जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको पांग्राझैँ गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना
कथाको महासागरमा समायोजन गर्न गइरहेकी छु ।
काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौँको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधबँैसे महिला, एक जना ड्राइभर, म र चार जना वयस्क केटाहरू छौँ, झन्डै १८ देखि २२ वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समयसम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बोलिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मंगोलियनजस्तो लाग्छ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्छ । त्यस्तै अरू दुई जो सुनी मात्र रहन्छन्, केही बोल्दैनन्, ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्छ । म आफ्नो सिटमा बसेर मन नलागीनलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु । ऊ भन्छ, “यार ऽ…ऽ, त्यो सहायकमन्त्री छ नि के के हो याँ…ऽ त्यो त क्रिमिनल मान्छे हो नि !”
दोस्रोचाहिँ भन्छ, “हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।”
उनीहरू यस्तै राजनीति गफ गर्छन् । अनि, एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।
उही पहिलो केटो बोल्छ, “याँ…ऽ…ऽ… नगरकोट जाने हो याँ…ऽ केटी लिएर जाने भा पो यार ?”
दोस्रो बोल्छ, “मलाई भन न म मिलाइहाल्छु नि !”
पहिलो बोल्छ, “छोड् यार. याँ…ऽ अस्तिको कुरा सुन न क्या त्यो अनलाइन कि छे नि याँ…? त्यो केटीलाई गुह्येश्वरीमा बोलाएको याँ..ऽ आई क्या !”
अरू ध्यानमग्न भएर उसका कुरा सुनिरहन्छन् । म आफ्नो अनलाइनको घटना सम्झन पुग्छ । अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घरपरविारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पाइराखिन्छ । आफू पनि दिनको दुई घन्टा फेसबुकमा हराउने गर्छु । फेसबुकको च्याटमा मान्छे चिनिने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन्, त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउँदिनँ र जहिले पनि इन्भिजिएवल अर्थात् अदृश्यमा बसेर काम गर्छु । तर, एकदिन के भएर हो के भिजिएवलमा अर्थात् दृश्यमा रहेछु । कसैले च्याटका लागि आमन्त्रण गर्यो । मैले ‘एसेप्ट’ गरिदिएँ । एक-दुईचोटिको गफमा नै उसले ‘आई लभ यू’ भनेर प्रस्ताव राख्यो । म छक्क परेँ । मैले उसलाई सोधेँ, “मलाई चिन्नुहुन्छ, म को हो ?” उसले भन्यो, “अँह !” “त्यसो हो भने यो आई लभ यू शब्दलाई किन यति सस्तो बनाउनुहुन्छ !”
उसले अन्तिममा ‘सरी’ भन्यो । मलाई लाग्यो, यो केटो पनि उही मलाई ‘आई लभ यू’ भन्ने केटोको ड्याङको रहेछ ।
ऊ आफ्नो कुरा बोल्दा नक्कली लवजले छोपुलाझैँ गरी बोल्दै थियो,
“यार ऽ..ऽ मेरो त हेर याँ..ऽ के भा’को याँ..ऽ केटीहरू त्याँ..ऽ भुतुक्कै हुन्छ । त्यस अनलाइनकीलाई याँ ऽ गुह्येश्वरी बोलाएको याँ..ऽ.. ऊ आई अनि क्या घर जान्छु भन्दै थिई …याँ ..ऽ मैले काँ..ऽ …घर जाने भनेर बोलाएको हुँ र …याँ..ऽ …गेस्ट हाउस जाने नि याँ..ऽ उसलाई लिएर म गेस्टहाउस गएँ । क्या बोर याँ..ऽ त्यहाँ त उसको गाउँको मान्छे रहेछ । याँ..ऽ … उसलाई पैसा दिएर पन्छाएँ याँ ..ऽ अनि क्या मज्जा यार !’
उसले यसरी बोल्
न सुरु गर्दा नै मैले मेरो नाक, कान र मुख छोपिसकेकी थिएँ । किनभने, मलाई यस्तो कुरा सुन्नु नपरोस् जस्तो लाग्छ । त्यो बोल्ने केटो कुनै लाज, घीन, सरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको थियो । यो केटो कस्तो परविारमा हुर्केको होला ? किनभने, व्यक्तिको चरत्रि र आचरणमा उसको जन्मे-हुर्केको परविेशले पूरै असर पारेको हुन्छ भन्ने मैले सोचेँ । चरत्रिहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोड्छन् भन्ने कुरा मलाई थाहा थियो । तर, यसरी सार्वजनिक स्थलमा आमासरहको महिला दिदीबहिनीका अगाडि यस्तो घृणित कार्यको बारे व्याख्यान गर्दा केही सरम-लाज त मान्नुपर्ने हो नि ! मैले त्यो केटोको अनुहार पुलुक्क हेरेँ । अँह ! उसको अनुहारमा लाजडरको कुनै लक्षण थिएन । ऊ लज्जास्पद वाक्यलाई केही ढाकछोप गर्ने पाराले भन्दै थियो ।
त्यसपछि मलाई हेर्न पनि लाज लाग्यो । अहिले मैले मुख सबै छोपेँ । उनीहरूको कार्यको विरोध जनाउन पनि मैले यसो गरेकी थिएँ । गाडी अझ जाममा थियो ।
“यार ऽ.. छचोटि याँ..ऽ क्या मज्जा या..ऽ च्वाँक !”
त्यसपछिका वाक्यहरू मैले सुन्न सकिनँ । उसका अभिव्यक्तिलाई पचाउन उसका साथीहरूलाई पनि सायद मुस्किल पररिहेको थियो । किनभने, उनीहरूले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।
मलाई टेम्पोबाट ओर्लूं-ओर्लूं लाग्यो । तर, ओर्लने अनुकूलता थिएन । बाटो पूरै जाममा थियो । एक मनले लाग्यो, त्यो केटोलाई भनूँ, “भाइ हेर्नोस्, तपाइर्ंको अगाडि आमा, दिदी-बहिनीहरू छन्, यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाइर्ंमा अलिकति सरम-लाज छैन । तपाईंका आमा, दिदी-बहिनीहरू छैनन् ।” तर, मेरो वाक्य घाँटीको कण्ठमा नै अड्किएर रह्यो । यस्ता सोमतहीन अव्यावहारकि केटाहरूलाई यसो भन्दा आफैँमाथि जाइलाग्ने हो कि ! कुनै ठोस नियम-कानुन नभएको देशमा जिल्लाको सुरक्षाका लागि खटिएको सीडीओ त कुटिनु पर्छ भने हामी सामान्य नागरकिको के मूल्य होस् र ! फेर िउनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूका बारेमा कुरो गररिहेका थिए । हे भगवान्, यो देशको हालत के हुने हो ? भोलि यो समाजको हविगत के होला नि ? म पशुहरूको पति पशुपतिको शरणमा परेँ किनभने नेपालमा मानिसहरूभन्दा पशुहरू नै सभ्य छन् जस्तो लाग्न थाल्यो मलाई ।”
म त्यो अनलाइनकी केटीका बारेमा सोच्न थालेँ, कस्ती केटी हो ! कस्तो घर-खानदानकी होली ! केटोले बोलाउनेबित्तिकै जाने ? हुन त अहिले धेरैजसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढेलेखेका केटाहरू देखेपछि केटीहरू मरिहित्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला यौन संस्कारले प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको मायाजालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् । हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउँदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन्, केटीहरूले त्यसको कम उपभोग गरेका हुन्छन् । म सोच्छु, पूर्वीय संस्कारले पनि केटीहरू पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजमा जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरूलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर, नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।
त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊँ, हराइजाऊँजस्तो लाग्यो । तर, त्यो सम्भव थिएन । एकछिनपछि उनीहरू सहिदगेटमा झरे, मैले राहतको सास फेरँे ।
दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमती कुराहरू मस्ितष्कमा घुमिरह्यो । जति बिर्सूं भन्दा पनि बिर्सन सकिनँ । त्यसपछि काम सकेर म घर फकर्ंे ।
घरको नित्यकाम सकेर म सदाझैँ कम्प्युटरमा बसेँ । कम्प्युटरमा छोरील
े आफ्नो मेल साइन आउट गरेकी रहिनछ । खोल्नेबित्तिकै उसको मेल देखियो । उसको इनबक्समा दुईवटा मेल आएका रहेछन् । त्यो के रहेछ भन्ने उत्सुकताले हेरेँ । पहिलोमा हेरेँ- अंग्रेजीको रोमनमा मुस्किलले बुझ्न सकिने गरी लेखिएको थियो ।
‘मैयाँ …..याँ….क्या त्यो दिन त गेस्टहाउस गएको दिन क्या विक भएँ नि ! दिनभर घरमा रेस्ट गरेर सुतेँ । अनि, तिम्रो के खबर छ ? या फेरि भेट्ने होइन ?”
यो मेल पढेर म छाँगोबाट खसेजस्तै भएँ । तर पनि मेल अस्पष्ट भएकाले के हो के हो बुझिनँ । त्यसपछि अर्को मेल खोलेँ । अर्को मेलमा फाइल अटेच गरएिको रहेछ । त्यो फाइल खोलेँ । त्यो फाइल फोटोको रहेछ, खुल्न निकै समय लाग्यो । जब त्यो फाइल पूरै खुल्यो, तब मलाई ममुनिको जमिन भासिएझैँ लाग्यो । त्यहाँ उही केटोको फोटोसँग छोरीको फोटो थियो । फोटो उत्तेजक अवस्थामा खिचिएको थियो । तीनवटा फोटो सबै पालैपालो हेरेँ । मलाई रँिगटा लाग्दै गयो । मैले दुई दिनअगाडि मात्र ‘छोरीले साथीको घरमा पूजा छ, म त्यहीँ बस्न जान्छु’ भनेको कुरा सम्झेँ ।
मेरा अगाडिका सबै दृश्य घुम्न थाले । थामिनसक्नुको पीडाको भारी पलंगमा बिसाउन सिरक उचालेँ । सिरक पटक्कै उचाल्न सकिनँ । मेरो शरीर मलाई आफँैलाई फूलको थुँगाजस्तो लाग्यो । यो के भयो, म छक्क परेँ । आफूले आफैँलाई हेर्न ऐना अगाडि गएँ । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिविम्ब पटक्कै देखिएन, यो के भएको ? म छक्क परेँ ।
म चिच्याएँ । म चिच्याएको कसैले सुनेनन् । ऐनामा मैले राखेको टीका र पोते देखेँ । मलाई लाग्यो, यो ठाउँमा हराइसकेकी रहेछु । यहाँ त मेरो आकृति मात्र नाचिरहेको रहेछ ।
मलाई अरू सबैभन्दा धेरै माया मेरो टीका र पोतेको लाग्यो । ऐनामा म हराएको समय नाचिरहेको थियो चलचित्र बनेर ।
(श्रोत :- अन्तर्जाल )