कथा : स्वतन्त्रता

~भागीरथी श्रेष्ठ~Bhagirathi Shrestha

सुजनसँग बिहे हुने पक्कापक्की भएपछि सोचेँ, म जीवनको महत्त्वपुर्ण र पुर्ण आयामतिर अवतरति हुँदैछु । नयाँ फूलझैँ फक्रिएर नयाँ फूलबारीमा फुल्न जाँदैछु नितान्त नयाँ सुवास लिएर ।

इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहाँ आउँदै थिए, उनी आउने खबर फोनबाट सुनेपछि मनमा मनमोहक र रमणीय अनुभूतिको संसार उघ्रिएको थियो । त्यो संसारमा मैले देखेँ, जीवनका सात खुसीयाली र भावनात्मक रुमानी तीव्रता । उनको आवाजको र्स्पर्श प्रतिध्वनित भइरह्यो मेरो मनको उज्यालो र मुस्कानयुक्त आकाशभर िर मेरो घरको परविेशभर ि। यस्तो लाग्यो मानौँ, उनको आवाज मात्र होइन, उनको शरीर नै सुखद उपस्थित भएको छ, यहाँ र्सवत्र जहीँतहीँ । साँच्चै सुजन घर आउनु मेरा लागि बेग्लैखालको मीठो स्वाद र नयाँ गन्धको अनुभूति थियो पहिलोपल्ट ।

बुबाआमाहरू काम विशेषले गाउँतिर इन्गेजमेन्ट भएको भोलिपल्टै लाग्नु भयो । घरमा म, काम गर्ने केटी र भाइ थियौँ । सुजनका लागि आफ्नै हातले मीठामीठा परकिारहरू बनाउन थालेँ, तन्मयभावले । सम्भवतः आजको दिन मेरा लागि सबैभन्दा प्रिय, सुन्दर, आत्मीय, रोचक र सुखद दिन होला ।

आफूलाई विभिन्न खुसीका रङ्गहरूमा चोबल्दै सुजनको प्रतीक्षा गर्न थालेँ, घरघिर िझ्याल र बरन्डाबाट बाटोतिर हेर्दै । सुजन मोटरसाइकल घन्काउँदै आएर मेरो काँधमा हल्का अँगालो मार्दै ‘कस्तो छ आभा -’ भनेर मुस्कुराउँदै सोध्दा मेरो तनमनमा एउटा मीठो झङ्कार छुटेको थियो । लाग्यो, उनको अँगालोबाट निस्केको त्यो अनौठो, रहस्यमय र स्नेहयुक्त र्स्पर्शले कल्पनातीत आकाशमा कुनै पक्षीझैँ बाँकटे हान्दै उडिरहेछु । हामी जाडोको न्यानो घाममा गफ गर्दै नास्ता खाँदै टीभी हर्ेर्दै रमाउन थाल्यौँ बैठक कोठामा । बैठक कोठाको वातावरण अत्यन्त रोमाञ्चक थियो ।

अनुभूतिका विभिन्न सुखद र माधुर्य शृङ्खलाहरू थिए मनभित्र । लाग्यो, बैठक कोठाले पनि सुजनको उपस्थितिलाई स्वागत गर्दै उत्सव मनाइरहेछ । १३ वर्षी तारा बेलाबेला झुल्क्याउन आउँथी कोठामा, आँखा तरेर पठाउँथेँ । मनले कामना गर्‍यो, आजको रमझम र कौतूहलपुर्ण दिन यसरी नै लम्बिरहोस्, रात नपरोस् । अन्धकार नखसोस् । खुसीयालीको माला टाँगिइरहोस् यो कोठाभरि ।

ऊ अर्थशास्त्रको प्रोफेसर, युनिभर्सिटीमा पढाउने बौद्धिक व्यक्तित्व । आफ्नै मिहिनेतले आफ्नो पहिचान बनाएको आमा र एउटी बहिनीसहित सानो परविार । आमाबुबाले मन पराएको मान्छे । एउटी शिक्षित युवतीले बाह्य रूपमा चाहने कुराहरू यिनै थिए ।

सुजनले बिदा भएर जाने बेलामा भने, “आभा तिमीसँग आफ्ना व्यक्तिगत कुराहरू धेरै गर्नुछ, एकदिन घुम्न जाँदा भनुँला है ”

सुजनको त्यस दिनदेखि घर आउने क्रम निरन्तर भयो । उनको नियमित आगमनसँगै उनले आफ्नो स्वभाव पनि उदाङ्ग पार्दै गए । बेलाकुबेला आउने, फोन गर्ने, कहिले फोनै नगरीकन आउने, आफ्नै आत्मप्रशंसाका कुराहरू गर्ने । मसँग पनि चाहिने-नचाहिने अनेक प्रश्नहरू गर्ने र भन्न नसक्दा खिसी गर्थे । भन्थे, “तिमीमा आउट नलेज छैन रहेछ, किताबी ज्ञान भएर मात्र पुग्दैन, सबै कुराहरू जान्नुपर्छ, बुझ्नुपर्छ, बुझ्यौ ”

उनका वाहियात टिप्पणीहरूले अपमानित अनुभव गरे पनि म बोल्दिनथेँ मात्र छक्क पर्थें सशङ्कित हुन्थेँ । इन्गेजमेन्टको डोरीले मलाई र मेरो भावनालाई बाँधिदिएको थियो टमक्क कसेर । म बोल्न सक्तिनथँे त्यो डोरी चुँडाएर । बाबुआमाको चाहना र इज्जतले सधैँ खबरदारी गथ्र्यो मलाई । सुजनका कतिपय विचार, स्वभाव र व्यवहार चित्त नबुझे पनि प्रस्ट भन्न सक्तिनथेँ म । भित्रभित्र नैराश्य र अनास्थाको प्रहारले जलिरहन्थेँ, टुक्रिरहन्थेँ म । सबै व्यवहार मन मारेर नै गररिहन्थेँ म । धेरै फोन आउँदा न छैन भन्न नै सक्थेँ, न त उनी आउँदा लुक्न नै । लाग्थ्यो, म त गन्तव्यहीन दिशातिर जाँदैछु, जहाँ विश्वासको उज्यालो छैन । अज्ञात दुष्चिन्ताले मनलाई गाँज्न थालेको थियो । म अज्ञात आशङ्काले गल्दै थिएँ । यी सब असन्तुष्टिहरू बुबाआमासँग भन्ने आँट पनि थिएन ममा ।

एकदिन उनले शनिबार घुम्न जाने प्रस्ताव राखे । उनीहरूसँग घुम्न जाने कुरामा त्यति धेरै उत्साह र खुसी नभए पनि मनमा कहीँकतै आशा थियो, कुनै पनि क्षण भरोसा गर्ने लायकको क्षण आउला कि भन्ने † अफसोच † आजसम्म मेरो अनुकूल र आदर्शको कुनै पनि लक्षण सुजनमा भेटेकी थिइनँ । जेहोस्, उनीसँग घुम्न जाने मनसाय बनाएँ ।

उनले मलाई लिन आएपछि सोधेँ, “आभा पहिले कहाँ घुम्न जाने -” मैले भनेँ, “खाना खाएका छैनौँ पहिले पशुपतिनाथको दर्शन गरौँ न † धेरै दिन भयो दर्शन गर्न पनि जान पाएकी छैन ।” एक्कासि सुजनले अट्टहास गरे र भने, “फिल्म हर्ेन जाने भन्छौ होला भन्ठानेको त मन्दिर पो जाने भन्छौ । भक्तिनी पो रहिछौ । म त पुर्ण नास्तिक मान्छे । कर्मप्रति विश्वास छ, मुर्तिको भगवान्प्रति होइन । मलाई ढुङ्गाको देवतामाथि कुनै आस्था र विश्वास छैन । घरमा मेरी आमा र बहिनीलाई त पूजा गर्न दिन्नँ । घरमा कुनै भगवान्को फोटो र मुर्ति पनि छैन । मन्दिरमा पनि कहिल्यै जान्नँ । भगवान् भनेको त एउटा भ्रम हो, कल्पनाको स्वरूप हो । पण्डितहरूले आफ्नो आजीविकाका लागि रचेको जालझेलको नाटक हो । मन्दिर-सन्दिर जाने कुरा छोड, पहिले रेस्टराँमा गएर खाने । धेरै कुराहरू गर्नुछ । म त कडा पो छु, मैले भनेको त मान्नर्ैपर्छ ।”

