Tag Archives: Tej Bikram Karki

कविता : रहर

~तेजविक्रम कार्की~ बिर्सिएर हिडेछु भने एक दिन आफैंलाई जोडेर दियोहरु – घाम लेख्दै हिडुँ बगेर पानी-पानी समुन्द्र लेख्दै हिडुँ उज्यालोको साना साना झिल्काहरु चोरेर जुनकीरी-जुनकीरीहरुले जुन लेख्दै हिडुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा रहर-उज्यालो बाँच्नुको

~तेजविक्रम कार्की~ निस्तब्ध ! अध्यारै अध्यारो यो साँघुरो गल्लि हुँदै रात ओढेर मसँगसँगै हराएको छ मेरो देश ! मैले ब्युझने एउटा सुन्दर बिहानी क्षितिजबाट निस्कनै बिर्सिएको छ र सधैंजसो मलाई भेट्न आउने घाम रात ओढेरै म जस्तै कतै बिलाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बस्तिहरुमा..

~तेजविक्रम कार्की~ चोरेर एक टुक्रा घामको उज्यालो तिमी छिरे पछि बाँच्नेछन् कयौले जिवन व्युझिएर एउटा विहानी बस्तिहरुमा हिड्दा हिड्दै खिईएका बाटोहरु कुरीरहेछन् पदचापहरु अझै पाली मुनी पानी पर्दाको बास

Posted in कविता | Tagged | Leave a comment

कविता : म अझै मरेको छैन

~तेजविक्रम कार्की~ हरेक दिन मेरो छाँया यो घर भित्र पस्छ र बाहिरिन्छ सधै जसो मेरो फोटो हेर्छिन् आमा सुकसुकाउदै रून्छिन् एकछिन् टोलाउँछिन् अनि कसैले नदेख्ने गरी सारीको सप्कोले आँशु पुस्छिन् बा मैले रोपेको क्याकटसमा सधैजसो पानी हाल्छन् थाहा छ जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड

~तेजविक्रम कार्की~ म भन्दा पहिले उसैले छुन्छ अग्लिएर जुन र घाम फेरि पनि किन अझै उदास छ पहाड? नापेर जिवनको गहिराई उसैको आङ्मा परेको खोल्सि भित्र चन्द्रमा कैद गरेर पानीमा बनेकै हो ऊ एक जिवन्त प्रेमी फेरी पनि किन ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यि आँखाको लयमा…

~तेजविक्रम कार्की~ यी आँखाको लयमा युद्ध खोज या शान्ति यति बेला म भने लय हरायर बत्तिको शिखा मुनी आफैलाइ खोजिरहेछु भित्ता भरि नाराहरुमा बाँचेको जिन्दगी घाम पानीले खुइलिएर सहरका चम्किला घरहरुको ऐनामा चम्किरहेछु कसैसँग उधारो लिएर समय सडकमा बालिएका टायरहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘तिमी हराय पछी’

~तेजविक्रम कार्की~ सम्झनाका धेरै धेरै पलहरू जोडिएर एउटा नदी बगीदिन्छ हृदयमा एकै छिन छाडेर जिन्दगीको सबै हिसाबहरू म बेगले उर्लिदिन्छु बेहिसाब तिम्रो मनको डोबै डोब भन म के जवाफ दिउँ ? घुम्ती मोडहरुमा भेटीनेहरूलाई सोध्लान ? यो आधा जिवन लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘साँच्चै ऊ मेरो असल साथी थियो !’

~तेजविक्रम कार्की~ सधै जसो म हिड्ने बाटो आज मै सम्म हिडेर आइपुगेको छ र सोध्दै छ – कहाँ लैजान्छौ भनेर गोरेटै गोरेटो जिवनको पतझड जङ्गल हुँदै घिस्रिदै लछारिदै सपनाहरु हरायर आफ्नै सहरमा मै सम्म आइपुगेर सोध्दैछ मैले झुन्ड्याएर हिडे पछी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ऐना अगाडि कविता लेख्न बस्दा

~तेजविक्रम कार्की~ म ऐना अगाडि कविता लेख्न बस्दा भागेको एउटा नाम मात्रको कवि हुँ मैले रोजेर बिहे नगरेको भए एउटा बेश्याले देखेको सपनाको हत्या हुने थिएन होला भर्रखरै अल्झिएर लड्नेलाई के थाहा ? यो साँघुरो गल्लिमा अलिकति उसलाई पनि ठाउँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ फर्केको छ ….

~तेजविक्रम कार्की~ सपनाहरुको घोषणा पत्र लिएर तिमीले मझेरी टेके पछि आज मेरो आँगनीमा गणतन्त्र आएको छ र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ ! तिमीलाई थाहा छ कि छैन ? तिमीले कुल्चि आएको यो धुले सडकमा बर्षौ देखिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले लेखेको कवितामा

~तेजविक्रम कार्की~ त्यो बतासको एउटा गीत चोरेर मैले लेखेको एउटा कविता अक्षरहरुको विच कालो भएर उभिएको छ मन्दिरबाट कुनै चोरले भेटी चोरेपछि गरिबको चुल्हो बलेर अघाएको पेट जस्तै मेरो कविता मन्दिरमै चढाएर बगेको दुधको सेतो रङ्ग चोरेर त्यतै कतै छेउको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देश एउटा चिहान घर हो

~तेजविक्रम कार्की~ यो देश एउटा चिहान घर हो र हामी मरेका लाशहरु यहाँ जुनको उज्यालो मध्य रातमा खस्छ सडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमा र सहरका घरहरुको भित्तामा चम्कन्छ तिनका मलिन अनुहार लिएर यहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौ

Posted in कविता | Tagged | Leave a comment