कथा : औडाहा – १

~सुबिन भट्टर्राई~Subin Bhattarai

ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो र्सतर्कताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । नाकै हरक्क गर्छ मेरो । तर उसको अनुहारतिर म त्यति ध्यान दिन्नँ । ठीकसित उसको शरीरलाई नियाल्न पनि मन लाग्दैन । गम्ल्याङ्ग मेरो शरीरलाई आफ्नो हातले बेरेकी भए उसको उपस्थितिको अझ अर्को एउटा सबभन्दा बलियो प्रमाण हुन सक्थ्योे तर त्यसो हुन सक्तैन । अनुमान गरेरै निर्धक्क भई मैले उसको उपस्थितिलाई छाम्नुपर्ने बाध्यता छ । फर्केर पछाडि हेरे पनि हुँदो हो तर मभित्रको पौरुष अहम्ले, कमसे कम तत्कालीन परिस्थितिहरूको स्थितिबोध गरेकाले त्यसो गर्न दिँदैन । मैले आंशिक नेत्रहीनताको अभिनय गर्नैपर्छ ।

ऊ मेरी स्वास्नी हो । ऊ त्यही स्वास्नी हो जसलाई मैले सात महिना अगाडि साढे दर्ुइ लाख रुपियाँ नगद उडाएर झ्याइँझ्याइँ बाजा बजाउँदै भित्र्याएको थिएँ । परम्परागत शैलीमा परिवारका सबैले उसलाई लक्ष्मी भनेका थिए । ँलक्ष्मी’ को यथेष्ट व्यय हुने भएकोले कुलवधुलाई लक्ष्मी भनिएको हुनर्ुपर्छ । ऊ मेरी त्यही स्वास्नी हो जसलाई आमा ँबुहारी’ भनेर बोलाउनुहुन्छ र बहिनी ँभाउजू’ भन्छे । मलार्इर्र्बिहानबिहान ओछ्यानमै न्रि्रै नखुलीकन मेरो टेबुलमा चियाको कप ल्याएर राखिदिन्छे र मलार्इर्र्कतै नछोईकन, नहल्लाईकन आफ्नो स्वरलाई साबिकभन्दा अलिकति उकासेर ँचिया’ भनेर निस्कन्छे । अनि भान्सामा गएर आमालाई सघाउँछे । म गहिरो न्रि्रामा हुँदा त्यो चिया टेबलमै हिउँझैँ बनिसक्थ्यो वा एकाध झिगा तैरिरहेको अवस्थामा फेला पर्थे ।

ऊ मेरी स्वास्नी, मैले मेरा नातेदारहरूलाई जे-जे साइनो लगाएर बोलाउँथेँ, ऊ पनि ऐजन गर्थी । खाना खान बस्ता दाल, तरकारी वा अचार थप्ने बेलामा “हजुरलाई यस्तो राखूँ -” भनेर पनि सोध्थी । यसले स्पष्ट हुन्छ ऊ हामीबाहेक अरू कसैको उपस्थिति भएको खण्डमा मलार्इर्र्ँस्योस्’ वा ँहजुर’ लगाएर राम्रैसित बोलिदिन्थी ।

यो त्यही स्वास्नी हो, जो अहिले मेरो मोटरबाइकमा मेरा पछाडि बसेकी छे । एक हातले पछाडिको क्यारियरको भाग समातेकी छे अनि अर्को हातचाहिँ हामी दर्ुइ बीचको खाली ठाउँमा राखेकी छे, ह्यान्डब्याग समातेर ।

आज मात्र होइन, ऊ मेरो मोटरबाइकमा सधैँ यसैगरी बस्छे । लाग्छ, यदि तेस्रो कसैलाई हामी दर्ुइको बीचमा ल्याएर राखिदिने हो भने ऊ मज्जैले अटाउँदो हो ।

यतिखेर हामी एउटा विवाहको भोजमा जाँदै छौँ । उसको वश चल्दो हो त ऊ यस्ता विवाहका भोजमा जहाँ उसलाई मसित मेरी स्वास्नीको हैसियतले जानुपर्ने हुन्छ, त्यहाँ आफ्नो पछिल्तिरको भाग पनि नदेखाउँदी हो । जब म त्यस किसिमका भोजभतेरहरूमा मेरा इष्टमित्रहरूका सामू मेरो मिसेज भनेर उसको परिचय गराइरहेको हुन्छु त्यसबखत ऊ के सोच्ती हो –
म अझै गहिरिएर सोच्छु, म के सोच्छु यस्तो बखत भनेर ऊ सोच्ती हो – या केही पनि नसोच्ती हो । या कतै साँच्चै इन्जोइ नै पो गर्दी हो ।

