विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिगि्रए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल पीडा र डरहरू मात्रै थिए । खुसीको एक चिम्टी पनि उसको अनुहारमा नदेखिएकोले आउने-जानेहरू मुखामुख गरेर हेर्थे । विवाह राजीखुसीले नभएको अड्कल काट्थे । हुन पनि त्यति लामो विवाहमा उसले एकपटक पनि बेहुलाको मुहार हेरिन । ऊ मौन रहेर एकोहोरो भएकी थिई । त्यसैले नजिकै बसेकी साथीले साउती गरेझैँ भनी, शान्ता के भो ? के गति बनाकी ? के भन्लान मान्छेले ? उसको कुरामा शान्ताले केही भनिन । बरु उल्टै पीडा भरिएको आँखाले उसलाई एकपटक हेरेर फेरि पहिलेकै मुद्रामा बसी ।
बिदाईको बेला आयो । शान्ताका आँखाहरू बिस्तारै रसाए । जीवनको बाइस वसन्तहरू बिताएको प्यारो घरको आँगन छाड्नुपर्दाको दुःख उसको रुवाइसँगै गुन्जियो । वातावरण स्तब्ध भयो । बाबाको पिठ्यूँमा बुई चढेर जग्गेमा बिदाईको अन्तिम फन्को घुमिरहँदा उसले सिँगै बालापन सम्भिmई । त्यतिबेला उसले ठानेकी थिई यो घर मेरो हो, म कैले कतै जान नपर्ला तर त्यो भएन, सोचाइहरू उल्टो भए । सदाको लागि घरलाई माइत बनाएर पराइ घरलाई आˆनो भन्न जाने दिन आयो । ऊ सम्झीसम्झी रोइ, घर, आँगन, बा, आमा………अनि दिललाई । उसको आँसु भेल बनेर गालाबाट तल बगे र भुइँमा झरे । उसले बाचा तोडेकी थिई । सँगै जिउने, सँगै मर्ने वाचा । यो बिदाईको अन्तिम घडीमा उसको पूरै शरीर काम्दै थियो । उसले दिललाई सम्झेर आँखा चिम्म गरी । दिलको प्यारो तस्बिरहरू उसको मानसपटलमा यताउता घुमिरहृयो । सँगै हिँडेका, सँगै बिताएका मीठा क्षणहरूले शान्ता रोमान्चित भई तर पलमै ऊ कल्पनाबाट यथार्थमा उत्री । रुवाइहरू फेरि विस्तारै बढ्यो । बाजाका धुनहरू ऊसँगै रुँदै थियो । त्यो क्षण विरक्त लाग्दो, दुःखदायी र पीडादायी बनेको थियो । अन्तिम बिदाईमा उसको साथीले घुम्टो खोलेर बिस्तारै भनी राम्ररी जा, नरोइकन जा, …., रुँदारुँदै शान्ताले भावुक भएर भनी, मैले जीवनको एउटा युद्ध हारेँ । त्यसैले बन्धक बनेर जाँदैछु । उसको कुराले साथीको मनमा चस्स छोयो । ऊ रुन पनि सकिन र हाँस्न पनि ।
विवाहको पहिलो रात उसले रोएर बिताइ । बाआमाको करले उसले एउटा अपरिचितसँग विवाह गरेकी थिई । उसले न त बाआमासँग झगडा नै गर्न सकी, न त कुनै स्पष्ट निर्णय नै । बाहिर पढिरहेकी उसलाई एक्कासि घरमा बोलाएर केही दिनको कुराकानीमै उसको विवाह भएको थियो । न त उसले दिललाई भन्न भ्याई न त धेरै साथीहरूलाई । उसले आफूले आफैँलाई धोकेबाज ठानी । हुन त ऊसले घरमा दिलको बारे कुरा गरेकी थिई तर परिवारको अगाडि ऊ टिक्न सकिन । जातीयताको पर्खालले उसको सारा सपनाहरू तुहायो । उसले तर्कबितर्क गर्न सकिन । फलस्वरूप जिन्दगीले उसलाई यो नमिठो घाउ दियो जुन अझै आलै थियो । तथापि उसले कसैलाई दोष दिइन । उसले जिन्दग्ाीको त्यो निर्णयलाई स्वीकारेर सोची “जिन्दगी एउटा सम्झौता हो, सम्झौता गरेरै बाँच्छु । ”
केही दिनमा ऊ बिस्तारै सम्हालिएकी थिई । उसको जीवनको नाटक चरमोत्कर्षबाट बिस्तारै सामान्य बन्दै गइरहेको थियो । त्यतिबेला उसले रवि अर्थात् उसको श्रीमान्को बारेमा धेरै कुरा थाहा पाइसकेकी थिई । बाबाआमा थिएनन् रविको । आन्टीसँग बसिरहेको ऊ विवाहको कुरा चलेपछि मात्रै कोठा सरेको रहेछ । अहिले यतिबेला ऊ विदेश जाने तयारीमा जुट्दै रहेछ । पढाइ आइएसम्म मात्रै । यो सब कुरा बुझेर पनि शान्ताले रविको बारेमा कुनै प्रतिक्रिया जनाइन । न त उसलाई यी कुराहरूले कुनै असर नै पारे । उसको मनमा त अझै उही थियो, उसको पि्रय दिल । जसको स्पर्शविहीन पे्रमको ऊ कल्पना गर्थी । जसको आकाशसरी फराकिलो प्रेमको ऊ महसुस गर्थी र एकोहोरो हुन्थी । किन यति सारो सताइएकी थिई ऊ दिलको यादहरूले उसैलाई थाहा थिएन । रविसँगको हर सामीप्यहरूमा ऊ बेहोसी बनिदिन्थी । शरीरलाई त्यहँा छाडेर मन कतै उडाइदिन्थी । त्यसैले ती दुईको बीचमा न पे्रम थियो …न कुनै सन्तुष्टि नै । थियो त केवल औपचारिकता….।
शान्ता केही दुब्लाएकी थिई । उसको जीवनको गतिहरू हिँड्दाहिँड्दै रोकिएको थियो । बिहेपछि आजको दिनसम्म पनि उसले किताब हेरेकी थिइन । हेरोस् पनि किन ? कसको लागि ? ऊ त आˆनै नजरमा गिरेकी थिई । सम्पूर्णरूपमा सकिएकी थ्ािई । यद्यपि कताकता मनभित्र एउटा रहर थियो उसको, दिलले जस्तै पढ्ने तर ऊसँग्ा जाँगर थिएन र पढ्ने खालको वातावरण पनि । बिहान, दिउँसो, साँझ, रात चौबीस्ौ घण्टाको हरएकक्षण ऊ त्यही चारभित्ताको बन्द कोठाभित्र हुन्थ्ाी । बाहिर कतै निक्लने मन थिएन । निक्ले पनि कहँा जाओस्, के गरोस् र ? यस्तै अन्योलमा ऊ कोठाकी बन्दी भएकी थिई । हेरे पनि नहेरे पनि त्यही एउटा टिभी थियो । यद्यपि ऊ टिभीकी पारखी थिइन् । रवि एकछिन ऊसँग बस्दैनथ्यो । सायद बिहे भएको यो एक महिनाको अवधिमा पनि दिउँसोको एकपल उसले शान्तासँग बिताएन । त्यस्ौले एक्लो हुँदाको शान्ताको साथी दिलको याद नै थियो । सम्पूर्णरूपमा चोखो याद । आज पनि उसले दिनभर आˆनो अतीतलाई नै सम्झीरही । दिलले मायाले चुमेर उपहार दिएको हाते घडीलाई हेरिरही र मनमनै भनी, “दिल मलाई माफ गर्देउ, जहाँ भएनि खुसी रहु ।” उसको निधारमा चिटचिट पसिना आयो । पसिना हत्केलाले पुछ्दै उसले हत्केलालाई हेरी । बिहेमा लगाएकेा औँठीमा उसको आँखा ठोकियो र एक्कासि झस्की ऊ । उसलाई लाज र सरमले एकैचोटि छोप्यो । हीनताबोध भयो । एउटासँग हुँदाहुँदै कुनै अर्को पुरुषको कल्पना गर्ने अस्थिर स्त्रीको दर्जामा राखी आफूलाई र सोधी आफैँलाई, “किन तँ रविको भएर पनि हुन सकिनस् ?”
ऊ पलङ्गबाट उठी र एकछिन गलैँचामाथि उभिई । उसले कोठाको चारैतिर नजर लगाइ । बल्ल देखी उसले, कोठा अस्तव्यस्त थियो । सामानहरू यताउता छरिएको थियो । झ्यालका पर्दाहरू मैला थिए । भ्यान्टिलेसन ढप्प लागेको थियो । त्यसैले ऊभित्रको मरेको नारीत्व फेरि पलायो । उसले छिनको छिनमै मन फेरि र सबै सामानहरू मिलाएर राख्न थाली । रविको छरपस्ट भएको सामानहरू मिलाउँदामिलाउँदै आधा दिन बित्यो । धेरै सामान त साथीहरूले उपहार दिएका रहेछन् । शान्ताले बल्ल ती सब कुराहरू थाहा पाई र पनि उसको मुहारमा कुनै परिवर्तन देखिएन । उसले ती सबलाई सामान्य मानी । कोठाको काम सकेर ऊ भान्सातिर पसी । धेरै दिनपछि आज उसलाई चिया खाने रहर भयो । भान्सामा गएर आफँैले चिया बनाई र कुर्सीमा बसेर फुर्तीसाथ पिई । यस्तो लाग्थ्यो कि बिस्तारै ऊ ती अतीतका यादहरू भुल्दैछे र वर्तमानसँग घुलमिल हुँदैछे ।
समय बित्यो । दिन ढलेर साँझ बन्यो । शान्ताले बेलुकीको खाना बनाइ । उसले रविलाई कुरिरही । उसलाई कुर्ने बानी लागेको छ । सात बजेसम्ममा घरमा आइपुग्ने रवि आठ बजेसम्म पनि नआउँदा ऊ आत्तिई । उसलाई छट्पटी भयो । उसले तल पसलमा ओर्लेर फोन गरी र भनी “काँ हो ? किन अबेला गर्नु भा ?”
रविले हाँसेर भन्यो, “तिम्ले त्यस्ौ भन्छौ भनेर । ”
“नजिस्किई भन्नु न, म कुरिराछु ।” उसले पर्खाइको भावले भनी ।
“म्ा आइसकेँ, आँगननिर छु ।” यति भनेर रविले फोन काट्यो । शान्ताले कस्तो कस्तो मानिरही ।
यस्तै बहाव र उतारचढावसँगै उसले रविसँगको वैवाहिक जीवनलाई अगाडि बढाइरही । ऊ खुसी देखिन्थी तर खुसी थिइन । ऊ चुपचाप थिई तर भित्र मनमा उकुसमुकुस थियो । धेरै कुराहरू मनभित्र गुम्सेर ऊ फुटुँलाझैँ भएकी थिई । उसको मानसपटलमा दिलको सम्झनाहरू यताउता सलबलाइरहेका थिए । उसले कुनै दिन त ठानी कहीँ म पागल नबनुँ ….। त्यसैले मनमा हिम्मत राखेर उसले एकदिन राति रविसँग भनी, “बिहेमा मेरो मिल्ने साथीलाई बोलाउन पाइन । ”
“को , “रविले सोध्यो ।
“दिल, मेरो बालापनदेखि अहिलेसम्मको साथी”, उसले नडराइ भनी । “सबै कुरामा यति जान्ने कि …..म ऊसँग सारै प्रभावित थ्ािएँ ।” ऊ बहकिन खोज्दै थ्ािई तर फेरि सम्हालिई ।
रविले उसको कुरा सुनेर फिस्स हाँस्यो मात्रै । केही भनेन । उसलाई दिलको कुराले केही प्रभाव पारेन । शान्ताले अनौठो मानी । केही दिनपछि शान्ताले रविको बारेमा एउटा नयाँ कुरा थाहा पाई । ऊ रिसले आगो भई । बिहानको कलिलो सूर्य जसरी छिप्पिँदै गएर तातो हुन्छ, त्यस्तै ऊ पनि बिस्तारै तातो हुँदै गई । रविको आगमनसँगै ऊ कडा भएर बोली, “कहाँ गएर आउनु’भा ?” “काममा” रविले भन्यो ।
“होला काममा, त्यही नकचरीलाई भेटेर आ’हैन, मैले था’नपा हो र ? ”
“नचाइया कुरा नगर । कल्ले भन्यो तँलाई ?”
“हैन भने हैन भनन, बस्ने बेलाँ उसँगै टाँसिएर बसेर आयो, ऐले भने….., मैले बल्ल बुझेँ कुरा ।” ऊ रुन थाली । रविले नरोसम्म पनि भनेन । रविले उसलाई र उसको कुरालाई वास्ता नगर्नुको कारण उसले बल्ल बुुझी । आन्टीको सानी छोरीले रविको र त्यो केटीको बारेमा केही बताएकी थिई शान्तालाई । त्यसपछि शान्ताले धेरै कुरा सोधपुछ गरेकी थिई । सानैदेखिको केटीसाथीलाई रविले माया गर्छ भन्ने कुरा उसले दिएको उपहार हेेरेर शान्ताले चाल पाई । त्यो केटीको धेरै वर्षअघि बिहे भएर अहिले श्रीमान्सँग छुटिएर बसेकी थिई र एउटा छोरो पनि थियो उसको । यही निउँमा शान्ता र रविको झगडा बिस्तारै बढ्दै गयो ।
प्रत्येक दिनको झगडाले कोठा युद्धमैदान जस्तो बन्यो । उनीहरू तँ तँ र म म गरेर झगडा गरेको देखेर वरिपरिकाहरू छक्क परे । रविले कतिपटक शान्तालाई सम्झाउने कोसिस गर्यो तर शान्ताले रविको कुरा सुनिन । दिन प्रतिदिन रविप्रति शान्ताको शङ्का बढ्दै गयो । घरबाट निक्लने बित्तीकै ऊ ठान्थी, भेट्न गयो कहीँ नभाकी त्यसको साथीलाई । यति हुँदाहुँदै पनि रवि बाहिर निक्लन छाडेन । बरु उल्टै भन्ने गथ्र्यो, “अतीत जेसुकैहोस् अब राम्रो गरम न ।” उसको कुराप्रति शान्ताको कुनै विश्वास थिएन । उसको लागि त अतीत बिर्सने भन्ने कुरा त खोक्रो आदर्श मात्र हो । बिर्सन खोजेर नि सकिँदैन अतीत । त्यो त काँडा हो मृत्युपर्यन्त घोचिरहने । ऊसलाई अझै पनि दिलको मायाले सताइरहन्छ । ऊ चाहान्थी रविले उसलाई दिलको माया भुलाउने गरेर पे्रम गरोस् तर सब उल्टो भयो । त्यसैले ऊ दिन प्रतिदिन बौलाहा बन्दै थिई । सम्बन्ध झन् झन् धरासयी बन्दै गयो । आफन्तहरूले थुप्रै कोसिस गरे मिलाउन तर सम्भव भएन । सुख्खा वनमा एक झिल्कोबाट लागेको आगोझैँ उनीहरूको जीवनमा अविश्वासको आगो बढ्दै गयो र छोडपत्रको अवस्था आयो तर सँयोग त्यतिबेलै रविको विदेश जाने भिसा आयो र जाने मिति पनि तय भयो ।
रवि विदेश गएको केही दिनमा शान्ताले आफू आमा बन्नलागेको थाहा पाई । हर्ष र विस्मात् दुवैले उसलाई एकैचोटि छोयो । भोलिको सानो संसारको कल्पनामा डुबी ऊ । उसले रमाइलो मानी तर के यो सम्भव छ ? के रविसँग उसको सम्बन्ध राम्रो होला ? यस्तै कुरा सम्झेर ऊ फुङ्ग उडेजस्ती भई । उसले बच्चा फाल्ने सुर पनि गरी तर उसको मातृहृदयले त्यसो गर्न दिएन । दुई महिनापछि रविले विदेशबाट शान्ताको नाममा पैसा पठायो साथमा मोबाइल पनि । प्रत्येक हप्ता उनीहरूको कुराकानी हुन्थ्यो । तैपनि शान्ताले आमा बन्न लागेको कुरा भनिन । फोनमा बोल्दा ऊ ठान्थी, म केवल कसैको श्रीमती हुनुको दायित्व मात्र निर्वाह गरिरहेको छु । ऊ चाहेर पनि खुसी हुन सकिन । उसले कैलेकाहीँ त आफूलाई निकम्मा ठानी । हुन पनि श्रीमान्को कमाइमा ऊ खर्च गरेर बसेकी थिई । ऊ सोच्थी आखिर के छहामीबीच ? किन ऊ मलाई पैसा पठाउँछ र म यहाँ बसीबस्ाी खाइरहेछु ? नानाभाँती सोचाइहरूले ऊ लज्जित हुन्थी ।
कति छिट्टै नौ महिना बितेछ । शान्ताले छोरी जन्माई । बल्ल रविले आफू बाउ बनेको थाहा पायो । ऊ उडेर आएर छोरीको अनुहार हेर्न चाहान्थ्यो तर अहिले नै सम्भव थिएन । इच्छाहरूलाई मनमै राखेर बस्यो । शान्ताले पनि आउ भनेर भनिन । हुन त शान्ताले आमा बनेका क्षणहरूमा आफूलाई एक्लो महसुस नगरेकी हैन । तैपनि उसले कहिले पनि त्यो एक्लोपन देखाइन । अब त झन् उसको सुख-दुःखको साथी बनेकी थ्ािई उसकी छोरी । त्यसैले कसैको साथको जरुरी ठानिन उसले । उसले छोरीलाई ममताले सुम्सुम्याउँदै हुर्काउँदै गई । शान्ताले एकपल पनि छोरीलाई आफूबाट अलग राखिन । एउटा आमाले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्दै रही । ऊ छोरीसँग हाँस्थी, जिस्किन्थी, चल्थी र खुसी महसुस गर्थी । यस्तो लाग्थ्यो कि शान्ताको जीवनमा महिनौपछि नयाँ खुसी आएको छ ।
रवि केही दिनको लागि विदेशबाट फक्र्यो । ऊ निकै खुसी थियो । पैलोपटक छोरीको अनुहार देखेर उसलाई आˆनै अनुहार ऐनामा हेरेझैँ लाग्यो । उसले शान्तालाई भन्यो, “थ्याङ्क्यु ।” शान्ता मुुसुक्क हँासी मात्रै । यसपाला दिउँस्ाोको धेरै समय रवि घरमै बस्यो । ऊ शान्तासँग मन लागुन्जेल बोल्यो पनि । शान्ताले पनि उसको हरकुराहरूको जवाफ दिई । तैपनि रवि बाहिर निस्क्यो मात्रै भने पनि शान्ताको मनमा चिसो पस्थ्यो । ऊसको रविप्रतिको अविश्वास अझै कायम थियो ।
शान्ताले कतिपटक त्यो अविश्वास हटाउने कोसिस गरी तर सकिन । किन हो उसको मन मान्दै मानेन । नमानेको मनले जब उसले एकपटक उसको छोरीलाई हेर्थी । एक्कासि मन बुझेर आउँथ्यो । ऊ पनि छोरीमा आˆनो अनुहार देख्थी । रविले छोरीलाई गरेको अपार माया देखेर शान्ता दङ्ग पर्थी । आज पनि रविले छोरीलाई खेलाइरहृयो । लाडे पल्टेर दुई चार कुराहरू गरिरहृयो । शान्ताले त्यो सब हेरेर रविसँग अतीतमा गरेको सबै झगडा बिर्सी । उसका आँखाहरू रसाए । नजिकै गएर बस्दै शान्ताले छोरीलाई सुम्सुम्याई । दुवैका हातहरू छोरीको खुसीको लागि मिले । वारि र पारिका दुई किनाराहरू सुस्तरी सुस्तरी एउटा साँघुले जोडिँदै गयो ।
(श्रोत :- मधुपर्क बैशाख, २०६७)