यल्जी विवशका पन्ध्र हाइकुहरु

~यल्जी विवश~l-g-biwash

घाइते देश

घाइते देश
लङ्गडो काठमाण्डु
सर्बत्र आँसु !

प्रदेशी माटो
अनौठो झिलिमिली
मृत्युको हावा !

सन्तान रोए
जाग,हे! कुम्भकर्ण
हल्लियो देश !

झर्दैछ फूल

झर्दैछ फूल
पलाउँदैछ मुना
फेरिँदा पात्रो !

बिदेशी भूमि
घडीको आलाराम
मुटुमा देश !

डाँडाको घाम
डाँडाबिचको खाल्डो
अँधेरो दिन !

बिचित्र रात

बिचित्र रात
ताराहरुको खेल
मान्छेको जुनी !

दुर -क्षितिज
अँध्यारो छ बिहान
हाम्रो खप्पर !

काँडामा फूल
अलौकिक शौन्दर्य
मृत्युको ऐना !

बुद्ध-लेनिन

बुद्ध-लेनिन
बन्दुक लिई हिँड्छ
अभाव छोप्न !

सडक टोक्छ
फालेको जिन्दगानी
टालेको लुगा !

मैलो डकार्दै
यो एउटा शहर
निल्दैछ गाउँ !

भीरको मह

भिरको मह
स्मार्ट जेनेरेसन
सुनामी बेग !

कवाडी मूल्य
बेच्दैछु आफैलाई
जीवन किन्न !

चिप्लियो घाम
अँध्यारो जङ्गलमा
जन्मिन्छ फेरि !

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.