~राशि पाण्डे~
अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएरराखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे ।
मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल रहन्थ्यो ।अनि साँझ पर्नासाथ गायब । दोर्जेकी स्वास्नीसँग लहसिएको, उससँग पल्केको अनि जारी तिरेर भए पनि नल्याई नछाड्ने निधो गरेको कुरा नीमाले कताकता सुइँको पाएकी थिई । लोग्नेलाई फकाउने, रिझाउने हर उपायगर्दा पनि उसको बानीबेहोरामा खास सुधार हुन सकेको थिएन ।
दिउँसोदेखि नै नीमाको पारा तातेकोथियो । डोल्माले एक डोको
कुरा सुनाएर गएकी थिई । जब मिङमर ढुनमुनाउँदै मध्यरातमा आइपुग्यो ।नीमा फत्फताउन लागी । ख्यारख्यारती पार्न लागी ।
पहिले त मिङमरले लजमा बसेका मानिसहरूकोख्याल राखेर चुपचाप लागेर सुत्ने निहुँ गरिरह्यो । तर जब नीमा ज्यादै कराउन लागी मिङमर पनिबम्कियो । दुवै चर्काचर्की गर्न लागे । झगडाको विसर्जन मारपिटबाट भयो । नीमाले भक्कु पिटाइ खाएर ।
मनमा उठेका पिर र पिटाइको पीडाले नीमा सुक्कसुक्क गरी रुन थाली । धेरै बेरपछि उसकोरुवाइ शान्त भयो । मिङमर चुल्होनिर त्यसै लम्पसार परेको रहेछ – केही न ओढी । नीमाको मनको एककुनामा माया उब्ज्यो ।
काम्लो ओढाइ दिऊँ कि ? तर त्यस्तो बेइमानलाई केको माया ? नीमा खाटमा पल्टीर चुरोट सल्काई । धुवाँ सँगसँगै उसका विगत सल्बलाउन लागे …
रेन्जनको घ्यावामा नीमा तिनतिन रातसम्म नाँचेकी थिई, गाएकी थिई ।
गाउँभरिकाआफन्तहरू, उमेर पुगेका युवाहरू, युवतीहरू साँझ पर्नु अगाडि नै जम्मा भएका थिए घ्यावा हुने थलामा,सजिसजाउ भएर, झकिझकाउ भएर नीमा पनि नयाँ आङदुङ, स्यार्मा, तोर्मा लगाएर भुटिल, ग्यान्जेन,सीतुप, झरू आदि गहनाले सिँगारिएकी थिई । मिङमरले पनि त्यस दिन लय हालीहाली गीत गाएको थियो। नक्कल पारी पारी नाचेको थियो । फुरू भरिभरि रक्सी पिउँदै –
“ से ऽ ऽ.ला ऽ ऽ.ना ङ ऽ ऽ. याला सी
काङ ऽ ऽऽ ऽ. दि ऽ ऽ. दारसिंग कमो
सून ल्याई के जे ज्याल कोरा ल्यास् ………!”
