कथा : क्रमशः उपनायकहरू

~इन्दिरा प्रसाई~

उपनायक एक
बन्देलालले अन्ततः लामो सास फे¥यो । साँझ गहिरिँदै थियो । घुरान ताप्न जम्मा भएका टोलका केही सदस्य एउटा निर्धारित जमघटमा ‘घुरान राजनीति’ चर्काइरहेका थिए ।
“यसपूलि एमालेले बहुत जगा जित्छ ।” खुशीलालको उमङ्ग हेर्न लायक थियो ।
एकपल्ट उसको कलचौँडो अनुहार घुरानको धँवाँ र चन्द्रमाको चाँदनीमा धपक्कै चम्कियो ।
“हामी गरिबलाई जसले जिते पनि के रे खुशिया !” बँढो मोतियाले बिँडीको सर्को लिँदै भन्यो र ख्याक्क खकारेर नजिकै थुक्यो ।
“रे खुशिया, पूेहोरको चुनावमा टिना लगाइगइस् । यसपूलि बिल्डिङ कमरा बनाउलास् कि ।” जितँ महतोले ईष्र्यामिश्रित वाक्य पूरा ग¥यो र खुशीलालको प्रतिक्रिया बुझ्ने आशयले उसको अनुहारमा गहिरो दृष्टि छोड्यो ।
“रे जितँ, तँ ज्यादा चलाख हुँदै छस् । रगत–पसिनाको कमाइ हो रे टिना मेरो । काम गर्छु त किन हाल्दिनँ । बिल्डिङ कोठा पनि बनाइलिन्छ मर्दवा छोराले । बोल् रे मङ्गलँ तँ बोल् ।” एक सोचमा घोरिइरहेको मङ्गलु झस्कियो । वास्तवमा पूेहोरको चुनावमा टोलाभरको भोटको ठेक्का मङ्गलु र खुशीलालकै साझेदारीमा परेको थियो । अहिले पनि मङ्गलुलाई राम्ररी सम्झना छ, खुशीलालले चलानी दारु खुवाएँ भनेर धेरजसो रुपियाँ लुकायो । मङ्गलु बिचरो एकसरो धोती र पन्ध्र दिनजति कान्छी तामाङनीको होटेलको खानपिनमै अलमलियो । यसको रहस्य पनि चुनाव सकिनेबित्तिकै एक दिन मङ्गलुकी स्वास्नीलाई खुशीलालकी स्वास्नीले चुनावको कमाइबाट टिनाको छाना हालेको प्रसङ्ग खोलेपछि झल्याँस्स हुन पुगेको थियो ऊ ।
फेरि चुनावको प्रसङ्ग दोहोरिँदै थियो । अर्थात् चुनावी सरगर्मी सधैँको जस्तो यस पटक पनि त्यस टोलमा छिर्नछिर्न लागिरहेको थियो ।
खुशीलालले जस्तो आफ्ना नेताजीहरूलाई जी, हजुरी गर्न सक्तैनथ्यो मङ्गलु । झन् ऊ एक्लैले नोट हात पूर्ने कुरा पनि त्यति सजिलो थिएन ।
मङ्गलु कुनै अनिष्ट प्रकारको आशङ्कामा मडारिरहेको थियो यस बेला । किनभने ऊ खुशीलालको चाटुकारितासित राम्ररी परिचित भएको कारण यस पटक पनि उसले पूेहोरकै हविगतमा नपु¥याउला भन्न सकिन्नथ्यो । एकदम दोधारमा परेको थियो मङ्गलु । त्यसैले यस बेला खुशीलालकै सहमतिमा टाउको हल्लाउनुभन्दा अर्को विकल्प थिएन ऊसित ।
घुरान राजनीति केहीबेरमै सेलायो ।
खटियामा खुशीलालकी स्वास्नीले पूेहोरको मेला, नाइलनको सारी र होटेलको नास्ता सम्झेर आगामी चुनावको चहलपहल कल्पी । उता मङ्गलुकी स्वास्नीले चाहिँ लोग्नेले दुई छाक पुग्ने गरी ल्याएको मछली र भात सम्झी ।
“हे गढीमाई ! चुनाव छिट्टै होस् ।” दुवैले भाकल गरे आआफ्नै कल्पना र तरङ्गहरूबाट ।

उपनायक दुई
“होइन होइन, यस पटक हामी चन्दा दिन सक्तैनौँ । पूेहोर तपूईंंहरूको पूर्टीलाई गरेको लगानी बालुवामा पूनी हालेजस्तो भयो । खोइ, मेरो ज्वाइँलाई तपूईंको पूर्टीले नागरिकतासम्म दिलाउन सकेन । भो भो, नकराउनोस्, एउटा नाथे टुथपेस्टको मुख अलिकति ठँलो पूर्न सक्नुभएन तपूईंहरूले । कुन मुखले चन्दा माग्नुहुन्छ तपूईंहरू ? आखिर मैले पनि त आफ्नो नाफा हेर्नै पर्ने हुन्छ । फेरि छोराहरूसित पनि त रायसल्लाह नलिई हुन्न । तपूईंहरूसित पूेहोरदेखि नै भड्केका छन् उनीहरू । चित्तबुझ्दो काम नै छैन तपूईंहरूको । चुनावअघि चन्दा माग्न आउनुहुन्छ, चुनाव जितेपछि मुखै देखाउनुहुन्न ।” अरविन्दलाल एकनास बरबराइरहेको थियो चन्दा माग्न आउने पूर्टीकार्यकर्ताहरूसित ।
धेरैबेरदेखि संयम धारण गरेर बसेका पूर्टीकोक्षाध्यक्ष भने अरविन्दलाललाई चित्त बुझाउने कुनै रणनीतिको तैयारीमा केन्द्रित थिए ।
“बुझ्नुभो सेठजी, यस पटक हामीले काम गर्ने समय पूयौँ र ? तापनि तपूईंको सालालाई कति ठँलो ‘रिस्क’ लिएर नागरिकता दिलायौँ । अझ निजीकरणअन्तर्गत संस्थानसमेत तपूईंकै साला उमेशलालजीले खरिद गर्ने सुअवसर प्राप्त गर्नुभयो । हाम्रो पूर्टीलाई कैयन् अखबारले भारतीयलाई देश बेच्न खोज्दै छ भनेर लाञ्छित गर्न खोजे । प्रतिपक्षले कत्रो ‘स्कान्डल’ मच्चाए । प्रतिपक्ष संसदीय दलका नेताहरूलाई मुख बुजो लगाउन कतिवटा विदेशी एजेन्सीको कमिसन खुवाउनुप¥यो । साँच्चै भन्ने हो भने तपूईंले दिनुभएको एक करोडले प्रतिपक्षको मुख टाल्न पनि पुगेन । तर अहिले अप्रत्याशित तवरबाट चुनावमा जानुपर्दा तपूईंको सहयोगबिना कसरी जान सक्छौँ हामी ! हेर्नोस्, एक पटक बहुमत ल्याएपछि तपूईंहरूले थाहा पूउनुहुनेछ कस्तो सुपूत्रमा चन्दा खसेछ भनेर । हामीले जित्नु भनेको तपूईंहरूले जित्नु हो । ज्वाइँको नागरिकताको के कुरा गर्नुहुन्छ, उहाँको तीन पुस्ताको नागरिकता बनाइदिउँला । नागरिकता दिने अधिकारीलाई नै तपूईंको पूलेमा भर्ना गरिदिए भएन र !” आफ्नो कुटिल वक्तव्यलाई बिसाएर सुरेशप्रसादले अरविन्दलालको अनुहारमा आँखा गाडे । त्यसपछि आफ्नो पूर्टीप्रशिक्षणबाट परिष्कृत भाक्षणले प्रभाव पूरेको देखेर मनमनै मुस्कुराएका थिए उनी ।
“भैगो, भोलि एकपल्ट पूर्टीअध्यक्षलाई नै पठाइदिनोस् । म पनि छोराहरूसँग सरसल्लाह गर्छु । यसपूलि दुईचारवटा एग्रिमेन्ट लेटरमा उहाँको सही नगरी हामी पैसा दिन सक्तैनौँ । पूेहोर विश्वासका भरमा दुःख पूएको बिर्सेको छैन मैले ।” अरविन्दलाल केही नरम हुँदै आइरहेका भए पनि पूर्ववत् अडानमै कायम थिए त्यस बखत ।
“सेठजी ! म अध्यक्षलाई आजै पठाइदिऊँ कि ? यहाँको जिम्मेवारी अहिले नै सक्न पूए भोलि हामी विराटनगरतिर प्रस्थान गर्ने थियौँ । हेर्नोस् न, चुनावखर्च सङ्कलन गर्न ढिलो भइसक्यो ।” सुरेशप्रसादले सेठ अरविन्दलालको मन पुनः छाम्न खोजे ।
“होइन होइन, तपूईंहरू भोलि नै आउनुहोस् ।” अरविन्दलालका शब्दहरू किञ्चित् व्यापूरिक पर्खालदेखि उछिट्टिएर बाहिर जान सकेको थिएन ।

उपनायक तीन
“हेर्नोस् साथीहरू, देशका लागि रगतको खोलो बगाउन पनि पछि हट्नु हुँदैन । सबैले आआफ्ना स्वार्थलाई त्यागेर देश र जनताका लागि बलिदान गर्न तैयार हुनुपर्छ । आफ्ना लागि नसोचेर भोलि आउने सन्ततिका लागि सोच्ने बेला आएको छ यस बेला । साथी हो ! यो प्रतिगामी सरकारका विरुद्ध हामी ऐक्यबद्ध भई आजको बन्दकार्यक्रमलाई सफल तुल्याऔँ ।” नेताजीको भाक्षण सकिएपछि तालीको गडगडाहट सुरु भयो ।
‘गड्याङ्ग ।’
‘ढ्याङ्ग !’
‘लाठीचार्ज ।’
ढुङ्गामुढा ।’
त्यसपछि लछारपछार भागदौड सुरु ।
“नेताजी ! विवेकलाई गोली लाग्यो, स्पट डेथ ।” अजयले दौडिँदै आएर भन्यो ।
“गोली ! के पुलिसले गोली चलाएकै हो त ?” नेताजीको प्रश्न गराइमा विस्मय थियो ।
“उप्m, नेताजी ! सिभिल पुलिसले साइलेन्सरयुक्त रिभल्भर प्रयोग गरेजस्तो छ । लौन नि, विवेकलाई के गर्ने ?” नेताजीको अनुहारको रङ्ग बदलिएको देखेर अजय लल्याकलुलुक हुँदै गइरहेको थियो ।
“विनोदलाई तुरुन्त पठाऊ ।” उत्साही युवक विवेकलाई सम्झेर नेताजी केहीबेर घोरिए र तुरुन्त केही सम्झेर फोनतिर लम्किए ।
“हेलो, गायत्री हो ? सुन, अङ्कित र मुकेशलाई घरबाट बाहिर ननिस्कनँ भन्नँ । बाहिर स्थिति ठीक छैन । बुझ्यौ होइन ? अँ, मेरो चिन्ता गर्नु पर्दैन । म भरे बुलेटप्रुफमै फर्कन्छु ।” फोनको रिसिभर राखेर नेताजीले आश्वस्तपूर्ण सास फेरे । कोठामा एक्लै छटपटिरहे उनी ।
“नेताजी ! मबाट केही गल्ती भयो कि ?” विनोद अत्तालिँदै आइपुगेर उनका अगिल्तिर बजारियो ।
“यस पटक विवेक तिम्रै चुनावक्षेत्रको उम्मेदवार थियो होइन ?” नेताजीले विनोदको भावभँमि छाम्दै भने ।
विनोदले सहमतिमा मुन्टो हल्लायो । उसको निधारको चिटचिट पसिनाले हिउँदको चिसो सिरेटोलाई व्यङ्ग्योक्ति प्रहार गरेजस्तो भान हुन्थ्यो ।
“विवेकको लासलाई सुरक्षित अवस्थामा राख्ने प्रबन्ध गर । भोलि नगरपरिक्रमा गराउनुपर्छ । तुरुन्त ब्यानरहरू बनाउन देऊ ।
‘शहीद विवेक अमर रहँन्, हत्यारा सरकार मुर्दावाद !’
“अँ विनोद, भोलि टुँडिखेलको प्रमुख वक्ता तिमी नै हुनेछौ । प्रभावशाली भाक्षण तैयार गर । विवेकको हत्याप्रति जति बढी सहानुभँति बटुल्न सक्छौ त्यति नै जित तिम्रै पूेल्टामा रहनेछ ।” ढोकामा पुगिसकेको विनोदलाई रोकेर नेताजीले उसको ढाडमा धाप मार्दै भने ।

उपनायक चार
“मलाई केही चाहिँदैन । मैले कमिसन, घँस केही लिने गरेको छैन । यो उमेरमा ती सबै मलाई किन चाहियो र, बरु तपूईंहरू मेरी छोरीलाई भेट्नोस् र उसको समाजसेवा अभियानमा सहभागी भएर धर्म कमाउनुहोस् ।” त्यस बेला प्रधानमन्त्रीजीले विश्वबैङ्कको एजेन्टलाई निर्देशन दिँदै आफ्ना पवित्र वाक्यहरू फलाक्नुभएको थियो ।

उपनायक पूँच
“हेर्नोस्, हामीले जसरी भए पनि दुईतिहाइ बहुमत ल्याउनु छ । केही गरी यसको रहस्य खुल्यो भने पूर्टी सङ्कटमा पर्नेछ । त्यसैले तपूईं मेरो नातिलाई आपूmसँगै लिएर जानुहोस् र उसको नाममा खाता खोलेर हाम्रो हिसाबकिताबको सबै रकम तपूईंकै देशको बैङ्कमा राखिदिनोस् । त्यहाँबाट मेरो नातिले ‘इन्डिकेशन’ पठाएपछि म यहाँ सबै पेपरहरूमा ‘साइन’ गरिदिउँला ।” कुनै ठँलो दातृराष्ट्रको एजेन्टसँग अर्थमन्त्रीले गोप्य वार्ता टुङ्ग्याउनुभएको थियो ।

उपनायक छ
‘हेर्नोस्, राम्ररी सोच्नुपर्छ, भावुकताले चुनाव जितिँदैन । न राष्ट्रियताले नै कुनै लछारपूटो लगाउँछ । हिजोआज जनता पनि चलाख भइसकेका छन् । भोटको बदला नोट खोज्छन् । हामीले एउटा ‘क्याबिनेट डिसिजन’ गर्दा हाम्रो सात पुस्ताको भलो हुन्छ भने किन पछि हट्ने ? म तपूईंहरूलाई यस कुरामा पछि हट्ने सल्लाह दिन्नँ । आखिर ठँला राष्ट्रका अगिल्तिर साना राष्ट्रको जोड पनि कतिन्जेल चल्न सक्छ र ! हामीभन्दा अघिकाले पनि निहुरिएरै आफ्नो दुनो सोझ्याए भने हामीपछि आउने पनि ठाडै बस्ने छैनन् । हामीले अलिकति ‘माइल्ड’ भइदिँदा कुनै नराम्रो देख्तिनँ म । प्रधानमन्त्रीजीको सारपूर्ण निर्देशन पूएर बैठक केहीबेर मौन बस्यो । प्रधानमन्त्रीजीका निजी सचिवले एउटा महत्वपूर्ण एजेन्डा सबैका अगिल्तिर घुमाए । सबैले पालैपालोहस्ताक्षर गरे ।
बेलुकी प्रधानमन्त्रीनिवासमा भव्य कक्टेल्सको आयोजना गरिएको थियो ।
त्यस रात नन्दी–भृङ्गीहरूले पनि धीत मरुन्जेल सत्तासुखको उपभोग गरेका थिए ।

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.