~अजय दिक्षित ~
“ठूलोकान्छा, यसपालि त सतबीज छर्न पशुपतिनाथ लगिदे न है !” हजुरआमाले दोस्रोपटक नातिलाई पुकारिन् । हजुरआमाले कुरो गरेको बुझेपछि मोबाइल बन्द गर्दै ठूलोकान्छाले सोध्यो, “के भन्या आमा ?” “सतबीज छर्न लग्दे भन्या !”
“ए भइहाल्छ नि, अघिल्लो दिन बसस्टपमा आएर फोन गर्नु म अफिसबाट लिन आउँला ।”
काठमाडौँमा आन्दोलनका कारण बस नियमित स्थानभन्दा निकै पर रोकियो, सबै यात्रुहरू उत्रिए । हजुरआमा पनि उत्रिइन् । नातिले मोबाइल फोन दिएको थियो र नम्बर थिच्न सिकाइदिएको पनि । बसबाट ओर्लेपछि हजुरआमाले फोन थिचिन् तर लागेन । दोस्रोपटक ‘सम्पर्क हुन सकेन’ भन्ने जवाफ आयो । एकछिन त अलमल्ल परिन् । सँगै छेउमा एक जोडी युवक-युवती उभिरहेका थिए । हजुरआमाले युवतीलाई अनुरोध गरिन्, “ए नानी यो लाग्दै-लाग्दैन, एकपटक हेरदिेऊ न बा !” सँगै उभिएकी युवतीको साथीले सोध्यो, “आमा कता जाने ?…..” “ए हामी पनि त्यतै जाने हो, हामी पुर्याइदिउँला, हिँड्नूस् ।” ‘ओहो कस्ता फरासिला रहेछन्’ भन्दै हजुरआमा ट्याक्सीको पछिल्लो सिटमा बसिन् । एकापट्टि केटा र अर्कोतिर युवती बसे ।
हजुरआमाको फोन नआएपछि ठूलोकान्छा छटपटाउन थाल्यो । मोबाइल थिच्दा जवाफ आयो, “स्वीच बन्द गरएिको छ ।” साँझ पर्यो तर अत्तोपत्तो भएन । बस स्टप, बसले ओरालेको ठाउँमा पुगे तर हजुरआमा भेटिइनन् । प्रहरीमा रपिोर्ट गर्दा रात अबेर भइसकेको थियो । गह्रौँ मनमा अनेक डर-त्रासका ज्वारभाटा भोग्दै ठूलोकान्छा र साथी घर र्फकंदै थिए । चिसो हुन थालिसकेको राजधानीको बाटोमा बन्द रहेको सटरको बाहिरपट्ट िगुँडुल्किएको एउटा आकृति देखियो र केही नजिक पुग्दा महिला रोएको आवाज पनि सुनियो । यति राती को किन रुँदैछ भन्दै दुवै जना आकृतिछेउ पुगे । चिसोमा काम्दै एउटी महिला रुँदै थिइन् । यत्तिकैमा लोडसेडिङ् सकिएर पिलिक्क बत्ती बल्यो । सटरमाथि बलेको बत्तीको उज्यालोमा आफ्नी हजुरआमा देखेर ठूलोकान्छा अत्तालियो । हजुरआमाले गम्लङ्ग नातिलाई अँगालो हालिन् ।
घर पुगेर खाना खाएपछि हजुरआमाले बताइन्, “ट्याक्सीमा बसेपछि सुइले घोचेकोसम्म सम्झन्छु । त्यसपछि एकैपल्ट त्यो पसलबाहिर आफूलाई पाएँ ।” मोबाइल, कानको मुन्द्रा र ३ हजार ५ सय रुपियाँ लगेछन्, ज्यानचाहिँ बाँच्यो ।
साँझ हुन थालिसकेको थियो । सार्वजनिक सवारीका एउटा पनि साधन थिएनन् र ट्याक्सीहरू पनि सबै भरिभराउ । टाढा पुग्नुपर्ने, स्कुलबाट घर आइपुगेकी छोरी के गर्दै होली, ट्याक्सी पनि छैन, पार्वती चिन्ता मान्न थाली । कुर्नुको अर्थ नहुँदा हिँड्न बाध्य भई ऊ । केहीबेरपछि छेउमा एउटा ट्याक्सी आएर रोकियो, झ्यालको ऐना झार्दै ड्राइभरले सोध्यो, “दिदी कता जाने ?” जवाफै नदिई पार्वतीले ढोका खोली र भित्र बसी । चालकले केही भनेन । गन्तव्य सुनेपछि भन्यो, ठीक छ तर डेढ सय रुपियाँ बढी लाग्छ । पार्वतीले विरोध गर्नुअघि नै ऊ बोल्न थाल्यो, “के गर्नु दिदी ! हिजो दिनभर िकुरेर १० लिटर पेट्रोल भरेको । हिजो दिनभर ित चलाउने कुरै भएन । पाए पनि १० लिटरले के गर्नु ? सानो-तिनो खेती छ, बाआमा किसानी गर्छन् । खडेरी पर्न थालेको छ, खानै पुग्दैन । पढाइ छाडेर यता आएँ, बल्ल ट्याक्सी चलाउने काम पाएँ । लाइसेन्स लिन धेरै पापड बेल्नुपर्यो । लुच्चागिरी पाउँछु, राज्य प्रतिनिधित्व गर्नेबाट ठगिन्छु, सुन्ने कोही छैनन् । त्यस्ताको मात्रै कदर भएको देख्छु । बाले भाइको पढाइलाई पैसा पठाइदे भन्छन्, कुन पैसा पठाउनू, छाप्ने मेसिन भए पो ! अब त म पनि इमानदारगिरी छाडेर लुच्चागिरीमा लाग्छु ।” पार्वतीले ढाडस दिने शब्द पनि पाइनँ ।
होटलको पार्किङ् क्षेत्रमा रमेशले गाडीको स्वीच अन गर्दा अरुणदेव चन्द्रागिरीपछाडि निकै अघि लुकिसकेका थिए । होटल परसिरभित्रको बाटो जति चिल्लो थियो बाहिर त्यति नै जर्जर, खाल्डाखुल्डी जताततै । बाटो छेउछाउका एक-दुईवटा घरमा मात्रै इन्भर्टरले बत्ती बालेको थियो । लोडसेडिङ्को अँध्यारोलाई गाडीका हेडलाइटले चिर्दै थिए । क्रसिङ्मा पुग्दा गाडीहरूको तँछाडमछाड थियो । दुई जना प्रहरी जेनतेन प्रयास गर्दै थिए, ट्राफिक व्यवस्थापनमा । दुवै घर जान आतुर भएको प्रस्ट देखिन्थ्यो । केही दिनअघि ट्राफिकमा कार्यरत एक अधिकारीले एउटा गोष्ठीमा धूवाँ र धूलो खाँदाखाँदा हत्तु भइसकिएको बताएको रमेशले सम्झ्यो ।
आफ्नो पालो नआउन्जेल कुर्नुको विकल्प थिएन । केहीबेरपछि पालो आउने मेसो भएपछि ऊ क्लच थिच्दै, गियर लगाउँदै अगाडि जान तयार भयो । पछाडिका गाडीहरू ट्याँ-ट्याँ र टुँ-टुँ हर्न बजाउन थाले । त्यत्तिकैमा आफ्नो आमाका हात समातेर गाडी छिचोल्दै रमेशको गाडीअगाडि दुई बालक आइपुगे । अघिल्लो बालकले एक्कासि आमाको हात छाड्यो, बु्रसली स्टाइलमा गाडीलाई धम्क्यायो र काता स्टाइल देखाउँदै अघि लाग्यो । बालकको अप्रत्यासित एक्सन देखेर छक्क परेको रमेश, पछिपछि आउँदै गरेको बालकले ठ्याक्क त्यस्तै गरेको देखेपछि त वाल्लै पर्यो । हर्न थिचिरहेको पछाडि आउँदै गरेको मिनी ट्रकको गुरुजीले झ्यालबाट घाँटी निकालेर धम्क्यायो, “ओ मिस्टर गाडी अगाडि लाने कि, तान्दिउँ ।”
—
माथिका घटना यस पंक्तिकारले चिनेकाहरूले राजधानीमा गतसाता भोगेका अनुभवहरू हुन् । हिजोआज यस्ता घटनाहरू धेरै नै हुन थालेका छन्, राजधानी सहरमा । आशा गरौँ, यी विम्ब मात्रै हुन्, हाम्रो राजधानीको परविेश प्रतिनिधित्व गर्दैनन् । तथापि, जताततै र धेरैथरीले भोग्दै गरेका यस्ता घटनाले भन्न बाध्य गराउँछ, आधुनिकताको यात्रामा हिजोआज हाम्रो नागरकि चेतना ओझेलमा पर्दैछ ।
(श्रोत :- नेपाल साप्ताहिक ३७१)