एउटै गाउँ, एउटै ठाउँका भएर पनि, बाल्यकालदेखि सँगै हुर्के बढेर पनि नीमाले मिङमरलाई चिन्न सकेकीरहिनछ । उसको भित्री मन छाम्न सकेकी रहिनछ । त्यो दिन मिङमर नीमालाई अति मन परेको थियो ।दुवै जना हातमा हात जोरेर रातभरि नाँचेका थिए ।
फुलोभरि रक्सी, लामो अरमठिएको सिङ् गरेको च्याङ्ग्रा, नाङ्लाभरि सेल रोटी लिएरस्यालकर गर्न आएका थिए मिङमरका इष्टहरू, उसका आफन्तहरू, मिङमरका लागि नीमालाई माग्न ।विवाहको प्रस्ताव लिएर । तर नीमाको बाउले स्यालकर स्विकारेन मान्दै मानेन, त्यो जाबो झुत्रेलाईआफ्नी छोरी दिन्न । सुम्देनमा अझ बढी रकम र गहना गुरिया दिन्छौँ भन्दा पनि नीमाको बाउ टसमसभएन । स्यालकर फिर्ता लगियो । बिहा पक्का हुन सकेन । नीमा गोठमा थिई, पछि थाहा पाई ।
घरमैभएकी भए पनि के नै गर्न सक्दथी र ? मन त्यसै ओइलायो ।
उनीहरूको संस्कृति अनुसार नीमामाथि विवाहको पहिलो हक फुपूको छोरा पासाङको नैलाग्दथ्यो । बाबुआमाले पनि पासाङसँग नीमाको विवाह गरिदिने निश्चय गरेका थिए । पासाङ धनी थियो ।चालिस चालिसवटा चौंरीहरू थिए । थुप्रै भेँडा च्याङ्ग्राहरू ठुलो, कमाइ गर्न नसक्नुको खेतबारी ।वास्तवमा ऊ गाउँको ‘बरू’ नै थियो । थुप्रै मुङ्गाहरू, सुनका बुटिल, तर्वेन, चाँदीका गेन्जेन थिए उसकोघरमा भरिपूर्ण । पासाङ पनि उसलाई औधी मन पराउँथ्यो नीमा बाहेक अरूसँग बिहे गर्दिनँ भन्ने अठोटगरेको थियो । खै तर यो मनको केही ठेगानै नहुने ?
नीमा घरधन्दा सघाउँथी, दाउरा, स्याउला ल्याउँथी । याक, चौंरी चराउँथी । कोदाको बारीभरि ।भिर, गराहरूमा याक, नाक, चौंरीहरू चरेको हेर्न उसलाई निक्कै मजा लाग्दथ्यो । लामालामा तिखा सिङगरेका झ््यापुल्ले काला सेता रौं भएका निरीह पशु उसको एक सुसेलीमा हर्रर जम्मा हुन्थे । नीमातिनीहरूको आङ सुमसुम््याउँथी । माया गर्दथी । जस्तै जक्खू, जङ्गली याक पनि उसको सामु आएरपाल्तु बन्दथ्यो । सुधो बन्दथ्यो हिउँदमा कोदो काटिसकेपछि चौंरीगोठ तल बेंसीमा सारिन्थे । गर्मी बढ्दैजाँदा गोठहरू पनि माथि लेकका खर्कहरूमा लगिन्थे ।
निगालाको चित्राले छाप्रो हालेर, एउटा भोटे कुकुरसाथी बनाएर अलिकति मकैको पिठो अलिकति आलु, अलिकति खर्पेसासँग रक्सी र भलु, जीवनगोसाइँकुन्ड जस्तै शान्त र सुन्दर थियो । जीवन गुराँसको फूलजस्तै ताजा र स्निग्ध थियो ।
नीमा निहँु पारी पारी मिङमरलाई भेट्न जान्थी, जङ्गलमा । गोठमा । उनीहरू सँगै बाँच्ने, सँगै मर्ने कसमखान्थे । रन, बन घन्काएर गीत गाउँथे –
“मो ले ने जाना सत् जाना
एन्जेन सेम्युजाम् ब्रोले यारके काङदाना !”
लोसार नजिक नजिक आइरहेको थियो । बारीमा उब्जेको कोदाको नीगु, रक्सी बनाइन्थ्यो ।चामलको घिङ, गहँुको बाइकेङ, अलुम, लट्टेको बिउबाट मेन्दो घरघरै पकाइन्थ्यो । नयाँ नयाँ लुगाफाटा ।मिठो मिठो खाना । रक्सी । नीगु । भलु । नाँचगान । पूजापाठ । लोसारको विशेषता थियो । रातो, सेतो,हरियो, पहेँलो, चौपाटे कपडाहरूको झन्डा बनाएर घरघरमा फहराइन्थ्यो । ‘ओम मणि पद्मे हँु’ को मन्त्रलेखिएको धर्बुजेले वातावरणलाई नै मुग्ध बनाउँथ्यो ।
पाङलिङ१ ले छाएको घरको छानामाथि चढेरघरमूलीहरू करूको पिठो र रक्सी हावामा उडाउँदै “है केलो, है केलो” गर्दै एकअर्काको गालामा पनि दल्ने गर्दथे। सातसात दिनसम्म खुब रमाइलो हुन्थ्यो । नीमा लुकीलुकी मिङमरलाई सेल रोटी खुवाउँथी थपीथपीरक्सी खुवाएर टिल्ल पार्दथी । करूको पिठो लगाई दिने निहुँले ऊ मिङमरको गालामा चिमोटिदिन्थी ।दिनहरू कत्ति सुखद थिए ? कत्ति रमाइला ?
बाउले गाइँगुइँ थाहा पाएछ क्यार ? नीमालाई एक्लैएक्लै टाढा टाढा जान दिन्नथ्यो । नीमा भाग्छे कि ? उसलाई भगाउँछन् कि ? चोरेर पो यो लाबे ब्या गर्ने हुन् कि ? डर थियो नीमाको बाउलाई ।
हुन त आफूले मन पराएको केटा रोजेर जानु वा मन परेकी केटीलाई बलजफ्ती उठाएर लैजानु कुनै नौलोकुरा थिएन । चलेकै चलन थियो, तर नीमा बाबुआमाको चित्त दुखाएर भाग्न चाहन्नथी । तर केही गर्दापनि सिप लागेन ।
अनि नीमा मकै पिस्ने निहुँले घट्ट जान निस्किई । मिङमर र उसका साथीहरू नीमालाईपर्खेर बसेका थिए । उसलाई एउटाले पाखुरामा समातेर काँधमा बोक्यो । अर्काले दुवै खुट्टा अँठ्यायो ।देखावटीका लागि नीमा रोई, चिच्याई । सँगै आएकी बहिनी घरतिर फर्की ।
धेरै खोजे नीमाका आमाबाउले । टाढाटाढासम्म मानिस पठाए । नीमा मिङमरको भिनाजुकोघरमा लुकेर बसेकी थिई स्याङगुम्बामा । पत्तो लगाउन सकेनन् । केही दिनपछि रीति अनुसार मिङमरलेससुरालीमा स्यालकर२ पठाएको थियो । लाचार भएर उनीहरूले स्विकार्नै प¥यो । त्यसपछि उनीहरूकोविवाह विधिपूर्वक भएको थियो ।
मिङमर त्यति सम्पन्न थिएन । खेतबारी थोरै थियो । याक, चौंरी थिएनन् गाईहरू मात्र थिए ।नीमा बिहानभरि डोकामा सिस्नाको कलिला मुन्टा र पात बटुल्थी चिम्टाले च्यापीच्यापी ताउलोभरिसिस्नो उमालेर त्यसमा एक, दुई मुठी मकैको पिठो घोलेर ढिँडो बनाउँथी । घरमा गरिबी थियो, तर सन्तुष्टथिई । नीमा त्रिशूलीमा भोटेकोसी मिसिएझैँ मिङमरको जीवनमा विलीन हुन पुगेकी थिई । समाहित भएकीथिई ।
बस्ती झाँगिदै थियो । बाटोघाटो, नयाँ नयाँ मानिसहरू, विदेशी पर्यटकहरू थपिँदा थिए ।नीमाले पनि एउटा पसल राख्ने जोहो गरी । बुबाआमा, इष्टमित्र, सरसापट । गोसाइँकुण्डमा लाग्नेजनैपुर्णेको जात्रामा खानाको पसल राखियो हजारांै सङ्ख्यामा आउने यात्रुहरू, धामीझाँक्री, श्रद्धालुभक्तजन अनि रमितेहरूको लस्कर । साउनको मुसलधारे पानी । चिप्लो साँघुरो बाटो । ठाडो उकालो ।पातलो हावा । साढे बाह् हजार फिटको उँचाइ …… नीमा पाटीभन्दा केही माथिको डाँडामा बसेर गोसाइँकुण्डलाई नियाल्दथी । उत्तरपूर्वको अग्लो सेतोहिमच्छादित चुचुरोको छायाँ पानीमा परेर भव्य दृश्य उत्पन्न गर्दथ्यो ।
कुण्डको पानीमा छाल उठेर बनेकाविभिन्न आकृतिहरूबिच ऊ नीलकण्ठ महादेवलाई खोज्दथी, नागकुण्डको निलो पानीतिर उसका आँखाटिक्न सक्दैनथे । कहाली लाग्दथ्यो । डर लाग्दथ्यो । त्यहाँ अजङ्गको नाग रहेको जनविश्वासले ऊ झन्त्रस्त हुन्थी ।
नीमा लौरीविनायकको जङ्गलबाट दाउरा ल्याउँथी । तल कुण्डबाट पानी, चिया, बिस्कुट, खाना । चारपाँच दिनको जात्रामा राम्रै बिक्री भयो । राम्रो आम्दानी भयो । उसको हौसला बढ्यो ऊ प्रोत्साहित भई,अरूले जस्तै उसले पनि एउटा स्थायी होटल चलाउने विचार गरी ।
होटलको लागि ठुलो घर बनाउने पुँजी थिएन । नजिकैको जङ्गलबाट लडेपडेका लाठाहरू ल्याएर मान्द्रो,प्लास्टिकले छाएर, एउटा छाप्रो उभ्याइछाडी, गोसाइँकुण्डबाट लाङटाङ जाने बाटाको दोसाँधमा चिया,बिस्कुट, चाउचाउ, खाना र चार, पाँच जना सुत्न हुने निगालाको मचान । चल्यो होटल मजैले । कहिलेविदेशी टुरिस्टहरू आउँथे, कहिले नेपाली कर्मचारीहरू । विदेशीसँगको व्यवहार उसलाई निक्कै मन पर्दथ्यो ।टिबटन ब्रेड … चाउचाउ … एग मसरुम सुप … पोट््याटो … वन … टु … फाइव । नीमा केहीअङग्रेजी पनि बोलन लागेकी थिई ।
“मिठा, राम्रो, नमस्ते” पैसाको खिचलो छैन । जस्तो दियो उस्तै खाने यी विदेशी पर्यटकहरू ज्यादै मनपर्दथे नीमालाई । ऊ सधैँ सधैँ विदेशीहरू नै आइदिऊन् भन्ने चाहना राख्दथी ।
नीमाको होटल चलेकामा इखाउने धेरै थिए । रिस गर्नेहरूको सह पाएर पैसालोलुप कर्मचारीहरू केही झार्नपाइन्छ कि भन्ने दाउमा थिए –
– कसको अनुमतिले यो होटल खोलेको ?
– सरकारी जग्गामा यसरी होटल राख्न पाइन्छ ?
– हटा, यो होटल ।
– भत्काइदिन्छौँ यो होटल ।
मिङमर केही बोल्न सक्दैनथ्यो । ऊ लुकेर बस्दथ्यो । नीमाले नै सामना गर्नुपर्दथ्यो तिनीहरूको हप्की रदप्कीको । नीमा बिलौना गर्दथी । दुःखपुकारा गर्दथी । कुखुरा काट्दथी । रक्सी खुवाउँदथी । कर्मचारीरूलाईथामथुम पार्दथी ।
अनि एउटा पहिरो गयो नीमाको आत्मामा । उसको स्त्रीत्वमा । मिङमर पसलको सामान किन्न धुन्चेगएको थियो । नीमा एक्लै थिई । लजमा बस्न कोही टुरिस्ट पनि आएका थिएनन् । ऊ प्रतीक्षारत थिई कोही आउँछन् कि ? साँझको झिसमिसे सुरु भैसकेको थियो । चुल्हामा दनदनी आगो बालेर ऊ मनमाअनेक थरीका कुरा गुनिरहेकी थिई । बुट बजार्दै तिन जना आइपुगे ।
“ए नाना चब मुवा ?”
