कविता : गोली चलिरहेछ

~बिमल गुरुङ~bimal-gurung

ढुँगाहरु छानामाथि बर्सिरहेछन्
बर्षाको पानी के !
ढुँगाहरु बर्सिरहेछन्
थाना बाहिरको प्रहरी भ्यान चकनाचुर भइरहेछ
गोली चलिरहेछ ।

केटाहरु बाहिरबाट ढुँगा हानिरहेछन्
प्रहरीहरु भित्रबाट ढुँगा हानिरहेछन्
प्रहरीहरु थानाभित्र लुकेका छन्
प्रहरीहरु थाना भित्रबाट प्रतिरोध गरिरहेकाछन्
गोली चलिरहेछ ।

मट्टितेलको ड्रम भ्यानतिर बढिरहेछ
ढुँगा हानाहानै छ
ईंटा फ्याँक्या फ्याँक्यै छ
भ्यानको थुतुनुमा आगो जलिरहेछ
गोली चलिरहेछ ।

ढुँगा हान्नेहरु हानिरहेका छन्
लुक्नेहरु लुकिरहेका छन्
रमिता हेर्नेहरु पर … उभिएर रमिता हेरिरहेछन्
ढुँगा लेनदेन भइरहेछ
ढुँगाहरु थानाको ठूलो चारपाटे भ्यानतिर बज्रीरहेछन्
टायलको छाना फुटिरहेछ
ढुँगाहरुको अभाब महसुस भइरहेछ
गोली चलिरहेछ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.