~राशि पाण्डे~
एक
उनी गत तिन महिनादेखि थलापरेकी थिइन् । जिउ सुकेर हाड छाला मात्र थियो । तर आँखा चहकिला रबोली प्रस्ट । माघकोे महिना, औँसीको चिसो रात ।
आकाशमा डम्म बादल लागेर पानी पर्लापर्ला जस्तोमौसम । वास्तवमा उनी मृत्युशय्यामा थिइन् । उनी आफ्नो विगतमा पुगिन्— जन्मदिने बुबाआमा,सासूससुरा, पति, छोराछोरी, इष्टमित्र, सँगीसाथीहरू, घरखेत सबै चलचित्रझैं आँखा अगाडि सग्बगाउनलागे ….
आफ्नो चारैतिर आँखा घुमाइन्— बुहारी, छोरी, नातिनीहरू तथा गाउँका अन्य बुढापाकाहरू । चारैतिरबाटघेरेर दाउराको धुनी ताप्दै आँखाभरि आँसु लिएर रोइरहेका ।
पर खाटमा उनको एक्लो छोरो झोक्राएरबसिरहेको । उनले सम्झिन्,– तिनतिनवटा छोरीहरू जन्माएपछि चौथो सन्तानको रूपमा उनले बल्ल छोरोजन्माएकी थिइन् ।
छोराकी आमा भएपछि लोग्न,े सासूससुरा सबैकी प्यारी भएकी थिइन् । पाँच, पाँचवर्षसम्म आफ्नो छातीको दुधमात्र चुसाएर हुर्काएको छोरो एक दिन प्याक्क म¥यो ।
छोरा मरेको दिनचूडामणिकी बुढी चामल पैंचो माग्न आएकी थिइन् ।
मानिसहरू भन्दथे “उनी बोक्सी हुन्, टुनामुना गरेरमारिन् । उनकी सखी नारानकी आमाले भनेकी थिइन्, “औँसीको रातमा बोक्सीले मारेको बच्चालाईब्युँताएर मन्त्र साधना गर्दछन्, त्यति बेला बच्चा छोप्न सकिन्छ ।
कति आँैसीको रात उनीहरू छोरो गाडेको ठाउँ, मसानघाटमा बोक्सीलाई रुँगेर बसेका थिए । बल्ल योअहिलेको छोरो पाएपछि उनको मन शान्त भएको थियो ।
“नारायण, नारायण भत्रुहोस् बजै” पण्डितजीको बोली कानमा परेपछि उनको तन्द्रा भङ्ग भयो । बल्लबल्लजन्माएको छोरालाई कुखुरीले चल्ला छोपेजस्तो गरी हुर्काएकी थिइन् उनले ।
पच्चिस वर्षकै उमेरमा बिधुईभएपछि खेतीपाती घर, व्यवहार सबै उनैले चलाएकी थिइन् ।
छोरालाई कहिले कुनै पनि काम गर्न दिइनन्,कुनै दुःख हुन दिइनन् ।
बिधुई भएपनि उनले घर, समाज सबै रिझाएर राखिन् ।
आफ्ना सङ्घर्षका दिनहरूसम्झेर उनको आँखाभरि आँसु आयो ।
“राम, राम भत्रुस् बजै । आरामले जानुहोस् शान्तिले जानुहोस्, बजै । स्वर्गमा बास होस् ।
हामी सबैलेढिलोचाँडो एक दिन जानै पर्छ ” पण्डित बाजेले मुखमा गङ्गाजल राख्दै भने ।
महाराजी बाजे “यस्तो जाडामा, यस्तो चिसामा मेरो छोरो कसरी मलामी जान्छ ? कसरी किरिया बस्छ ?” पुरेत बाजैलाई रुँदै बिलौना गरिन् ।
“ए शिव, आमा नजिक आऊ” कसैले बजैको छोरालाई डाक्यो ।
छोरा केही अन्यमनस्क भावमा आमा छेउआइपुग्यो । अनि ह्वास्स रक्सीको गन्ध छरियो वरपर । बज्यैले छोराको हात च्याप्प समाइन् ।
“मेरो छोरोआज यस्तो चिसो स्याँठमा नाङ्गो खुट्टाले कसरी मलाई मसानघाट पु¥याउँछ ? कस्तो म पापी रहेछु,आजैको दिन यस्तो जाडामा मर्नुपर्ने ? कहिले सिन्को नभाँचेको मेरो छोराले यत्रोबाटो कसरी मलाई बोकेरलान्छ ? चिसो पानीले कहिल्यै ननुहाएको मेरो छोरो यस्तो चिसामा कसरी नुहाउँछ ?” उनी भक्कानो छाडेररुन लागिन् ।
“ राम, राम भत्रुस् बजै, राम राम” मानिसहरू रुन, कराउन लागे ।
“ए नाडी गयो, छैन नाडी, लौ लौ तुलसा मोठ लगौँ ।” ट््याउँट्याँउ बोलिरहेकीको स्वर एक्कासि भासिँदैगयो । “हरे शिव” को मुखबाट अन्तिम वाक्य निस्कियो ।
मानिसहरूले उनलाई उत्तर सिरान पारी सुताएतुलसा मोठमा । वातावरणमा आइमाईहरू रोएको कोलाहल व्याप्त भयो । बजैले बिस्तारै आँखा चिम्लिन्।
दुई
रातको निस्तब्धतामा, छाप्रोमा एउटी आमा छोरालाई काखमा गुटुमुटु पारेर पल्टेकी छिन् । उनको आँखाबाटबलिन्द्र धारा आँसु झरिरहेका छन् । अनायास बालकको निद्रा खुल्छ, “आमा तपार्ईँ रुनुभएको ? बुवालेपिट्नु भयो ? मलाई ठुलो हुनदिनुस् न, मैले जानेको छु बाउलाई ……”
सानो छोरा आमाको आँसु पुछिदिन्छ, सहानुभूति दिन्छ, जँड््याहा बाबुप्रति आक्रोश पोख्तै ।
आमाबालकलाई च्याप्प छातीमा टाँस्छिन्, म्वाइँ खान्छिन्, सुखद भविष्यको कल्पना गर्दै …..
धेरै समय बितिसकेको छ आज । बालक छोरो जवान भैसक््यो । बुढा मरे । आमा विधवा भइन् । जीवनजसोतसो चलिरहेछ । पहिले उनको काखमा छोरा सुत्तथ्यो, अचेल छोराको छोरा– नाति ।
आमा, नातिलाई गुटुमुटु पारेर पल्टेकी छिन् ।
नेपथ्यबाट आवाज आउँछ “खै के राखिदिएका थिए मेराबाउले ? कत्ति पढाइदिएका थिए मलाई ? आपूm रक्सी पिउँदापिउँदा सबै सम्पत्ति मासेर मरे …. यो मर्ननसकेकी बुढी मेरो मासु लुछन् अझै बाँचेकै छ ….”
रातको चकमत्रतामा उनको ‘प्यारो’ छोराको कर्कश आवाज गुन्जन्छ । वरपरका घरमा टुकी बल्छन् ।
पर कुकुरहरू भुक्न लाग्छन् । आमै लोग्नेलाई सम्झन्छिन् ।
उनी बाल्यकालमा छोराले दिएको वचनसम्झन्छिन् अनि आफ्नै कर्मलाई दोष दिन्छिन् । आँसुको भेल झन् बढ्छ ।
गुमसुम भएर सुतेको त्रस्तनाति बिउँझन्छ र हजुरआमाको चाउरिएको गाला सुम्सुम्याउँदै भन्छ, “हजुर आमा, तपार्ईँ रुनु भएको ?
बुबाले गाली गर्नु भयो ? बुवा नराम्रो हगि ? सधैँ रक्सी खाएर आउनुहुन्छ ? पर्खनोस्, मलाई ठुलो हुन तदिनोस्, मैले जानेको छु बुवालाई …”
(“आमा र नाति केटा” स्रष्टा दर्पण, वर्ष १, अङ्क २, २०६५)
तिन
एउटा स्थानीय गैरसरकारी संस्थाले आयोजना गरेको नारी अधिकार सम्बन्धी कार्यक्रममा सहभागी हुनआएकी थिइन् उनी, तर मन गोष्ठीमा रम्न सकेको थिएन ।
घरको काम लथालिङ्ग रहेको र गाई दुहनढिलो भैरहेको थियो ।
घर फर्कदा साँझ पर्न लागि सकेको थियो । गोठमा बाँधेको गाईको कल्चौँडो गानिएर छट्पटाइरहेथ्योे ।बाछो भोकले बाँ ऽ ऽ बाँ गरी कराइरहेको । हतारहतार उनी बाल्टी लिएर दुध दुहुने सुरसार गर्न लागिन् ।उनले देखिन् गाईका आँखा रसाएका छन् । आखामा आँसु आएको छ – किन आज “लक्ष्मी” रोइन् ? उनीमनमनमा कुरा खेलाउन लागिन् ।
गाईको जुनी पनि के जुनी ? दिनभरि बाँधेर राख्छन् । भोकप्यास केहीभन्नु छैन ।
मन लागेमा एक मुठी घाँस पराल दियो, फुर्सतको बेला पानी दियो ।
बाछाबाछी पायोे, आफ्नोसन्तानलाई माया दिनु छैन, बच्चालाई पेटभरि दुध पनि खुवाउन पाँइदैन, मानिसहरूले नै सबै दुधखाइदिन्छन् ।
कहिलेकाहीँ बारीको हरियोपरियो खाइदियो भने वा दुध दुह‘ुदा छट्पटायो भने बुढालेमरुनज्याल पिटिहाल्छन् । बिचरा ! गाईको जस्तो जुनी त कसैले नपाओस् । हे, नारान, अर्को चोलामा गाईभएर जन्मनु नपरोस् । धन्य यो गाई छे र गुजारा चलेकै छ, दुध पनि खाइएकै छ, थोरबहुत आम्दानी पनिगरिएकै छ ।
अनि, उनी गाईलाई सुम्सुम्याउँछिन्, माया गर्छिन्, उनका आँखा पनि रसाउँछन् ।
गाईले पनि आफ्नी मालिक्नीलाई चिन्दछ । उनले दिएकोे माया बुझ्छ । उनको आँखाको आँसु पनिदेख्दछ । गाईको मनमा पनि हुरी चल्छ
— किन आज यी आइमाई रोएकी होलिन् ? के भयो ? के कारणलेआँसु झारिन यिनले ? गाईको मनमा पिर पर्दछ
— अहो ! एकाबिहानै उठ्छिन्, मेरो गोबर, गउँत सोहर्छिन्,चारा दिन्छिन, मेरा सन्तानलाई स्याहार गर्छिन्, दुध दुहुन्छिन् । मलाई सन्चो नहुँदा खुबै स्याहारसुसारगर्छिन् ।
मेरो शरीरमा किर्ना पर्नु हुन्न, मलाई झिँगो, लामखुट्टेले टोक्यो भनेर घुर लगाउ‘छिन्, जाडोमाआढ्नेले ढाक्छिन् । गाई सोच्दछ्, यिनी न भए त मेरो बेहालै हुने थियो ।
हरे ! यिनलाई त एकछिन फुर्सतछैन्, एकाबिहानैदेखि अबेर रातसम्म खटिरहन्छिन्, तर पनि लोग्नेबाट गाली सुन्नै पर्दछ, कहिलेकाहीँपिटाइ नै खानुपर्छ ।
धिक्कार छ, आइमाईको जिन्दगी, अर्को जुनीमा त आइमाई भएर जन्मन नपरोस् ।
ॐ
(श्रोत :- “गाई र आइमाई” कृषि पत्रिका, वर्ष १, अङ्क १५, २०६५)