Tag Archives: Umesh Luitel

कविता : रुपान्तरण

~उमेश लुइटेल~ नयाँ स्वर्ग फक्राउने फाइलहरु निलेर आकाशिएका छन् पेटहरु । निर्लज्जताको खराउ पूजेर ख्याउटे जिउहरु पुष्ट भैरहे र रमाउँदै अर्काको आँसुमा होली खेलीरहे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ साल

~उमेश लुइटेल~ भावशून्य शब्द कोरेर अभावका विज्ञप्ति सुनाउँदै खिरिला जिउका स्केच मेटाउने मान्छेहरू स्वार्थको यज्ञकुण्डमा विचारका चरू होमेर नयाँ सालको शुभकामना प्रवाह गरिरहेछन् । यसबेलै दिग्भ्रमित छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बाआमाप्रति

~उमेश लुइटेल~ जसका सान्निध्यले पूर्ण र सुरक्षित तुल्याउँछ ममतामयी आलिङ्गनले पीडादायी घाउ दुख्न बिर्सिन्छ रूवाइ एकाएक हर्षमा अनूदित हुन्छ सूर्य चट्टान फोरेर झुल्किन्छ उष्णता आर्दता बनेर छरिन्छ । जसले खुरूखुरू कष्टका मुस्ला सहिरहन्छन् यद्यपि ओठमा रश्मिका नवजात मुस्कान देखाउँछन् र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~उमेश लुइटेल~ ओ ! शहर निरन्तर दुखाउँदै आफूलाई स्खलित भावनाहरुको परेड सहँदै कतिलाई अँटाउँछस आफ्नो छातिमा ? थाह छैन किन मेरा गाउँका मान्छेहरु सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : छालसँग

~उमेश लुइटेल~ संसार फाँडूला झैं गरेर छालहरू उर्लिरहेछन् उन्मत्तिएर चिथोर्दै किनारलाई कमजोर र विरूप बनाइरहेछन् । उता किनारमै उभिएर कविहरू छाललाई बिम्ब र प्रतीकमा उनिरहेछन् । प्रेमिल संसारको कल्पनामा मग्न जोडीहरू छालको हिर्काइले दुई वदन एक हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~उमेश लुइटेल~ शिक्षाको ब्याडमा शब्दका बीज छरेर कुशाग्र कर्णाधार जन्माउन तल्लीन ए ! मेरा समादरणीय सर आदर्शको छाती ध्वारध्वारी च्यात्ने यो कस्तो शिक्षा दिनु भो तपाइँले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कट्टेल सर तपाइँ गल्ती पढाउनुहुन्छ

~उमेश लुइटेल~ कालो बादलले आकाश ढाकिरहँदा पनि चम्किरहने तपाईँको सूर्य खै ! आजसम्म उदाएन । जिन्दगी, औँसी / पूर्णिमा उकाली / ओराली हो । यसरी नै तपाईँ स्नातक महरुलाई परिभाषा दिनुहुन्थ्यो जिन्दगीको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी – २

~उमेश लुइटेल~ झरी नपर्थ्यो त म एक्लो हुन्थेँ । झरीले रूझाउँछ मलाई चुकचुकाउँछौ तिमेरू र सम्झाउँछौ आफ्ना नानीहरूलाई त्यो दुखीयारी मनुवा भिजे जस्तै भिज्नु हुँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्योदयदखि सूर्योदयसम्म

~उमेश लुइटेल~ मिर्मिरे चिप्लिएकै थिएन अँध्यारो च्यातिएकै थिएन यसबेलै शीतलताविहीन हावा चल्यो मुटुको दलानमा । आँखा अगाडि मान्छेका जुलुस कङ्क्रिट वर्तमानको रेखाङ्कन कोर्दै बढिरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घर

~उमेश लुइटेल~ जीर्ण मेरो घरको सापेक्षमा किन पर्याय झैँ मान्छेहरु मलाई नै ठिङ्ग समकोण ठड्याइरहन्छन् । म सोचिरहन्छु आफूमा रावण मस्तिष्क प्रत्यारोपण गर्ने मान्छेहरु भत्किएका भित्ताभन्दा कमजोर छन् उध्रिएरै भए पनि झरी रोक्न प्रयासरत

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी – १

~उमेश लुइटेल~ छाना चुहाओस् चुटाइले भित्ता गलाओस् बाछिटाले चाहे रुझाओस् पानीले या त कँपाओस् आर्द्रताले मेनियाग्रस्त लाग्छ यो झरी ।

Posted in कविता | Tagged | Leave a comment

उमेश लुईंटेलका ३० मुक्तकहरु

~उमेश लुईंटेल~ नहुँदा तिमी बतास आएन जूनेली फिका प्रकाश आएन बनेर बादल हराएँ तिमीमा, नयनको तिम्रो आकाश आएन | नारा यो सडकमा जारी भएछ भोक र पहाड हाराहारी भएछ भँगालोसरी फाटेर मनोभाव, मुटुबाट देश पारी भएछ | म आदर्श जिएर … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : म गरिब हैन

~उमेश लुइटेल~ जीर्ण ति वदनबाट स्नेहका रहस्यमय आभा चम्काउँदै हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई तृणजडित हाम्रो प्यारो घरमा

Posted in कविता | Tagged | Leave a comment