उनको कुरा सुनेर म नराम्री आतङ्कित भएँ । उनको अशिष्टता, अभद्रता र जिद्दीपनले अतिक्रमण गर्दै थिए । उफ † म के सुन्दैछु सुजनबाट – विचित्रकै स्वभावका रहेछन् । यस्तो जिद्दीवालसँग के जीवन बिताउन सकिएला र – उनको भगवान्प्रतिको नकारात्मक टिप्पणीहरू सुनेर म त खन्द्रयाङ्खुन्द्रुङ भएँ । यस्तो नास्तिकसँग कसरी कुरा मिल्छ – म पुर्ण आस्तिक नारी । भगवान् छ त मान्छेको अस्तित्व छ, भगवान्को अस्तित्व छैन भने मान्छेको अस्तित्व कसरी सम्भव छ – मान्छेको अस्तित्व हुनु नै भगवान् हुनुको ठोस प्रमाण हो । कसैको भावना र आस्थाको केन्द्रमा आक्रमण गर्नु के जायज हो  बल र करले मान्छेलाई आफ्नो आस्थाबाट पन्छाए पनि उसको भावनात्मक परविर्तन गर्न संसारको कुनै शक्तिले सक्दैन । मनमा रन्को छुटेर आयो तर सबै पिइरहेँ ।

कस्तो घमण्डी मान्छे  कति अहम्वादी मान्छे  कति आत्मप्रपञ्ची मान्छे  अर्काको भावनालाई सम्मान गर्नुपर्छ भन्ने पटक्कै नबुझेको । मनमा बाक्लिँदै गए उनीप्रतिका वितृष्णा र अनास्थाका बादलहरू । उनीसँग रेस्टुराँमा गएर खाने इच्छा मरे पनि तत्कालै कुनै प्रतिक्रिया देखाइनँ । लाग्यो, अब मैले गहिरएिर सोच्नर्ुपर्छ । अझै खोतल्दै जानर्ुपर्छ उनका अन्तरकुन्तरहरू । मनमा औडाहा छुटे पनि उनीसँग मोटरबाइकमा बसेर किङ्सवेको नाङ्लो रेस्टुराँमा गयौँ, लाग्यो म र मेरो मन चट्टानमा ठोक्किँदै टुक्रिएर छरँिदैछ । रेस्टुराँमा खाना खाँदै उनले भने, “घरमा त मेरै रुचि अनुसार खाना बनाइन्छ, सबै कुराहरू मेरै निर्देशन र इच्छा अनुसार चल्छ । मेरो इच्छाविरुद्ध घरमा केही काम हुँदैन ।” रेस्टुराँमा आफ्नै इच्छा अनुसार खाना अर्डर गरेका थिए उनले ।

परविारमा आफ्नो मात्र कुराहरू सही हुन्छन् भन्ने कुरा कसरी सोच्न सकेका – सबैका आ-आफ्ना रुचि र मूल्यहरू हुन्छन् नै † उनका कुराहरू मेरो स्वभावका लागि आगोको राँकोजस्तै प्रतीत भयो । कुन युगको मान्छे हो सुजन – चाहनालाई पनि बुझ्नर्ुपर्छ भन्ने थाहा छैन – कति अप्ठ्यारो र जटिल मान्छे । कति जबरजस्त मुढ मान्छे । खाना खाइसकेपछि सुजनले आफ्ना जीवनका अनावश्यक सर्न्दर्भहरू र घटनाहरू ओकल्न थाले, जुन कुरा सुन्न चाहन्नथेँ म ।

“हेर आभा † मजस्तो योग्य लोग्ने पाएकामा तिमी त भाग्यमानी रहिछौ । बिहे हुनुभन्दा पहिला म आफ्ना जीवनका दुःखद भोगाइहरू बाँड्न चाहन्छु । यो स्थानसम्म आफूलाई ल्याउन मैले जीवनका सुरुआती दिनमा धेरै दुःखका जँघारहरू तर्नुपर्‍यो । मेरा बुबा रक्सीमै डुबेर गैरजिम्मेवार भएर चाँडै बित्नुभयो । आमाले ट्युसन पढाएर मलाई र बहिनीलाई हर्ुकाउनुभयो । आमालाई म मान्छु । मैले पनि ट्युसन पढाउँदै एमएमा प्रथम श्रेणीमा उत्तर्ीण्ा भएँ । आफ्नै मिहिनेतले र प्रतिभाले युनिभर्सिटीको लेक्चरर भएँ । घर बनाएँ । तर, आजसम्म गतिलो घडी र गतिलो सुट लगाएको छैन । यो भन्नुको अर्थ मैले दाइजोको लोभ अथवा ‘डिमान्ड’ गरेको होइन । ससुरालीको लोभ पनि होइन । मैले आफ्नो स्थिति मात्र बताएको हुँ । त्यसो त तिमी पनि सम्पन्न परविारकी एउटी छोरी हौ नि † ग्य्राजुएट गरेकी छौ । नोकरी गछ्र्यौ । अँ तिमीलाई अर्को कुरा पनि भन्छु, मलाई फजुल खर्च मन पर्दैन, हिसाब-किताब गरेर खर्च गर्छु बिहे हुनुभन्दा अघि सबै कुरा तिमीलाई जानकारी दिन मन लाग्यो ।”

सुजनको कुरा सुन्दासुन्दा म त अर्कै किनारामा पो पुगेछु, उनीबाट टाढा, निकै टाढा । उनको कुराले मात्र होइन, सामीप्यले पनि रनाहामा परेँ म । न त मैले उनमा जीवनको सुगन्ध नै भेटाएँ । न त जिउने सुन्दर कला नै । आफ्नो पुरुषत्वको एउटा गौरवमय अस्तित्व पटक्कै छैन उनमा । अप्रत्यक्ष लोभका प्रतिविम्बहरू मैमत्तेपनका आभासहरू मात्र छन् । उनले आफ्नो मर्यादा र शिष्टताका सीमारेखाहरू सुरुदेखि खोस्रँदै गएर अन्त्यमा पर्ूण्ारूपमा भत्काए ।

मेरो चाहनाको कुनै पनि रङ्गसँग उनको रङ्ग मिलेन । म सम्पर्ूण्ा रूपले उनको जीवनबाट किनारा लागेँ । सोचेँ आफ्नो मनले नखाएको व्यक्तिसँग बिहे गर्नु पनि आफ्नै अपमान हो, आफूलाई गलत दिशातिर डोर्‍याउनु हो ।

यो क्षण मेरा लागि आपतकालीन क्षण थियो ।

सोचँे, मैले आफ्नो हृदयको आवाज सुन्नर्ुपर्छ, सुनाउनर्ुपर्छ । गम्भीर, स्पष्ट, दृश र विनम्र भएर भनेँ, “आजसम्म तपाईंका विचारहरू सुन्दै आएकी छु । मलाई लागिरहेछ, तपाईंको कुरा सुन्द सुन्दा म तपार्इंको विचारको कैदी बन्दै गइरहेकी छु । मेरो निजत्व र अस्मितामाथि आक्रमण हुँदैछ । तपाईंप्रति मेरो कुनै द्वेष र गुनासो छैन । मलाई माफ गर्नुहोला  म तपाईंसँग बिहे गर्न अर्समर्थ छु । म आफ्नो यति विचार भन्छु, म कसैको यति सङ्कुचित इसारा र बन्धनमा बस्ने स्वास्नीमान्छे होइन । मेरो यो आफ्नो अन्तिम निर्णय हो । बदल्न सक्तिनँ ।”

मैले वरिपरि कसैको कुरा पनि सुनिनँ, कसैलाई देखिनँ पनि । मभित्र खै कस्तो शक्तिको स्रोत बग्दै थियो कुन्नि, मेरो आवाज मात्र गुन्जिरह्यो मभित्र । मेरो शक्तिले उठाइरहेको थियो मलाई । सुजन थिए स्तब्ध, अवाक् र मौन । म काउन्टरमा गएर पैसा तिरेर बाहिर आएँ । फर्केर पनि हेरनिँ, न त सुजन नै मलाई रोक्न आउन सके । मेरो जीवनको गहु्रँगो र अरूचिपुर्ण नाटकको पटाक्षेप भएको थियो । म अब बिलकुल सुजनबाट स्वतन्त्र र मुक्त भएकी थिएँ । म आफ्नो विचारका लागि मुक्त भएको थिएँ ।

(श्रोत:- नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.