~राशि पाण्डे~
होटलमा खाना खाइरहेकी छु । एउटा लामो फल्याकमा दुईतिरबाट काठको किल्लाले अड््याएर टेबुल जस्तोबनाइएको छ । टुकीको मधुरो उज्यालामा मानिसका अनुहारहरू धूमिल देखिएका छन् ।
साझाको चामलह्वास्स गन्हाउँछ । म नरुचाइ नरुचाइ पेटसम्म भर्ने जुक्ति गरिरहेकी हुन्छु । कोठाभरि सल्लाको धुवाँ,रक्सीको गन्ध र गफका चोक्टाहरू सगबगाइरहेका छन् ।
“म््याडम, यहाँ यस्तै चल्छ, पाइँदै पाइन्न, राम्रा चीजहरू ।
दिल्लीजस्तो दालफ्राई, किमा, कोर्मा कहाँ पाउनु? साला एक भी होटल नहीं है दिल्ली जैसा” सँगैको टेबुलमा रक्सी पिइरहेको तिस बत्तिस बर्से युवकमप्रति सहानुभूति देखाउँदै, यहाँको अभावप्रति आक्रोश पोख्छ । अनि, आफू दिल्ली घुमेको, बम्बै घुमेकोसेखी देखाउँछ । यहाँ सबैले उसलाई दिल्लीकट उपनाम दिएका रहेछन् ।
म सुन्दै नसुनेको जस्तो गरिदिन्छु । “ए गङवा, मिट लाओ” दिल्लीकट पसलेलाई अडर गर्छ ।
पसलेको नकारात्मक जवाफ पाएपछि ऊ फेरि बम्कन्छ, “कुखुरा काट । मासु खान्छु । मासु नभई हुन्न ।हम नही खाएगा ।”
उसलाई रक्सी लागिसक्यो कि, रक्सी लागेको भानमात्र पारेको हो ? म छुट्ट्याउन खोज्दछु । मानिसहरूनसा लागेको निहुँ गरेर आफ्नो उग्रता देखाउने गर्छन्, आफ्नो हीनता पोख्ने गर्छन् । दिल्लीकटलाईनजानिँदो तरिकाले नियाल्छु । ऊ सानले एउटा सस्तो खाले सिगरेट तानिरहेको छ ।
हातको चुरोट छेउकै मानिसलाई थमाउँदै दिल्लीकट भन्न लाग्छ, “म सोर वर्ष तक दिल्ली बसें… क्या हैदिल्ली ?.. यताबाट रेल हिँड्छ….बस, रिक्सा, ताँगा म््याम्, त्यहाँ दुई दुई तले बसहरू छन् .. हाम्रा घरजितना बसहरू .. म फेरि दिल्ली जान्छु … यहाँ बस्तिनँ । क्या है ? इस पहाडी में ? जबसम्म रेल नहींआएगा, मोटर नहीं चलेगा .. हम नहीं आएगा… नहीं आएगा” ऊ छाती ठोक्न लाग्छ ।
अब उसले बवाल मच्चाउने भो ? म छिटछिटै खाना रित्याउन लाग्छु ।
“गङ्गा, तुँ जाएगा दिल्ली… यु गो ?” दिल्लीकट गिलाँस पुरै रित्याउँछ ।
“थप, अझ थप .. नेपालका रक्सी मिठो है .. धेरै मिठो ……..
