Tag Archives: स्पन्दन बिनोद – Spandan Binod

गजल : घर छैन टाढा म देखि

~स्पन्दन बिनोद~ घरदेखि टाढा छु म घर छैन टाढा म देखि सहर देखि टाढा छु म सहर छैन टाढा म देखि माग्छन् सबै के के मन्दिर,मल्जिद,गुम्बा चहारेर ईश्वर देखि टाढा छु म ईश्वर छैन् टाढा म देखि

Posted in गजल | Tagged | Leave a comment

गजल : टाढिँदाको घाउ चर्चरायो

~स्पन्दन बिनोद~ बर्षौ देखि टाढिँदाको घाउ चर्चरायो बढिरहेथेँ पाईला अचानक लर्बरायो जिन्दगी यति रङ्गीन भएछ कि साथी आफ्नै रङ्ग देखेर आफ्नै ऐना थर्थरायो

Posted in गजल | Tagged | Leave a comment

गजल : झर्न दिन्नौ भने

~स्पन्दन बिनोद~ आँखाभित्र राखेपछि झर्न दिन्नौ भने मुटु झिकी दिन्छु मलाई मर्न दिन्नौ भने सधैँ लालीगुँरासभै फुल्छु त्यो ओठमा त्यो जवानी पराईको पर्न दिन्नौ भने

Posted in गजल | Tagged | Leave a comment

स्पन्दन बिनोदका पाँच मुक्तकहरु

~स्पन्दन बिनोद~ (१) पूरै देश खान सल्केको वनमारा लहरो हो त्यो रोईरहेको निर्मलाको बाऊ बिचरो हो गरिब, निमूखा जेलमा बलात्कारी छन् स्वतन्त्र कान थुनेर बसेको अन्धो सरकार नकचरो हो (२) देश सोच्छु मनभरी अनेक सवाल भेटिन्छन् मनपरीतन्त्रले गरीबको आँशु फाला-फाल … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

तीज गजल : कसरी तीज मनाउनु

~स्पन्दन बिनोद~ छोईसक्नु छैन महंगीले, जुनै बजार धाउनू प्रदेशमै माईती मेरा, कसरी तीज मनाउनु पतीदेवलाई ब्रत बसि, खुसि पार्छु महादेव पतिदेव मलाई सम्झि, कहिले हो आउनु

Posted in गजल | Tagged | Leave a comment

गजल :समाचार फेरिन्छन्

~स्पन्दन बिनोद~ हरेक साझ हरेक बिहान, समाचार फेरिन्छन् जसरी तिम्रो मोहनीले सब,गजलकार फेरिन्छन् कति सफा गर्छ्यौ ऐना, सौन्दर्य लुकाएर ऐना उहि रहन्छ प्रिय, अनुहार फेरिन्छन्

Posted in गजल | Tagged | Leave a comment