~इन्दिरा प्रसाई~
गर्भाधानपूर्वको कथा
हिजोआज केही लेख्न मन लाग्दैन । विषयवस्तुको प्रचुरताले हो अथवा दिनदिनै मर्दै गएको संवेदनाले हो, केही पत्तो लगाउन सकेकी छैन । मेरो लेखनी थाकेको हो कि – त्यसो पनि हुन सक्छ । यहां हुन नसक्ने, हुन नहुने जे पनि हुने समय बितिरहेका बेला जे पनि हुन सक्छ । प्रसङ्ग यस बेला एउटा कथा लेख्ने हो । मोमिला’ एउटी ऊर्जावान् संघर्षशील लेखकको नाउं हो, मप्रति अपनत्वपूर्ण बानी-व्यवहारका कारण मेरा लागि मोमिला प्रिय नाउं हो । दिदी, तपाईंले कलाश्री’ को पहिलो अङ्कका लागि कथा लेख्नैपर्यो’ उनको अपनत्वपूर्ण आदेशको सार यस्तै थियो । म लेख्न सक्दिनं होला, वचन दिन सक्दिनं’ उनलाई पूरै र्टार्न पनि नसकी उनीसंगको आत्मीयतासंग लोभिंदै-लोभिंदै मेरो पेन्डुलम प्रत्युत्तरको सार पनि यस्तै थियो । यो यस कथाको गर्भधारणपूर्वको कथा हो ।
मोमिलाको मृदु आदेशपूर्णको अनुरोधले बारम्बार मलाई तरङ्गित पारिर≈यो, पारिर≈यो ।
गर्भाधान
गृहयुद्ध, विश्वआतङ्कवाद, साम्राज्यवाद, प्राकृतिक विनाशजस्ता अहिलेका प्रमुख प्रभावकारी घटना-प्रतिघटनाको पोखरीमा संवेदनाले अन्तिम सास र्फर्ेन लागेको अवस्था भोगिरहेको लेखक । मैले मेरो लेखकलाई घचघच्याएं- ऊ केही चलमलायो तर फेरि फरक्क र्फर्केर टेलिभिजनका सिरियलतिर लाग्यो । लेखनप्रतिको यो बेवास्ता ⁄ के लेखक मरेको हो अब – मैले लेखकलाई सोधें । लेखक बोल्दैन, मलाई महसुस गर्दै छ वा गर्दैन थाहा छैन । यस्तो समय धेरै बित्यो, यस अर्थमा धेरै बित्यो कि ती समयमा धेरैभन्दा धेरै सिर्जना गर्न सक्थ्यो लेखकले । तर लेखक लेखनका लागि चलमलाएन । तर पनि मैले भने लेखकलाई मोमिलाको प्रेमिल आदेशले सिञ्चन गरिरहें । त्यसैले एक दिन लेखकले मलाई सोध्यो- के लेख्ने – मैले आफ्नो विजयमा खुसी हुदै उसलाई भनें- कथा’ लेख, कथा’ । म हत्या, आतङ्क, र्सवनाश, विनाश लेख्दिनं, अनि अहिलेको समय नबोलेको कथा त्रि्रै लागि कथा’ नभइदेला । भो, म बरु लेख्दै लेख्दिनं ।’ लेखक घुर्क्याउन थाल्यो ।
लेख न लेख ⁄’ मैले लेखकलाई थुमथुम्याएं, सुमसुम्याएं- तिमीले जे लेखे पनि म कुनै प्रतिवाद गर्नेछैन, लौ बाचा भयो ।’ मैले लेखकलाई आश्वस्त तुल्याएं । त्यसपछि लेखकको अनुहारमा आत्मसन्तोषको लहरको एक थोपो देखा पर्यो । त्यसैले म आशावादी भएर उसको लेखनको प्रतीक्षामा बसें । यसरी कथाको गर्भाधान भयो ।
कथाको जन्म , औचित्यहीन
पहिलो दृश्य
यिनीविना म बांच्न सक्दिनं, मेरो सम्पूर्ण लेखनकी प्रेरणा नै यिनी हुन्, यीविना मेरो अस्तित्व नै छैन ।’ त्यस दिन एउटा भव्य पार्टर्ीी फलानाले फलानीलाई मेरो समक्ष यसरी नै प्रस्तुत गरेको थियो । जोडी पनि राम्रो थियो । फलाना र फलानीलाई एकअर्काप्रति समर्पित देखेर त्यस बखत मेरो मन त्यसै-त्यसै पुलकित भएको थियो ।
दोस्रो दृश्य
पत्रिकामा फलानाको पिताको निधन भएको विज्ञापन छापिएको थियो । कुनै समयमा फलनासंग हाम्रो निकै घनिष्ठता भएका कारण आत्मीय औपचारिकता निर्वाह गर्न हामी पति-पत्नी फलानाको घर खोज्दै पुगेका थियौं । फलानाको घरपरिसर निकै भव्य रहेछ । फलाना शोकमग्न अवस्थामा थिए । पिताको असामयिक निधनमा पुत्रमा पर्ने र्सवमान्य पीडा उनले पनि वहन गरेका थिए । यिनी मेरी पत्नी हुन्, मेरो सम्पूर्ण परिवार सञ्चालन गर्ने यिनै हुन्, यो घर यिनकै कारण यस रूपमा छ ।’ फलानाले आनी पत्नीलाई हाम्रा अघि प्रस्तुत गरेका थिए । केही अघि उनको अनुहारमा देखिएको पिताको मृत्युका शोकपूर्ण भावहरूलाई तुरुन्तै पत्नीदम्भले ढाकेको थियो । त्यहां फलानीलाई पनि मेरा दृष्टिले खोजिर≈यो । तर त्यो मेरो असफल प्रयत्न साबित भयो ।
अन्तःतरङ्ग
अहो, फलानाकी त त्यस्ती अजङ्गकी पत्नी रहिछन्, तर यतिका वर्षम्मको हाम्रो भेटघाटमा त फलानाले कहिल्यै पनि आनी पत्नीको प्रसङ्ग ल्याएका थिएनन् । मैले आफ्नो घनिष्ठताका कारण एकपटक फलानीसंग सोधेकी पनि थिएं- तिम्रो र फलानाको यत्रोबिधी घनिष्ठता छ, तिमीहरूको सम्बन्ध वर्तमानसम्म मात्रै सीमित हो अथवा भविष्य पनि सोचेका छौ – के फलाना पनि तिमीजस्तै अविवाहित हुन् -’ होइन, उनकी पत्नी छिन्, तर ती हुनु र नहुनुले फलानालाई केही मतलब छैन, बिचरा फलाना पत्नीपीडित हुन्, उनी विवाहित हुंदाहुदै पनि अविवाहित जीवन भोगिरहेका व्यक्ति हुन्, उनको पत्नीपीडाको कथाले नै मैले उनीप्रति आफूलाई र्समर्पण गरेकी हुं ।’ फलानीले पनि आफ्नो मन मेरा सामु खोलेकी थिई । के तेसो भए फलानाले पत्नीसंग पारपाचुके गरेर तिमीसंग बिहे गर्छन् त -’ मैले पनि फलाना र फलानीको सम्बन्धलाई सामाजिक स्वीकृतिभित्र बांध्न खोजेकी थिएं । उनी मसंग विवाह नै गर्दै छन् ।’ त्यसबेला फलानीको तेजस्वी अनुहार धपक्कै बलेको थियो । यो धेरै वर्षघिको कुरा थियो । महानगरीय जीवनयापनको व्यस्तताले फेरि धेरै वर्षम्म हाम्रो भेटघाट भएको पनि थिएन ।
तेस्रो दृश्य
यो एउटा निकै धनी मानिसद्वारा आयोजित साहित्यिक कार्यक्रम थियो । पेसाले डाक्टर भएका यी साहित्यिक व्यक्ति आफ्नो आर्जनको केही प्रतिशत पांचतारे होटलमा साहित्यिक कार्यक्रम गरी खर्चन रुचाउंथे । फलानासंग त्यस दिन त्यही कार्यक्रमममा देखादेख भयो । मैले फलानालाई देख्नासाथ फलानीलाई पनि फलानाको छेउछाउ खोजें । तर फलानी त्यता कतै थिइन । कार्यक्रमको औपचारिक समापनपछि अनौपचारिक कार्यक्रम सुरु भयो । म फलानालाई खोज्दै उनका सामु पुगें । फलानाको कपाल निकै फुलिसकेको रहेछ, फलानाको अनुहारमा पनि चाउरीका धर्काहरू निकै देखा पर्न थालेछन् । तर फलानाको फर्ुर्तीमा भने कमी देखिंदैनथ्यो । माफ गर्नुहोला, मैले आज तपाईंसंग फलानीलाई देखिननि ⁄’ फलानासंग दुइ-चार अरू औपचारिक कुरा सक्दानसक्दै म आफ्नो लक्ष्यविन्दर्ुतर्फ हाम फालें । तपाईं पनि ⁄ क्या मान्छे बा ⁄ समयको कुरा गर्नुस् न ⁄ मलाई के थाहा उसको बारेमा – मैले उसको बारेमा जानकारी नै किन राख्नुपर्यो । भोलि कतै ⁄’ फलानाले निकै रातो मुख पारेर मेरो उत्सुकतालाई लात्ती हान्दै जवाफ र्फकाएको थियो । अनि त्यस बेला त तपाईं नै फलानी नभई बांच्न सक्दिनं, मेरी प्रेरणाकी स्रोत भन्नुहुन्थ्यो त ⁄’ मैले उसलाई पूर्वस्मृति गराउन खोजेकी थिएं । हो, त्यस बेला मेरो त्यही जवाफ उचित थियो, प्रेरणा भनेको पनि सधैं चाहिने कुरो हो र – मैले उसको औचित्यभरि उसलाई महत्त्व दिएकै हो नि – नत्र कहां फलानीको स्तर कहां मेरो – मैले पनि उसबाट पाएको प्रेरणाको शोधभर्ना उसलाई राम्ररी गरेको छु ⁄ हेर्नोस्, म घरपरिवारवाला मानिस कहिलेसम्म फलानीसंग गांसिन सक्थें र – अब तपाईं मसंग यी औचित्यहीन कुरा नगर्नुस् है ⁄’ फलानाले ≈विस्कीको तेस्रो पेग हातमा लिएर मलाई खबरदारीको भाकामा भनेको थियो । त्यसपछि फलानासंगको मेरो उत्सुकता पनि समाप्त भएको थियो ।
