Tag Archives: नरेश शाक्य – Naresh Shakya

कविता : म रातलाई अङ्कमाल गर्छु

~नरेश शाक्य~ अन्धकारको आवरणमा एकान्त प्रेमका इच्छाहरू विउँझन्छन् एकान्तको परिवेशभित्र वासनाका ज्वारहरू उर्लन्छन् संभोगका कृयाकलापका प्रमाण स्वरुप रात गर्भिणी हुन्छे रातले गर्भधारण गर्छे एउटा अलौकिक दिवाको

Posted in कविता | Tagged | Leave a comment

कविता : मखुण्डो र कविता

~नरेश शाक्य~ मखुण्डाहरू उत्रिसकेका छन् र सबै आफ्ना असली अनुहारहरूमा देखापर्न थालेका छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति, एक कविता

~नरेश शाक्य~ हिलो मै फुलोस् त्यो कमल तर म त्यसलाई टिप्न चाहन्छु, काँडामा नै होस् त्यो फूल तर म त्यसलाई चुँड्न चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ हामी मुस्कान साटासाट गरौं

~नरेश शाक्य~ आऊ, हामी मुस्कान साटासाट गरौं मुस्कुराऔं हाँसौं नाचौं , गाऔं जिन्दगी झंकृत साज भई उठोस् तिम्रो हृदय कमलिनी फुलोस् मेरो पनि । दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन बिहानी उदाएर साँझ अस्ताउने

Posted in कविता | Tagged | Leave a comment

कविता : तारहरू

~नरेश शाक्य~ आऊ, टुटेका यी तारहरू जोडौँ सुक्ष्म यन्त्रले रसायनिक प्रकृयाले टुटेका तारहरु जोड्नुको अर्थ भाँचिएका मनहरू जोड्नु हो एकपटक जोडिएपछि जुन अपूर्व धुन सप्तम स्वर

Posted in कविता | Tagged | Leave a comment

कविता : पग्लेर पनि तिम्रो मुटुबाट

~नरेश शाक्य~ पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेसियर बहन्छ, जमेर तिम्रो मुटु हिमशिला बन्छ, दुवै स्थितिमा तिम्रो उपस्थिति— हाम्रा निम्ति कति निरङ्कुश र क्रूर विषाक्त र वेदनायुक्त छ ? तिम्रो कोखमा जीवनरस सिञ्चन हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमानको टापुमा बन्दी म

~नरेश शाक्य~ वर्तमानको टापुमा एक्लो बन्दी छालहरू मेरो भावना हिर्काइरहन्छन्, चिन्ता–नदी मलाई घेरिरहन्छन्, डुङ्गाहरू छैनन् जसमा चढेर म यो चिन्ता–नदी उम्कन सकूँ, छालहरू घचेट्न सकूँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको शक्ति

~नरेश शाक्य~ तिम्रो बमभन्दा धेरै संहारक छ मेरो कविताको शक्ति यसको निशाना अचुक छ यसले ताकेको गोलीले सीधा शत्रुको छाती भेदन गर्छ जिउँदाहरूको हड्डी रगत, पसिना र आँसुले निर्मित तिम्रो शोषणको महलमा यसले धावा बोल्छ र देख्दादेख्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : म सपनाको रङ च्यातिदिन्छु

~नरेश शाक्य~ म सपनाको रङ च्यातिदिन्छु रक्तरञ्जित हुदै सपना भुइमा पछारिन्छ अथाह बेदनाले कराउदै म विजयीभावले मुस्कुराउछु परपीडकजस्तै । युगबाहकहरूले आदिमकालदेखि नै सपनाको रङ कोर्दै आएका छन् एउटा सुन्दर र सुखद भविष्यको परिकल्पना र हामी बाध्य छौ

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : जिउन सङ्घर्ष गर्दै नरेश शाक्य

~मोहन दुवाल~ कविताका हरफहरूमार्फत चिनजान भएका कवि नरेश शाक्य। जीवनमा थुप्रै खालका अनुभूतिहरू समेटेर कवि बनेका नरेश शाक्य। अनेकौं खालका दुःखकष्ट भोग्न पाएका कवि नरेश शाक्य। जनताका पक्षमा लाग्दालाग्दै, जनताका पक्षमा लेख्दालेख्दै कवि बनेका नरेश शाक्य। ठक्कर, षड्यन्त्र, जालझेलका अनगिन्ती … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : बग्नु

~नरेश शाक्य~ निःसर्त बगेँ थाहा छैन कहाँ पुग्ने हो ? जीवन बगेर यतिका सङ्घर्षहरूको परिणाम र परिणति के हुने हो ? कसका लागि ? अनिश्चित नै म बग्दैछु । म र्झन तैयार भएँ ओर्लन शिखरबाट कोलाहलसहित निनादसहित

Posted in कविता | Tagged | Leave a comment

कविता : क्यामिला

~नरेश शाक्य~ क्यामिलाका आँखाहरूमा उठिरहेछ छाल समुद्रको गहिरा नीला आँखाहरूमा तैरिरहेछ रंग सपनाको। क्यामिलाका मनहरू औधि भएर उठिरहेछन् वर्षौंदेखिका दमित चेतना विष्फोट भएर क्यामिला आत्मसात् गर्न खोज्छे आफ्नो देशको विशालतालाई, महानतालाई पर्वतहरूको उच्चता सागरको गहिराइलाई गुम्फित भावनाका साङ्लाहरू चुडाल्न खोज्छे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : साहित्यमा पनि क्रमभङ्गता !

~नरेश शाक्य~ क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रयोग र साहित्य

~नरेश शाक्य~ साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरो मृत्यु कविता

~नरेश शाक्य~ मेरो मृत्यु साधारण हुनेछ घटित हुनेछ सामान्य घटनासरह कसैलाई थाहा पनि हुने छैन न कुनै रोदन न कुनै क्रन्दन मेरो पार्थिव शरीरलाई स्वजनहरूद्वारा छिटोभन्दा छिटो उठाएर लगिने छ र दफनाइनेछ माटोमा एकपटक माटोमा मिलेपछि त्यो सदाको लागि विस्मृत … Continue reading

Posted in कविता | Tagged | Leave a comment