गजल : साथ कस्तो होला उसको

~वर्षा आँशु~Barsha Aansu

याद मात्र यति मिठो साथ कस्तो होला उसको
नशा छरे तियो नजरमा मात कस्तो होला उसको

अन्धो हुन्छ भन्छन माया कारण के हो थाहा छैन
जिवनभरी थाम्न पाए हात कस्तो होला उसको

सुख:दुख जे भएनी आधा आधा बाँडौ भन्दै
सारा सन्सार भुलाई दिने बात कस्तो होला उसको

छुट्नु पर्यो भने आखिर घाईते होला कलेजो नै
नसम्झे कै बेश होला घात कस्तो होला उसको

– वर्षा आँशु

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.