‘एक्सक्यूजमी !’ ‘ओवर हेड क्रसिङ्ग ब्रिज’ मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । ‘जाने हो ?’ उसले सोधी । मैले ‘हो’ भनेँ । ‘होटल कि कोठा ?’
‘कोठा ……. । पूरै रातको एक हजार हुन्छ ?’
ऊ मसँगसँगै गई । अँध्यारो थियो, त्यति राम्ररी चिनिदैन थियो । रातिको खाली सडकमा हुइकिँदा ट्याक्सीमा बानेश्वर पुग्न कतिबेर लाग्थ्यो र ?
घरबेटीको डरले मैले सुस्त गेट खोलेँ बत्ती नबालिकन तल्लो तलाको मेरो कोठामा छिरेँ । ऊ पनि मेरो हात समातेर उभिइरहेकी थिइ । मैले मधुरो बत्ती बालेँ । रानीपोखरीबीचको जमलेश्वरको मन्दिरमा तिहारमा टीका लगाइदिँदा खिचेको फोटो मुनी उही चेहरा उभिएको थियो ! पूर्णतया नग्न अवस्थामा ।
(श्रोत :- शहीदले बिर्सेको गाउँ (लघुकथा संग्रह))