खै कुखुरा … ल्या ..ल्या कुखुरा ल्या । काट । कुखुरा काट । हम तो नहीं खाएगा, वैसे” ऊ, बरबराउन लाग्छ।
… “म््याम्, हजुर त धेरै देश घुमिबक्सेको होला ?” उसका गफमा सँगी बनाउने कोसिस गर्छ दिल्लीकटमलाई पनि । दिल्ली घुमेको, बम्बैको, चन्डीगढका थुप्रै थुप्रै अनुभवहरू, त्यहाँको झिलीमिली बखान गर्नलाग्छ ऊ ।
दुई, तिन जना केटाहरू बडो ध्यान मग्न भै दिल्लीकटको कुरा सुनिरहेका हुन्छन्, खुबै चाख लिएर । ऊएउटा पढेलेखे जस्तो केटालाई आफ्नो छातीमा लेखिएको अक्षरहरूतिर औल्याउँदै अर्थ लगाउन भन्छ, “द्यन्ःल्” केटाहरू अथ्र्याउन सक्दैनन् । ऊ यहाँको शिक्षा पद्धति तथा आजका विद्यार्थीहरूको न्यून बुद्धिबारेलामो भाषण दिन सुरु गर्छ ।
म सोच्न लाग्छु । यी दिल्लीकट, बम्बैकट लाहुरेहरूको गफ सुनेर यिनीहरूको फुर्तीफार्ती देखेर, यीअपरिपक्व सोझा मस्तिष्कहरू खज्मजिँदा हुन् । बिदामा आउने लाहुरेहरूको पनि आफ्नै रबाफ हुने गर्दछ ।उनीहरू आर्मी ड्रेसमै आउने गर्दछन् तिनीहरू बिदामा पनि बाहुलामा टाँसिएको पित्तले अक्षर सानलेटल्काउँदै, ढल्काउँदै । उनीहरूको सान, रबाफ गाउँभरि व्याप्त हुन्छ । सोझा लाटा गाउँलेहरूले पनि आफ्नोछोरालाई त्यस्तै बनाउन चाहन्छन् । चाहे विदेशमा उनीहरू जुठो प्लेट उठाउने कान्छा हुन्, चाहे आफ्नोरगत, स्वाभिमान बेच्ने सिपाही तर लाहुरेको बडप्पनमा कुनै कमी हुनुहुन्न ।
त्यो सानो होटलमा उसको व्यक्तित्व अटेसमटेस गरी भरिएको छ । म उठ्ने क्रम गर्दै– ऊ के काम गर्दो हो? सोच्न लाग्छु । दिल्लीकट पनि लरखराउदै उठ्न लाग्छ ।
“म््याम््का बिल हम पे करेगा ….. म््याडम, यहाँको महिला विकास अधिकिरत होइन ? हमारा गेस्ट…. हम देगा …।” दिल्लीकट खल्तीमा हात हाल्छ । यो पकेटमा । त्यो पकेटमा जम्मा दुई रुपियाँ र केहीफुटकर पैसा । मलाई उसको अवस्थामा भित्रभित्रै हाँसो उठ्छ ।
“म््याड्म, हमारा पाहुना ….हमारा गेस्ट” दिल्लीकट पैसा थमाउन एक कदम पसलेतिर बढउँछ ।
“म््याम्को सय ?” पसले आफूतिर बढाएको पैसामा आँखा गाड्दै भन्छ ।
“ले रख, रखो… हम देगा…..।” दिल्लीकट बलजफ्ती पसलेलाई पैसा थमाउने प्रयास गर्छ । यही प्रयासमाऊ ढुन्मुनिन पुग्छ, रक्सीको रित्तो बोत्तल झैँ । सिल्भरका केही ढ्याकरू नालीमा पुग्छन् । ऊ भ्यागुतो झैँपछारिन्छ । चियापत्ती फालेको फोहर टिनमा उसको टाउको जोतिन्छ । ऊ माटो चाट्न लाग्छ । आफ्नोदेशको, आफू जन्मिएको, हुर्किएको र आफू खेलेको माटो । केटाहरू खितखित हाँस्न लाग्छन् । ऊ अचेतभएको स्वाङ पार्छ । म छिटछिटो पैसा तिरेर डेरातिर लम्किन्छु …….
ॐ
(स्रोत : :- उत्साहः पूर्णाङ्क २९ वर्ष ८ श्रावण २०४३)