~दिलिप आचार्य ~
उसले चुरोट तान्न शुरु गर्यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।
केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्यायो। उसले आनाकानि गर्यो तर साथीले उसको पौरुषमा प्रहार गर्यो : ” चुरोट त स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा त” उसको पौरुष जाग्यो र उ बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो । गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा उ आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो ।
त्यसपछी पनि कहिले बहादुरी देखाउन त कहीले कमजोरी लुकाउन उ चुरोट, गाँजा र जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो । यसरी ठूलो मान्छे, पूर्ण पुरुष र मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो र तिस पैतीस बर्षकै उमेरमा उ असक्त रोगी र कमजोर भयो ।
एकदिन बिरामी परी ओछ्यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान र स्वस्थ युवकलाई बाटोमा हिड्दै गरेको देख्यो। उसले आफ्नो र त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्यो र अनायशै बर्बरायो ” वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ ” ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )