कविता : मुर्खहरुको देश

~निश्चल काउचा~Nischal Kaucha

चरम बलत्कारको शिकार भई
अर्धचेतन अवस्था लडिरहेको सडक
टायरको कालो मुस्लो धुँवातिर हेर्दै
बर्बराएको सुनिन्छ ।
ए मुर्खहरू !
आफ्नै सन्ततीको भबिष्य किन अन्धाकार बनाउदैछौ ?

बलत्कारीहरू सगरमाथा शिर चुमे सरि
अट्टाहास हाँसो हाँस्दैछन ।
सगरमाथाले शिर झुकाउदै भनेको सुनिन्छ ।
तिमीहरू तेन्जिङ हौ न पासाङ ल्यामु नै हौ
ए बलत्कारीहरू हो
तिमीहरूलाई अट्टाहास हासो हास्ने कुनै अधिकार छैन ।

मेरो नसरी पदने छोरा भन्दैछ
बाबा , म आज पाठशाला नजाने
उस्को
सानो पुन्टे झोला र टिफिन सोध्दैछ ?
यी अबोध बालकको पदने अधिकारको किन क्रुर हत्या गर्दैछौ ?
म लाचार छू
म नाजवाफ छू
फेरी मेरो छोरोले भन्यो
बाबा – बाबा
म धेरै पदेर मेरो देशको मार्ग चित्र कोर्न चाहन्छु ।

हिजो मात्र म पशुपती जादा
आर्यघाटमा बिदेशबाट ल्याईएका
आधा दर्जन लासका कफनहरू भन्दै थिए ।
जुगाँमा ताउ लगाउदै बालुवाटार पस्नेहरू
अझै मेरो देशलाई कहिले सम्म
लेबर फ्याक्ट्री बनाउछौ र हाम्रै हालत अझै कति जनालाई बनाउछौ ?

आजकल मलाई
प्रत्येक प्रभातसंगै आउने अखवारका
हरेक पानाहरू डुङडुङ्ती गन्याउछ ।
सधैं उही खबर
आज पनि बार्ता निष्कर्षबिहिन
दाईजोको निहुमा पत्नीको हत्या
बोक्सीको आरोपमा जिउदै जलाईयो
पाँच बर्षे बालिका बलात्‍कृत

कुना कन्दराको आवाज भन्दैछ
समय परिवर्तनशिल छ
चेतनशिल समय भन्दैछ
अब यो देश मुर्खहरूको हुन सक्दैन
जस्को छातीमा राष्ट्रिय स्वाभिमान छैन
उस्को यो देश कदापी हुन सक्दैन ।

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.