तर यो अति न्यून सम्भावना । कारण ऊ मसँग सम्बन्धित कुरासँग असम्बन्धित रहन चाहन्छे । ऊ मात्र त्यही परिचय बोक्न चाहन्छे जुन कुनै बेला हुने गरेकी थिई । ऊ कुनै बेला मेरी स्वास्नी थिइन भन्ने कुरा साँचो नै त हो । ऊ मात्र ँऊ’ थिई । म पनि मात्र ँम’ थिएँ ।

उसलाई ँऊ’ मा मात्र सीमित राख्न नचाहनेहरू र मलार्इर्र्ँम’ मा मात्र सीमित राख्न नचाहनेहरूले हामीलाई हाम्रो आ-आफ्नो स्थितिबाट खण्डित गराए । म आफ्नो त्यस किसिमको विखण्डनलाई शनैःशनैः स्वाभाविकताको आवरणले ढाक्दै जान थालेँ । उसको विषयमा त म अझै केही भन्न सक्तिनँ । हामीबीच एकान्तमा यत्ति प्रश्नोत्तर पनि भएको छैन । न म सम्पर्ूण्ा लोग्ने प्रमाणित हुनसकेको छु, न ऊ स्वास्नी भएर मेरा अघिल्तिर उभिन सकेकी छे ।

हो ऊ त्यही स्वास्नी हो जो मेरै ओछ्यानको एउटा टुव|mो समातेर सुत्ने गरेकी छे । अर्थात् यसरी भने पनि भो म उसको त्यही लोग्ने हुँ जो उसैको ओछ्यानको एउटा चोक्टो ओगटेर सुत्ने गरेको छु । सत्ते, रातभर यौटै ओछ्यान साझेदारी गरेर सुत्ने गरेको भए तापनि मैले कहिल्यै उसलाई र्स्पर्श गरिनँ । बेलाबेलामा मेरो इतिहासले मभित्रको पुरुष छताछुल्ल भएर पोखिएको नबताएको भए म आफूलाई नपुंसक भन्दो हुँ । सुत्ने बेलामा ऊ कोल्टे फर्ेदा उसका चुराहरू छमछम बजेको आवाज आउँछ । हामीबीचको एकान्तमा प्रसारित हुने आवाज बस त्यति हो । म सोच्छु कहिलेेकाहीँ यदि ऊ चुरा नलाउँदी हो म कुन आवाजले आफ्नो कर्ण्र्ाालास गर्दो हुँ । अन्यथा सुहागरातपछि कमसे कम यो बन्द कोठामा हामीबीच एकोहोरो संवाद पनि चलेको छैन ।

सुहागरातकै दिन जब कोठाले एकान्त पायो, ऊ र म मात्रै । ऊसले यौटै मात्र संवाद प्fm्ँयाकेकी थिई, घुम्टोभित्रैबाट । मधुरो आवाजमा भनी, ऊ कोही अरूलाई नै प्रेम गर्छे । अनि जवाफमा मलार्इर्र्केही बोल्नु थियो सायद । ऊ पनि मेरो बोल्ने पालोको प्रतीक्षा गरिरहेकी हुँदी हो । मैले केही रुखो हुनुपर्ने हो सायद । अथवा कमसे कम ऊ कसलाई प्रेम गर्छे यो जान्न खोज्नुपर्ने हो । अथवा केही रिस, केही दिक्दारी, केही पश्चात्ताप, केही पीडा, केही भावुकता आदि पोख्नुपर्ने हो । तर भित्रबाटै केही हलचल भए वा कुनै प्रतिव्रिmया आए यस्ता भाव पोखिँदा हुन्, अन्यथा त्यो असररहित हुँदो रहेछ कमसे कम मुहारको भावभङ्गीमा कुनै परिवर्तन ल्याउनलाई । म चुप लाग्छु, मानौँ म उसको यस वक्तव्यले बिल्कुलै असररहित छु ।

ऊ अरूलाई नै प्रेम गर्छर्ेेअर्थात् मलार्इर्र्गर्दिन । त्यो पनि सुहागरातको दिन भन्छे । कत्रो आँट – वास्तवमा म पनि बिहेअघिसम्म अरूलाई नै प्रेम गर्थेँ । एक, दर्ुइ, तीन मज्जैले बसेर गन्ती गर्नुपर्छ, कस-कसलाई हृदयदेखि प्रेम गरेँ अनि कस-कसलाई सतहमा – र उसलाई – उसलाई प्रेम गरेर बिहे गरेको होइन, तर प्रेम गर्नलाई बिहे जरुरै गरेको हो । अपसोस छ यसैमा । जस-जसलाई प्रेम गरेँ ती कसैलाई आफ्नो बनाउन सकिनँ र जसलाई आफ्नो बनाएँ उसलाई प्रेम गर्न सक्तिनँ । चाहेरै पनि सक्तिनँ ।

जेजे भएको भए तापनि ऊ मेरी स्वास्नी हो । आफ्नो नाउ“का पछाडि आफ्नो माइतीको थर र त्यसभन्दा पछाडि मेरै थर टा“स्ने गरेकी छे । रहरले हो वा करले, म छुट्टयाउन सक्तिन“ । यद्यपि मलार्इर्र्यसैमा आफ्नो जीत भएको आभास छ । के ऊ यसमा पराजित अनुभव गर्छर्ेे त्यो उही जानोस् । उसभित्र केकस्ता भावहरू छन् – ती उहीभित्र छन् । हामी कहिल्यै दोहोरो बोलेका छैनौ“ । जब सुहागरातकै दिन उसले अरू कसैसित प्रेम गरेको बताई, म चुपचाप आफ्नो कोट फुकालेर खाटमा पसारिएँ“ । निधारभरि टा“सिएका अक्षताहरू उक्काए“ अनि सिरानी सकभर छेउतिर तानेर पल्टिए“ ।
ऊ पनि त्यत्तिकै पल्टिई सायद । दिनभरिको बिहेको थकाइले शरीरमा ऊर्जा रित्तिएको थियो । अझ म त्यस रात त्यस्तो लोग्ने साबित भइरहेको थिए“ जो सुहागरातको दिन आफ्नै स्वास्नीको मुखबाट उसको प्रेमी भएको प्रसङ्ग सुनिरहेको थिए“ । योभन्दा अरू बिडम्बना केही होला – अनि यस्तोमा कहा“बाट आओस् शरीरमा ऊर्जा – भोलिपल्ट मैले ओछ्यान छाड्नुअगावै उसले टेबलमा चिया ल्याएर राखिदिई । चुराहरू छमछम बजिरहेकाले ब्यू“झे“ । अनुहारसम्म आ“खा डोर्‍याउन सकिन“, चाहिन“ भन्नु चाहिँ ठीक हुन्छ क्यार π

ऊ भिन्न वस्त्रमा थिई । गाढा रातो सुतीको धोतीमा पह“ेलो पोतेको झुप्पो केही सुहाउ“दिलो देखिन्थ्यो । बिहान उठेर लुगा फर्ेन भ्याइछ ।

त्यसपछिका दिनमा पनि ऊ कि त बिहानै म नब्यूँझिई लुगा फर्ेर्थी कि त कोठामा मेरो उपस्थिति भएको अवस्थामा हातभरि फर्ेर्ने लुगा बोकेर पुलुक्क मतिर हर्ेर्थी, याचक दृष्टिले । मैले बुझनुपथ्र्यो, ऊ लुगा फर्ेन चाहन्छे । जुरुक्क उठेर बाहिर गइदिन्थे“ ।

मलार्इर्र्पनि केही स्वतन्त्रता थियो । म विवाहित थिएँ, घर कुनै पनि बेला पुग्न सक्थे“, या नपुगे पनि हुन्थ्यो । कतै ढिलो भए घरमा एक कल फोन हानिदिन्थे“ । फोन प्रायः आमाले नै उठाउनुहुन्थ्यो । कतै जान परे आमा-बुबा वा बहिनीलाई जानकारी दिन्थे“ । उसलाई भनिराख्नुपर्ने आवश्यकता थिएन । ऊ सोध्दिनथी पनि । कतै रात बिताएर भोलिपल्ट आउँदा पनि कुनै प्रश्नोत्तर हुने सम्भावना थिएन ।

तलब थापेर ल्याएको दिन केही पैसा आमालाई दिन्थे“ । धेरैपल्ट आमालाई पैसा दिँदै गर्दाको दृश्य उसले देखेकी थिई । अझ यसो पनि भन्न सकिन्छ उसको उपस्थितिको मौका छोपेर म आमालाई पैसा दिने गर्थेँ । ऊ देखेर पनि नदेखेझै“ गर्थी । अहँ मैले उसलाई एक पैसा पनि कहिल्यै दिइन“ । ऊ आफ्नो व्यक्तिगत खर्च केले र्टार्छे त्यो उही जानोस् । सके माइतमा माग्दी हो वा ँअरू’ कसैले चलाइराखेको हुँदो हो ।
बिहे भएदेखि न मैले उसलाई एक रुपियाँ दिएको छु न कुनै जिन्सी सामान नै किनिदिएको छु । यो कुरामा भने म आफै“प्रति गर्व गर्छर्ुु थाहा छ, ऊ मेरी स्वास्नी हो । स्वास्नीको अधिकारले नै ऊ अहिले मेरो मोटरबाइकका पछाडि बसेर मेरै कुनै परिचितको बिहेभोज खान जाँदै छे । निःसन्देह त्यो पार्टर्ीी ऊ मेरी स्वास्नी कहलाउँछे । त्यत्रो भव्य पार्टर्ीी ऊ मेरी स्वास्नीको नाउँबाट परिचित भइसकेपछि कुनै बखत आइमाईको हूलमा आबद्ध हुन पुग्छे । म पनि हातमा मदिराको गिलास समाउँदै पुरुषहरूको समूहमा आबद्ध हुन्छु । अनि घरिघरि आफ्ना नशालु/लट्ठिएका आँखाहरूलाई सुटुक्क त्यहाँबाट उखेलेर कतै पर केही हाँस्दै बाँकी आइमाईहरूका कुरा सुनिरहेकी उसतर्फलैजान्छु । अनि आत्मसन्तोषको एउटा गहिरो श्वास तान्छु, यो सोच्तै कि जो ती आइमाईहरूको कुरा सुनेर मन्दमन्द मुस्कुराइरहेकी छ- त्यो मेरी स्वास्नी हो, जो आफ्नो नाउँको पुछारमा मेरो थर टाँसेर हिँड्छे ।

पार्टर्ीीकिन्छ । अथवा पार्टर्ीीसकिए पनि हाम्रो निर्धारित समय सकिन्छ । हाम्रो के भन्नु – मेरो ।

उसको त मसित के छ र – म ऊतिर बढेर एकपल्ट उसलाई पुलुक्क हर्ेर्छर्ुु मोटरबाइक भएतिर लम्किन्छु । आँखैबाट सबथोक बुझनर्ुपर्छ उसले पनि । मैलेजस्तै ।

बिदावारी भएर ऊ पुनः मेरो मोटरबाइकअगाडि आएर बस्छे, उसैगरी । म मातेको सुरमा मोटरबाइक लडाउँछु कि जस्तै गर्छर्ुु तैपनि उसलाई कुनै आपत्ति छैन । मेरो मोटरबाइकको गत्रि्रति वा मेरो मातप्रति ।

अघिल्ला दिनहरूमा पनि म रक्सीले टिल्ल भएर घर पुग्दा आफैँलाई उग्र गन्हाउँथ्यो । तर मैले पिएको रक्सी उसलाई कहिल्यै गन्हाएन । उसले कहिल्यै नाक थुनिन । कहिल्यै छ्या-सम्म भनिन ।
बिहेपछि म झनै लापर्बाह भएँ । मैले घर पुगेर खुट्टा र मोजा धुनै छाडिदिएँ । म आफैँलाई मेरो खुट्टा र मोजा उत्पात गन्हाउँथ्यो । तर मेरो गन्दे मोजा र खुट्टा उसलाई कहिल्यै गन्हाएन । ऊ सधैँ उसैगरी मेरो ओछ्यानको एक टुव|mा ओगटेर सुति नै रही, बिनाकुनै प्रतिवाद ।

तर उसलाई प्रतिवाद गर्ने ठाउँ नै कहाँ छ र – जहाँ कुनै संवाद छैन त्यहाँ केको प्रतिवाद – अचेल आमाबुबा नातिनातिनाको मुख हर्ेन मन लाग्यो भनेर हैरान गर्न थाल्नुभएको छ । सुरुसुुरुमा भइहाल्छ नि बिस्तारै भनेर टार्दै आइरहेको थिएँ । तर पछिपछि दिनहुँजसो किचकिच सुन्नुपर्ने भयो । अति भएपछि एक दिन यसै भन्दिएँ- “मैले पाउने होइन क्यारे, बुहारीले हो, उसैलाई भन्नू ∕”
त्यसपछि उहाँहरू चुप लाग्नुभयो । तर केही दिनपछि उसैगरी फेरि कचकच सुरु हुन थाल्यो, अलिक भिन्न भाषामा । भन्नुभयो- छोराछोरीको मुखसम्म हर्ेन मन छैन तँलाई – एकछिन फिस्स हाँसेँ म । हाँसो उठ्ने नै कुरा थिएन त यो – जसले आजसम्म स्वास्नीको मुख ठीकसँग हर्ेन सकेको छैन त्यसले छोराछोरीको मुख के हेरोस् – खैर साँचो बोल्नु थिएन, उही रटेकै आवाजमा भनेँ- “बुहारीलाई भन्नुहोस् ।” अनि फटाफट त्यहाँबाट उम्केँ ।

एक रात अनायासै लाग्यो कतै स्वास्नीसित बोलेर यो कुरा किन नराखूँ – अर्थात् सन्तानप्राप्तिको प्रसङ्ग । त्यो रात झन्नै बोलेको । के ऊ आफ्नो प्रेमीसित भनेर मेरा आमाबाबुका निम्ति एउटा गर्भ राखिदिन सक्तिन – तर मैले उसलाई त्यो सल्लाह दिने हिम्मत गर्न सकिनँ ।

तीन दिनपछि चेतना आयो, आफ्नो मनभित्र उब्जेको त्यो प्रश्नको स्तरका बारेमा । अनि फेरि आफैँसित हाँसेँ । त्यो पनि एउटा कुनै व्यस्त सडकमा मोटरबाइक पार्किङ गरेर जाँदै गरेको अवस्थामा । राति घर फर्केपछि ओछ्यानमा पल्टेर सिलिङतिर हर्ेर्दै दिनभरका घटना सम्भिmँदै थिएँ, दिउँसो एक्लै हाँसेको प्रसङ्ग सम्झेर फेरि हाँसो उठेछ । त्यस बखत पनि मज्जैले हाँसे“ म । भित्तातिर स्वास्नी सुतिसकेकी थिई । सायद ऊ निदाएकी नहुँदी हो । म हाँसेको चाल पाएकी हुँदी हो तर ऊ प्रतिव्रिmयाविहीन थिई, जस्तो अरू बेला हुने गर्थी ।

बाँकी रहयो सन्तानप्राप्तिको कुरा । जसलाई मेरा आमाबाबुले यसरी पटकपटक राख्नुभएको थियो, मानाँै उहाँहरूको सम्पर्ूण्ा जीवनको अभीष्ट होस् त्यो ।

म चाहन्छु, जब कुनै दिन म आफ्नो कोठाको ढोका खोलेर भित्र छिर्नेछु, तब मेरी स्वास्नी मेरा सामुन्ने दोस्रो निजी संवाद लिएर उपस्थित हुनेछे र भन्नेछे- “आजसम्म म जसलाई प्रेम गरिरहेकी थिएँ अब गर्दिनँ । विगतलाई विर्सजन गर्न चाहन्छु । अबउप्रान्त मेरो सम्पर्ूण्ा प्रेम तपाईँमा समर्पित छ ।” अनि म उसका सामुन्ने ऊसित आँखा जुधाउँदै भन्न सक्नेछु- “म पनि तिमीलाई हृदयदेखि नै प्रेम गर्नेछु ।”

त्यसपछि मात्र म सायद आफ्नी स्वास्नी प्राप्त गरूँला, सन्तानको चाहना गरूँला ।

(स्रोत : पाँचपोखरी प्रकाशन, न्यूरोड- काठमाण्डौले प्रकाशन गरेको सुबिन भट्टर्राईको कथा संग्रह “कथाकी पात्र” बाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.