पौराणिक कथा : द्रोण र द्रुपदको बालप्रेम र….

~रुद्र पौड्याल~

आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले व्याप्त छ। आमा छोरालाई फकाइ फुस्ल्याई भोजन गराउने प्रयास गरी रहेकी छन्, तर बालक अश्वत्थामा झगड़ा गरी रहेकै छ, उसको चाहना हो दूधको।

द्रोणाचार्य शोचमा परेर हेरि रहेछन् द्रोणी छोरालाई फकाउन नसकेर हार मान्दै द्रोणलाई सहयोग माग्छिन्। चामल अत्यन्त मिहीन पारेर पानीमा फिर, यो दूध जस्तै हुन्छ, त्यसैलाई दूध भनेर खुवाइ देऊ, द्रोणले भने।

द्रोणीले बड़ो मिहेनेतले चामल पिसेर पानीमा घोलिन। लुगाको चाल्नीमा छानेर तताईवरी अश्वत्थामालाई दिइन्। द्रोणीचार्य छेउमा उभिएर हेरी रहेका थिए। अश्वत्थामाले दूधको बटुकोमा मुख लगाउनासाथ थुक्यो र रून थाल्यो। यो दूध होइन मलाई गोदुग्ध चाहिएको छ। म यस्तौ दूध खान्न। उ अत्यन्त विरोध जगउदै रून थाल्यो। दुवै आमा बाबु अवाक् भए, एउटा जावो बालकलाई खुशी पार्न नसक्ने आमावाक भएकोमा खिन्न बने।

साँझ टरी सकेको थियो, बालक अश्वत्थामा केही पनि नखाइ उसै सुत्यो। थाकेर होला उ निधायो तर उसको हृदय सायद रोइ रहेको थियो र नै सुक्क सुक्क आवज गरीरहेथ्यो। छोरालाई पुरानो च्यादरले छोप्दै द्रोणीले भनिन्, बिचरा केही नखाइ निदायो, अगि पल्लौ घरतिर खेल्न गएको थियो, सायद त्यहाँका गनीहरूले दूध पिए हुनन्, उसलाई पनि त्यसैले दूध पिउने रहर लाग्यो होला।

छोराको सुक्क सुक्कले विचलित परेका द्रोणले भने, यी सम्पन्न घरका मानिसहरू अरूको असम्वझतालाई बेला बखत मनोरञ्जनको साधन बगउछन्, त्यसैले सबैसँग सधैं सङ्गत गरीहाल्नु हुदैन। समय र परिस्थिति पनि विचार्नु पर्ने विषय हुन्छ।

नानीहरू हुन् खेल खेलमा सगै भइहाल्छन्। साँच्ची हजुरको गुरूकूलमा रहँदाको एकजग भित्र बोर कुरा गर्नु हुन्थ्यो नि, सम्झना छ कि द्रोणाचार्यले आश्चर्य मान्दै प्रश्न गरे – यो हाम्रो नानीले दूध खान नपाएर रूनु र मेरा गुरूकूलका मित्रसितको प्रासागिकता के छ र अथवा मेरा बाल्यकालका मित्रहरूमा पनि यस प्रकारको व्यवहारको सम्झनापो गर्या कि होइन, मेरो भनाइको अथवा सोधाइको लक्ष्य अर्कै हो, हजूरले शिवजीको प्रार्थना गर्दा एउटा श्लोक सिकाउनु भएथ्यो, शिवजी आफै सुरेश अथवा देवताको मालिक, गरीब हुने कुरै आएन, आफूलाई समस्या परे ससुरालीले मद्दत गर्छन त्यसमा पनि शिवजीको ससुरा पर्वत राज, ससुराली बाट भएन भने मित्रले मद्दत गर्छन् भने शिवजीको मित्र कुवेर, सबै तिरबाट सम्पन्न भएर पनि शिवजी भिक्षामा बाच्नु हुन्छ भन्नु भएथ्यो।

हो कुरा साँचो हो, शिवजीको चरित्र नै बड़ो अनैठो छ, अँ यहाँ के भयो त भनन। आज हामीलाई दुःख परेको छ, हाम्रो एकमात्र नानी यसरी अलिकति दूधका निम्ति यति विध्न दुःखी भएर सुत्यो, तपाईका कुनै मित्रले कसै दुख परे पनि मलाई सम्झनु भन्नु भएको कुरा सुनेको छु, के उहाँलाई आग्रह गर्यो भने एउटा गाई दिन सक्नु हुन्न… मैले यो सानो जिज्ञासा मात्र राख्न खोजेकी हुँ, भनिन्।
हो तिमीले ठीकै भन्यो, मेरो खुवै मिल्ने मित्र थियो उसको नाम द्रुपद हो, उ त्यति बेला राज कुमार थियो, अब त राजा भइ सक्यो, तर प्रिये समय सँगसँगै मानिसको मानसिकता बद्लन्छ कतै त्यो मानिसले मलाई भेटै दिएन भने त्यो त हजूरले जान्ने कुरा हो, मैले त स्मृति मात्र गराएकी हूँ, अर्को कुरा यदि हजूरसरह उहाँले पनि पढ़्नु भएको छ भने उहाँ पनि शास्त्रले भिज्नु भएको छ, मित्र प्रतिको सम्मान भाव उहाँले पनि राख्नु भएकै होला।

तिमीले मलाई र त्यो राज कुमारलाई एकै ठाउँमा राखेर हेर्र्यौ तिमी आदर्श कूलकी छोरी भएकाले तिम्रो दृष्टि पनि आदर्श छ तर राजनीति गर्ने मानिस, सम्पन्न मानिस र शास्त्र, ज्ञान आदिको कुनै विश्लेषकीय रहँदैन। तिमीले जानेकी छौ असम्पन्नहरूका निम्ति मात्र न्यायपछि लागेको हुन्छ। सम्पन्नता त राजामा हुन्छ नै, तिमीले दूष्यान्तको चरित्र सुनेकै छाै सेकसम्म कसैका अघि हात फैलाउनु नपरे हुन्थ्यो भन्ने सोचेको थिए।

हजूरले नै भनेको होइन परिस्थितिसित सम्झौता गर्नुपर्छ, परिस्थिति हेरेर व्यवहार गर्नु पर्छ, अब भ के भनौ, फेरि अर्को कुरा हजूरले नै भनेको ठूला मानिससँग माग्नु सानासँग नमाग्नु, ठूलाले नदिए पनि लज्जा हुँदैन, सानाले दिए पनि मर्यादामा ह्रास आउँछ। तपाईका मित्र राजा हुन् राजासँग माग्नु अपराध त होइन कि द्रोणीका तर्कका अघि विद्वान द्रोणको तर्क हार्या, अश्वत्थामा निद्रा नै कोल्टो फेरेर स्वा… गर्यो।

तिमी मलाई पाञ्चाल जानु भन्छयौ त म हजूरलाई आज्ञा दिन सक्तिन, मेरो विचारमा कठिनाइ पर्दा मित्र सम्झनु पर्छ भन्ने नीति मात्र यसलाई सम्झना भएको हो। ठीकै छ, तिमी अर्धाङ्गिनी भएको नाताले र यी समस्याहरूको साझेदारीका हैसीयतमा जो चिन्तन गर्यौ अत्यन्त प्रयोजन युक्त छ, म भोलि बिहानै पाञ्चाल तर्फ प्रस्थान गर्नेछु, हेरौ हाम्रो प्रयास र नानी अश्वत्थामाको भाग्य। हुन त द्रुपद अत्यन्त सहृदयी मित्र थियो, तर किन किन मलाई शङ्का लाग्छ, सम्भवतः हाम्रो अभाव र गरीबी नै यस प्रकारको चिन्तनको वीज होला।

पानसमा तेल सकिन लागेको थियो, द्रोणीले केही तेल थपेर घर उज्यालो पार्ने प्रयत्न गरिन्। पाकेको खाद्य खाएर उनीहरू पनि विश्रान्ति लिन विछ्यौनामा पसे। भाले बास्न अगावै द्रोणाचार्य उठेर कूपमा गई स्नानान्द सकेर घर भित्र पसे। शालिग्रामको पूजा सकेर घऱ भित्र पसे। शालिग्रामको पूजा सकेर शङ्ख द्वनि गर्दा अश्वत्थामा पनि ब्यूँझियो। चाँढ़ चाढ़ै सूर्यलाई पानीको अधर् दिएर ढिलो नगरी द्रोणाचार्य पाञ्चाल तर्फ प्रस्थान गरे।

द्रोणाचार्य जति अघि बड़छऩ् उति ती गुरूकूलमा बसेर गरेका कुराहरूको सम्झना आउँछ।

त्यो दिन, परीक्षाको अन्तिम पत्रको तयारी गर्नु थियो द्रोणाचार्य आफ्नो विछ्याैनामा बसेर घमासानसँग तयारी गर्दै थिए, हठात् एउटा सहाध्यायी आएर उनलाई सोधे – द्रोण के गर्दै छौ।

म भोलिको अन्तिम पत्र तयार गर्दैछु, गुरूले के कस्तो प्रस्न गर्नु हुनेछ, एक प्रकारको डर लागि रहेको छ। तपाई जस्ता योग्य विद्यार्थीका निम्ति कुनै अप्ठ्यारो प्रश्न होला र… तपाई सबै जान्नु हुन्छ। त्यसो भनेर पनि भएन नि परीक्षा भनेको परीक्षा नै हो, कस्तै मेधावीलाई पनि डर हुन्छ नै।

मलाई त डर लागेको छैन, बरू यहाँबाट जानु पर्दा कस्तो कस्तो नमीठो लागेको छ, भोलि हाम्रो परीक्षा सकिए पछि गुरूकुलबाट विदा भएर जानेछौ, सबै साथीहरू छुट्टिने छौ को कहाँ को कहाँ पुग्ने छ, यहाँ रहँदाको कुराहरू मात्र स्मृतिमा रहने छन्, द्रुपदले भने।
हो, अब हाम्रो अध्ययन सकियो, व्यवहार तर्फ लाग्नु पर्नेछ, मेरो त घरको यस्तो भइ सकेको छ, एक्ली आमा के गरेर जिवीका चलाउँदै हुनुहुन्छ, उहाँको हेस्वाह गर्नु छ, जीविकोपार्जनकाे साधना खोज्नु छु अनि गृहस्थीको थालनी विवाह गर्नुछ, यी सबै कुराहरू सोचेर बेला बेला हतास पनि रहेछु, द्रोणले भनें।

मलाई पाञ्चाल राज्यको उत्तराधिकार सुम्पेर पिताजी बसप्रस्थ लाग्नु हुनेछ, मैले प्रजाको हेरचाह गर्नु पर्ने दिन आउँछ, यो निकै ठूलो दायित्व मेरा काँधमा आउने वाला छ, द्रुपदले भने।

हेर्नुहोस हामी यहाँ बराबर भएर छात्रको रूपमा रह्यौ, अध्ययन गर्यौ तपाई अब राजा बन्नुहुनेछ भने म म एउटा साधारण गृहस्थी। त्यहाँ समस्या आउनेछन्, कठिनाइ आउनेछन्, अपुग र वाधाहरूसँग संघर्ष गर्नु पर्नेछ, द्रोणले भने।

मित्रः तपाईसँग रहेर मैले धेरै कुरा पाएँ, गुरूले सिकाएका पाठ धोक्न नजादा सधैं तपाईले मलाई सहयोग गर्नु भयो। तपाई मेरो द्वितीय गुरू बनेर सधैं पठाइका कठिनाईहरूसँग सामना गर्नु सिकाउनु भयो। अत्यन्त प्रिय मित्र बनेर समय काठ्यौ, तपाईं नभएको दिन मैले बड़ेर व्ययासँग कटाएको छु। मलाई गुरूकूल छोड़्न भन्दा पनि तपाईलाई छोड़्न साह्रै नमिठो लागि रहेछ, द्रुपदले भने।

तपाई जस्तो आदर्श मित्र पाएर म पनि बड़ो भाग्यशाली बनेको अनुभव गरी द्रोणले भने। मित्र द्रोण। यदि तपाईलाई कुनै त्यस्तो दुःख हुँदैन भने जाने हाम्रो राज्यमा, म तपाईलाई अत्यन्त श्रद्धाका साथ लिएर जान चाहन्छु, द्रपदले भने।

मित्र तपाई अत्यन्त सहृदयी हुनुहुन्छ, तर म अहिले तपाईसँग जान सक्दिन कारण मेरी बूढ़ी आमा मलाई पखिएर बस्नु भएको छ, उहाँ आफूले टेकेको धर्ती छाड़ेर कतै जान चाहनु हुन्न, उहाँका साथमा रहेर मैले धेरै काम गर्नु पर्छ, अहिले म तपाईसँग जान सकिन, तर तपाई राजा बन्लु भएपछि यदि अनुमति मिलेमा अवश्य तपाईको द्रारवारमा आउनेछु।

मित्र तपाई अत्यन्त व्यवहारिक तथा कर्तव्य परायण हुनुहुन्छ। मातृसेवा अत्यत्व ठूलो धर्म र कर्तव्य हाे, तपाई त्यसबाट च्यूत हुनु हुन्न, त व्यवहारमा कुनै पनि दिन, कस्तै परिस्थितिमा तपाईलाई कुनै चीजको आवश्यकता परे कुनै असजिलो नमानी मलाई सम्झनु होला, अझ भनौ मलाई सेवा गर्ने अवसर दिनु होला, म भाग्यशाली सम्झनेछु, द्रुपदले भने।

तपाईंको महान विचारको म कदर गर्छु मित्र अब रात निकै गई सकेको छ, पानसमा वर्तन सकिन लाग्यो अब आराम गरौ, द्रोणले भने द्रुपद आफ्नो वासस्थान तर्फ लागे। भोलि पूर्वान्ह मै परीक्षा सकियो, दीक्षान्त भयो ठाउँ ठाउँबाट राजकुमारहरूका रथ आइ पुगे। अपराह्न पनि निकै समय बिती सकेको छ, द्रुपद आएर द्रोणाचार्यलाई अगालो हाले, स्नेहाश्रु खसाउँदै विदा लिए, द्रोणका पनि आँखा रसाएका थिए। द्रोणले तपाई साह्रै भावुक हुनुहुन्छ, यस्तो कोमल हृदय भएको मानिस राजा भएर शाम, दाय दानु भेदको प्रयोग गर्न नसक्ने हुन्छ, केही कठोर बन्नु होला भने। द्रुपदले फेरि भेट्ने आग्रहसँग विदा लिए।

त्यो क्षण सम्झदै द्रोण पाञ्चाल राज्यको राजधानीमा पुगे। दिनको अपराह्न भएको छ, दरवार छेउ प्रहरीहरू तैनाथ बसेका छन्। प्रवेशद्वार छेउ पुगेर त्यहाँ पहरामा बसेको सिपाहीलाई भित्र जाने अनुमतिका निम्ति द्रोणले आग्रह गरे। सिपाहीले द्रोणकाे नाम, परिचय र भित्र जाने कामबारे जानकारी लियो। सिपाहीलो द्रोणलाई त्यहाँ पर्खने आग्रह गर्याे र उ भित्र पस्यो।

अवश्य नै द्रुपद छक्क पर्नेछन्, म कसरी यहाँ आइ पुगें भन्ने सोचेर सम्भवतः उनी नै बाहिर आउनेछन्, अथवा राजा भएको हुनाले उनी यहाँ नआउलान् तर द्वारमा अवश्य नै हात फैलाएर मलाई अङ्कमाल गर्न पर्खने छन् भन्ने सोच्दै द्रोण त्यही बसी रहे। सिपाही आउन ढिलाे गर्या, उनी घरी उठ्छन्, घरी बस्छन् यस्तै क्रममा निकै समय बितेपछि मात्र सिपाही त्यहाँ आयो। द्रोणले सोधे, के महाराज पर्खिइ रहनु भएको छ… महाराज भित्रै गइ बक्सन्छ, तर तपाईलाई भित्र डाक्नु भएको छैन, सिपाहीले भन्यो। मलाई सम्झनु भयो महाराजको हुकुम भयो, त्यस्तो कुनै मित्र छैन यो अनाैठो कुरा हो, गएर नचिनेको मानिस मित्र हुन सक्तैन, जानु भो, महाराजले भेट गर्नु हुन्न भन…. भने आज्ञा भएको छ।

द्रोणलाई यो कुरा सुन्दा आश्चर्य लाग्यो, उनले मनमा तर्कहरू गर्न थाले- यो सिपाहीले राम्ररी बुझाएर भन्न सकेन। राजा भएपछि यस्ता धेरै मानिसहरूसँग भेट भयो, सायद उनले विर्सिए। मलाई गरीब देखेर पत्याएनन् अथवा सिपाहीले मेरो बारेमा कस्तो विवरण दियो- आदि।

द्रोण टाढ़ाबाट आएको हुनाले राजासँग भेट गरेरै जाने विचार गरेर फेरि त्यस सिपाहीलाई निवेदन गरे, उनले गुरूकूलमा राजासँग बसेको, उनले दरवारमा आउनु भनेको समग्र कुरा सिपाहीलाई भने। राजाले चिनेको कुरै नगरेको भनेर सिपाहीले धेरै रोक्ने कोशिश गर्यो। द्रोणले एकचोटी दर्शनसम्म गर्छु, त्यसपछि महाराज स्वयंले डाकी बक्सने छ भनेर जिद्दी गरे। सिपाहीले उसको अधिकृत कहाँ बिन्ति गर्यो, अधिकृतले दर्शन गराउने अनुमति दिएपछि सिपाहीले द्रोणको अगुवाइ गरेर सभाकक्षा तिर लाग्यो। द्रुपदले विर्सिएको कुरामा द्रोणलाई केही शङ्का पर्यो तरै पनि सिपाहीको पछिपछि उनी द्रुपदमा सभानगरमा पुगे।

महाराज द्रुपदको जयहोस्, यहाँका बाला सरवा म द्रोणाचार्य अभिवादन गर्छु भनेर द्रोणले नमस्कार गरे। महाराज द्रुपदले यो सबैको पर्वाह नगरी, तिमीको हौ ब्राह्मण मैले तिमीलाई चिनीन, भने।

ल.. कस्तो बिर्सनु भएको, म द्रोण, तपाई र म सँगै गुरूकुलमा थियौ, बड़ो प्रेम थियो, यहाँले मलाई यस दरवारमा आउने आग्रह गर्नु भएथ्यो, कुनै समस्या परे पनि आउनु भन्नु भएथ्यो, त्यसैले दर्शन गर्न आएको हूँ भनेर द्रोणले भने।

तिमी जस्तो भिखारी ब्राह्ममण धेरै आउछन् तर मलाई मित्रताको हाँक दिएर आउने आँट भने तिमीले मात्र गर्यै, प्रथम चोटी आएको हुँदा म तिमीलाई कुनै सजाय त दिन्न तर झट्ट यहाँबाट निस्किएर जाउ अनि फेरि मेरा अघाड़ि अनुहार नदेखाउ, अर्को कुरा याद राख, राजाको मित्र चाहीँ राजा नै हुन्छ तिमी जस्तो भिखारी मानिस हुन सक्दैन, द्रुपदले भने।

तपाईंले भुल्नु भएछ, म उसै आएको होइन गुरूकुलमा छँदा तपाईंले नै आउनु भन्नु भएकोले मात्र म यहाँ आएको …. अरू पनि केही कुरा भन्नु लागेका द्रोणलाई झट्ट बाहिर निकाल भनी द्रुपदले सिपाहीलाई आज्ञा दिए, सिपाहीले घँच्याट्दै बाहिर निस्कन कर लगायो।
मूलद्वार बाहिरिएपछि द्रोणाचार्यलाई बड़ो ग्लानी अनुभव भयो, उनले आफ्ना मनमा आएका तरड्रहरू, रहरहरू र आशाहरूलाई एक पटक धिक्कारे।

अब हस्तिनापूरको बाटो भएर घर फर्कनु पर्यो भन्ने अठोट कसेर द्रोणाचार्य फर्किए, राजा द्रुपदको व्यवहारले उनका मनमा गहिरो असर गर्यो। हस्तिनापूर बाटाको छेउमा एउटा ठूलो क्रीडाङ्गन थियो अनि, छेउमै एउटा कूप। त्यहाँ पाण्डव र कौरव राजकुमारहरू गोली खेल्दै थिए। गोली कूपमा पर्यो, कसैले निकाल्नु सकेन, द्रोण त्यही आइ पुगेका थिए, उनले बालकहरूको यो खेलमा भएको व्यवधाना हटाउन बौद्धिकताको प्रयोग गरी गोली बाहिर झिकी दिए। उनको यस काैशलले जीवनमा नयाँ पन ल्यायो उनी हस्तिपूरका राजकुमारहरूका गुरू वन्न पुगे। कौरव-पाण्डव दुवैले द्रोणाचार्यबाट शिक्षा लिन थाले।

पहिलो सत्रान्तमा अभिभावकहरूले नै गुरूदक्षिणा दिएका थिए। द्रोणाचार्यले विद्यार्थीहरूलाई नयाँ ढङ्गले गुरू दक्षिणा दिने नियम बनाएका थिए। गुरू दक्षिणा भनेको विद्यार्थीले नै ल्याएर दिनुपर्छ। पारिश्रमिक भने अभिभावकहरूले नै दिने गर्छन्, यसर्थ यो आउँदो सत्रान्तमा विद्यार्थीहरूले नै आफ्नो क्षमता अनुरूप गुरूदक्षिणा लिएर आउनु पर्नेछ। अर्को कुरा वर्षभरी सिकेका कुराहरू जीवनमा प्रयोगमा ल्याउन अघि गुरूदक्षिणा दिएर मात्र थाल्नु पर्छ, यो शास्त्र सम्मत विधान हो भनेका छन्।

सत्रान्त दिवस आयो। सबै शिक्षार्थीहरू गुरूका सामु आएर गुरूके चाहनु हुन्छ, सोध्नलागे। द्रोणले तिमीहरूको क्षमता भित्रके पर्छ त्यही ल्याउने छौ भनेर सबैलाई बाहिर पठाएपछि अर्जुनलाई भने प्रिय अर्जुन, मैले सबै राजकुमारहरूलाई स्वेच्छाले गुरू दक्षिणा ल्याउने छूट दिएको छु, तर तिमीले भने मैले मागेको गुरूदक्षिणा दिनु पर्नेछ, किनभने तिमी अरू कुमारहरू भन्दा नजीकमा छौ।
गुरूको यसरी नजीकमा रहन पाउनु मेरो सौभाग्य हो, अनि आज्ञा अनुरूप गुरूदक्षिणा दिन पाउनु अर्को हर्षको विषय पर्छ, यसैले म आज्ञाको प्रतीक्षा गर्दछु, अर्जुनले भने।

तिमी सक्षम छौ, कर्तव्य परायण छौ, अनि आज्ञाकारी पनि, तिमीलाई मैले मागेको गुरू दक्षिणा दिन तिमी सफल हुनेछाै। द्रोणाचार्यले भने, यहाँबाट केही पश्चिम हस्तिनापूरको सीमा नाघ्ने बित्तिकै पाञ्चाल राज्य पर्छ, त्यहाँ द्रुपद नामको राजा राज्य गर्छ, तिमीले कुनै उपायले उसलाई यहाँ ल्याउनु पर्यो। याद रहोस् उसको प्राण नजावस् अनि उ राम्ररी बाँधिएको होस् यहाँ आउँदा। गुरूको आशिर्वाद म माथि छ भने म जस्तै कठीन काम पनि गर्न सक्ने छु। अहिलेलाई आशिर्वाद बक्सियोस् म भोलि मध्यान्ह सम्ममा द्रुपदलाई यहाँ हाजीर गर्न सकौं।

मध्यान्ह अगावै राजकुमारहरूले आफ्ना आफ्ना तर्फबाट गुरू दक्षिणा लिएर उपस्थित भए। पाण्डवहरू, युद्धिष्ठीर, भीम, नकुल, सहदेव। उता काैरवका वीरहरू दूर्येधन र उनका सबै भाइहरू विद्यालयको प्रेक्षागृहमा सबै राजकुमारहरू बसेका छन्। सबैले श्रद्धापूर्वक गुरू दक्षिणा चढ़ाएर गुरूलाई प्रणाम गरे।

केही क्षण बित्दै एउटा सौर्ययुक्त पुरुषलाई बाँधेर डोर्याउँदै अर्जुन भित्र पसे। प्रवेश गर्नासाथ अर्जुनले गुरू दक्षिणा भनी द्रुपदलाई गुरूका सामु राखेर आफूले प्रणाम गरे।

राजा द्रुपद बाधिएर आफ्ना अघि बसेको देखेर द्रोण केही मुस्कुराए। द्रुपदले द्रोणाचार्य नै यिनीहरूको गुरू रहेछन् भन्ने जाने।
अरे तिमी त द्रोणाचार्य पो रहेछौ, अरे तिमी, मेरो मित्र, हेर तिमी यहाँको गुरू रहेछौ, तिम्राे एउटा विद्यार्थीले अनर्थमा पाता कसेर यता लिएर आयो, तिमी मलाई राम्ररी जान्दछाै, द्रुपद राजा हो भनेर, यो तिम्रो छात्रलाई भनेर मलाई बन्धन मुक्त गराइदेऊ।
राजा द्रुपदको कुरा सुनेर द्रोणले भने, तिमी आफूलाई राजा द्रुपद भन्छाै अनि फेरि मलाई मित्र पनि भन्छाै जसलाई मैले कहिल्यै देखेकै छैन त्यो कसरी मित्र हुन्छ, अर्को कुरा राजा र हामी जस्तो अरूद्वारा पालिन व्यक्तिको मैत्री नै हुन सक्दैन, यो उदेक लाग्ने, नमिल्ने कुरा गर्न तिमीलाई कसरी आयो, के तिमी बाैलाएका त छैनौ…

