कथा : कन्जुस

~विमल मित्र~

एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ कहाँ जानुहुन्छ ?”

“विलासपुर”– मैले छोटो उत्तर दिएँ ।”
“राम्रै भयो । म पनि विलासपुरै जाँदैछु । तपाई त्यहाँ के गर्नुहुछ ?” – उसले सोध्यो

“म त्यहाँको मेडिकल अफिसर हुँ ।” मैले गर्वसाथ भनें । उसित कुरा गर्न मन लागेको थिएन । मैले टाउको फर्काएँ । सोचें यो मानिस अवश्य पनि टिकट बिना चढेको होला । टिकटचेकर आए बेस हुने थियो । तर ऊ मलाई छोड्न चाहँदैनथ्यो । उसले भन्यो– “तपाईँले कति तलब पाउनुहुन्छ ?”

मलाई रीस उठ्यो । जवाफ नदिई चूपचाप बसें । उसको कुरा भने टुगिंएन । ऊ बोल्न थाल्यो– “रूपियाँ नै सबै थोक रहेछ । रूपियाँ भए सबै आफ्नो, नभए कोही पनि आफ्नो हुन्न ।”

मैले उसको कुरामा ध्यानै दिएको थिइनँ । त्यहाँ दुईवटा बर्थ थिए । ऊ बोलिरहेको थियो “हेर्नुहोस् न, नोकरी गरेर छोराछोरीलाई मान्छे बनाएँ । कोर्टमा नोकरी गर्थे । आम्दानी राम्रो थियो । पछि मलाई हेर्लान् भनेर छोराछोरीको निम्ति कति दुःख गरें तर अहिले हेर्नुहोस् न ।”

“छोराले हेर्दैन ?” मैले उसको कुरामा चासो मानेको भावमा भनें ।

उसले भन्यो– “म छोराकहाँ जाँदैछु । एक पैसा पठाउँदैन । त्यसलाई मैले जानेको छु । आँखा पनि राम्रो देख्दिनँ । डाक्टर देखाउन पनि पैसा लाग्छ । होइन त ?”

“पैसा त लाग्छ नि ।” मैले भनें ।

“आठ रूपिँया नदिएसम्म डाक्टरले हेर्ने होइन । आठ रूपियाँ कहाँबाट ल्याउनु ?” उसले लाचारी प्रकट ग¥यो । “छोराले एक पैसा पनि पठाउँदैन ?”

मैले सहानुभूति देखाउन प्रश्न गरें ।

“साठी रूपियाँ पठाउँछ महीनामा । साठी रूपियाँले आजकल के हुन्छ र ?”

“अरू छोराहरू छैनन् ?” मैले सोधें ।

“अरू पनि छन् तर सबै आफ्नै संसारमा मस्त छन् । म बूढो बाबुलाई हेर्ने तिनीहरूको फुर्संद नै कहाँ ? दश वर्षदेखि आँखामा जाली लागेको छ । तर डाक्टरको आठ रूपियाँ फिस दिन कोही मान्दैनन् । सरकारी अस्पतालमा जानू भन्छन् । तर मैले उनीहरूको इज्ज्त पनि त हेर्नुपर्छ । ऊ अझ उत्तेजित भएर बोल्न थाल्यो “ढाक्टर देखाउँछु, आठ रूपियाँ पठाइदे भनेर चिठी लेखें । तर जवाफ के आयो, थाहा छ ?”

“के आयो ?” मैले उसको प्रश्न दोहो¥याएँ ।

उसले विस्तारै भन्यो “होस् नभनौं, मन व्यर्थै खल्लो हुन्छ । कति दुःख गरेर तिनीहरूलाई मान्छे बनाएँ । अहिले त्यसको परिणाम यस्तो ।”

“त्यो आठ रूपियाँको निम्ति तपाईंलाई रेलभाडा नै धेरै लाग्यो त ।” – मैले सोधें ।

उसले अलिकति हाँस्दै भन्यो– “रेल भाडा ? मैले टिकट काटेको छु भन्ने सम्झनु भएको ? जीवनमा पैसा तिरेर कहिल्यै रेल चढेकको छैन । कम्पनीको रेल आउँछ जान्छ । म चढ्दा कोइला बढी लाग्छ र ? टिकट छैन र त पहिलो श्रेणीमा चढेको ।” ऊ हाँस्यो । उसको कुरा सुनेर मलाई रीस उठ्यो । यस्तो लाग्यो टिकटचेकर आएर उसलाई निकालिदेओस् ?

फेरि हुर्काएर मान्छे बनाएर पनि अहिले कसैले हेर्दैन । आठ रूपियाँको निम्ति………।

उसले भन्यो– “आठ रूपियाँ अहिले मेरो निम्ति आठ सय जत्तिकै छ । कुनै समयमा म दुवै हातले पैसा बाँड्थे । अहिले आठ रूपियाँको निम्ति छोरासित भीख माग्नुपर्दैछ ।” उसको आँखाभरि आँसु थियो, अनुहार टीठलाग्दो थियो । उप्रति दया लागेर आयो । मैले भने– “टिकटचेकर आयो भने त तपाईंलाई निकालिदिन्छ ।”

“निकालोस् । म फेरि अर्को टूेनमा चढ्नेछु ।”

“तपाईंसित भएको पैसा पनि लग्यो भने के गर्ने ?”– मैले सोधें ।

उसले सहजसाथ भन्यो– “मसित पैसा छैन । नाङ्गै पारे पनि एक पैसा पाउने होइन । साठी रूपियाँ कलकत्ता जस्तो शहरमा के हुन्थ्यो र !”

“टूेनमा खानलाई पैसा चाहिन्न त ?” – मैले प्रश्न गरें ।

“मसित खानेकुरा छ ।” एउटा पोको देखाउँदै उसले भन्यो– “एक रूपियाँको चिउरा बडाबजारबाट किनेर ल्याएको छु । काँचो खुर्सानी पनि छ । यो उमेरमा चप कटलेट इत्यादि पचाउन सकिने होइन । उमेरमा सबै कुराको स्वाद लिइसकेको छु ।”

त्यसपछि म उसलाई मालसामान हेरिदिने अनुरोध गरेर खान हिँडे । म फर्कंदा ऊ काँचो खुर्सानीसित चिउरा खाइरहेको थियो ।

मलाई देख्नासाथ उसले सोध्यो– “खानुभयो ?”

“खाएँ ।”– मैले भनें ।

उसले फेरि सोध्यो– “कति लाग्यो ?”

“दश रूपियाँ ।” – मैले भनें ।

ऊ झसङ्ङ भयो अनि मलाई हेर्दै भन्यो– “एक खेपको खाना दश रूपियाँ ?”

रात निकै बितिसकेको थियो । अब सुत्ने तरखर गर्दै मैले भनें– “अब बत्ती निभाएर सुत्नुपर्छ । खाइसक्नु भयो ?”
“तपाई सुत्नुहोस् । म यहाँ माथि सुत्छु ।” यति भनेर ऊ माथिल्लो बर्थमा चढ्यो । उसित लुगाफाटा, सुटकेस केही थिएन । लुगाफाटा त्यतिकै लाएर जुत्ता पनि नफुकाली ऊ सुत्यो ।

“जुत्ता लाएरै सुत्नुहुन्छ ?” – मैले सोधें ।

“अहं खोल्दिनँ । नयाँ जुत्ता बनाएको भर्खरै ।” उसले जवाब दियो । साँच्चै, जुत्ता भने नयाँ थियो । मैले जुत्ताको दाम सोधें । उसले भन्यो– “अर्डरमा बनाएको अठार रूपियाँ लाग्यो ।”

टूेनको टिकट किन्न नसक्ने, आठ रूपियाँको निम्त छोरासित भीख माग्ने अनि जुत्ताचाहिँ अठार रूपियाँको लाउने ! म आश्चर्यमा परें । मैले सोधें– “शायद तपाईंलाई जुत्ताको विशेष सोख छ होला ?”

“मेरो जुत्ता पूरा पाँच वर्ष खप्छ । खाई नखाई जुत्ताचाहिँ म राम्रै लगाउँछु ।” ऊ आफ्नो सोखको बयान गर्दै थियो ।

म उसको अनौठो सोख देखेर छक्क पर्दै निदाएँ ।

भोलिपल्ट बिहान मलाई चाँडै निद्राले छोड्यो । उसले सोध्यो– “यो स्टेशनपछि विलासपुर आउँछ, होइन ? मैले

“हो” भनेपछि ऊ बर्थबाट ओर्लियो । म पनि आफ्नो लुगाफाटा ठीक गर्न थाले ।

उसले केही चिन्तित हुँदै भन्यो– “विलासपुरमा त धेरै टिकटचेकरहरू हुन्छन्, होइन ?”

“हो, तपाईंले खूबै सतर्क भएर उत्रिनुपर्छ ।” – मैले उसलाई जनाइदिएँ ।”

“टूेन ठीकसँग नथामिइकन म उत्रन्छु ।”– उसले भन्यो ।

साँच्चै विलासपुरस्टेशनमा टूेन थामिनअघि नै ऊ टूेनबाट उफ्रयो । त्यति नै बेला चारैतिर मानिसहरूको होहल्ला सुनियो– “मान्छे म¥यो ! मान्छे म¥यो !”टूेन थामिएपछि मैले देखें– मसित आउने उही मानिस लीक र प्लेटफर्मको बीचमा लम्पसार परेको थियो । त्यहाँ भीड जम्मा भएको थियो । उसलाई मुश्किलले त्यहाँबाट निकालियो । उसका दुइटै खुट्टा रेलले काटिएका थिए ।, मानिसहरूले उसलाई स्टूेचरमा हालेर अस्पताल पु¥याए । ऊ, चीत्कार गरिरहेथ्यो– मेरो खुट्टा…..मेरो खुट्टा ! अस्पतालमा सबै कुराको व्यवस्था चाँडै भयो– औषधि, इन्जेकसन, ब्यान्डेज इत्यादि । बेहोश नाभइञ्जेल चिच्च्याइरहेको थियो– खुट्टा…..खुट्टा । खबर पाएर उसको छोरो पनि आयो । आठ रूपियाँको निम्ति छोराचाहिँलाई गाली गरें । छोरो पनि चूपचाप कुरा सुनिरह्यो । अर्को दिन उसको होश आउनेबित्तिकै उसले मलाईं आफ्नो खुट्टाको विषयमा सोध्यो । “खुट्टाको निम्ति सुर्ता नमान्नुहोस्, तपाईं बाँच्नुभयो त्यसैमा सन्तोष मान्नुहोस” भनेर मैले भनिदिएँ । तर ऊ “मेरो दुवै खुट्टा ल्याइदिनुहोस्, डाक्टर बाबू, मेरो खुट्टा, भन्दै एकोहोरो कराउन थाल्यो । तपाईंको खुट्टा राखिदिएका छौं, तपाईं निको भएपछि दिनेछौं ।” मैले यति भनेपछि ऊ अलिकति अश्वस्त भयो । विस्तारै उसको स्वास्थ्य ठीक हुन लाग्यो । तर डाक्टर, नर्स जोसित पनि उसले खुट्टाकै कुरा गथ्र्यो । मसित पनि ऊ खुट्टाकै कुरा गथ्र्यो । एक दिन मैले बुभेंm उसको सुर्ता खुट्टाको निम्ति होइन, जुत्ताको निम्ति रहेछ, अठार रूपियाँ दिएर किनेको जुत्ता, त्यस्तो मान्छेले जुत्ताको माया गर्नु स्वभाविकै हो । मैले जुत्ताको खोजी गर्दा थाहा भयो मानिसहरूले उसको जुत्ता खुट्टासितै जलाएर खाक पारेछन् । त्यसदिन मैले उसलाई भनिदिएँ खुट्टासितै जुत्ता पनि जलाइयो” – भनेर ! मेरो कुरा सुन्नासाथ उसको अनुहार स्याप्पै सुक्यो । स्याँ– स्याँ गर्दै उसले भन्यो, “डाक्टर बाबू, त्यो जुत्ताभित्र………..मेरो रूपियाँ……..थियो । मैले……..रूपियाँ राख्नलाई विशेष………अर्डर दिएर……..बनाएको थिएँ ।” “कति रूपियाँ थियो ?”– मैले आश्चर्य मान्दै सोधें । “त्रिपन्न हजार……….।” एक्कासि उसको सास रोकियो । खुट्टा काटिएको दुःख सहन सकेतापनि रूपियाँ जलेको कुरा उसले सहन सकेन । ऊ सधैंको निम्ति निदायो ।

(श्रोत:- Unity)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.