कविता : बसुधैब कुटुम्बकम्

~सोम खनाल~som-khanal

लुङ्गा, रोआ, दोस्त, पासा:, संगी, सखी मीत
एक्लै हैन, मिली गाउं ऐउटै राष्ट्र गीत
हैसे गरौं, होस्टे गरौ, मिलाऊ सबले हात
बिद्वेषलाई मिल्काई दिऊं आजै मन बाट ।

एउटै बाटो, एउटै घाट, एउटै घारा पानी
उस्तै दु:ख, उस्तै सुख एउटै जन्मभूमी
लौ न साथी रोपौ एउटै बगैचामा फूल
फुटाउन ह्रिदयमा चेतना का मूल ।

उन्नतीको शीखरमा पुग्ने हाम्रो लछ्य
सबै मिले सजीलो छ एक्लै कस्ले सक्छ ?
खुट्टा तान्न छाडौं बरू, भरथेग गरौं
हातेमालो गर्दै धेरै जङ्घारहरू तरौं ।

मेरो हैन, तिम्रो हैन, सम्पति हो हाम्रो
पराईले चोर्न सक्छ रछ्या गरौं राम्रो
अशान्ति र झगडाले भलो हुन्न मित्र
भाइ फुटे गंवार लुटे सम्झौं मन भित्र ।

आफू ठूलो अर्को सानो भन्ने दिन गए
पर्खालहरू ढाल्नु पर्छ हाम्रा बीच भए
खाडलहरू पुर्न पर्छ धर्ती सम्याउन
आखाहरू खोल्न पर्छ सत्य ठम्याउन ।

स्वाभिमानी भइ आफ्नै इज्जत बढाउनु छ
बैरीलाई एकताको पाठ पढाउनु छ
नभुलौं न हामी को हौं के हो हाम्रो नाम
नेपाललाई बचाईराख्ने एउटै राम्रो काम ।

माछा मार्ने धेरै हुन्छन धमीलीदा पानी
अरूलाई हिलो छ्याप्दा आफैलाई हानी
घ्रीणा हैन प्रेम बाडौ, द्वन्द हैन शान्ती
अधेरोमा द्रीष्टी बनौ पूर्णीमाको कान्ती ।

हामी मीले देशै भरी मुस्कान छरिने छ
रित्तिएको मन भित्र दया भरिने छ
मित्रताको सिक्रीलाई लम्ब्याईदिऊं सारा
बसुधैब कुटुम्बकम् लगाउदै नारा ।

बसुधैब कुटुम्बकम् लगाउदै नारा ।।

पहिलो हरफमा भएका सबै शब्दहरूको क्रमश: लिम्बु, जीरेल, हिन्दी, नेवा:, मैथीली\भोजपूरी\नेपाली भाषामा “साथी” अर्थ हुन्छ ।
May 24, 2012

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.