देउडा गीत : सोच्छ मन खाली

~मोहन बिर साउँद~

हरियो फुलको डाली, माथीमा फुल फुल्यो को।।
घर बारी भयाको मान्क्षे, बाईर मन डुल्यो को।।

बासना बेस्सरी आउछ, फुल भाडि र बोट।।
बिईर दन्त झल्क्याकै छ, मन मुटुमा चोट ।।

भाडी फुल फुले र हो की, बगैचा झल मली।।
मेरा लागी माया साच्ने, मिलीजा बाज्कली।।

भेरी पल्क्यो मह खान, फुल फुलेका डाली।।
हुनेकेनाइ पुग्न्या केनाई,सोच्छ मन खाली।।

मोहन बिर साउँद
कैलाली

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.