कविता : हर्सोल्लास मा हतारिएको मन

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

निराधार खण्डहर का सीमारेखा
पलायन को सपना बुनी सुती रहन्छन
घामका पाइला दिनानुदिन राप को पहाड़ चढ़न थालेपछि
जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै
हाम्रा बस्तीमा ज्वाला लिई आउछ !!

चैतमॉस को बेगवान हुरी
दरिद्रताको हुंकार बोकी लालीगुरास फुल्ने लेकहरू संग
असफलताका गीतहरु गाउदै हिड्छ
सारंगी को मिठो धुनसंग अपमान का भाखा बोकी
रौद्रतामा बस्तिहरू हिंसात्मक हुन थाल्दा
जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै
हाम्रा बस्तीमा ज्वाला लिई आउछ !!

घर खेतका आगन माथि शोषणको धावा बोल्दै
कालो इतिहास अट्टहास बोकी उर्लिन्छ
षोडशीहरु हुर्मत जोगाउन गतिवान पलायन खातिर
साईकलका पांग्रासंग बिन्तिभाव गर्न थालेपछि
राता पहाड़हरु माथीबाट जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै
हाम्रा बस्तीमा ज्वाला लिई आउछ !!

राष्ट्र बिलायन मा रोएको सगरमाथा
संगीनहरू को खिया झै एकाकार भई बाच्छ
आशु हरुको बाढ़ी बोकी शोकगीत संगीतबद्ध हुन थाल्दा
सुनकोशी किनार तीर बाट खण्डहर सपनाहरु माथी
जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै
हाम्रा बस्तीमा ज्वाला लिई आउछ !!

रानीघाट बाट बुलन्द भएको रास्ट्रियता
पाटेबाघमाथी चढी गाउ बस्तिमा पसेपछि
हर्सोल्लास मा हतारिएको मन साईकलका पांग्रामाथी चढ़ेपछि
जीवन्त सगरमाथाको पहाड़ तीर हुईकिएको दिन
जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै
हाम्रा बस्तीमा ज्वाला लिई आउछ !!

बलदेव भट्ट “बिहानी”
सिंगापुर
baldevbihani@yahoo.com
April 13, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.