कथा : आर के

~माया ठकुरी~Maya Thakuri

लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई ।

उसले ईमेलमा लेखेकी थिईः

मेरी प्यारी साथी बहिनी सुजाता

तँलाई मेरो तर्फबाट धेरै माया र चुम्बन ।

आज यतिका वर्षपछि अचानक मेरो ईमेल पाउँदा तँलाई आश्चर्य लाग्नु स्वाभाविक हो ।

मैले तेरो ईमेलको ठेगाना कसरी कसबाट पाएँ त्यो तँलाई भन्नु आवश्यक ठान्दिन कारण मानिसको जीवनमा कतिपय कुराहरु रहस्यको गर्भमा रहेकै ठीक हुन्छ भन्ने म ठान्दछु ।

यी बितेका लामा अवधिभित्र तँलाई र हाम्रा आफन्तहरुलाई आफ्नो निजी जीवनबारे बताउन मन नलागेको त होइन तर किनकिन आर. के. सँग बिताउन पाएको हरेक पलबाट क्षणभरको निम्ति पनि म अलग्गिन सकिनँ । भनौँ आर. के. सँग बिताउन पाएको समयको अलिकता भाग पनि मैले कसैलाई बाँड्न चाहिँन ।

आर. के. को नाम पढ्दा तेरो मनमा ‘यो आर. के. को रहेछ’ भनेर अवश्य पनि खुल्दुली मच्चिनेछ भन्ने म जान्दछु । त्यसैले म तँलाई उसको परिचय दिउँ है त !

आर. के. मेरै उमेरको एउटा अविवाहित पुरुष हो ।

ऊ र म करीब बाह्र वर्षदेखि एउटै घरमा एउटै भान्साकोठा एउटै बैठककोठा एउटै शौचालय र एउटै शयनकक्षको एउटै पलङ्घ उपयोग गरेर बस्दै आइरहेका छौँ ।

हामी एकँअर्कालाई यति हदसम्म प्रेम गर्छौँ कि आजसम्म हामीमा कुनै कुरोलाई लिएर एक निमेष पनि मनोमालिन्य भएको छैन ।

आर. के. ले हरेक क्षण मेरोअघि आफ्नो प्रेम देखाइरहेको हुन्छ ।

ऊ आफ्नो कामको सिलसिलामा केही समयका निम्ति मदेखि टाढा भएको बेला पनि दिनभरिमा कैयौं पटक मलाई फोन गरिरहन्छ । जतिजति वर्ष बित्दै जाँदैछन् उतिउति आर. के. र मेरो प्रेमरुपी वृक्ष झ्याँगिंदै गइरहेको छ ।

ऊ अत्यन्त सुन्दर व्यक्तित्वको धनी छ । उसको सुडोल देहयष्टी ढुङ्घामा कुँदिएको रोमन योद्धाको मूर्ति जस्तो छ । उसको सम्झनाले मात्र पनि मेरो रोमरोममा अद्भुत आनन्द र सन्तुष्टिको किरण तरिङ्घत भइरहेको हुन्छ । उसको अनुपस्थितिमा पनि मैले उसका रोमाञ्चित स्पर्श अनुभूत गरिरहेकी हुन्छु ।

वर्षौँ पहिलेदेखि मैले एक जोर रातो वनारसी सारी चोलो चुरापोते अनि सितारा जडेको मजेत्रो आफूसँग साँचेर राखेकी छु ।

कहिलेकाहीँ जब म तिनमा सजिएर बेहुली झैँ आर. के. सामु पुग्दछु तब ऊ खुशीले पागल जस्तो भएर मलाई आफ्नो बाहुपाशमा बाँध्छ मेरो शरीरभरि चुम्बनको वर्षा गरिदिन्छ ।
अब त बुझिस् होइन आर. के. को हो भनेर

आज मैले आर. के. ले एकदमै मन पराउने खाना पकाएर राखेकी छु साथमा दश वर्ष पुरानो प्रुेाच वाइन पनि छ ।
म तँलाईं अरु पनि धेरै कुरा लैख्दै गरुँला ।

तेरी लिली अर्थात् ललिता

यतिका वर्षपछि आफ्नी ठूली मुमाकी छोरी ललिताको ईमेल पाएर साँच्चै नै छक्क परेकी थिइन् सुजाता ।

त्यसैदिन साँझ ललिताले सुजातालाई फेरि अर्को ईमेल पठाएकी थिई ।

ए सुजाता !
छक्क परिस् होइन मेरो ईमेल पाएर मलाई थाहा थियो तैँले त सपनामा पनि सोचेकी थिइनस् मैले ईमेल पठाउँला भनेर होइन

यस्तै हो जीवन ।
कहिलेकाहीँ हामीले सोच्दै नसोचेका घटना घट्दा रहेछन् हाम्रो जीवनमा । मेरो जीवनमा घटेका घटनाहरुमध्ये सबैभन्दा अविस्मरणीय घटना चाहिँ मैले आर. के. सँग बिताउन पाएका क्षणहरु नै हुन् ।

मेरो जीवनमा आर. के. ले प्रवेश गरेदेखि मलाई संसार अति सुन्दर र लोभलाग्दो लाग्न थालेको छ ।

उसलाई प्रेम गर्न थालेपछि प्रकृतिको हरेक सिर्जनाको अर्थ बु´न लागेकी छु मैले ।

मलाई त लाग्दछ मनुष्यदेखि लिएर कीरा फट्याङ्ग्रासम्मले कुनै न कुनै रुपमा एकअर्काप्रति आफ्नो प्रेम प्रदर्शन गरिनै रहेका हुन्छन् ।

तँलाई थाहै छ म सानैदेखि पढ्नमा जत्तिकै तेज अतिरिक्त कि्रयाकलापमा पनि थिएँ । हाम्रो स्कूलले साचालन गरेको नृत्यँगायनदेखि लिएर खेलकुदसम्म हरेक कार्यक्रममा म पहिला हुन्थेँ ।
यता आएपछि भने मेरो सारा अस्तित्व नै मानिसहरुको भीडमा कतै हरायो । हो अहिले अमेरिकामा संसारभरिका मानिसहरु थुपि्रने क्रम बढ्दै गइरहेको छ । यो देशमा द्रुत गतिले घुमिरहेको

परिवर्तनको चहकिलो प्रकाशमा म जस्ता कैयौं विदेशीहरुको मस्तिष्कका आँखा बन्द भइसकेका छन् र हुने क्रम जारी छ ।

संसारका कुनाकुनाबाट मानिसहरु यहाँ आफ्नो भविष्य उज्ज्वल बनाउने सपना बोकेर आउँछन् तर उनीहरुलाई यो थाहा हुँदैन कि डलर कमाउने अन्धवेगमा उनीहरुका सारा सपना कुँजिएर जीवनको कुनै अँध्यारो खाल्डोमा अन्तिम सास लिन पुगेको हुन्छ ।

कुनैदिन मैले पनि मेरो भविष्यलाई लिएर धेरै सुन्दर सपना देखेकी थिएँ । मैले देखेको सपनाअनुसार आज म डाक्टर भएर आफ्नै देशको कुनाकाप्चामा असहाय रोगीहरुको सेवा गरिरहेको हुनुपर्दथ्यो तर यहाँ आएपछि यहाँको उन्मुक्त जीवनशैलीले गर्दा मेरो रहन सहनमा मात्र होइन मेरो सोचाइमा पनि ठूलो परिवर्तन आयो । त्यस्तो अरुलाई नहुन पनि सक्छ । यहाँको स्वच्छन्द वातावरणमा म स्वतन्त्र पक्षी सरह भएर रम्न लागेकी थिएँ ।

अँ साँच्चि मैले त भन्नै बिर्सिएको ! यहाँका एउटा अमेरिकन परिवारले मलाई आफ्नै छोरी सरह मानेर मलाई धेरै सहयोग गरेका थिए । उनीहरुकै कारणले गर्दा मैले कलेजमा टिचर ट्रेनिङ गर्दै सानोतिनो जागिर पनि खाएँ ।

म यहाँ आएको चार वर्ष नबित्दै अचानक मोटर दुर्घटनामा मेरो बुबाआमाको मृत्युको समाचारले म पागलसरी भएकी थिएँ ।

हो त्यही शोकको घडीमा आर. के.सँग मेरो भेट भएको थियो ।

हाम्रो पहिलो भेटमा केहीबेरको कुराकानी पछिबाट नै मैले आर. के. लाई रुचाउन थालेकी थिएँ कारण ऊ एकदमै शालिन र संवेदनशील व्यक्तित्व भएको कुरा उसले मप्रति देखाएको आत्मीय व्यवहार मेरो जीवनप्रति देखाएको चासोले स्पष्ट पारिसकेको थियो ।

मैले उसको स्नेहयुक्त व्यवहार त्यसबेला पाएकी थिएँ जब म दुःखको अथाह सागरमा डुबेकी थिएँ । त्यसपछि म दिनप्रतिदिन आर. के.को समिप पुग्दै गएँ ।

मैले मेरा सारा खुशी र पीडाका अनुभव उसको अघि पोख्दै गएँ । साँच्चै भनुँ भने विरानो देशमा आर. के.को रुपमा मैले एउटा अभिन्न मित्र पाएकी थिएँ ।

हेर ! तँलाई ईमेल पठाउन बसेपछि यस्तै हुन्छ ।

आज मैले सारा घर सजाउनु परेको छ । उता ओभनमा िसङ्घै कुखुरा राख्नु छ अनि फुलदानीको फुल पनि फेर्नु छ । आज आर के। ले घर फर्किँदा ‘स्याम्पेन लिएर आउँछु’ भनेको छ । उसलाई रोष्ट गरेको मसलादार कुखुरासँग स्याम्पेन एकदमै मन पर्छ ।
मलाई स्याम्पेन भन्दा वाइन नै मन पर्छ तर म आर. के.को चित्त दुखाउन चाहन्नँ । यसर्थ स्याम्पेन लागि दुई वटा सुन्दर क्रिस्टल गिलासहरु ठिक्क पारेर टेबलमा राख्नेछु ।
ल अहिले हतार छ अरु भोलि लेखुँला ।

तेरी लिली अर्थात् ललिता

भोलि बिहान सुजाताले बडो उत्सुकतावश ईमेल खोल्दा अन्य धेरै ईमेलसँगै ललिताले पठाएको नयाँ ईमेल पनि थियो ।

उसले लेखेकी थिईः

हिजोको साँझ आर. के. र मैले आफ्नै अपार्टमेन्टमा क्याण्डल लाइट डिनर गर् यौँ । चार पेग जति स्याम्पेन खाएछि आर. के. बहकिन लागेको थियो । त्यस्तो अवस्थामा त उसको प्रेम मप्रति अझ उर्लीउर्ली आउँदछ ।

तँलाई एउटा गुप्ती कुरो भन्छु है हिजो पनि मैले आर. के.सँग आफू आमा हुने इच्छा प्रकट गरेकी थिएँ ।

मेरो कुरो सुनेर ऊ सदा झैँ एकदमै भावुक बन्यो र रोलाजस्तो गरेर फेरि दोहोर् यायो ‘आइमाइले तबसम्म मात्र पुरुषलाई पूर्णरुपले प्रेम गरेर समर्पित गर्छे जबसम्म ऊ आमा बन्दिन । जब स्त्री आमा बन्छे तब उसको प्रेम विभाजित हुन पुग्दछ ।’

कस्तो अनौठो विचार छ आर. के.को होइन मलाई त कहिलेकाहिँ पुरुषको प्रवृत्ति देख्दा अनौठो पनि लाग्दछ अनि कताकता शंका पनि लाग्दछ कतै उनीहरु ‘नारीले मातृत्व ग्रहण गर्नासाथ आफूलाई उपेक्षा गर्छन् कि’ भनेर भित्रभित्रै त्रसित त हुँदैनन् ।

जेहोस् सबै पुरुषको एउटै सोचाइ हुँदैन ।

आज राति आर. के.ले रातिको खाना ख्वाउनका लागि मलाई बाहिर लैजाने भएको छ ।

आज म नीलो रङको गाउन र मोतीको सेट लाउनेछु । आर. के.ले नीलो सूट लाउने भएको छ ।

अँ मलाई तैँले ईमेल पठाउनु पर्दैन पहिले मलाई मेरो कुरा भनिसक्न दे ।
तेरी लिली अर्थात् ललिता

ललिताले पठाएको ईमेल पढेपछि सुजाता मुसुक्क हाँस्छिन् मात्र ।

नभन्दै अर्को दिन ललिताले ईमेल पठाएकी थिईः

ए सुजाता ! मैले तँलाई ईमेल नपठा भन्दा रिस उठ्यो कि क्या हो नरिसा है !

खास कुरो के हो भने नि मैले तेरो सानो परिवार सुखी परिवारको विषयमा सबै कुरो थाहा पाइसकेकी छु । तैँले इकोनोमिक्समा पीएच् डी गरेको पनि थाहा छ । तेरो जागिर तेरा छोराछोरीहरुको प्रगति तेरो श्रीमान् तीन वर्षका लागि क्यानाडा गएको पनि सुनिसकेकी छु बरु मेरो विषयमा तँलाई केही थाहा छैन ।

आर. के. र म हप्तादिनको लागि फ्रान्स घुम्न जाने भएका छौँ । यसर्थ उताबाट फर्केपछि मात्र म तँलाई लामो ईमेल पठाउने छु । त्यतिञ्जेलसम्म मेरो ईमेलको प्रतीक्षा गरेर बस्नु ।
तेरी लिली अर्थात् ललिता

त्यसपछि एक हप्तासम्म सुजाताले ललिताको ईमेल पाइनन् ।

साँच्चै भन्ने हो भने ईमेल नपाउँदा सुजातालाई केही नियास्रो पनि लाग्यो ।

ललिताले ईमेल नपठाएको आठौँ दिनको कुरो होँ बच्चाहरुको निम्ति किनमेल गर्न विशालबजार गएकी थिइन् उनी ।

एउटा पसलमा सामान हेर्दै गर्दा ‘ए… सुजाता दिज्यू होइन नमस्ते !’ भन्दै शुभश्री सुजाताको छेउमै पुगिन् ।

‘ए… शुभश्री ! कहिले आयौ अमेरिकाबाट ‘ आफ्नी सहपाठी अरजुश्रीकी बहिनी शुभश्रीलाई देखेर हँसिलो अनुहार लगाउँदै सुजाताले सोधिन् । त्यसपछि दुईबीच यताउताका कुराकानी भए ।

त्यसैक्रममा सुजाताले ललिताको नाम मात्र के लिएकी थिइन् शुभश्रीले गम्भीर भएर भनिन् ‘तपाईँलाई पनि थाहै होला उहाँको ब्वाइफ्रेण्ड आर. के.को चार वर्षअघि ब्रेनट्यूमरबाट मृत्यु भएपछि उहाँ कस्तो बेसुरे हुनुभएको छ । उसो त हाम्रो भेट विरलै हुन्छ आक्कलझुक्कल पार्टीमा भेट हुँदा उहाँ खाली आर. के. को मात्रै कुरा गर्नुहुन्छ । उहाँको अमेरिकन अभिभावकहरुले पनि ‘अब लिलीको अवस्था ज्यादै बिगि्रसक्यो’ भन्दैथिए । खोई के गर्छन् कुन्नि उहाँलाई ‘

ललिताको अवस्था सुनेर स्तब्ध भएकी थिइन् सुजाता ।

घर फर्कनासाथ सुजाताले कम्प्युटर खोलेर हेर्दा त्यहाँ ललिताले पठाएको लामो ईमेल थियो । उसले लेखेकी थिईः

मेरी सुजाता
आर. के. र मैले बितेको सप्ताहको हरेक क्षण एकअर्काको बाहुपाशमा बाँधेरै बितायौँ । ऊ हरेक रात हाम्रो शयनकक्षमा फूलको गुच्छा लिएर मेरो प्रतीक्षा…

ईमेल पढ्दापढ्दै सुजाताका आँखामा आँसु जम्न लागेको हुन्छ । उनी बीचैमा कम्प्युटर बन्द गरिदिन्छिन् ।

(श्रोत:- हिमाल साहित्य – २०६१ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.