसैले तिनको बिलौना सुनेन । बिहेको लागि सवै तयारी हुन थाल्यो ।
एकदिन मौका पाइन् घरबाट उम्कने, कामगर्ने दिदीले ढोका खोलिदिइन् तिनको बिलौना सुनेर । तिन दिनसम्म खाना नखाई बसेकी थिइन् रोएर आँखा सुन्निएको थियो । कमजोर शरीर तर पनि सकी नसकी अमोलको घर खोज्दै गइन् ।
–‘ हैन के भयो तिमीलाई फेरी पनि टोलाएकी छौं ?’ अजितको यो आवाजले झल्यास्स हुन्छिन् । आफूलाई समाल्दै भन्छिन् ः–‘नेपाल जाने सपना देख्न थालेकी, बनावटी हाँसो हाँस्दै भान्छातिर लाग्छिन् ।
–‘अमेरिकामा बसेर पनि जावो नेपाल जाने सपना पनि के देख्नु ? यसो यूरोप, अस्ट्रेलिया जाने सपना देखे पो बेश हैन र ?’ स्वास्नीलाई आँखा भिम्क्याउदै जिस्क्याउँछ अजित ।
–‘हैन ! साँच्चै तापाईलाई आफ्नो देशको माया लाग्दैन भन्या’ फरक्क फर्कि लोग्नेको आँखामा आँखा जुधाउँदै पुनः भन्छिन् ।–‘आएको पाँच वर्ष भै सक्यो । एकचोटि जाने मौका पाएको छैन् खाली विजी ! विजी ! ! यो पनि के जिन्दगी ! ह्वाँ ! ममी बाबाहरु कहिले आउँछेस भनेर सोधेर हैरान पारिरहन्छन् । फेरी आफूलाई पनि कहिले उडेर जाउँ जस्तो भएको छ । यसपाली त जसरी भए पनि जाने जाने ! ! दृढ हुँदैं भनिन् ।
–‘ल ! ल ! ! टिकट पाएँ भने त जाने भनेकै छु नि, यि स्वास्नीमानिसहरुको ढिपी पनि अचम्मैको हुन्छ बा ।’ छिटो खाना बनाउ भोक लागि सक्यो । अजित सोफाबाट उठ्दै लुगा फेर्ने तरखर गर्न थाल्छ । तिनी हतपत भान्छातिर लाग्छिन् ।
……………
रातमा अनुलाई पटक्कै निन्द्र पर्दैन् । घरि यता कोल्टो पर्छिन घरि उता कोल्टो पर्छिन् । अजित भने मस्त निदाएको छ । बिस्तारै उठछिन् टेबुलबाट गिलास उठाउँदै पानी पिउँछिन् । आज तिनलाई अतितको घाउले मुटु चह¥याईरहेको भान हुन्छ । त्यसदिन तिनी घरबाट भागेर अमोलको घर पुगेकी थिइन् । तिनदिनको भोकले शिथिल भएको शरीरले सकि नसकि लड्दै पड्दै अमोललाई भेटिन् । अमोलले आश्र्चय मान्दै सोधेको थियो । –‘ के भयो अनु तिमीलाई ! याहाँ तिमी किन आएकी ? अहिले मेरो ड्याडीले देख्नु भयो भने वित्यास पर्छ ।’ तिनी अमोललाई आगाल्दै सुँक्सुकाएकी थिइन् । ‘–अमोल म तिमी विना बाँच्न सक्दिन । मलाई अपनाउ, मेरो बाबा आमाले मेरो बिहे अन्तै गर्नको लागि सवै ठिक पारिसकें ।’
त्यस बखत अमोलको बाबुआमाले पनि तिनलाई संझाएको थियो –‘यसरी घरबाट भग्नु राम्रो होइन ।’ भनेर तर, तिनी अमोलको बाबु आमालाई विन्ति गर्दै अनुनय बिनय गरेकी थिइन् । अमोलकोसंगको प्रेममा तिनको त्यस्तो तडप देखि अमोलको बाबुआमाको पनि मन पग्लन करै लागेको थियो ।
तर….अमोलको मन एक रत्ति पनि पग्लेन । दृढ हुँदै भनेको थियो । ‘–म अहिले तिमीलाई बिहे गर्न सक्दिन् । यसका लागि तिमीले केहि बर्ष पर्खनुपर्छ ।’ ‘तिनलाई छानाबाट खसे जस्तो भएको थियो । तिनको त्यो हालत देखेर एकरत्ति नपग्लेको मन देखेर छक्क परेकी थिइन्,तिनी त्यो त्यहि अमोल थियो जसले प्रेमको ठूला ठूला कुरा गथ्र्याे । तिमी बिना एकछिन पनि बस्न सक्दिन भन्थ्यो । सधै अंगालोमा बाँधी राख्न चाहन्थ्यो । बल्ल तिनले बुझिन ति सव त तिनको यौवन चुस्ने बाहाना रहेछ, कहाँ प्रेम हुनु । अमोलको बनावटी माया उनको रुप यौवन लुट्नको लागि मात्र रहेछ । मन ग्लानीले भरिएर आएको थियो । मन सा¥है्र पोलेको थियो, कस्तो जालमन परेछु भनेर ।
‘–अनु म तिमीलाई माया गर्छु तर अहिले बिहे गर्न सक्दिन् ।’ सहानु भूति प्रकट गरेको थियो उसले ।
‘–यदि तिमी मलाई अपनाउन सक्दैनौ भने किन पे्रम ग¥यौ । मेरो शरीरसंग खेल्नका लागिमात्र प्रेमको अभिनय ?’ आँखा भरि आँसु पारी आक्रोसित हुँदै उनले भनेकी थिइन् ।
‘–हैन म तिमीलाई साँच्चै पे्रम गर्छु ।’ तर अहिले तिमी घर फर्क ….यहाँ तमासा नदेखाउ प्लीज अनु ! मेरो कुरा बुभ्ने कोशिस त गर ………।’
–चड्याङ्ग ! सकि नसकी एक चड्कन हान्दै चिच्याइन उनी । ‘यी सब् झुट ! यो सब भुट हुन् !’
‘–हैन के झुठ भनेकी !’ अजित निद्राबाट बिउँझेर आँखा मिच्दै तिनको अनुहार हेर्छ । आँखाबाट बलिन्द्र आशुको धारा बगाइरहेकी स्वास्नीको रुन्चे अनुहार देखि हत्तपत्त आँशु पुछदिदैं भन्छ ‘–नरोउ अनु ! मलाई थाह छ तिमी नेपाल जान कत्ति हत्तारिएकी छौ भन्ने कुरा, यसपाली तिमीले बाबुआमाको हातबाट टिका थाप्न पाउँछयौं । मैले त त्यसै झुट बोलेको थिएँ । वास्तवमा हाम्रो टिकट कन्र्फम भै सक्यो । अब त चित्त बुभ्यो !’ स्वास्नीलाई अँगालो हाल्दै थुमथुम्याउँछ । लोग्नेको मायाले पानी पानी हुन्छिन् । लोग्नेको आँखामा श्रद्धाले हेर्छिन् । मनमनै लोग्ने प्रति असिम माया जाग्छ । बिस्तारै लोग्नेको अनुहार दुबै हातले स्पर्श गर्दै ओठमा चुम्वन गर्न पुग्छिन् । अजित अचम्म पर्दै स्वास्नीको अनुहार केलाउँन पुग्छ । तिनी लाजले हत्तपत्त लोग्नेको छातीमा मुन्टो लुकाउँछिन् ।
हालः टोकीयो, जापान
– शनीबार, 28 कार्तिक, 2066
(श्रोत:- Samakalin)