Tag Archives: सीता अर्याल – Sita Aryal

गीत : आउँछ्यौ पक्कै पानी भर्न

~सीता अर्याल~ मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न पछ्याउँनेछु मैले पनि पाउन्नौ है आँखा तर्न न्यास्रो लाग्छ क्यारुँ मैले सम्झि मात्र जहिले पनि डर लाग्छ धोका खाएँ थाहै होला पहिले पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चौतारीमा भेट भयो

~सीता अर्याल~ अनायासै तिमीसँग चौतारीमा भेट भयो आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो भाग्य हो की संयोग हो ठम्याउनै गाह्रो भयो त्यहि भेटले हामीलाई छुटाउनै साह्रो भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : द्यौरालीमा नपर्ख है मायाँ

~सीता अर्याल~ आउन पाईन द्यौरालीमा नपर्ख है मायाँ भर नभाको पर्देशीको नखोज है छायाँ टूङ्गो केही हुन्न रैछ बिदेशको ठाउँमा रमाएर बस तिमी आफ्नै प्यारो गाउँमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मुटुभरि मायाँ

~सीता अर्याल~ शिरैभरि आशिर्बाद मुटुभरि मायाँ भुगोलले छेक्ने छैन आमा तिम्रो छायाँ सपनामा देखेँ आमा गलो सुक्योकी पोल्याछ कि मुटु आमा टाउको दुख्योकी दुखी हुँदा मुसार्दथ्यौ त्यही शितलु हातले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सर्वाेत्तम उपहार

~सीता अर्याल~ पाँच दशकपारिका हिउँदहरूमा मेरा मनभित्रको जँघारहरूमा पलाएको एउटा चाहनालाई आफ्ना कलकलाउँदा प्रतिरूपहरूसँग अनुरोधपत्र थमाउन मन लागेको छ । जब तिमीहरू मेरा अन्तरमा प्रबेश गर्यौ हर्ष बिभोरले म छताछुल्ल भएँ

Posted in कविता | Tagged | Leave a comment

गीत : झझल्को तिम्रो आउँछ

~सीता अर्याल~ तन्द्रामा प्रिया झझल्को तिम्रो आउँछ रातैमा सपना पनि देख्दछु तिम्रै पाउँछु साथैमा उडेर दुबै बादलु माथि पुग्दथ्यौँ सरर हावाले तिम्रा ती काला केश पार्दथ्यो फरर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोल्ने आँट नभएनी

~सीता अर्याल~ देख्न मन लाग्दो रैछ बोल्ने आँट नभएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी पूर्ब घाम झुल्की आउँदा उर्ली आए आशाहरू पारी जुन अस्ताउँदा वर्षि रहे आँखाहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : स्वर्गसरी हुन्थ्यो

~सीता अर्याल~ स्वर्गसरी हुन्थ्यो जीवन तिम्रो सुन्दर साथ पाए शान्त शीतल नदी जस्तै सललल बग्न पाए। अन्जुलीका फूलका थुड्०गा चुल्ठो भरी सिउरी दिन्थेँ स्नेह गड्०गा तिम्रो दिब्य अधर भरि खन्याईदिन्थेँ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी आयौ जस्तो लाग्छ

~सीता अर्याल~ पर बाट जो आएनी तिमी आयौ जस्तो लाग्छ उतै फर्कि उभिएर हेरी रहुँ जस्तो लाग्छ समयले नेटो काट्यो कुरी बस्दा तिमीलाई काँसै सरी शिर फुल्यो पर्खी बस्दा तिमीलाई क्षितिज् पारी तिमी छौ की कुदी जाउँ जस्तो लाग्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘उपहार आँशुको’ डायस्पोरिक समीक्षा

~मित्र पौडेल~ पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि कथाका विविध प्रयोग हुँदै आएका छन् । सिन्धु उपत्यकाको सभ्यतामा विकास भएको प्राचीनतम ग्रन्थ ऋग्वेद सूक्त यजुर्वेद, सामवेद र अथर्ववेदका मन्त्र हुँदै, कठोपनिषद बृहदारव्यकोपनिषद, विभिन्न आख्यक, सतपथ, ब्राह्मण जस्ता आर्य द्रविड सभ्यताका विकासमा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : हत्या

~सीता अर्याल~ बाबुआमाको न्यानो काख र मीठो दूध-भातलाई चटक्क बिर्सेर म पलायन भएको हुँ। पढ्ने, जागिर खाने, आफ्नो भविष्य उज्यालो पार्ने सिलसिलालाई च्यापेर मैले मेरा बुबाआमाको छातीमा लात हानेको छु। त्यसको बदला आज आफ्नै छातीमा कसैको लात बज्रिरहेछ। मेरो पूजनीय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असहज निकटता

~सीता अर्याल~ लण्डन सहरको पिकाडेली सकर्सतर्फ विषेश जरुरी काम भएकाले म सधैँभन्दा केही मिनेट छिटै घरबाट निस्केँ। मलाई ननिस्कियुन्जेल निकै तनाव महसुस भैरहेको थियो कारण निकले फोन गर्छ कि भनेर। उसले फोन गर्यो भने घन्टौंसम्म पनि राख्नै मान्दैन। निकको आदतले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : स्मृति

~सीता अर्याल~ जुनेली रात, बन्द झ्यालको कन्चन शिसाबाट बाहिर नियाली रहेकी हुन्छु । निद्रा पटक्कै छैन । बाह्र बज्ने तरखरमा छ । विस्कन्सन डेल्सको एउटा रिशोर्ट– चुलाभिष्टा । नयाँ ठाउँ नयाँ अनुभव, मनभित्र सोचाईका भङ्गालाहरु पनि अनगिन्ती उर्लिरहेछन् । आआफ्ना … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ग्याल्गर बस स्टप

~सीता अर्याल~ बसन्त ऋतु, सिरसिरे मन्द पवनको सुगन्धित झोक्काले मलाई यथार्थको धरातलमा ल्याइदिन्छ । हो, म त बस पो कुरिरहेको छु । म कुनै अर्कै संसारमा हराएको बेला बस हुँइकिइसकेको भए मेरो हालत के हुन्थ्यो होला ? एकाध सेकेन्डमा नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाते दिदी

~सीता अर्याल~ पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो । धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए । पाते च्याँख्ला भिजाउन थाली । धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक–एक गरी माछा झिक्दै पखालेर पोल्न थाल्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश जाने रहर…

~सीता अर्याल~ इच्छा–आकाङ्क्षालाई पोलेर भस्म बनाउन कठिन छ । कोही समवयीहरू कालो चस्मा लगाएर कारमा सयर गर्छन् । कोही ठूला–ठूला ङ्खयाक्ट्री मालिक छन् । घुम्ने कुर्सीमा बसी देश हा“क्ने पनि त छन् नि कोही । धेरै थरी छन् मेरा सहपाठीहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःखी आत्माराम

~सीता अर्याल~ “बाबु, आज त जनसागर नै उर्लिन्छ रे, दमन पनि अचाक्ली हुन्छ रे, तिमी आन्दोलनमा नजाऊ” । भातको गाँस हाल्दै सँगै खान बसेको छोरोलाई आत्माराम सम्झाउँदै थिए । छोरो अलि एकोहोरो स्वभावको, आफूलाई लागेपछि गरिछाड्ने खालको तर पढ्नलाई अत्यन्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अविवेकी सन्तान

~सीता अर्याल~ न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment