युगल गीत : मैले गाएको गीतमा

~भूपी शेरचन~Bhupi Sherchan

मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ
मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ

मेरो दिनको घाम हौ तिमि, मेरो रातको जून
मेरो अधरको गीत हौ तिमि, मेरो गीतको धून
मैले पाएको जीतमा तिम्रै जोशिलो पुकार छ
मैले लाएको….

मेरो यौवनको रुप हौ तिमि, मेरो रूपको शृंगार
मेरो यात्राको बास हौ तिमि, मेरो पथको आधार
मैले चाहेको निंदमा, तिम्रै सपनाको विचार छ
मैले लाएको….

शब्द: भूपी शेरचन
संगीत: नातिकाजी
स्वर: नारायण गोपाल र तारा देबी

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.