द्रोणाचार्यले कुरा सुनेर राजा द्रुपद बड़ो दुःखि बने, मित्र तपाईंले मलाई चिन्नु भएन भन्ने कुरामा मलाई विश्वास भएन, बरू मेरो कतै भूल भएको छ भने म माफ माग्छु एउटा पुरानो मित्र ठानेर मलाई माफ दिनुहोस् अनि यो वन्धनबाट मुक्त गराइ दिनुहोस्। मित्र यत्राे धेरै राजकुमारहरूका अघाड़ि म एउटा देशको राजा बाँधिएर बस्नु पर्दा मेरो मर्यादा कहाँ पुग्यो होला तपाईं स्वयं अन्दाज गर्नुहोस् र कृपया मलाई मुक्त गराइ दिनुहोस्।

महाराज… तपाईंहरूको आज्ञा सबैका निम्ति मान्य हुन्छ, हामी झै क्षुद्र ब्राह्मणको आवाज दरवारसम्म पुगे पनि भित्र पस्न सक्दैन, यहाँ तपाईं महाराज र राजकुमारबीचको कुरा छ मैले हस्तक्षेप गर्न पटक्क मिल्दैन। द्रोणाचार्यका अनेकौ उत्तरहरूले द्रुपदको मानसिक प्रश्न सुल्झिन सकेन। द्रुपद लज्जित भएर बाँधिएको बाधिएकै रहे।

द्रोणाचार्यलाई आफ्ना अतीतले बोल्न कर लगायो उनले द्रुपदलाई सोधे – राजन् तपाईंले मलाई पक्का चिन्नु भयो?

अवश्य चिने द्रोण, तिमी र म धेरै दिन गुरूकूलमा साथमा रहेर अध्ययन गरेका थियौ, फरक यति हो तिमी अर्को छात्रावासमा रहन्थ्यौ हामी राजकीय छात्रावासमा। तिमी पढ़्नमा बढ़ो प्रतिभाशाली थियौ, ब्राह्मण भएर पनि धनुवैध र शस्त्र अस्त्रको ज्ञान र प्रयोगमा कुनै क्षत्रीय तिम्रा अघि उभिन सक्तैनथ्यो।

तिमीलाई अन्तिम दिन, विदाइका दिन छोड्नु पर्दा म रोएको थिएँ, भनेर द्रुपद चूप लागे।

अनि त्यसबेला तपाईंले के प्रतिज्ञा गर्नु भएथ्यो महाराज थहा छ कि … द्रोणले केही व्यङ्गय गरेझैं सोधे।

द्रुपद चुप लागेको देखेर द्रोणले फेरि भने – महाराज तपाईंका दरवारमा कुनै गरीब ब्राह्मण मित्रताको स्मृति बोकेर आउँदा तिरस्कृत भएर फर्किएको पनि थियो कि… सम्भवतः राजालाई यस्ता कुराको ख्याल नरहला, तर एउटा सिपाहीले घच्याट्दै बाहिर गरेको त्यस ब्राह्मणको करूण आवाज त महाराजले भुल्नु भएको छैन कि द्रुपद केही उत्तर दिन सोच्दै थिए द्रोणमा अत्यात प्रवल स्वाभिमानको आगो दन्कन थालेको थियो, उनी केही भिन्न श्वरमा बोल्न थाले – तिमी राजा भएपछि धन, मान र प्रतिष्ठाले अत्यन्त उम्लिएछौ तिमीले मर्यादा नामको वस्तु सधैका निम्ति उल्लंघन गरेछौ। तिमीलाई आज यहाँ राजकुमारहरूका सामु बाँधिएर बस्दा मर्यादाको सम्झना आयो तर तिमीले सिपाहीका हातबाट लखेट्याउँदै पठाएको त्यस गरीबको पनि मर्यादा छ भन्ने कुरा त्यतिबेला सम्झना सकेनौ।
द्रुपद घोप्टो परेर मलीन श्वरमा बोले – ग्रहहरू विभिन्न प्रभावहरू छाड़ेर मानिसको मानसिकतामा प्रभाव पार्छन्।

