Tag Archives: Subash Chandra Dhungel

गजल : आँखा पर्नु हुन्न

~सुवासचन्द्र ढुङ्गेल~ धेरै माथि उडेपछि सिनोमा आँखा पर्नु हुन्न फाइदाको कुरो देख्यो कि तलतल झर्नु हुन्न । सम्पत्ति सबैलाई चाहिन्छ जिन्दगी बाँच्नलाई तर पैसाका लागि बजारमा नाम छर्नु हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो नाउँ लेखिएछ

~सुवासचन्द्र ढुङ्गेल~ तिम्रो नाउँ लेखिएछ आफ्नो नाउँ लेखौं भन्दा ऐनामा त तिमी देखें आफ्नो रुप हेरौं भन्दा चोटहरू मीठो लाग्ने दिन पनि आउँदो रैछ सक्तिन म तिम्रो नाउँ नलिई सास फेरौं भन्दा

Posted in गजल | Tagged | Leave a comment

गीत : जति चोट दिन्छौ देऊ मायालु

~सुवासचन्द्र ढुङ्गेल~ जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आज फेरि भाँचिएछ

~सुवासचन्द्र ढुङ्गेल~ भाँचिएको मन आज फेरि भाँचिएछ आफ्नो मृत्युमा खुसी भै आफैं नाचिएछ ढुङ्गा जस्तो मुटु बोक्ने मान्छेहरूमाझ धेरै वर्ष काँचजस्तो जीवन बाँचिएछ

Posted in गजल | Tagged | Leave a comment

गीत : चोट के हो व्यथा के हो

~सुवासचन्द्र ढुङ्गेल~ चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध मिलन के हो खुसी के हो मसँग कहिले सोध्धै नसोध मलाई लाग्छ यो जीवन मेरो चोटै चोटले भरिएको छ सागरभन्दा गहिरो व्यथा

Posted in नेपाली गीत | Tagged | Leave a comment