Tag Archives: सुमित्रा न्यौपाने – Sumitra Neupane

कथा : बन्द आवरण

~सुमित्रा न्यौपाने~ ‘तिमीहरूले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरूको ख्याल गर्नु, तिमीहरूले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको विभाजन गरेर कामको बाँडफाँड गरेका थिए मेनेजरले । कुनै पनि कुरामा कमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँखा र आँखाहरू

~सुमित्रा न्यौपाने~ सुन्दर बगैंचाको वरिपरि विभिन्न किसिमका चराहरू चिरविर चिरविर गर्दै रमाइरहेका थिए । बगैंचाको छेउमा आफ्नो फरक लाली रुप रंग बोकेको गुलाव बोल्न खोजिरहेजस्तो गरी हल्लिरहेको थियो । मखमली, हजारी, सूर्यमुखी लगायतका सबै फूलहरूले आफ्नो शक्तिले भ्याएसम्मको यौवन छछल्काइरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना र पँलासहरू

~सुमित्रा न्यौपाने~ अनुहार प्रसन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका  सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै  छनक दिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~सुमित्रा न्यौपाने~ साउनेझरी झमझम परिरहेको थियो । पानी कहिल्यै बन्द हुने छैन झैं लागिरहेको थियो । मन्द उज्यालोमा छाता ओडेर गन्तव्यतर्फ अगाडि बढेका बटुवाहरूको आधा शरीर भिजेको देखिन्थ्यो । झिसमिसे साँझमा चारैतर्फ भ्यागुताहरू कराइरहेका सुनिन्थे । झ्यालमा बसेर म टोलाइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment