~ओमप्रकाश निरौला~
“युद्धबाट र्फकदै गर्दा जङ्गली जनावरको शिकार गर्ने जुक्ति पलायो साथीहरूमा” । केही शिकार पनि गर्यौं हामीले । मृग, जरायोहरू मार्न सफल भयौं । अति नै भोग लाग्दा कस्तो हुन्छ भन्ने राम्रो अनुभुति भयो त्यतिबेला । शिकार गरेका मृग र जरायोको काँचो मासु ब्लेडले (पत्तीले) चिर्दै चिर्दै खायौं । पकाएर खानेसम्म पनि फुर्सद थिएन । एकातिर भोक अनि अर्कोतिर दुस्मनले घेरा हाल्ला भन्ने डर । मर्नुभन्दा बहुलाउनु निको भन्ने उखान सम्भिmँदै मैले पनि मृगको काँचै मासु खाएँ । डाक्टरहरूले पनि हामीसँगै खाए । मलाई एउटा कुरा अचम्म लाग्यो, मैले कहिलेकाहीँ टेलिभिजनका च्यानलहरूमा केहीकेही मान्छेहरूले जङ्गली जनावर र चराचुरुङ्गीलाई मारेर अलिअलि पोल्दै अनि कहीलेकाहीँ काँचै खाएको देखेको थिएँ । त्यस्तो देख्दा मलाई घीन लागेर आउथ्यो । कोहीकोही मान्छे त जनावर नै बन्न सक्दारहेछन् भन्ने पनि लाग्थ्यो । तर जब म आफैंले मृगको मासु काँचै खानुपर्ने भयो, त्यतिबेला मलाई एकरति पनि घीन लागेन । बच्चाले चकलेट खाए जसरी त भन्दिँन, तर रमाइलै मानेर खाएँ मैले । “
युद्ध सिद्धिएपछि पनि निरन्तर हामी दबाबमा परिरहेकै बेला एउटा हवाइजहाज आयो, जसले हामीलाई देख्यो । त्यसकोलगत्तै हेलिकप्टर आयो र हेलिकप्टरले गोली हान्न थाल्यो । हामी जङ्गलभित्र छिर्यौं र रूख रूखमा अढेस लागेर सुरक्षित हुन थाल्यौं । लगत्तै हेलिकप्टरले बम खसाल्न थाल्यो । हाम्रो कम्पनी कमिसारले आफ्नो सेटमा मिटर घुमाएपछि हेलिकप्टरमा बोलेको आवाज पनि सुनिन थाल्यो । जङ्गल पूरै घनाखालको थिएन । केही रूख र त्यसपछि खाली ठाउँ थियो । हेलिकप्टर केही बेरमा हराउँथ्यो । सायद गोली, बमहरू लिन जान्थ्यो होला । हाम्रो टोली विकेन्द्रित तरिकाले रक्षा गर्दैगर्दै पछाडि सर्दै थियो । दुश्मनको हेलिकप्टरको आक्रमणमा परी कमरेड नमूनाले सहादत प्राप्त गर्नुभयो ।
त्यसरी आफ्नो टोलीलाई बचाउँदै पछाडि सर्दै गर्दा मैले एकजना महिला सहयोद्धलाई अत्यन्तै दुःखलाग्दो, मार्मिक, अवस्थामा देखेको थिएँ । उहाँको शरीर पातलो थियो । उहाँको घुँडा चाहिँ चुँडिएको रहेछ सायद बमले होला । देख्नेवित्तिकै मेरो त मनै सिरिङ्ङ भयो । एकछिन त म हेरेको हेर्यै भएँ । घुँडा चुँडिएर खुट्टा उछिट्टएिको थियो । उछिट्टएिको खुट्टामा सेतो जुत्ता पनि सँगै थियो । घुँडाबाट रगत ह्वाल ह्वाली बगिरहेको थियो । टोलीको डाक्टरले ब्लिडिङ रोक्ने औषधि र इन्जेक्सन त दियो, तर ब्लिडिङ रोकिएन । त्यहाँबाट अघि बढ्दा पनि त्यही तस्बि भलझली आँखामा आइरह्यो । कैयौ दिनसम्म पनि त्यो दृश्य मेरो मनबाट हटेन । अहिले पनि मलाई पूरै सम्झना छ त्यो दृश्यको । केही समयपछि नै ती कामरेड सहादत भएको खबर आयो । सुन्दा साहै् दुःख लाग्यो ।
ब्याक सर्दै जाँदा बेलुकीपख एउटा घरमा पुगियो । घर एकदमै सामान्य मान्छेको जस्तै थियो । घरमा पनि एकजना पुरुष मात्र थिए । घर नजिकै भएको गोठमा केही गाईवस्तु र बाख्राहरू थिए । धेरै थकाइ लागेको हुनाले अन्य कुरालाई त्यही थाँती राख्दै बास मागियो । भोक ,प्यास, थकान सबैलाई विश्राम दिने आशयले बास मागियो तर त्यो घरको मान्छेले बास दिन मानेन । नजिक अन्य घरहरू पनि थिएनन् । हामीसँग त्यहाँबाट अन्त गएर बस्न सक्ने कुनै सम्भवना पनि थिएन । अनि उसैलाई थर्काएर बस्यौं । बास बस्न दिइनस् भने … भनेर हप्कायौ । हाम्रो युद्ध त उसका लागि पनि थियो । सामान्यतयाः हामी जनताहरूप्रति अत्यन्तै नरम र सम्मानित व्यवहार गथ्र्यौं तर वाध्यतावशः हामीले त्यसलाई थर्काएर बस्यौं । सबै नियमहरू युद्धमा पालना गर्न नसकिने रहेछ । वा भनौं सिद्धान्त र व्यवहारमा फरक अवश्य पर्ने रहेछ भन्ने लाग्यो मलाई त्यतिबेला ।
त्यस घरमा बस्दा हामी दशजनाको टोली मात्र थियौँ । हामीसँग केही हतियार पनि थियो । एउटा एसएमजी र केही एसएलआर । भोक र निन्द्राले व्याकुल थियौँ हामी । खानेकुरा पनि खास केही पाइएन । सातु (मकै भुटेर पिसेको पिठो) भेट्टाइयो र त्यही खाइयो ।
रक्षात्मक चरणबाट गुजँ्रदै गरेको सेनाको टुकडीमाथि एक्कासी दुश्मनको सेनाले गर्ने हममला गरेझैं डाइरियाका जीवाणुहरूले मलाई हमला गरे । मलाई डाइरिया भयो । एकपछि अर्को गर्दै समस्या बढ्दै गए । डाइरिया पनि अनौठै खालको भयो । मलाई त्यस्तो तरिकाले कहिल्यै पनि पखाला चलेको थिएन । सुरुमा एक ढेड घण्टाको फरकमा हुँदै थियो, बिस्तारै आधा-आधा घण्टाको अन्तरालमा हुन थाल्यो । पानीजस्तो दिसा खललल गइरÅयो । त्यसले मेरो शरीरबाट के-के लग्यो के के, हिँड्नलाई पनि निकै कष्ट हुन थाल्यो । पाइला सार्नै सकिन्न जस्तै भयो यद्यपि बाध्यात्मक परिस्थिति रहेकाले हिँड्नै पथ्र्यो । पानी पनि भने जति खान पाइएन । के भएर हो, धन्न पेट चाहिँ दुखेन । दिसा जाने बेलामा चस्स घोचेजस्तो हुन्थ्यो, पेट कटक्क खान्थ्यो । निरन्तर रूपमा भने पेट दुखेन ।
निरन्तरको हिँडाइ र पखालाले लखतरान भएर बेलुकीतिर गाउँको एउटा घरमा बास बस्न पुगियो । सानो परालले छाएको घरसँगै जोडिएर भित्तापट्टी रहेको एउटा सानो कोठा । घर अगाडि सानो आँगन, त्यस अगाडि एउटा खोल्मा । गोठको तल्लोपट्टी गाईवस्तुहरू घाँस खाएर रमाइरहेका, केही बाख्राका पाठाहरू पनि आँगनमा कुखुरासँगै खेल्दै गरेका । त्यहाँ पुगेपछि मलाई धेरै राहत मिल्यो । सर्वप्रथम त टन्न पानी खान पाइयो । साथै त्यो घरमा कहिलेकाहीँ झाडापखाला लाग्न सक्छ भनेर ल्याएको औषधी पनि रहेछ । एउटी बहिनीले ल्याएर दिइन् । त्यो पनि खाएँ अनि अन्य कुराको वास्ता नगरी म ओछयानतिर लागें ।
म बिरामी भएको थाहा पाएर घरका बाबैले मलाई त्यही भित्तापट्टी रहेको कोठामा सुत्ने प्रबन्ध मिलाइदिए । म खाना नखाने भन्दै कोठामा छिरे । सुत्ने ठाउँ सफा राम्रो र व्यवस्थित थियो । पछि साथीहरू चाहिँ त्यो गोठको खोल्मामा परालको ओछयान लगाएर सुतेछन् । एकजना साथी, जसले ओढ्ने पनि भेटेछन् उनी परालमाथि सुतेर पनि ओढ्ने पाएकोमा खुसी थिए ।
त्यो घरमा पनि लगभग एक घण्टाको फरकमा मलाई पखाला चलिरह्यो । दुई तीन पटक बाहिर गएपछि भने मलाई अलि आराम भयो । सायद औषधिले काम गरेको हुनुपर्छ । त्यसपछि चाहिँ निन्द्रा लाग्छ कि जस्तो लाग्यो र ओछयानमा पल्टिएँ । झकाउन मात्र के लागेको थिएँ, कोठामा केही छिरेजस्तो लाग्यो । मनमा हलुका डरको महसुस हुँदै थियो । एकैछिनमा मेरो डर हरायो अनि शङ्का पनि । जब त्यो आकृतिले सलाई कोर्यो र टुकी सल्कायो । टुकी बलेपछि थाहा भयो कोठामा छिर्ने त त्यही बहिनी पो रहिछिन् जसले मलाई केही समय अगाडि औषधि दिएकी थिइन् । उनले दाइ निदाउनुभयो कि ? भनेर सोधिन् । नुनचिनी पानी बनाएर ल्याएकी रहिछन् । बिस्तारै गिलासमा लगाइन् र मलाई हातमा दिइन् । मैले उनलाई हेरिराखें । पिउन लगाइन् । मैले उनको अनुहार हेर्दै हेर्दै एक गिलास पानी पिएँ । त्यसले मलाई धेरै राहत दियो । उनी बाहिर निस्किइन् ।
एकैछिनपछि ती प्यारी बहिनी एउटा बटुको लिएर फेरि भित्र पसिन् । अघि घरको काम, थान्कोमुन्को यताउता गर्दागर्दै समय नै मिलेन, बल्ल सबैजना खाना खाएर सुत्न जानुभयो र मैले तपाईलाई थोरै जाउलो बनाएर ल्याइदिएकी छु । सेलाएर ठिक्क पारेर ल्याएकी छु, खाएर सुत्नुस् । यति भनेर उनी मेरो छेउमा आइन् र मलाई बटुको थमाइदिइन् ।
मैले बटुको समाएँ । केही बोलिँन । म एउटा अपरिचित मान्छे । मेरा लागि किन यस्तो दुःख गरेको होला भन्ने लाग्यो । एउटा अपरिचित मान्छेमाथि उनले देखाएको मायाले मेरो शीर निहुरियो । मैले आमालाई सम्झेंं । यस्तो माया त मलाई आमाले मात्र गर्नुुहुन्थ्यो । त्यो सम्झेर मेरा आखाँहरू एकाएक रसाए । मुटुको धड्कन नै रोकिन्छ कि जस्तो भयो । धेरै समय पछाडि मलाई कसैले यति धेरै माया गरेको थियो । उनी एकछिन उभिइरहिन् । मैले नजानिँदो पाराले आँसु पुछें । उनले देखिन् वा देखिनन् मलाई थाहा भएन । जब म जाउलो खान थालें तब मात्र उनी ल त खाएर आराम गर्नु भन्दै बाहिर निस्किइन् ।
मैले बल गरेर अलिकति जाउलो खाएँ । उनी बाहिर निस्किएपछि म सोच्न थाले । यी अबोध नारीभित्र कति धेरै माया छ, कति धेरै प्रेम छ, कति धेरै स्नेह छ । उनले मलाई के सम्झिएर सेवा गरेकी होली ? उनको मनमा मेरो कस्तो चित्र होला ? केको रूपमा उनले मलाई हेरेकी होली ? एउटा बिरामीको रूपमा ? कि दाइको रूपमा ? कि साथीको रूपमा ? कि प्रेमीको रूपमा ? यस्ता अनेकौंखालका तरङ्गहरू मेरो मनमा आइरहे ।
यस्तै-यस्तै कुरा खेलाउँदै धेरै समय बिताएँ मैले । मलाई ऊ मेरी आमा हो जस्तो लाग्यो । ऊ मेरी बहिनी हो जस्तो लाग्यो । मेरी साथी अनि मेरी प्रेमिका हो जस्तो लाग्यो । त्योभन्दा पनि ऊ मदर टेरेसा हो जस्तो लाग्यो, फ्लोरेन्स नाइटिङ्गेल हो जस्तो लाग्यो ।
यस्तै सोचाइमा डुब्दाडुब्दै म निदाएछु । भोलिपल्ट बिहान साथीहरूले सबेरै उठाए । हामीले छिट्टै नै त्यो ठाउँ छोड्नुपर्ने थियो । छुटेको टोलीसँग पनि सम्पर्क गर्नुपर्ने थियो । फेरि दुस्मनले घेर्ला भन्ने पनि डर थियो । सबेरै हिँड्नु पर्ने भएकाले त्यस घरका बुबासँग बिदा मागेर हिड्यौं हामी । हिँड्ने बेलामा ती बहिनीसँग बोलुँला, परिचय गरुँला र उनलाई धन्यवाद दिउँला भन्ने लागेको थियो । तर मेरो चाहना पूरा हुन सकेन । युद्धमा चाहेर पनि कति कुरा गर्न नपाइने रहेछ ।
(श्रोत :- Onlinekhabar )