“मुवा” नीमालाई आफ्नो भाषामा कुरा गरिदिएको निक्कै मन परेको थियो । ऊ खुसी भएकी थिई ।“खाना पनि छ । बास पनि छ” ऊ पनि मस्किइएकी थिई चुल्होमा दन्किएको आगो ताप्दै, चौंरीको घिउमा भुटेको तातो रक्सी पिउँदै उनीहरू अश्लील, अश्लील कुरागर्न लागेका थिए । मिङमर अझै आइपुगेको थिएन । घरबाट पनि कोही साथी बस्न आइपुगेका थिएनन् ।कताकता नीमालाई डर पनि लागेको थियो ऊ सशङ्कित भएकी थिई । खाना खाएर उनीहरू सुते । नीमापनि भकारीले दैलो ढप्काएर सुती आँसीलाई छेउमै राखेर ।
कसैको घिनलाग्दो हात नीमाको आँगमा सगबगाइरहेको चाल पाएर अचानक उसको निद्रा टुट्यो । ऊसचेत हुनुअगावै दुवै बलिष्ट हातले उसलाई विवश पारिसकेको थियो नीमाले आफूलाई छुटाउने, आफूलाईबचाउने अनेकौँ प्रयास गरी, तर तिन तिन जना मर्दको सामु उसको केही जोर चलेन । उसलाई क्षत्तविक्षतपारियो । उसको शरीरमा तातो भाला रोपियो, ऊ छिद्र छिद्र भएकी थिई । विदीर्ण विदीर्ण पालै पालो घाइतेतुल्याएर पापीहरू एकाबिहानै अलप भएका थिए ।
आफ्नो घाउ कसलाई देखाउने ? कोसँग पोख्ने ? न्याय कसले दिन्छ ? नीमाले पिर चुपचाप लागेरपिएकी थिई ।
होटलमा बस्दा एउटा नजानिँदो त्रासले घेरिरहन्थ्यो नीमालाई । ऊ बास बस्न आउने प्रत्येक मानिसलाईबलात्कारीको रूपमा हेर्न लागेकी थिई । कुनै रात एक्लै बस्नुपर्दा ऊ सासूलाई बोलाउँथी । ससुरालाईबोलाउँथी तर पनि उसको सुरक्षाको अभिभारा बोक्न सक्ने सामथ्र्य उनीहरूमा छ जस्तो उसलाईलाग्दैनथ्यो । होटल छाडेर अर्कै व्यवसाय गर्ने, अर्कै ठाउँमा जाने भनेर ऊ बारम्बार मिङमरलाई भन्दथी ।त्यत्ति राम्रो चलेको होटल ऊ छोड्न चाहन्नथ्यो ।
मिङमरलाई पैसाको चस्को पसिसकेको थियो । ऊहरतरहले पैसा कमाउने, धन थुपार्ने जुक्ति मात्र गर्दथ्यो । बिहा भएको निकै वर्ष भैसक्दा पनि उसको गर्भरहन सकेको थिएन ।
मिङमर केही टाढा टाढा हुँदै गइरहेको थियो । रक्सी पिएर ऊ बिहा हुनुभन्दा अघिको कुरा झिक्थ्यो ।नीमाको बाउलाई गाली गर्दथ्यो । स्वेच्छाले बिहा नगरिदिएकोमा । अनि ऊ धक्कु लगाउँथ्यो । तेरोबाउसँगभन्दा बढी पैसा छ । तँ बैला होस् अर्की स्वास्नी ल्याउँछु ।
नीमा खिन्न हुन्थी, दिक्क हुन्थी । कार्सिकै चोङमाको बेला ध्याङमा गई न्यूगेन बसेर आफ्नो कुल देउताच्याङग्रीसँग प्रेम सफल होस्, लोग्नेको रूपमा मिङमरलाई पाउँ भनी व्रत लिएको कुरा सम्झन्थी । अनिरोएर आफ्नो मनको बह पखाल्ने गर्दथी । बिस्तारै बिस्तारै उसले अनेक कुरा सुन्न लागेकी थिई । जसकोपरिणाम आजको यो झगडा थियो ।
कुकुरको भुकाइले नीमाको तन्द्रा भङ्ग भयो । बँदेल आएछ क्यार ? ऊ चाल मारेर सुन्न लागी । औडाहाचलिरह्यो । निद्रा आएन । छट्पट छट्पट भइरह्यो । पर भाले बास्यो । बिहान हुन लागेछ ! ऊ उठी रघरधन्दामा लागी ।
धेरै प्रयास गर्दा पनि उनीहरूमा मेल हुन सकेन । फाटो झन् झन् बढ्दै गयो । मिङमरप्रतिको आस्था,विश्वास सबै धमिराले खाएको खामोजस्तो लाग्यो नीमालाई । एकोहोरो माया के लगाएर बस्नू ? मिङमरदोस्रो बिहा गर्न चाहन्छ भने गरोस् । म बाधा हुत्र । मेरा लागि पनि बाटाहरू होलान् ? नीमा माइत आएरबसी ।
गाउँका थुप्रै केटाहरूले नीमासँग बिहा गर्ने प्रस्ताव राखे । तर अर्को बिहा गर्ने इच्छा नीमामा कहिल्यैपलाएन । दोस्रो बिहा गर्ने कल्पना नै आएन । मिङमर उसलाई बोलाउन एक दुई पटक आयो, तर नीमा जान मानिन । एकपटक फाटेको मन जोडिँदैजोडिएन । एकपटक टुट्यो, टुटी नै रह्यो सदाका लागी ।
नीमा माइती बसेकोमा मिङमर नाना थरीका लाञ्छना लगाउँथ्यो । भए नभएको अभियोग लगाउँथ्यो ।त्यो वलात्कारको घटनालाई ऊ मानिसहरूलाई सुनाइहिँड्थ्यो । नीमा झन् झन् मर्माहत हुँदै गई भाग्यलेनै छकाएपछि के गर्ने ? नीमा चुपचाप लागेर सहन्थी । कुनै विरोध गरिन ।
अन्तमा मिङमरले नीमालाई त्यागेर अर्की ल्याउने कुरा चलायो । पञ्चायत बोलायो । गाउँभरिका पञ्च,भद्र भलाद्मी, लामा झाँक्री सबै जम्मा भए । छोडपत्र नै गरिने भयो । मिलोमतो हुन सकेन । एउटा नेपालीकागत मगाइयो छोडपत्रको मस्यौदा लेखेर दुवैले आआफ्नो औँठाको छाप लगाए । परम्परा अनुसारअलिकति काँचो धागो ल्याइयो । ती दुवैले धागाको दुई टुप्पा समाए । मुखियाले धागो बिचबाट काटिदिए ।चलन अनुसार ती दुई विपरीत दिशातर्फ लागे । सिङ्गथाजी३ भयो कानुनी र सामाजिक रीति अनुसारउनीहरूको सम्बन्ध विच्छेद भयो । दाम्पत्य जीवनको अन्त भयो । पतिपत्नीको नाता रहेन । पारपाचुकेभयो । त्यसपछि नीमालाई एकक्षण पनि पन्चैतीमा बस्न मन लागेन । मन कस्तो कस्तो भारी भारी । रूँ,रूँ.जस्तो ऊ सरासरी कोठामा पसी र घोप्टो परेर रुन लागी ।
धेरै बेरको रुवाइपछि नीमाको मन हलुँङ्गो भयो । ऊ उठी मुख, हात धुन । बाहिर उसको बुबासँग एउटानौलो मानिस निकै घुलमिल भएर कुरा गरिरहेको थियो । नीमालाई चिनेचिने जस्तो लाग्यो । को होला ? ऊकेही नजिकै गई । पासाङ रहेछ । बौद्धमा खोलिएका आफ्नो कारखानाको लागि केरुङबाट उन लिन आजैकाठमाडौँबाट आएको ।
जब नीमा केही नजिकै पुगी, पासाङले उसतिर फर्कदै भन्यो– नाना, मैले सबै थाहा पाएँ । अब तिमी नाइँभन्न पाउन्नौ, मैसँग जानुपर्दछ । मैले अझै बिहा गरेको छुइनँ ।
अचानक नीमालाई सारा संसार सिन्दूरी भएजस्तो लाग्यो । त्रिशूली गङ्गा हाँसेजस्तो गोसाइँकुण्ड मुस्कुराएजस्तो । प्रकृति नै आनन्दातिरेकमा उन्मत्त भएजस्तो । पर…. लाङटाङको चुचुरामा सूर्यास्तकोकिरणले चुम्बन ग¥यो । नीमा लाजले भुतुक्क भई । उसका गाला राता भए …..
ॐ
शब्दार्थः
१. सल्लाको फलेक,
२.सौगात,
३. छोडपत्र
(श्रोत :- “समयको घाउ” गरिमा, वर्ष ६, अङ्क ७, पूर्णाङ्क ६७, असार २०४५ )