‘ज्या, नामै बिग्रेछ कार्डमा’ भन्दै रानी हस्याङफस्याङ गर्दै आई सुयोग भएको ठाउँमा ।
‘कता बिगे्रको ? भित्र कि बाहिर ?’– सुयोगले सोध्यो ।
‘बाहिरै हो, तिम्रो नाममा । सुयोग संगीत हुनुपर्नेमा संगीता भएछ ।’
‘ठिकै छ, निम्तो पाएँ । नाम नमिलेर के भयो र ?’ सुयोगले रानीलाई भन्यो ।
माघको महिना । बिहेको सिजन । लगन थोरै छ । त्यही भएर होला लगन गाँठो कस्न होडबाजी नै चलेको छ ।
‘माघमा जम्मा पाँच लगन छ । एउटा सिद्धियो, बाँकी चारवटा मात्र छन्’– रानी हाते क्यालेन्डर पल्टाउँदै भन्दै थिई ।
ऊ संकेत गराउँदै थिई, सुयोगलाई बाँकी चार लगनको । सुयोगलाई राम्ररी थाहा थियो, माघे लगनको । तर, सुने पनि नसुनेजस्तै ग¥यो । ऊ मोबाइलमा टेम्पल रन खेल्दै ग¥यो ।
‘तिम्रा बा र आमा कहिले आउँछन् जापानबाट ?’– रानी चिच्याएर सोध्दै थिई ।
‘आउलान् नि चाँडै’– आँखा नजुधाई भनिदियो सुयोगले ।
बाआमा जापान भर्खरै गएका थिए, जापानमा रहेको दाइलाई भेट्न । दाइ नेपाल नआएको थुप्रै भएको थियो । बाआमा माघभरि नआउने र बिहेको लगन घट्दै जानेमा सुयोग ढुक्क थियो ।
‘आफ्नो नभए पनि साथीको बिहेमा त जाने होला नि ?’
‘जाने हो । भोलि बिहान म तिमीलाई लिन आउँछु, सँगै जाऊँला’– सुयोगले रानीलाई भन्यो ।
रानी त्यहाँबाट छुट्टिई ।
रातो कार्ड । सुयोगले भित्र हे¥यो । सबैभन्दा पहिला केटीको नाममा आँखा गयो । नाम रहेछ, रानी । ऊ एकछिन दंग प¥यो । त्यसपछि रानीसँग उसको भेट भएन ।
त्यसपछि हो, सुयोग रानीको यादमा तड्पिन थालेको । ऊ कहाँ छे र के गरिरहेकी छे, त्योमात्र बुझ्न पाए पनि हुन्थ्यो भन्ने उसलाई थियो । फेसबुकमा रानीको प्रोफाइल सर्च गर्न थाल्यो । रानी मुखर्जी भेटियो, तर उसले खोजेको रानी श्रेष्ठ भेटिएन ।
नयाँ वर्ष नजिकिँदै थियो । सहर नै दुलहीझैँ सिँगारिएको थियो । सुयोगले काम गर्ने अफिसमा शुभकामनाका कार्डहरु आउन सुरू भइसकेको थियो । यसले नयाँ वर्षको आगमनको संकेत गर्दैथियो ।
ऊ टेक्नोलोजीमा पनि अगाडि नै छ । जिमेल सु्रू भएदेखि उसले यसलाई नै आफ्नो प्रमुख इमेल बनाएको छ । प्लस टु पढ्दा ताका उसले इमेल चलाउन सिकेको थियो । त्यही बेला खोलिएको हटमेल एकाउन्टमा उसले आज नयाँ इमेल देख्छ, साथी पूजाको । नयाँ वर्षको ई–कार्ड रहेछ । पूजा रानीको मिल्ने साथी भएको कारण उसलाई पनि यो कार्ड गएको हुन सक्ने भनी उसले सिसी गरिएको ठेगाना हे¥यो । त्यहाँ रानीसँग मिल्दोजुल्दो नाम पनि देख्यो । त्यही इमेल ठेगानामा सुयोगले इमेल पठायो ।
‘मैले यो इमेल मेरो कलेजको साथी रानीलाई पठाएको हुँ । मलाई थाहा छैन, तिमी त्यही रानी हौ कि होइनौ ? यदि तिमी रोल नं. ७७ भएकी रानी हौ भने मलाई रिप्लाई गर, तिमीसँग धेरै कुरा मैले साट्न छ । सुयोग विराटनगरबाट’
समय बित्दै गयो । रानीको एउटा इमेल आयो, जहाँ लेखिएको थियो– ‘हाई, धेरै खुशी लाग्यो तिम्रो इमेल पाउँदा । म आफैँसँग तिमीले सोधेका प्रश्नहरुको जवाफ छैन । तर, एउटा कुरा म के स्पष्ट छु भने तिमी सच्चा हृदय भएका मान्छे हौ । सायद समय र उमेरसँगै हुने परिवर्तनले हाम्रो मित्रतामा पनि हलचल गरेको होला, आएको होला । मेरो भोलि अन्तिम परीक्षा छ, सायद पर्सि नै घर जान्छु होला । मैले तिमीसँग लामो समयसम्म सम्पर्क गरिनँ, त्यसलाई अन्यथा नमान…। सफल जिन्दगी जिउनू । मलाई थाहा छ, तिमी योग्य छौ । भगवान्को कृपा तिमीमाथि छ ।
रानी’
सुयोगले फेरि रानीलाई छोटो इमेल लेख्यो–
‘रानी तिमीलाई मैले हिजो सपनामा देखेँ, बिपनामा मिल्ला र ? साँच्चै, तिमी फरक देखिएकी थियौ ।’
रानीको तुरून्तै जवाफ आयो–
‘हा… हा… हा…, मलाई सपनामा देखेको ? वाउ, सुन्दै आनन्द लाग्ने !’
‘कस्तो फरक देखिएँ त म ? म त जस्ताको तस्तै छु त । केही पनि चेन्ज–सेन्ज भएको छैन । सबैले रानी मुखर्जीजस्तो भन्छन् रे, हा… हा… हा…, रमाइलो गरेको ।’
‘समयसँगै ममा केही परिवर्तन नभएका होइनन्, तर त्यस्तो म्युटेसननै त भएको छैन होला ।’
‘अरु कुरा छाड ।’
‘तिम्रो हालखबर के छ ? अस्ति असार ९ गते तिम्रो जन्मदिन थियो है । म त्यतिबेला भेँडेटार थिएँ । इन्टरनेट थिएन, तिमीलाई शुभकामना दिन सकिनँ । तर, मलाई याद थियो । पछि साहै्र ढिलो भयो, शुभकामना भन्न अड लाग्यो, त्यसैले विस गरिनँ ।’
‘सायद, टाढा भएर होला । मलाई त के लेख्ने, के भन्ने, विषय नै पाइनँ ।’
‘तर, एउटा कुरा फेरि भन्न मन लाग्यो, तिमी साँच्चैकै राम्रो र दयालु छौ । भगवान् तिम्रा दाहिना होऊन् ।
रानी ।’
दिनहरु बित्दै गए । रानी बिस्तारै–बिस्तारै सुयोगको सम्पर्कबाट टाढिँदै थिइन् । सुयोगको जिन्दगीमा पनि नयाँ साथीको आगमन भइसकेको थियो ।
चाहेको व्यक्तिसँग सबैको कहाँ विवाह भएको छ र ? उसले मनमनै चित्त बुझायो ।
तृप्ति भर्खर प्लस टु सिध्याएर बसेकी छे । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ जाने उसको विचार रहेको सुयोगलाई सुनाई ।
सुयोगले तृप्तिलाई भन्यो– ‘तिमी जाऊ, म पनि मेरो यहाँको कन्ट्रयाक्ट सिध्याएर काठमाडौँ नै आउँछु ।’
कुनै दिन सुयोगले रानीलाई इमेल गरेको रहेछ, वैवाहिक जीवनका बारेमा सोध्दै । त्यसैको उत्तरमा होला, रानीले हाँसीहाँसी लेखिकी थिई–
‘इमेलका लागि धन्यवाद । अँ… वैवाहिक जीवन त नयाँ रंगहरु, माया, हाँसो अनि अरु धेरैधेरै कुराले भरिपूर्ण छ । साँच्चै म मेरो उहाँसँग नयाँ जिन्दगी रमाइलोसँगै बिताउँदै छु । अहिले म जापानमा छु । जिन्दगीको मोडमा पक्कै हाम्रो भेट हुनेछ । इमेल गर्दै गर है ।’
‘ए, तिमी जापानमा ? एकदमै खुशी लाग्यो । साँच्चै, सुशी खायौ त ? मलाई त एकदम मन पर्दछ । अनि तिमीले भनेको कुरा ठिकै हो, हामी जिन्दगीको कुनै मोडमा भेटिन सक्छौँ, तर फेरि भगवान् भरोसा । मेरा पनि तिमीलाई तिम्रो जिन्दगीको सफलताको शुभकामना ।’
जिन्दगीको लामो यात्रामा सुयोगले सिकेको पाठ यही थियो, चाहेको व्यक्तिसँग सबैको कहाँ विवाह भएको छ र ? त्यसैले उसले मनमनै चित्त बुझायो ।
(श्रोत :- Chitwanpost )