Tag Archives: तारा पराजुली – Tara Parajuli

कविता : बेहुली घाम

~तारा पराजुली~ अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिने छ सदस्यतापत्रको काटिने छ फाइलको एउटा अङ्क र झिकिने छ सधैंका लागि त्यहाँबाट मेरो नाम। बेफुर्सद छ समय समय यसबेला

Posted in कविता | Tagged | Leave a comment

कविता : म कमलरी

~तारा पराजुली~ आमाले- जानेबेला भन्नुभएको थियो– ‘नानी भगवान् खुसी पार्नुपर्छ भगवान् दाहिने भएमात्र उमेर दिन्छन् आयु दिन्छन्, भाग्य दिन्छन् र, दिन्छन् भरिला साँझ–बिहान ।’ चनौटोमा चन्दन घोटिएसरि लामो समय घोटिनुभयो आमा सधैं अरूका निधारमा सुहाएर टीका बनिरहनुभयो

Posted in कविता | Tagged | 1 Comment

कविता : एकान्तमा

~तारा पराजुली~ कोही आउने कोही जाने मुलबाटो जस्तै रहेछ एकान्त। मलाई थाहा भए देखि नै उमेरका प्रत्येक पृष्ठहरु एउटैै जिन्दगीका हजार संस्करण बनेर एकेक आउंछन् एकान्तमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुपर मुन

~तारा पराजुली~ ए जून ! तिमी मेरो नजिक नजिक नआउ। ती अनेकन नक्षत्रहरुको चुलबुल कहिले साँझको रातो सिम्रिक पहिरिएर कहिले रातको गहिरो बर्को ओडेर ताराअरुलाई झुक्याएर कहिले आधा कद कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अंध्यारोको उदय

~तारा पराजुली~ सोचेको थिएं तिम्रो आगमनमा बेदाग उज्यालो आउनेछ मखमली बाटोहरुमा। समय उल्टो बगेको छ। परिणाम फरक देखिएको छ। सोचेको थिएं तिमी सभ्यताको सुल्टो नदी बहन्छौ यी आशाका खेतहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : धुनहरुको देश

~तारा पराजुली~ एक दिन तिमी आयौ। पार्श्वमा बज्न थाल्यो अनौठो संवाद । जसरी आदिम भक्तले छानी छानी टिप्छ फूल जोगाइ जोगाइ चुटाउँछ पात त्यसैगरी टिप्यौ शव्दहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : गिट्टी कुट्ने दिदी

~तारा पराजुली~ यतिबेला बेखबर जूनलाई सम्झियौ होला उहीँ पुरानो कुन्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरु भूईँभरी खोज्यौ होला। अँध्यारोका जुनकीरी बोलाएर बिच बाटोका  पदयात्री   रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका वर बगैंचा लटरम्म सुन्तला आँखाभरी झुण्डिरहँदा

Posted in कविता | Tagged | Leave a comment

गजल : उदास भएकी छु

~तारा पराजुली~ केही खुशी केही उदास भएकी छु अचेल तिम्रै प्रेमकी दास भएकी छु। तिमीले उपहारमा शिशिर पठायौ र त म आफैं मधुमास भएकी छु।

Posted in गजल | Tagged | Leave a comment

गजल : हिंडिरहेछन् हिउँमा

~तारा पराजुली~ खाली खुट्टा हिंडिरहेछन् हिउँमा न त एक आङ लुगा छ जिउमा। के उब्जाउलान् यी किसानहरुरु घुन पुत्ली सरी छन् बिउमा।

Posted in गजल | Tagged | Leave a comment

कविता : धरहरा र मेरो प्रेम

~तारा पराजुली~ पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिम्रो उपस्थितिमा। त्यो घुमाउरो उकालो तिम्रा आला पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म साथमा एउटा नौलो अनुभूति

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा परदेशीलाई सम्झेर

~तारा पराजुली~ प्रभातले सप्को खोल्न नभ्याउंदै दुइचार धर्का मिरमिरे भुइंमा खस्न नपाउदै गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन लाखिएर पल्लो भूखण्ड  पुग्छन् अपांग शरणार्थी सपनाहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अञ्जुलीभरिका फूलहरु

~तारा पराजुली~ ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा झझल्कोले पोत्दै परैबाट सोध्ला ठेगाना

Posted in कविता | Tagged | Leave a comment

गजल : छुट्ने बेला

~तारा पराजुली~ केही बोलेनौ भावुक बनी छुट्ने बेला उस्तै उदास थिएँ म पनि छुट्ने बेला। भिजेका आँखा अबरुद्ध गला लिएर गयौ गएँसम्म नभनी छुट्ने बेला।

Posted in गजल | Tagged | Leave a comment

कविता : हिउँदको गीत

~तारा पराजुली~ हावाका भित्ताहरुमा चिसो बिज्ञापन टाँसेर भर्खरै गएको छ एउटा बालक। यसबेला ओसिएको छ जीवनको किताब डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओढेर बसेका असारका खेताला जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्विकृत उपहार

~तारा पराजुली~ बल्ल खाटा बसेथ्यो तिमीले दिएको घाउको पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई निस्कियौ एउटा डिपार्टमेन्ट पसल र साट्यौ केही रुपैयाँ तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग। पेशेवर सिकारीको आदिम निशाना झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता :  गाउँको कथा

~तारा पराजुली~ अरु त ठिकै छ जसरी पनि धड्किरहेकै छ दुस्खले चट्याङ हानेको छातीको वारि। पोहोर साल ठूलो भुकम्प आयो तपाईं खुब डराउनु भो म अलि कम डराएँ कारण तपाईं अलि धेर हल्लिनु भो म अलि कम हल्लिएँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आधा भोगाइः आधा बगाइ

~तारा पराजुली~ तिमी बगेपछि म अनायास जम्न थालेको छु। यो निस्पट्ट तलाउ निर्वेग प्रवाह सिसाजस्तै चर्किएको मन अनि अपमानको हिउँले छोपिएर म अनायास जम्न थालेको छु तिमी बगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : नलेखिएको एउटा कविता

~तारा पराजुली~ बाँधेर कठोर साङलोले लिन आइपुग्छ अतित प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी । उस्तै छैन आज म भिजेको छ जीवनमा किताव ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment