कथा : कोट

~सुषमा मानन्धर~Shushma Manandhar

मेरो नाम सुराज हो । तपाइ सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुबाले आˆनो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्‍यो । मेरा नजिककाहरू मलाई ‘सु’ भन्छन् । कहिलेकाही त उनीहरूले यसरी बोलाउदा केटाकेटीका लागि लघुशङ्काको अर्थ लागेर हासो उठ्छ । मान्छे म भावुक छु र हाल सत्ताइसको भए । बी.ए.पास छु । मेरो घर काठमाडौ, चिकंमुगलमा पर्छ । हाल पेशाले ट्याक्सी ड्राइभर भए पनि म आफूलाई ड्राइभर भन्न रुचाउन्न । यो मेरो केही समयको लागि गरिने काम मात्र हो । मलाई पढेर  धेरै गर्नुछ । स्नातक भएर पनि किन ट्याक्सी चलाइस् भनी साथीहरू भन्छन् तर जागिर खानु सजिलो कहा छ र ? उसमाथि अहिले भनसुन नहुने कुनै ठाउ छैन । चाकरी गर्दै हिाड्नु मेरो वशको कुरा हैन । शिक्षित बेरोजगारहरूको लाममा उभिनुभन्दा यो ट्याक्सी चलाउनु कुन नराम्रो हो र ? भएको अलिकति पुजीले ट्याक्सी किनें । ड्राइभर राख्यो उसैलाई तलब दिनुपर्छ । त्यसैले अरू ड्राइभर राख्नुभन्दा आफै गाडी हाक्नु निको ठानें । फेरि आफैले चलाउने हुदा अरू ड्राइभरले जस्तो समय र रकममा पाबन्द रहनु पनि परेन । मनमौजी तालको छु, मुड भएको दिन बिहानै ट्याक्सी हाक्छु, नभए दिनभरि पनि चलाउदिन । घरमा सानो सुखी परिवार छ । आमा घरै बस्नुहुन्छ । बहिनी अझै स्कुल पढ्दै छिन् । चञ्चले स्वभावकी बहिनी-बहिनीभन्दा बढी साथीजस्ती छिन् । हरबखत मसाग जिस्किरहन्छिन् । म उसलाई औधी माया गर्छु ।

आमाले घरधन्दा देखाएर निकैपल्ट मसाग बिहेको लागि आग्रह गरिसक्नुभयो तर अहिलेसम्म भनेजस्ती फेला नपरेकी हुदा मैले उहाको त्यो इच्छा पुर्‍याउनक सकिरहेको छैन । बिहेको लागि जोडी त माथि नै बाधिइसकेको हुन्छ भन्छन्, आˆनो साइत भने जुरिसकेको छैन ।

मेरो आˆनो ट्याक्सीको कुनै खास रुट छैन । मैले आˆनो ट्याक्सी कहीं पनि अड्याएको हुन्छु तर एउटा कुरा भने निश्चित छ, म प्रायः अबेरसम्म ट्याक्सी चलाउादिन । हद नाघे नौ नभए सााढे नौ । त्योभन्दा अबेरसम्म टयाक्सी चलाएको सायद अहिलेसम्म रेकर्ड छैन । एक त घरमा आमा र बहिनी मात्र, उसमाथि बहिनी म फर्की नआउन्जेल खाना कुरिरहन्छिन् । धेरैपल्ट नकुर्न भनिसकेा, बाहिर गएको मान्छे फर्किन कतिबेला हुन्छ के ठेगान तर उनी मान्दिनन् जसले गर्दा पनि बाध्य भएर मैले चााडै र्फकनुपर्छ । कुनै दिन कदाचित फर्किन ढिलो भए बहिनीको घुर्की र रिस खप्नुपर्छ । निकैबेर फकाएपछि बल्लबल्ल मान्छिन् । मलाई थाहा छ, यस्तो मनमौजी तालबाट मैले पैसा कहिल्यै कमाउन सक्दिन । बहिनीको पढाइ, उसको बिहे, घरको फेर्नुपर्ने छत …, यी धेरै कुराहरूको जिम्मेवारी मेरो सामु टड्कारो उभिएका छन् ।

कहुन त म आफूलाई त्यति साह्रो सज्जन ठान्दिन । चाड पर्वतिर लोकल चढेकै हुन्छ, कहिलेकाहीा चुरोट पिउंछु र ल्वाङ सुपारीको लत लागेको छ ममा । तर यति भइकन पनि मैले आफूलाई नैतिकताको स्तरदेखि गिर्ने मौका भने अहिलेसम्म दिएको छैन ।

हिजो राति छिमेकी साथी केदारको घरमा पार्टी थियो, बिहे गरेछ उसले । उसको घरबाट अलि ढिलै फर्किएा, सायद अलिअलि लागेको पनि थियो मलाई । उसकी श्रीमती देखेको थिएा, केदारको तुलनामा धेरै राम्री । चिटिक्क परेको भरिएको उनको जीउडाल आकर्षक थियो । हल्का बल्बमा अनिादो केदारको कोठा, म भने उनीहरूको सुहागरात सोचेर निकैबेरसम्म सुत्न सकिनं । ओल्टेकोल्टे गर्दै मध्यरातमा मात्र बल्ल निदाएछु । त्यसैले आज बिहान उठ्दा टाउको भारी थियो । ट्याक्सी चलाउने मुडै नभए पनि ट्याक्सी लिई बाहिर निस्कन्छु । किन हो, आज दिनभरिमा केही टिप मात्र भयो । सााझ चिसो र अाध्यारो बढ्न थालेपछि घर फर्किने विचार गर्दै हुन्छु, एउटी युवती ट्याक्सीभित्र बस्छे । उसले लगाएको परˆयुमको तीव्र बासनाले टाउको दुख्छ । अगाडिको ऐनाबाट हेर्छु, आधुनिक पहिरन र मेकअपका परतहरूले पोतिएकी ऊ पूर्ण आकर्षक युवती देखिन्छे तर उसले बीस काटेकी छैन यो मेरो अनुमान होे । ‘लाजिम्पाट जाउा न’ ऊ भन्छे । उसको अनुरोधमा एउटा डर पनि थियो सायद ड्राइभरले अस्वीकार गरिहाल्ला कि भन्ने उसलाई लागेको हो । एक मन त लाग्छ जान्न भनुा, फर्किने बेला भइसकेको थियो । छिप्पिादै गरेको सााझ, अाध्यारो र एक्ली युवती, दिमागमा अलिकति टेन्सन भयो । म नबोली फर्केर प्रत्यक्ष उसको अनुहारमा हेर्छु । उसको गोरो अनुहार तातिएर रातो भएको छ । आाखा जुधेपछि अन्यमनस्कतामा ऊ अनुनयपूर्वक मुस्काउाछे ।

यो लास्ट टिप सोचेर गाडी उसको गन्तव्यतिर बढाउाछु । सडकका भीड, कोलाहल, र बत्तीहरू । बाटो जाम भएको छ । यो कुनै अनौठो हैन काठमाडौाको लागि । अगाडिको ऐनामा तरुनीलाई हेर्छु । उसको पहिरन र पोताई निकै भडकिलो देखिन्छ । अबेला राति एक्लै यात्रा गर्ने युवती आाटिली नै हुनुपर्छ । नत्र परिस्थिति र नियत सबैको राम्रो कहाा हुन्छ ? झ्याल बाहिर हेरिरहेका उसका आाखामा दौडिरहेका दृश्यहरू सायद थिएनन् किनकि बाहिरका कुनै पनि कुराले उसमा असर गरिरहेको थिएन ।

