कविता : लेनिनको पत्र कमरेड किरणलाई

~सङ्गीत श्रोता~

कमरेड किरण !
रुसमा बाग्मती थिएन
भोल्गा थियो

भोल्गामा पानी थियो
पानीमा माछा थिए
के तपाईंलाई माछा मन पर्छ ?

माफ गर्नुहोला कमरेड किरण !
पठाउन सकिन यतिखेर आलो माछा
अक्टोबरका सिद्रा पठाएको छु
(सुनेको छु– नेपालमा जाडो बढेको छ)
चखाउनुहोला सिद्राको तातो सुप
कमरेड प्रचण्डलाई पनि ।

(स्रोत : कवीको कविता सङ्ग्रह “म काठमाडौं आइपुगे” बाट )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.