~इल्या भट्टराई~
संसारका सात आश्चर्यमध्येको एक आश्चर्यलाई बेलायतले पनि आˆनो छातीमा सजाएको रहेछ । आˆनो देशमा रहेको त्यस्तो आश्चर्यमयी वस्तुको बेलायतजस्तो देशले विज्ञापन नगर्ने त कुरै भएन । आˆना तिनै विज्ञापनद्वारा नै उसले संसारभरिका पर्यटकहरूलाई त्यो वस्तु हेर्नका लागि कौतुहल जगाएको छ । अनि संसारभरिका लाखौँ पर्यटकहरूलाई आˆनो देशमा आउने तुल्याएको छ ।
तिनै विज्ञापन हेरेर त्यस अलौकिक वस्तु स्टोनहेन्ज हेर्नका लागि मेरो मन पनि उत्सुक नभएको त थिएन, तरै पनि चिलेको इस्टर टापुमा अवस्थित आठ सयवटा त्यस्तै विशालकाय ढुङ्गे मूर्तिहरूका बारे टिभीमा हेरिसकेपछि मलाई स्टोनहेन्ज हेर्नेबारे खासै चाख भने लागेको थिएन । तैपनि संसारको त्यस्तै अर्को आश्चर्य पिसाको एकापट्ट िढल्केको धरहरा हेर्नका लागि हामीले इटाली पुगेको बेलामा आˆनो भ्रमण तालिकामा पिसा सहरलाई पनि समावेश गरेका थियौँ । पिसा टावर हेरेर गौरवान्वित भएका थियौँ । त्यस्तै इजिप्टको कुनै कुनामा पुग्यौँ भने पनि पिरामिड त पक्कै पनि हेर्ने नै छौँ । त्यसकारण बेलायतमै पुगेको बेला आफू बसेको सहर लन्डनबाट रेलमा केही घन्टा परको त्यस्तो आश्चर्यको वस्तु हेर्न किन छुटाउनु ? भनेर ठूली छोरी निनीले गरेको तर्क, हो त नि जस्तो लागेर अन्त्यमा बेलायतको सल्सब्री सहरको बाहिरी भागमा अवस्थित स्टोनहेन्ज हेर्न जाने भनेर मनले निधो गर्यो । फलस्वरूप घरको कोठामै बसेर आˆनो कम्प्युटरको सहायताले छोरीले दुई दिनपछि त्यता जाने मेगा रेलको टिकट किनिदिई ।
लन्डनमा मेगा बस भएको त थाहा थियो । त्यो बसमा दुई, तीन हप्ता अगाडि टिकट किन्यो भने लन्डनबाट बेलायतभरि जहाँ गए पनि जम्मा एक पाउण्ड पचास पेन्समा जान पाइने रहेछ । टिकटको एक पाउण्ड, अनि बुक गरेको पचास पेन्स लिने रहेछ । त्योभन्दा पहिलेसम्म हामीलाई मेगा रेल पनि छ भन्ने थाहा थिएन तर रहेछ । दुई दिन अघि मात्र किनेकोले रेलको भाडा साहै्र सस्तो त भएन, तैपनि अरू रेलको भन्दा त्यो मेगा रेलमा आधै सस्तोमा टिकट भेट्टाइयो ।
लन्डनको वाटरलु स्टेसनमा म समयभन्दा चालीस मिनेट पहिले पुगेको थिएँ । इन्फर्मेसनमा गएर मेगा ट्रेनको प्लेटफार्म छुट्टै छ कि ? भनेर सोद्धा टे्रन त्यहीँका प्लेटफार्महरूमध्ये कुनैमा त्यो रेल आउनेछ भनेर त्यहाँ काम गर्ने अपि|mकी मूलको हँसिलो काले मान्छेले भन्यो ।
नभन्दै केही बेरपछि त्यहाँ रहेको ठूलो विद्युतीय डिस्प्ले बोर्डमा विद्युतीय अक्षरले सल्सब्री जाने टे्रनको बारेमा सूचना दियो अनि त्यही सूचनाको अनुसारको प्लेटफार्ममा गएर टे्रन चढेँ । कस्तो रमाइलो टे्रन टिकटै नचाहिने । टिकटको रूपमा नम्बर सम्भिmए पुग्ने ।
मेगा बसको बाहिर गरेको पेन्टिङबाट नै यो बस मेगा बस हो भनेर थाहा पाइन्छ तर टे्रनमा चाहिँ बसमा जस्तो कन्डक्टरको चित्र पेन्ट गरिएको थिएन । त्यही टे्रन मेगा टे्रन हो भनेर चिन्ने उपाय केही थिएन । तैपनि जाने समय र विद्युतीय बोर्डले देखाएको समय ठ्याक्कै मिलेकोले त्यही टे्रन मेगा होला भन्ने लागेर त्यसमा चढेँ ।
आधि बाटो गएपछि टिकट चेकर आयो । त्यो टे्रन मेगा टे्रन त हो रहेछ तर त्यो सिङ्गै टे्रन नै मेगा टे्रन नभएर टे्रनको एउटा डिब्बा मात्रै मेगा टे्रन रहेछ । मैले आˆनो नम्बर भनेपछि उसले आˆनो नोटबुकमा हेर्यो । त्यहाँ मेरो नम्बर भेट्यो नै होला तर मैले चढेको डिब्बा मेगा टे्रनको डिब्बा होइन रहेछ । लौ बित्याँस् म त महँगो डिब्बामा पो बसिरहेकी रहिँछु । ‘उसो भए के गरूँ, अर्को डिब्बामा जाऊँ ?’ भनेर मैले त्यसलाई सोध्नै पर्यो । ‘भैगो, अब यहीँ बस ।’ भनेर उसले आˆनो बेलायतीपन देखायो । साथसाथै ‘फर्किंदा मेगा टे्रन लेखेको डिब्बा हेरेर मात्र त्यसमा बस्नु’ भनेर आदेश पनि दिइहाल्यो ।
उसै त मनले खासै जान उत्सुक नभएको ठाउँ, त्यसमाथि झन् त्यो दिनै रुञ्चे परेको भइदियो । त्यति मात्रै भए त हुन्थ्यो नि, बादल लागेर धुम्म परेर नपुगेर हावा पनि बेतोडले लाग्न पुगेको थियो । स्वीटर लगाए तापनि जीउमा मानौँ सयौँ प्वाल परेको थियो । जयपुरको हावामहल होलाजस्तो । हावाले मुटुसम्म छेडिएलाजस्तो ।
स्टेसन बाहिरबाट आधाआधा घन्टामा दुई तले बसले आएका पर्यटकहरूलाई सल्सब्रीबाट स्टोनहेन्ज पुर्याउँदोरहेछ ।
दुई तले बसको माथिल्लो तलामा सबैभन्दा अगाडिको सिटमा बसेर म आफू एक्लो भएको कमी
मेट्न खोज्छु । बस स्टेसन छोडेर सहरको आवासीय क्षेत्रको बीचबाट गुड्दै छ । बस सहरको बीचबाट गुडिरहेको थियो तर किन मलाई म मानव बस्तीमै छुजस्तो नलागेको ? ओहो Û यति मनोरम पनि मानव बस्ती हुन्छ र भुइँबाट त्यति माथि हावामा उड्दै म कतै स्वर्गको परिवेशमा त रुमल्लिरहेकी होइन ? कति सफासुग्घर ? कति विधि फूल ? यो त कुनै बगैँचा पो हो कि ? चारैतिर हेर्दा पनि किन यहाँ फोहरमैलो, अस्तव्यस्त, जथाभावी उमि्रएका घाँसहरू छैनन् ? चारैतिरका दृश्यहरू किन आँखाको नानीमै राखिराहुँजस्ता लाग्ने भएका ?
दुई तले बसको माथि सबैभन्दा अगाडिको सिटमा बसेकी मलाई उडाउँदै लगेको अनुभूति दिलाउँदै बस सहरबाहिर निस्कियो । वास्तवमा हामी त्यही सहरमै छौँ भन्ठानेकी थिएँ । हामी त्यही सहरकै बाटोमा हिँडिरहेका छौँ भन्ठानेकी थिएँ तर बस त सहरबाट बाहिर निस्किएर फेरि अर्को सहरमा पसिसकेको पत्तै पाइनँ ।
सहरभित्रकै सडकजस्तो रूखैरूखले झ्याम्म परेको, फूलैफूलले सिँगारिएको त्यो सडक सहर बाहिरको सडक हो भनेर कसरी थाहा पाउनु ? हाम्रो यता आˆनो निजी बगैँचा त त्यस्तरी सजिएको नदेख्ने मेरा आँखाले देखेका ती फूलैफूलहरू दुई सहरलाई जोड्ने सडकमा फुलेका हुन् भन्ने कुरो कसरी कल्पना गर्नु ? हुन त ती दुई सहर हामै्र काठमाडौँ र भादगाउँजस्तै केही छुट्टएिका अनि केही जोडिएकाजस्ता रहेछन् ।
बस सहरबाहिर निस्कियो । बाटो र त्यहाँको परिवेश अहिले पनि रहरलाग्दो छ । मन त्यति सुन्दर प्रकृतिको मोहमा मोहित हुँदाहुँदै नै त्यहाँ फेरि अर्कै लोभलाग्दो दृश्य आँखा अगाडि आयो । ओहो के हुन् ती ? भर्खर काटिएका गहुँका खेतहरूमा सुन पो पगालेर पोखेका हुन् कि ? होइन भने आँखाले देखुञ्जेलसम्मका ती लम्बेतान खेतका चकलाहरू किन त्यतिविधि सुनौला भएका ?
काटिएका गहँुका छ्वालीहरू विशालकाय चक्काका रूपमा ती खेतभरि यत्रतत्र छरिएका थिए । मानौँ देउताहरू सुनका ठूलठूला चक्काहरू गुडाएर कुनै खेल खेल्न ठिक्क परेका थिए ।
हत्तपत्त क्यामेरा झिकेर फोटो खिचेँ तर क्यामेराको भौतिक लेन्सले मेरो हृदयले अनुभूत गरेका दृश्यहरू कहाँ खिच्न सक्छ र ? एक त गुडिरहेको बसबाट खिचेको, दोस्रो सामान्य स्तरको मेरो साधारण क्यामेरा चाहेको चित्र मैले खिच्नै सकिनँ । अँह पटक्क सकिनँ ।
दुई लेनको सानो बाटो तर पनि गाडीहरूको निकै आवतजावत रहेछ । सडकको दुवैतिर एउटा मान्छेको जति अग्ला बुट्यानले चकलाबन्दी गरिएका बेलायती भिरालो परेका सुन्दर भू-भागहरू थिए । कतिमा गाईवस्तु अनि कतिमा भेँडाबाख्रा पालिएका थिए । बाली गहुँ मात्र हुँदारहेछन् क्यार अरू खेती देखिएन । खाली जमिनहरू प्रशस्त थिए । ती सके चरन होलान् ।
लगभग आधा घन्टा गुडेपछि मूलबाटो छोडेर दाहिनेपट्ट िटाढा झुरुप्प मानिसहरू देखिए । सँगै थुपै्र गाडीहरू पार्क गरिएका थिए । कतै हामी गन्तव्यमा आइपुगेका त होइनौ ? कताकता नमज्जा लाग्यो । मलाई अझै बसमा अकासिँदै गुड्नै पुगेको थिएन । कति चाँडै गन्तव्य आइपुगेछ Û
हो त्यही नै स्टोनहेन्ज रहेछ । संसारका सात आश्चर्यहरूमध्येको एक आश्चर्य । बेलायती छातीमा जडिएको हीरा । त्यो आˆनो वक्षमा जडिएको हुनाले बेलायतले खुसीले आˆनो छाती फराकिलो बनाउने गरेको कुरो । त्यो आˆनो देशमा भइदिएकोले गर्वले शिर ठाडो पार्ने गरेको कुरो । अनि त्यसलाई हेर्न पाएर केके न हेरेँ भन्दै सारा पर्यटकहरूले आˆनो मनमा जीवनभरका लागि आत्मसन्तुष्टि सँगाल्न सक्ने कुरो ।
चारैतिर खुल्ला भू-भाग । टाढाटाढासम्म केही पनि छैन । वरिपरि भिरालो जमिन भए तापनि बीचको सम्म परेको निकै फराकिलो जमिनमा लगभग पाँच हजार वर्षअघि कसैले ती भीमकाय ढुङ्गाहरू गोलाकाररूपमा ठड्याइदिएका रहेछन् । त्यतिले नपुगेर ती ढुङ्गाहरूमा त्यस्तै बडेबडे ढुङ्गाका छाना पनि हालिदिएका रहेछन् । तीस/पैँतीस फिट अग्ला ती ठूल्ठूला चालीस/पचास टनका गोलाकार ढुङ्गाहरूको भित्रपट्ट िपाँच, छ फिट उचाइका साना ढुङ्गाहरूको घेरो रहेछ । भित्रपट्ट िफेरि चालीस/पचास टनका अर्का ढुङ्गाहरू । कतिपयले आफूमा त्यस्तै छाना हालेर उभिएका थिए । मलाई कताकता हामीले केटाकेटी हुँदा तासको घर बनाएको सम्झना भयो । तासका पत्तीहरू तेर्सो पारेर ठड्याइ त्यसमा छानो राखिन्थ्यो तर यहाँ त अग्ला ठाडा ढुङ्गाहरू माथि छानो हालिएको थियो ।
बेलायतीहरू निकै बाठा रहेछन् । पाँच हजार वर्षअघि कसैले कुनै उद्देश्य लिएर किलोमिटरौँ खुला भएको ठाउँमा बनाएको कुराबाट पनि अरूको खल्तीको पैसा फुत्काउन सक्ने । स्टोनहेन्जलाई मध्यमा पारेर चालीस/पचास मिटर जति परबाट वरिपरि रिङ्गै फलामको अग्लो जालीले बार लगाइदिएका रहेछन् ।
खुच्चिङ्ग लौ हेर त, हाम्रो ऐतिहासिक सम्पदा तिमीहरूले सित्तैमा कसरी हेर्छौ ?
यतिका पैसा खर्च गरेर त्यति टाढा पुगेपछि, संसारको सात आश्चर्यमध्येको एउटा आश्चर्यलाई जालीको माध्यमबाट कसले हेर्न खोज्छ र Û सडकको दायाँपट्ट िस्टोनहेन्ज छ तर त्यहाँ जालीको बार बन्धन छ । बायाँपट्ट िलागेपछि सरकारी टिकट काउन्टर अनि सोभेनियरका सामानहरू पाइने पसल तथा रेस्टुरेन्टहरू छन् । टिकटको तगारो पार गरेपछि कत्ति न हामीलाई अनुग्रह गरेझैँ गरी त्यो ठाउँको परिचय दिने अडियो क्यासेट भएको हेडफोन दिइनेरहेछ । विभिन्न भाषाहरूका ती हेडफोनहरू थिए । मैले अङ्ग्रेजीको लिएँ ।
त्यहाँबाट सडकको मुन्तिर खनिएको सुरुङलाई पार गर्दै स्टोनहेन्जको परिसरभित्र पुगिँदोरहेछ । हेडफोनको सेटमा दिएको निर्देशअनुसार नै एक नं. लेखेको चिनोमा पुगेपछि त्यो सेटको एक नं. माथिनेर सेटलाई टेलिफोनको रिसिभरजस्तै कानमा लगाएँ । भित्रबाट बिस्तारै ती ठाउँ तथा ती ढुङ्गाहरूको परिचय दिइन थालियो । वरिपरि विभिन्न ढुङ्गाहरूमा नम्बर दिइएर राखिएका रहेछन् । आफू हिँड्दै जुन नम्बरको चिनोको अगाडि पुगियो, आˆनो सेटमा थिचेपछि त्यसको बारे परिचय पाइनेरहेछ ।
स्टोनहेन्ज त पुगियो । त्यस्तो आश्चर्यजनक ठाउँ त देखियो, त्यसको फोटो त खिचियो तर त्यो ठाउँमा आˆनो फोटो कसले खिचिदिने ? मलाई लाग्छ कुनै पनि महìवपूर्ण ठाउँमा त आफू पनि भएको फोटो खिच्नुपर्छ, होइन भने त त्यो ठाउँको चित्र भएको पोस्टकार्ड त जति भने पनि पाइहालिन्छ नि ।
त्यहाँ प्रत्येक व्यक्ति नै हातमा सेट बोकेर त्यसलाई कानमा लगाएर त्यो ठाउँको बारे जानकारी लिन व्यस्त थियो । त्यसैले मैले कसैलाई पनि मेरो फोटो खिचिदेउन भनेर अनुरोध गर्नै सकिनँ तर ती विशालकाय ढुङ्गाहरूको एक फेरो लाइसकेपछि, त्यसबारे लिने जानकारी त्यो सेटबाट लिइसकेपछि धेरैका हातबाट ती सेटहरू घाँटीमा झुन्डिन पुगे । अनि त पालैपालो फोटो खिच्ने र खिचाउने क्रम चलिनै हाल्यो ।
आँखाले भ्याउन्जेलसम्म देखिने प्रकृतिको मनोहारी विशाल क्यानभासको त्यतिखेर म पनि एउटा अंश भइदिएकी थिएँ । आहा के विधि राम्रो परिवेश जता हेरे पनि हलुको भिरालो परेका लमतन्न परेका, भर्खर पानीले पखालेर सिनित्त पारेका जस्ता ठूलठूला चौरहरू, अनि ती चौरलाई सुरक्षा गर्न घेराबन्दी गरेर चारैतिर उभिएका मध्यम उचाइका रूखहरू । त्यतै कतै म पनि तिम्रै अङ्ग हो भनेझैँ प्रकृतिमा मिसिन आइपुगेका रहरलाग्दा वनहरू ।
वास्तवमा त्यहाँ आएका पर्यटकहरू त्यहाँको प्रकृतिको सौन्दर्यले विमुग्ध भएर त्यतै वरिपरि डुल्न जाँदा रहेछन् । मलाई पनि त्यतिखेर आफूलाई हराएर त्यहीँको वातावरणलाई आत्मसात् गर्न कम्ती मन लागेको थिएन तर के गर्नु Û त्यहाँको हावै बैगुनी रहेछ । त्यहाँको पानी नै बैगुनी रहेछ । आफूलाई माया गरेर एकछिन सुम्सुम्याउँछु भन्नेलाई पनि तुरुन्तै फर्की जान बाध्य पार्दो रहेछ । अघिसम्म धुम्म परेको आकाश अहिले सिमसिम रुन थालेको थियो । यसो पानीबाट छेलिएर ओत लाग्ने ठाउँ कतै थिएन । हावा चलेर हजारौँ सुइराहरूले मानौँ करङभित्र सयकडौँ प्वाल पारिदिएको भान पारेका थिए । त्यसैले स्वीटर लाए तापनि जाडोले लुगलुग काम्न थालेपछि त्यहाँ बसिराख्छु भनेर सोच्नै सकिएन ।
मिल्ने भए बसबाट ओर्लिनेबित्तिकै म फर्किने रेल पनि चढी हाल्थेँ तर फर्किने समय निश्चित थियो । त्यसैले म बाध्य भएँ सल्सब्री घुम्नलाई । स्टेसनबाट ओरालो लाग्दा सडकका दुई छेउका पुराना अनाकर्षक घरका लहरले मलाई कत्ति पनि लोभ्याएका थिएनन् तर पछि के भयो कुन्नि, म अकस्मात् सल्सब्रीसित आत्मीय भइदिएँछु । त्यो फूलैफूलको सहरलाई अत्यन्तै मन पराउन पुगेछु ।
सके काठका काला धर्का अनि सिङ्गरीको छानो भएका ती होचा परम्परागत बेलायती घरहरूले मलाई त्यो सहर आत्मीय बनाइदिएको हो कि ? वा फूलैफूले सिँगारिएर पो त्यो सहरले मलाई आफूतिर आकषिर्त पारेको हो ? हुनसक्छ त्यहाँ पनि बग्न आइपुगेको एभन नदी अनि त्यसमा जलकेली गरिरहेका ती ठूला सेता कुङ्लिङे रजहाँसहरूले मलाई त्यो सहरमै स्ट्याटफोर्ड अपन एभनको सम्झना गराएको होला म भन्न सक्दिनँ मलाई किन मन पर्यो तर अनेक रङका बिगुनियाँ, जेरेनियम, जरबेरा, इम्प्यासन, प्यान्जी, कारनेशनहरू आफूभरि फूलाएर रूपवती भएको, पुराना परम्परागत् होचा घरहरू भएको सानो तर असाध्यै राम्रो त्यो सहरले मलाई मोहनी नै लगाइदियो ।
एभनको किनारमा मुग्ध भएर म त्यसको किनारै किनारमा लहर लागेर निहुरिएका बैँसलाई, त्यो सफा र स्वच्छ एभनलाई, त्यसमाथि हालिएको चिटिक्क परेको पुलमाथि हिँडिरहेका एक हूल पर्यटकलाई अनि एभोनमै रमाउँदै आˆनो जीवनलाई सार्थकता दिइरहेका ती असङ्ख्य सेता रजहाँस तथा छिरबिरे हाँसहरू हेर्दै अब कता जाने होला ? के गर्ने होला भनेर सोच्दै थिएँ, अकस्मात् मेरो आँखाअगाडि भएको एउटा पुरानो घरमा भएको ‘किङ्ग्स् हेड इन’ लेखिएको साइनबोर्डमा पर्छ । के अर्थ होला त्यस्तो ?
एघारौँ शताब्दीमै बसेको सहर भए तापनि सल्सब्री सहरको त्यो सानो, पुरानो घरहरू भएको बजार जताततै समानान्तर सडकहरूको जालोले छपक्कै ढाकिएको रहेछ । तिनै एउटा, दुइटा छोटाछोटा जालो पार गरेर म त्यो सहरको नयाँ भागमा पुगेकी थिएँ । फराकिलो चौरसँगै टाँसिएको फराकिलो सडकको छेउमा बेलायतका नाम चलेका लाइनर पसलहरू सबै थिए ।
त्यही चौरको एउटा बेन्चमा बसेर स्यान्डवीच खाँदै गर्दा एउटी
भयङ्करलाई अगाडिबाट जाँदै गरेको देखेँ । तिनको कम्मरको परिधि सातै फिट थियो होला । मलाई उनको आकृति आˆनो क्यामेरामा उतार्न एकदम मन लागेर आयो । खाँदाखाँदैको स्यान्डवीचको प्याकेट छेउमा राखेर मैले तिनीले थाहा नपाउने गरी तिनको फोटो खिचेँ । फोटो खिचेकी मात्रै के थिएँ, एक्कासि तिनी फरक्क फर्केर आफूतिर आउँदै गरेको देखेँ । मेरो त सातोपुत्लो नै गयो । अर्काको देश, त्यहाँको काइदा कानुन थाहा छैन । त्यसरी सार्वजनिकस्थलमा अर्काको जानकारीबिना नै उसको फोटो खिच्न पाइन्छ कि पाइँदैन थाहा छैन । त्यसरी आˆनो अनुमति नै नलिई कसैले फोटो खिचेको थाहा पाएमा त्यो व्यक्तिले कानुनतः केके गर्न सक्नेछ ? यी सबै कुरा त मलाई केही पनि थाहा थिएन । केही गरी मैले गरेको कार्य गैरकानुनी रहेछ भने ?
तिनी मेरो नजिकै आउँदै थिइन् । म कुनै वादविवादमा परिन्छ कि भन्ने पिरले जुरुक्क उठेँ र हिँड्ने तरखरमा लागेँ । केही गरी ती आइमाई साँच्चिकै मसँग झगडा गर्न आएकी भए म नम्र पाराले तिनीसँग माफ मागुँला र तिनकै अगाडि आˆनो क्यामेराका फोटाहरू डिलिट गरिदिउँला भन्ने मनमा थियो तर मैले सोचेजस्तो त्यहाँ केही पनि भएन ।
सानो सहर एकैछिनमा घुमी सकिए तापनि त्यो दिन मैले सल्सब्रीको कतिफेरा फेरो लगाएँ, त्यो गनिसाध्य छैन । परम्परागत हुँदाहुँदै पनि बेलायतको चरित्रअनुसार त्यो सहरमा पनि सानै भए तापनि बेलायतका नामी अत्याधुनिक सबै पसलहरू थिए । आधुनिक बजार थियो । मोल पनि लन्डनभन्दा निकै सस्तो थियो, त्यसैले त त्यहाँ मैले कति थोक किनेकी थिएँ ।
पछि फर्किने बेलामा रेलको समयभन्दा एक घन्टा पहिले स्टेसन फर्किएँ सिटी सेन्टरबाट स्टेसन पुग्न मलाई दस मिनेट मात्र लाग्यो । त्यति नजिकैको सिटी सेन्टरले मलाई फेरि आफूलाई अँगाल्न बोलायो, नभन्दै म फेरि सिटी सेन्टर पुगेँ । सहरलाई फेरि एक फन्को मारेँ । एभोन नदीलाई हेरेँ । त्यहाँका ती रजहाँसहरूसित बिदाबारी भएँ । नदी किनारका बैँसका रूखहरूलाई बिदाइको हात हल्लाएँ, अनि फूलैफूलको बीचमा हाँसेको त्यो सहरलाई बैँस निख्रँदै गएको सूर्यसँगै उदास मनले छाड्दै लन्डन फर्किनका लागि आठ बजेको रेलमा म चढेँ ।
(श्रोत:- मधुपर्क)