ट्याक्सी अगाडि गइरहेको हुन्छ । आाखाहरू सडकमा भए पनि म ऐनाबाट घरिघरि उसलाई हेर्न पुगिरहेको हुन्छु । आाखा चिम्लिरहेकी त्यस युवतीको तीखो र सुलुत्त परेको नाक आकर्षक छ । चिउाडोमा भएको अलि ठूलो त्यस्तो रातो कोठी मैले अरूमा देखेको छैन । ऐनामा देखिने उसका रसिला ओठ र भरिएका गाला पनि निकै राम्रा देखिन्छन् । यसरी बारुद भरिएर आगोको छेउ आएपछि आगो त लाग्छ नै, मानिसहरू त्यत्तिकै आगो लाग्यो भन्छन् । यसरी आएपछि नलुटिएला भन्ने पनि के छ र ? सबैजना मजस्ता कामनालाई बााध्ने पनि त हुादैनन् । “एकै छिन रोक्नुस है” । युवतीले अनुरोध गर्दा झसाग हुन्छु । सायद उसको गन्तव्य आएछ, सोच्छु । “दुई मिनेटको लागि पर्खिन सक्नुहुन्छ ? म एकजना मान्छे भेटेर आउाछु” रातिको समय अर्को ट्याक्सी नपाइएला भन्ने उसलाई पनि कत्रो पीर तर मलाई अबेर भैसकोले ऊसाग भाडा दिन अनुरोध गर्छु । “प्लिज एकैछिन मात्र हो । ” ऊ अनुनय गर्न थाल्छे । मलाई थाहा छ आज फर्केर फेरि बहिनीको घुर्की हेर्नुपर्नेछ मैले । युवती ओर्लेर नजिकैको घरभित्र पस्छे तर लगत्तै बाहिर निस्की ट्याक्सीभित्र अगाडि बस्दै भन्छे, “मान्छे नै भेटिएन, भाटभटेनीमा गएका छन् रे उतै जाउं न है” उसका आाखाभरि निकै आग्रह देखिन्छन् । धर्मसङ्कटमा पर्छु । उसको कुरा मानुा घर र्फकन ढिला भैसक्यो ,नमानुा रात यो बीच सडकमा एक्ली कहाा जाली ऊ । अर्को कुनै ट्याक्सी भेटिन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन । हुन त कुनै अपरिचितको ठेक्का मैले लिनु जरुरी छैन । मानवतावश नै सही उसलाई गन्तव्यमा छाड्ने विचार गर्छु ।

गाडी कुदेको छ तर हामी मौन छौा । गफाडी छैन तर म प्रायः आˆनो यात्रुहरूसाग गफ गरिरहन्छु । ऊसाग के गफ गर्नु ? चालामाला देख्दैमा बोल्न मन लागेन । भाटभटेनीमा पुगेर त्यहाा पनि ऊ एउटा घरभित्र पस्छे । लौ त्यहीं हराई कि भन्ने लागेको थियो तर ऊ र्फकन्छे । “अब कता ?” को भावमा म उसलाई हेर्छु । “धोबीघाट” ऊ निकै हताश देखिसकेकी छ । अघिको उसको गोरो अनुहारमा पीडा पोतिएको जस्तो छ । ऊ लामो निश्वास छाड्छे । आफूभित्रको पीडाले वा हताशपनको कारण बेचैनीमा ऊ लाइराखेको कोट पनि फुकाल्छे । स्लिवलेश लुगामा उसका सुडौल पाखुरा…म उसबाट ध्यान अन्यत्र लान खोज्छु ।

सडक बत्तीको चहकिलो प्रकाश उसमा पर्छ । अनुहार छोपेर टाउको निहुराई रहेकी ऊ एक्कासी सुाक्कसुाक्क गर्दै रुन थाल्छे । म हतप्रभ हुन्छु, केही बुझ्दिन । सुनसान बाटो, राति एक्ली युवती यसरी टयाक्सीभित्र बसी रुदा के अर्थ लाग्ला, मलाई डर पनि लाग्यो । “प्लिज यसरी नरुनुस् न, के भयो तपाईंलाई ?” मलाई उसको रुवाइमा भन्दा पनि उसको त्यो रोदन अरूले सुनेर के आपद आइलाग्ला भन्ने पीर लाग्यो । जमाना नै खराब छ । मेरो अनुरोधपछि उसको रुवाइ कम त हुन्छ तर अझै सुकसुकाइरहेकी छ ।

धोबीघाट आएपछि ऊ चुप लाग्छे । हिक्काहरू अझै उठिरहेका हुन्छन् । विस्तारै टाउको फर्काएर ऊ मतिर हेर्छे । गाजल लत्पतिएका आाखा र नाकको टुप्पासमेत राता भएका छन् । ऊ ढोका खोली बाहिर निस्कन्छे । परिस्थितिले लाटो बनाएको म ऊसाग भाडा पनि माग्न सक्दिन न त उसैले कति भयो भनी सोध्छे । दुवै जना चुप छौैं । सायद उसले कुुनै कडा टिप्पणीको अपेक्षा गरेकी थिई जब म केही बोल्दिन ऊ आफूले फुकालेको कोट मेरो हातमा थम्याई अगाडिको मोडमा गएर हराउछे । म ऊ गएको दिशातिर हेरिरहन्छु । यो कुनै स्वप्न हो वा यथार्थ छुट्याउन गाह्रो भएझै लाग्छ । रिस उठ्छ आफैादेखि, मैले यो टिप गर्नै नहुने थियो ।

स्तब्ध छु, यो मेरो कमजोरी हो वा उदारता, यत्तिका बेर सडक नापेर आफूले पाउनुपर्ने भाडा नपाउदा पनि रोएर आˆनो असमर्थता जनाउने युवतीप्रति म आक्रोशित हुन सकिान ।

परफ्युम छर्किएको कोट मेरो हातमा छ, नरम र सिल्की । पैसाको सट्टा उठेको यो ट्याक्सी भाडा हो आजको । कोटको भित्री खल्तीमा केही भएdmैा लागेर निकाली हेर्छु । बन्द नगरिएको खामभित्र एउटा चिठी हुन्छ । अरूको चिठी पढ्नु हुदैन भन्छन्, कौतुहलवश खोल्छु ।

आदरणीय बाबा, चिठी लेख्छु भन्दाभन्दै ढिला भयो । यहाा काम खोज्न साह्रै गाह्रो रहेछ बाबा । अहिले चन्दवीर अङ्कलले एउटा काम खोजिदिनु भएको छ । त्यति गाह्रो त हैन तर थाक्छु । राति कलेज पनि जान्छु, सायद त्यसैले होला । अब बाबालाई छिटै पैसा पठाउाछु । यसपालि दाइको खुट्टाको अपरेशन गरिहाल्नुपर्छ । दाइले सक्नुभएको भए बाबालाई दुःखै हुादैनथ्यो । आशा छ, आमा सन्चै हुनुहुन्छ होला । बाबा हजुरले आˆनो खोकीको दवाइ नछुटाउनु होला । म सञ्चै छु, मेरो पीर नगर्नु होला ।

छोरी रन्जु चिठी पढेर अनायसै करुणा जाग्छ युवतीप्रति । उसले जेजस्तै काम गरिरहेकी भए पनि परिवारको निमित्त खटिरहेकी उसको सामु नतमस्तक हुन्छु । चिठी खसाल्न ठीक पारेकी उसले बिर्सेकी होली भनेर बाटोमा एकैछिन कुर्छु सायद चिठी लिन पो आइहाल्छिन् कि । त्यो बेला मात्र हैन मैले त्यसपछि पनि उसलाई अन्त कतै देखेको छैन । दुईचारपल्ट धोवीघाटतिर पनि नगएको हैन तर उसलाई भेटिना । बाटोमा कतै देखे यो उसको कोट उसैलाई फर्काएर उसाग भेटघाटलाई अगाडि बढाउन चाहेको छु । त्यही भएर यो कोट सधै साथमा लिई हिड्ने गरेको छु ।

के तपाईंले देख्नुभएको छ उसलाई ?

(श्रोत :- मधुपर्क)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.