कथा : डम्बरे र बाटुलीको सपना

~खगेन्द्र लामिछाने~

अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए । एकतमाससँग हिँडिरहेको अशोकसँग अचानक कोही ठोक्कियो । झस्केर हेर्दा अपरििचत एक युवती, राम्री थिई । बाहिरी आवरण सहरयिा भए पनि स् वभावले ऊ गाउँले हो भन्ने कुरा अशोकले ठम्याइहाल्यो । खिस्स हाँसेर युवतीले भनी, ‘सोरी !’ अशोक मुस्कुराउन नपाउँदै त्यो केटी फटाफट आफ्नो गन्तव्यतर्फ हिँडिहाली । पछाडि फर्केर हेर्दा ऊ अशोकबाट लगभग दस मिटर पर पुगिसकेकी थिई । त्यो केटीले फर्केर अशोकतर्फ हेरी, अशोक मुस्कुरायो । त्यो युवती लाजमिश्रति हाँसो हाँस्दै आफ्नो गन्तव्यतर्फ छिटोछिटो हिँडी । अशोकले एकपटक आफूलाई नियाल्यो । पुरानो जिन्सको पाइन्ट, मैलो सेतो सर्टमाथि कालो स्वीटर, खैरो ऊनीको टोपी, थोत्रो झोला र चमक हराएका छालाका काला जुत्ता उसको आकर्षण थियो । आफ्नो आकर्षणलाई खिल्ली उडाउँदै अशोक हिंड्यो ।

आकाशे पुल चढेर अशोक सडकमा तँछाड-मछाड गर्दै कुदिरहेका मोटर गाडीहरू हेर्न थाल्यो । उसका आँखा टुँडिखेलमा अडिए । त्यहाँ घोडे जात्राको तयारी भइरहेको थियो । सलक्क परेको जीउसहितका घोडाहरू रंगीचंगी बारहरू नाघिरहेका थिए । यत्रतत्र छरएिका सैनिकहरू चनाखा थिए । टुँडिखेललाई फलामे बारले घेर्ने काम टाढाको एक भागमा सुस्त गतिमा चलिरहेको थियो । अचानक अशोकका आँखा टुँडिखेलको सुन्धारापट्टकिो कुनामा रहेको राणा साहेबको सालिकमा अडिए । आक्रामक शैलीमा रहेको त्यो सालिकको तलपट्ट िदुईजना साना केटाकेटी बढो मिहिनेतका साथ काम गररिहेका थिए । अशोकको मन त्यतैतिर तानियो ।

अशोक टुँडिखेलको सुन्धारापट्टकिो कुनामा पुग्यो । केटाकेटीहरू तनमन दिएर काम गररिहेका थिए । उनीहरू आठ-दस वर्षका जस्ता लाग्थे तर शरीर भने हृष्टपुष्ट थिएनन् ।

‘बाबुहरूको नाम के नि ?’ अशोकले सोध्यो । दुवैले अशोकको मुखमा पुलुक्क हेरे अनि आफू-आफूमा हेराहेर गरेर आफ्नै काममा व्यस्त भए । अशोकले यताउता आँखा डुलायो । मानिसहरूको भीडलाई चिर्दै डालोभर िबदाम लिएर एउटी युवती उसको नजिक आएर हाँस्दै भनी, ‘बदाम खानुस् न दाइ ।’

‘नखाने ।’ अशोक खिस्स हाँस्यो ।

‘खानुस् न खानुस्, मीठो छ । त्रिशूलीको कान्छी बदाम हो ।’ युवतीले मलाई कर गरी । अशोकले ऊतर्फ फर्केर हाँस्दै भन्यो, ‘त्यसै दिने भए खाने ।’ युवतीले आँखा तर्दै भनी, ‘फिरीमा त आफ्ना मान्छेलाई त दिइन्न ।’ र, हाँसेर भागी । अशोकको ध्यान पुनः केटाकेटीहरूतर्फ नै गयो । अशोकले उनीहरूलाई फेर िसोध्यो, ‘अंकललाई नाम नभन्ने ?’

‘डम्बरे ।’ आफ्नो काम सुचारु गर्दै केटोले भन्यो ।

‘अनि तिम्रो ?’

