गजल : छानी छानी

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

छानी छानी नसमाउनुहोस यी हात हजुर
कहिले काहीँ सुनिदिनुस् हाम्रो पनि बात हजुर ।

सबैको रगत रातो हुन्छ, सबले यसो भन्छन्
शहरबजार तैपनि किन भन्छ जात हजुर ।

गाँस बास अनि कपासको हो जिन्दगी
त्यसैले त सधैं जिन्दगीमा गर्नुपर्ने पाठ हजुर ।

सुखमा त संसार सारा आफ्नै हुन्छ रे
दुख पर्दा विपत्तिमा कसैको छैन साथ हजुर ।

रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.