छन्द कविता : बडा दशैं

~प्रविण अर्याल~pravin-aryal

छन्द : शार्दूलविक्रीडित

आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो ।
हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।।
राजारंक समान हर्ष विधिले श्री देव माता महाँ ।
सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ ।।

रम्छन् राज हवस् मनोहर सवै पारेर माता भनी ।
घरघर्मा दिप ज्योति धूप फल्फूल् अर्पेर भक्तै सरी ।।
गर्छन गान सुमंगलै र मनमा साव चोखो लिई ।
आयो हेर दशैं भनेर गदगद् बस्छन् सवै यो घरी ।।

पालो साल बसालि पार्छ तर लौ आयो यो भनी ।
उस्तै हर्ष उदार भाँव पनमा दो’रिन्छ उस्तै सरी ।।
कैले के कुन रंग धर्म अथवा के स्वार्थ भन्या नभै ।
साक्षात् ती ममतामयी जननिमा श्रद्धा छ साझा सधै ।।

यो हो धर्म बडा दशैं समयको प्रसाद चोखो पन ।
दानव सैन्य विनाशवाट युगको रक्षा भएको दिन ।।
यो हो मानवता र दानव पना मास्ने सुनौलो कथा ।
द्यौताको हितका निमित्त अवतार चल्दै गरेका तथा ।।

यो हो मंगल भावना र मनको मैला उखेल्ने दिन ।।
आयो हेर दशै अपार खुशिमा भन्दै हिडेको क्षण ।।।।

शार्दूलविक्रीडित छन्द, -म स ज स त त गु ।
१२ – ७ मा विश्राम – १९ अक्षर

ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ

#KP_Aryal
@Pravinaryal20
प्रविण अर्याल
कावासोती-८, नवलपरासी (हाल काठमाडाैं)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.