~राजेश नतांश~
निकै ‘रोमान्टिक’ थिए विकल सर । मोटो, ओग्लो, हृस्टपुष्ट थियो शरीर । सेतो चस्मा लगाउँथे । स्वीटर, पेन्ट, सर्ट मनपर्ने पहिरनहरू थिए । पढाईका हरेक सन्दर्भमा मजाक गर्ने बानी रमाइलो थियो उनको । सबै विद्यार्थीलाईं हँसाई-हँसाई पढाउँने गर्दथे । हेर्दै सरल, सभ्य र हृष्टपुष्टताले गर्दा जो कोहि पनि उनीप्रति आर्कषित हुन पुग्थें । झन् क्याम्पसका केटीहरू त ज्यानै दिन खोज्थे । हरपल झुमिरहन्थे उनीहरू । क्याम्पसमा उनी अंग्रेजी विषय पढाउँथे । सार्है सिर्जनात्मक थिए । उनको सफलताका पछि उनको संघर्षको अर्को पाटो थियो । बुबा-आमा सानै उमेरका बितेका थिए । धेरै वर्ष संघर्ष गरेर यो स्थानसम्म आएका थिए उनी ।
बिहान सबेरै उठ्ने गर्दथे । दैनिक कर्मकाण्ड सकेर, खाना पकाउने, भाडा माझ्ने, लुगा धुने र घर पुछ्ने लगायतका कामहरू कति पनि झन्झट नमानी सम्पन्न गर्दथे । ठिक १० बजे सम्पूर्ण कामहरू सकेर तयारी हुन्थे । निकै मेहनत गर्दथे दिनहुँ विकल सर । आधा दर्जन बढी क्याम्पसहरूमा ठूलो दौडधुपका साथ पढाउन पुग्थे । दिनमा उनलाई खाजा खाने समयको समेत फुर्सद मिल्दैन थियो । उनको हरेक यात्रामा उनको थोत्रे मोटरसाइकलले ठूलो साथ दिएको थियो । कुनै पनि काममा विलम्ब गर्दैन्थे उनी ।
विनु उनकी सहचारिका, जीवन सङ्गीनी, अर्धाङ्गिनी थिई र मेरी आत्मिय साथी । हामी एउटै कक्षामा अध्ययन गर्दथ्यौ, सार्है मिल्दथ्यौ । सम्पूर्ण आत्मिय कुराहरू हामीमाझ साटासाट हुन्थे । हेर्दा सोझी, सीधा देखिने विनु उनको प्रशंसा गर्न सकिदैन थियो । उनलाई उनको रुपप्रतिको घमण्ड कति पनि थिएन । सबैलाई सहयोग गर्ने, सबैको भावना बुझ्ने, हरेक समस्यासँग लड्ने अनौठो गुण थियो उनमा ।
यति विध्न गुणहरू भएकी विनुलाई अप्रत्यासित रुपमा विकल सरले मन पराएका रहेछन् । विनु विकल सरसँग नजिकिदै जाँदा उनले पनि थाहा पाएछन् कि विनुले आफूलाई मन पराउँछें भनेर । यसरी सम्बन्ध बढ्दै जाँदा दुवैजनाले विर्सिएछन् सर विद्यार्थीको सम्बन्ध । आखिर प्रेम न हो । कोसँग हुन्छ, कस्तोसँग हुन्छ, किन हुन्छ भन्ने कुराको मनन् गरिदैन् । उनीहरू एकअर्कालाई निकै प्रेम गर्दथे । एकदिन विनु क्याम्पस नआउँदा छट्पटिन पुग्थे विकल सर ।
दुवैजना दाम्पत्य जीवनमा बाँधिएको धेरै समय बितिसकेको थियो । उनको जीवनमा विनुको प्रवेशपछि निकै सरल र सुन्दर बनेको थियो । उनको हरेका पाइला-पाइलामा साथ दिएकी थिई विनुले । बैवाहिक जीवनमा बाँधिएपनि विनुको पढाई प्रखर थियो । झन् गूरु नै आफ्नो श्रीमान् भएपछि त उनको पढाईमा सुनमाथि सुगन्ध नै थपिएझैँ भएको थियो ।
छुट्टीका समयमा उनीहरू जहिल्यै नयाँ पार्क, रिर्र्सोट, स्मारक, संग्राहलय, मठमन्दिर घुम्न पुग्थे । राती अबेरसम्म घुमफिर गर्दथे । साँच्चै यी दुई जनाको दाम्पत्य जीवन सबै दाम्पत्य जोडीहरूका लागि उदाहरणीय बनेको थियो । विकल सरभन्दा कम पढेकी, कम उमेरकी भएपनि विनुले एउटा असल र निपुण श्रीमतीको भूमिका निभाएकी थिई । उनीहरूको दाम्पत्य जीवनमा कुनै असहमतिका खाल्डाहरू थिएनन् । कुनै छलकपट, रिस, राग, शंका-उपशंका थिएनन् । विकल सरले विनुलाई सधैं सम्मान गर्दथे ।
हामीलाई पढाउन मात्र के सूरु गरेका थिए विकल सरले । उनको मोबाइल बज्यो । फोन ‘रिसिभ’ गरेपछि उनको अनुहार एक्कासि फेरियो । अनुहार भयावह भएको थियो । निकै आर्श्चर्यजनक थियो उनको अनुहार । हतारिदैँ उनी कक्षा छोडेर निस्किए । हामीहरू अचम्ममा पर्यौं । क्याम्पसैभरि खैलाबैला मच्चियो ।
विकल सर निकै दिन हामीलाई पढाउन आएनन् । क्याम्पस प्रशासनमा पनि सम्पर्क राख्दा केही थाहा नभएको सूचना पाइयो । पछि सम्पूर्ण कुराहरू थाहा पाएपछि हामी छाँगाबाट खसेजस्तै भयौँ । विनुलाई ट्याक्टरले ठक्कर दिएको रहेछ । बजारमा किनमेल गर्न जादाँ । उनको हालत निकै खराब रहेछ । उनी जीवन र मृत्यूसँग संघर्ष गरिरहेकी रहिछिन् ।
विकल सर बौलाहाएको जस्तो देखिन्थे । आफू भन्दा बढी माया गर्थे विनुलाई । ट्याक्टरको ठक्करपछि दिनहुँ बेचैन जस्तो देखिन्थे । शरीर सारा सुकेर ख्याउटेजस्तो भएको थियो । पढाईमा पनि विलम्ब गर्दथे । उनको मजाक गर्ने बानी पनि हराई सकेको थियो । किनकी उनकी प्राणझैं प्यारी श्रीमती विनु मृत्यूसँग खेलवाड गर्दै ओछ्यानमा लडिरहेकी थिई ।