‘बाटुली ।’ बाटुली मुस्कुराई । मुस्कुराउँदा उसको दाहिने गालामा परेको डिम्पल देखेर अशोक पनि मुस्कुरायो । बाटुलीले फेर िभनी, ‘थाहा छ ? यहाँ आएपछि दिदीले मेरो नाम ‘आभा’ राख्दिनुभएको छ ।’ बाटुलीले हरेक शब्द छुट्टाछुट्टै भनी । बाटुलीले आफ्नो कुरा सक्दा नसक्दै डम्बरेले भन्यो, ‘ मेरो आभास ।’

‘अनि आभा नभनेर किन बाटुली भनेको त ?’ आधा बसेर अशोकले भन्यो ।

‘बिर्सिहाल्छु । अनि फेर,ि भनेपछि सम्भिmन्छु ।’ बाटुली लाजले हाँस्दै भुइँतिर हेरी । डम्बरे बाटुलीलाई हेरेर हाँस्यो ।

नाताले उनीहरू दाजुबहिनी थिए । उनीहरूले त्यहाँ आफ्नो कल्पनाको घर बनाइरहेका थिए । वरपिरकिा स-साना इँटका टुक्राहरू र टुँडिखेल वरपरका रूखबाट खसेका स-साना छेस्काहरू बटुलेर बनाइएको उक्त खेलौना घर साँच्चै राम्रो थियो । अशोक उनीहरूको नजिक पूरै बसेर भन्यो, ‘त्यो के हो नि ?’ उनीहरू दुवैले एक-अर्कालाई हेरेर हाँसे । र, लाज मानीमानी आफ्नै काममा व्यस्त भए । अशोकले फेर िभन्यो, ‘भनन् ।’

‘यो ?’ खेलौना घरलाई देखाउँदै डम्बरेले मसँग प्रश्न गर्‍यो । मैले ‘हो’ भने । डम्बरेले बाटुलीलाई हेरेर खितित्त हाँसेर भन्यो, ‘घर ।’

‘अनि यो ?’

‘घर जाने बाटो । घर भएपछि बाटो चाहिएन ?’ बाटुलीको कुराले अशोक हाँस्यो र फेर िभन्यो- ‘एऽऽऽ अनि यो ?’

‘यो फूल सार्ने ठाउँ । अनि यो, दूबो सारेर चौर बनाउने ठाउँ ।’ डम्बरेको बेलीविस्तारलाई रोकेर अशोकले उक्त नमुना घरको नजिक रहेको सानो कोठा, जुन गोठजस्तो लाग्थ्यो, त्यसलाई देखाउँदै भन्यो, ‘अनि त्यो के नि ?’

‘भनौं ?’ बाटुलीले डम्बरेसँग अनुमति मागी । लाज मानेर डम्बरेले टाउकोले सहमति दियो । बाटुलीले भनी, ‘योऽऽऽ गाडी राख्ने ठाउँ ।’ बाटुली अगाडिको तुलनामा छिटो बोली र उसको अनुहार लाजले रातो भयो । हाँस्दै अशोकले फेर िभन्यो, ‘गाडी पनि किन्ने ?’

‘होइन,’ दुवैजना एकैसाथ छिटो बोले र आफ्नो काममा व्यस्त भए ।

उनीहरूले खेलौनाका रूपमा बनाएको घर देख्दा यस्तो लाग्थ्योे, उनीहरू भविष्यका आर्किटेक्ट हुन् । इँटाका टुक्राहरू र स-साना छेस्काहरूद्वारा निर्मित दुईतले घर जसमा करडिर, टेरेस, मिटिङ रुम, बेडरुम, किचन, बाथरुम, डाइनिङ रुम, झ्यालढोकाहरू सबै थिए । काठका छेस्काहरूद्वारा उनीहरूले घरमा कम्पाउन्ड पनि लगाएका थिए । ठूलो गेट, गेटको सामुन्य मोटर ग्यारेज, फूल सार्ने क्यारी अनि बगैंचाका लागि उनीहरूले ठाउँ छुट्याएका थिए । अशोकले आफ्नो बालापन सम्झ्यो । अशोकले पनि त्यसरी नै मिहिनेत गरेर बनाएका खेलौना घर उसका आफ्नै बाउले कैंयौंपटक भत्काइदिएका थिए, पढ्ने बेलामा यस्तो गर्नु हुन्न भनेर । पढेर पनि बेरोजगार भइन्छ भन्ने कुरा त्यतिबेला नै थाहा पाएको भए बाउसँग झगडा गरेरै भए पनि त्यही काम सिक्थें । अशोकले मनमनै सोच्यो । उसले डम्बरेको चिउँडो मायाले समातेर आफूतिर फर्काएर भन्यो, ‘ठूलो भएपछि यस्तै घर बनाउने हो ?’

‘होइन’ आफ्नो चिउँडोबाट अशोकको हात हटाउँदै डम्बरेले भन्यो ।

‘हो हो ब्यारे । अघि भनेको होइनस्    ?’ हाँस्दै डम्बरेको मुखमा हेरेर बाटुलीले भनी । डम्बरे लाजले रातो भयो । ‘बाबुहरू कोसँग आएको नि ?’ अशोकले भन्यो ।

‘दिदीले ल्याएर छोडिदिनुभएको, भरे लिन आउनुहुन्छ ।’ बाटुलीले भनी ।

‘हामीलाई खेल्न मन लाग्दा दिदीले यहीं ल्याएर छोडिदिनुहुन्छ,’ डम्बरेले भन्यो । माटो हराएको सहर, विचरा काठमाडौं । धन्न टुँडिखेल भए पनि बाँचेको छ र कहिलेकाहीँ माटोलाई स्पर्श गर्न पाइन्छ । अशोक मस्तिष्कमा घरहरूको जंगलजस्तो काठमाडौं सहर एकझल्को आयो । अशोकलाई उनीहरूसँग गफ गर्न अलि बढी नै रहर लाग्यो ।

‘घरमा कोको छन् त ?’ अशोकले भन्यो ।

‘दिदीमात्रै ।’ डम्बरे र बाटुलीका हातहरू अनायासै सुस्ताए ।

‘अनि बुबा-आमा नि ?’ अशोकले फेर िसोध्यो ।

दुवैले एक-अर्कालाई भावुक दृष्टिले हेरे र खेलौना घरतर्फ हेरेर चोरी औंलाले भुइँ कोर्न थाले । अशोकले धेरै अड्कल काट्यो । एकैछिन् अगाडि उनीहरूको अनुहारमा देखिएको बालसुलभ हाँसो, उमंग र आशा हराएको महसुस अशोकले गर्‍यो । रोकिएका उनीहरूका हातहरू विस्तारै खेलौना घर बनाउनतिर लागे । खेलौना घर निर्माणप्रतिको उनीहरूको लगाव साँच्चै नै मोहक लाग्थ्यो । आफ्नै घर हो भन्ने विश्वासका साथ उनीहरूले त्यसलाई सिंगाररिहेका थिए । अशोकको दाहिने हात डम्बरेको निहुरएिको टाउको सुम्सुम्याउन पुग्यो । उसले उनीहरूप्रति गहिरो माया प्रकट गरेर भन्यो, ‘अंकललाई नभन्ने ?’

दुवैका मलिन आँखाले अशोकलाई हेरे र अल्छी लागेजस्तो गरी आफ्नो काम सुचारु राखे । अशोकले उनीहरूको उत्तरको प्रतीक्षा गररिह्यो । केही समयकोे सन्नाटापछि इँटाको टुक्राले भुइँमा विस्तारै हान्दै डम्बरेले भन्यो, ‘आमा मर्नुभयो वा हराउनुभयो ।’

दुवैले लामो श्वास लिए र बिनाहलचल भुइँतर्फ हेरेर बसिरहे । अशोक स्तब्ध भयो । उनीहरूको दुःखद् विगत कोट्याएकोमा उसलाई ग्लानि भयो । उनीहरूसँग फेर िकुनै प्रश्न गर्ने अशोकलाई आँट आएन । त्यहाँबाट हिँड्ने विचारले अशोक उठ्यो । र, घोडे जात्राको तयारी भएतर्फ आँखा डुलाउन थाल्यो । मानिसहरूको भीड बढिरहेको थियो । टुँडिखेलको बारको चेपबाट लामबद्ध मानिसहरूले घोडे जात्राको दृश्य नियालिरहेका थिए । अशोकले भुइँमा फ्याँकिएको बदामको खोस्टो टिप्यो र चोरी र बूढी औंलाले त्यसलाई मिच्दै घोडे जात्राको दृश्य हेररिह्यो । वरपिरकिो दृश्य उसलाई धमिलो, कताकता अस्पष्ट र अनौठो लागिरहेको थियो । मानिसहरू आवतजावत गररिहेका थिए । कोही हाँसिरहेका थिए, कोही घोत्लिएर घोडे जात्रा तयारीको दृश्य हेररिहेका थिए । अशोकका चोरी र बूढी औंलाले भने बदामको खोस्टोलाई एकतमाससँग मिचिरहेका थिए ।

‘अंकल हामीसँग कुरा नगर्ने ?’ बाटुलीको आवाजले अशोकको मन फेर िउनीहरूतर्फ तानियो । बाटुलीले उसलाई हेररिहेकी थिई । डम्बरे आफ्नै सुरमा खेलौना घर बनाउन तल्लीन थियो । बाटुलीको आग्रहलाई स्विकारेर अशोक पुनः उनीहरूको छेवैमा बस्यो ।

‘के कुरा गर्ने त ?’ अशोकले भन्यो । तर उनीहरू बोलेनन् । अशोकले फेर िभन्यो, ‘यहाँ कोको बस्छौ त ?’

‘दिदी अनि हामी दुईजना । दिदीले टीभी पनि किन्नु भन्नुभएको छ । अनि हामीलाई स्कुल पनि पठाउने भन्नुभएको छ ।’ हाँसेर बाटुलीले भनी । उनीहरूसँग कुरा गर्न अशोकलाई अलि सजिलो भयो ।

‘दिदीले के गर्नुहुन्छ ?’ अशोकले भन्यो ।

‘कुन्नि !’ बाटुलीलेे तल्लो ओठ लेप्राएर भनी । डम्बरेले बाटुलीको कुरा तत्काल सच्याउँदै भन्यो- ‘जागिर खानुहुन्छ ।’

‘दिदीले कति पढ्नुभएको ?’

‘तीन ।’ डम्बरेले भन्यो । ‘जागिर’ र ‘तीन’ शब्दले अशोकको दिमागमा विभिन्न कुराहरू खेले । अशोकले फेर िभन्यो, ‘साँच्चै तिमीहरूको घर कहाँ हो मैले सोधेकै छैन ।’

‘रु…’

बाटुलीले पूरा शब्द भन्न नपाउँदै डम्बरेले आफ्ना माथिल्ला दाँतले तल्लो ओठ टोक्दै खबरदारी गर्‍यो । बाटुली अलमलमा परी । अशोकले डम्बरेको आशय बुझ्यो । उनीहरूले आफ्नो खेलौना घर चिटिक्क पारसिकेका थिए । उठेर माथिबाट हेर्दा साँच्चै नै त्यो घर कुनै भव्य महलको नमुनाभन्दा कम थिएन । उनीहरू त्यो घरलाई अझ आकर्षक बनाउन प्रयत्नशील थिए । अचानक अशोकका आँखा वीर अस्पताल नजिक ऊसँग ठोक्किएकी केटीमाथि परे । ऊ एउटा युवकसँग गफ गररिहेकी थिई । युवकको शारीरकि हाउभाउले उसले उक्त युवतीलाई जिस्क्याए जस्तो लाग्थ्यो । संयोगवंश युवती र अशोकका आँखाहरू ठोक्किए । उसले अशोकलाई थोरै समय नियाली र लाज मानेजस्तो गरी मुस्कुराएर युवकसँग गफ गर्न थाली । वरपिरकिो हल्लाले उनीहरूले बोलेका शब्द सुनिएको थिएन ।

अकस्मात् मानिसहरूको चीत्कार सुनियो तर त्यो त्यति भयानक थिएन । अशोक संयमित भयो । सैनिकहरूले तालिम दिइरहेका मत्त घोडाहरू फुत्केर उनीहरू भएतर्फ नै दौडेर आइरहेका थिए । मानिसहरू छेउ च्याप्दै थिए । अशोकले हत्तपत्त बाटुली र डम्बरेको हात समातेर सुरक्षित ठाउँतर्फ जान खोज्यो । वीर अस्पताल नजिक अशोकसँग ठोक्किएकी युवती हत्तपत्त आई र बाटुली र डम्बरेलाई ऊबाट खोसेर छेउ च्यापी । तिनको मन भने आफूहरूले बनाएको खेलौना घरमा नै थियो । घोडाहरू दौडदै आएर उनीहरूले बनाएको त्यो नमुना महल कुल्चेर गए । युवतीले बाटुली र डम्बरेलाई आफूतिर तानिरहेकी थिई तर आँसुले टिल्पिलाएका उनीहरूका आँखा भने भग्नावशेष भइसकेको खेलौना घरतिर नै थिए ।

(स्रोत :- कान्तिपुर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.