लघुकथा : सभ्यता

~श्रीओम रोदन~Shree Om Shrestha Rodan

“घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू “सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए” तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा भने गाउँमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन जागरण कार्यक्रम, गोष्ठी, सम्मेलन गर्नुपर्ने र केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमण गराउनुपर्ने लेखे ।

रिपोर्टअनुसार विभिन्न कार्यक्रमको परिणाम सकारात्मक देखिन थाल्यो । केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमणको लागि ल्याइयो । त्यही बेला नगरपालिकाका कर्मचारीहरूको हडताल चलिरहेको थियो । सडकमा थुपि्रएको फोहरले हिँड्नै नहुने गरी दुर्गन्धित भएको थियो । सडकबाट फोहर नउठाइए पनि सहरका सभ्य नागरिक भने घर सफा गर्न सडकको फोहरमाथि फोहर थुपार्दै थिए ।

सफाइ सम्बन्धी अवलोकन भ्रमणमा भएका केही अगुवाले देखेपछि एकले भने, “हामी पनि पहिले घर सफा गरेर सडक फोहर गथ्यौर्ं तर सहरका सभ्य मानिसहरू अहिलेसम्म पनि त्यस्तै गर्दा रहेछन् ।” अर्कोले थप्यो – “हामीलाई सिकाउँदा सिकाउँदा यताकालाई सिकाउन नभ्याका होलान् ।”

फेरि अर्कोले थप्यो – “हामीले भन्दा यिनीहरूले पहिले सिकेका भएर बिर्सेका होलान् ।”

(श्रोत :- शनिबार – गोरखापत्र )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.