~शेखर ढुङ्गेल~
वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ।
लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को अहार भै सकिन्थ्यो होला कम से कम यहाँ ज्यान त बच्या छ । अ तिमी पल्ला घरे काइला बा को छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथि तिर यतै बाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलीन होइन ? ठुलै सपना थियो उ बिचरा को पहिले साहु बाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ता को छानो भएको दुई तले घर बनाउने , छोरा छोरी लाई शहर को राम्रो स्कुल मा पढ्न पठाउने खादा पनि परिवार बच्चा कै कुरा गर्दथ्यो सुत्दा पनि तिनी हरु कै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेला मा सोधी रहन्थो कठै बिचरा ले अर्को साल देख्न नै पाएन ।
त्यसैले यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमी लाई के कोसेली लेराइ दिउ ? मामा को छोरा कर्णे को खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्योो नि धर्म पनि परिवर्तन गर्योी उस्ले अब बाउ आमा को काज कृया पनि नगर्ने भो !के जानु नेपाल के छर त्यहा भन्दछ । सधैं को मार काट , लूट , बन्ध र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरे पछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती . स्वास्नि को फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँ को नियम ले त्यसैले उसलाई हामी भन्दा स्वास्नि को चिन्ता छ ।
कस्तो कस्तो हुन्छ बिदेश मा सुन बुढी आमै ! बिर्खे बा का छोरी को कुरा पनि सुन अरु लाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढा सित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देश को भैया सित । अब त संपर्क नै छैन उनी सित पोहोर सम्म भाई टिका लगाइ दिएकी थिन । अ कती अर्का को कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमी लाई , मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढी मा आमा भन्दै कहिले अाइ पुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरी ले बिर्स्यो मलाई भन्दै ?कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमी लाई कठै ? ल तिमी नै भन त बिर्खेको छोरा ले मुग्लान बाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स मोरा भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरु का छोरा पनि गएका छन नि म सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमी ले ?मलाई पढाउन धितो राखेको पाखा बारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहा बसेर आफ्नो योग्यता ले स्थान न पाउने भए पछी मुग्लानिनु को बिकल्प खोइ ?नेपाल सरकार ले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबा लाई खसी बोका झै यो देश मा र उ देश मा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकार देखे कि सुनेकी छ्यौ कतै ?परिस्थिती ले म जस्ता हज्जारौ , लाखौं धकेलिएका छन बिदेश मा रहर त कसै को देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन ।
कती स्वादिलो हुन्थ्यो तिमी ले पकाएको मिठो पिठो , कती आनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो एउटा सत्य हो मेरो बर्तमान बन्धकी मा परेको छ भबिस्य मा सुख पाउने रहर मा खोट मेरै होला म किन देश मा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुना को फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकान्क्ष्या मरी सकेका छन । तिमी गल्दै गएकी छ्यौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ?रात दिन को काम काम ले म पनि शिथिल भै सकेको छु । एक मन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहु को कर कर चुक्ता भा खोइ ?त्यहा आएर हत मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन मेरो यथाथर्ता हो । चाड पर्ब आउछ शरीर यहाँ छ मन त्यहा हून्छ । साझ बिहान तिम्रै चिन्ता ले सताउछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामी लाई होइन ? सम्हाल आँफै लाई मेरो चिन्ता नगर एक दिन पक्कै आउछु म तिमी लाई भेट्न झुठो म बोल्दिन ।
(श्रोत :- अन्तर्जाल )