हो अब तिमी आफ्ना भूलहरूलाई स्वीकार नगरेर ग्रह र नक्षत्रहरू देखाउन थाल्यौ। थहा छ, तिमी हस्तिनापूरका राजकुमारहरूद्वारा बन्दी बनाइएका छौ, एउटा सामान्य सिपाहीबाट होइन। अब यी राजकुमारहरूका अघि तिम्रो हैसियत के रह्यो त्यो तिमी योग्य राजा भएकाले राम्ररी जान्दछौ। एउटा हारेको राजाले जितेका राजा वा राजकुमारसित कस्तो सम्बन्ध राख्छ त्यसबारेमा हामी भन्दा राजाहरूले नै जानेको हुन्छ।

द्रुपद तिमी हारेका छौ, तिम्रो राज्य अब हस्तिनापूरको साम्राज्यमा सामेल भएको छ, तिम्रो श्रीपेच, तिम्रा समग्र राजकीय अधिकारहरू हस्तिनापूरका भए। हो म यस पाठशालाको गुरू भएको नाताले मेरा विद्यार्थीहरूले गुरूदक्षिणाका रूपमा तिमीलाई मेरा सामु ल्याएका छन्। तिमी मेरो भयाै अनि तिम्रो अधिकारमा रहेको राज्य पनि मेरो भयो, यो कुरा तिमीले राम्ररी बुझेका छाै। म पाञ्चाल देशको राज् भएको छु त्यसैले सम्भवतः तिमीसँग बराबर भएर कुरा गर्न सक्ने पनि भएको छु। तिमीले समान व्यक्तिमा मात्र मैत्री हुन्छ भनेका थियौ अब तिमी हारेको राजा भए पनि म राज्य पाएर राजा भएको व्यक्तिमा सायद समानतानै भयो यही कुरा मान। तिमी राम्ररी हार स्वीकार अनि त्यसपछि यी राजकुमारहरूको कृपा भए मुक्त भएर जान सक्नेछौ।

द्रोणको कुरा सुनेर द्रुपद खुबै दुःखि भए, उनलाई प्रश्चात्ताप भयो भएन थहा नभएपनि सम्पन्नता र विपन्तताका बीचको सम्बध, अभिमान र स्वाभिमानको अर्थ स्पष्ट भयो। उनले द्रोणका अघि हात जोड़ेर भने – मैले शक्तिको उपहास गरें, यो अहिले स्पष्ट भयो, सत्तामा रहेको शक्ति र ज्ञानमा रहेको शक्तिको द्वन्द्वमा सत्ताशक्तिको हार हुदो रहेछ त्यो बुझे, अब मलाई मुक्त गराइदिने अनुरोध गर्छु।
तिमीले गरेको राज्य मेरो भयो तर म त्यति कृपणी पनि हुन चाहन्न जसले गर्दा एउटा मित्रलाई विध्न परोस् तिमीले मलाई मित्र भन्यौ त्यसैले म यी राजकुमारहरूलाई एउटा द्रुपदले ती समग्र शर्तहरू स्वीकार गर्ने वचन दिएपछि द्रोणले भने – पाञ्चाल राज्यको शर्तमा तिमीलाई मुक्त गरिदिने शिफारिस गर्छु, त्यो तिमीले मान्नुपर्छ।

आधाभाग मित्रताको नाताले म तिमीलाई दिन्छु। तिमीले त्यस आधा राज्यका प्रजालाई अत्यन्त स्नेहपूर्वक पालन गर्नेछौ। तिमी राजा भएर दीन दुःखिहरूप्रति सुदृष्टि राखेनाै भने फेरि तिम्रो गति यही हुनेछ।

द्रुपद चुप लागेर निहुरिइरहे। द्रोणले अर्जुनतिर फर्किएर भने – अर्जुन, महाराज द्रुपदलाई बन्धन मुक्त गरेर तुरून्त हस्तिनापूर बाहिर छोड़ेर आऊ।

जो आज्ञा गुरूदेव भनेर अर्जुनले द्रुपदलाई बन्धन मुक्त गरे। तिम्रो यो गुण म सधैं सम्झने छु मित्र। भनेर द्रुपद रथमा चढ़े, अर्जुनले रथ हाँके।
त्यसपछि के भयो थहा भएन तर सुनेको थिएँ महाभारतको युद्धमा यी दुवै मित्र दुइ पक्ष लिएर लड़्दै थिए। को पहिला शहिद भयो त्यो कुरा पढ़ेर मात्र जान्न सकौला।

(स्रोत : मझेरी)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, पौराणिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.