उपसंहार
कथा सकियो’ लेखकले भन्यो । अनि फलानीको बारेमा किन केही नलेखेको -’ मैले लेखकलाई सोधें । फलानीका बारेमा म केही लेख्न चाहन्नं । म फलानीलाई बांधेर मेरो लेखनको सीमाभित्र राख्न चाहन्नं । उसलाई स्वतन्त्र छोड्न चाहन्छु, त्यसैले म फलानीका बारेमा केही लेख्दिनं ।’ लेखकले भन्यो । अनि फलानी के गर्दै छे – फलानीका बारेमा केही त जानकारी देऊ ।’ मैले लेखकसंग अनुरोध गरें । हेर तिमी कचकच नगर, मैले जे-जति लेख्नुपथ्र्यो लेखें ⁄ फलानाका लागि फलानी औचित्यहीन भइसकी । यो कथाको शीर्षक पनि औचित्यहीन नै हो । कथाको अन्त्य भइसक्यो ।’ लेखकले झर्केर भन्यो । होइन, मलाई त तिम्रो कथा अपुरो लाग्यो, तिमीले फलानीबारे पनि लेख्नर्ैपर्छ । के भो र एउटा अर्को दृश्य थपिदेऊ न, तिम्रो के ब्रि्रन्छ -’ मैले पनि लेखकलाई निकै झोक्किएर भनें । हे’ तिमी पनि कस्तो जिद्दी ⁄ म अर्को दृश्य त मरे नि थप्दिनं, तर तिमीलाई फलानीका बारेमा केही मुख्य सुराकीका बुंदा दिन्छु, तीमध्ये तिम्रो खुसीले तिमीले त्यही परिवेशमा फलानीलाई रोज है त ⁄” लेखकले मसंग केही कायल हुदै भन्यो । मैले लेखकसंग पराजित हुनुभन्दा यही भए नि स्वीकार गरें ।
– फलानीले आत्महत्या गरी,
– फलानी अर्कै फलानोसंग गृहस्थी गर्दे छे,
– फलानी यसै सहरमा त्यस्तै फलानाको प्रेरणाकी स्रोत भएर पुनः बितिरहेकी छे,
– फलानी धोका, अपमान र तिरस्कारको भुमरीमा परेर प्रतिशोधको ज्वालामा परेपछि कुनै विıोही समूहमा संलग्न भएकी छे,
– फलानी कहां यताउंधी छ र ⁄ ऊ त इडिभीको चिट्ठा परेर अमेरिका गइसकी,
– चिट्ठा पर्यासर्या होइन क्या’ एउटा बूढो पेसेवर अमेरिकनसंग कागजी बिहे गरेर फलानीले अमेरिकाको ग्रिनकार्ड हात पारिसकी रे,
– फलानीले यो जीवजगत्को तत्त्वबोध गरेकीले अहिले आफूलाई सांसारिक मोहजालबाट मुक्त पारेकी छ आदि-इत्यादि ।
लेखकले खरर आफ्नो सूची प्रस्तुत गर्यो । अब तिमी नै रोजेर यसमध्ये कुनै एकमा चिनो लगाऊ न, भएन त फलानीको पनि कथा ।’ लेखक दङ्ग परेर हांस्न थाल्यो । लेखक आफ्नो उन्मुक्त हांसोले मलाई हिर्काएर अलप भयो । सायद ऊ पुनः दुनियांको भौतिकतामाथि लम्पट भइसकेको थियो । तर मलाई भने फलानीको पीडाले सताइर≈यो ।
कथावतरणपछि
तिमीलाई यो कथा कस्तो लाग्यो मोमिला – यो कथा तिमीले चाहेजस्तो भयो कि भएन ⁄ तर इमानसाथ भन्दै छु मोमिला ⁄ यो कथा मैले तिम्रा लागि मात्र लेखेकी हुं । त्यसैले यो कथामाथि तिम्रो पूर्ण्ााधिकार छ । तिमीलाई मन पर्यो भने कलाश्री’ मा छापिदेऊ, मभन्दा पनि सायद मेरो लेखक रमाउनेछ । तिमीलाई मन परेन भने तिमीले च्यातिदिए पनि हुन्छ है ⁄ तिम्रो खुसी मोमिला ⁄
(श्रोत:- अन्तर्जाल)