Tag Archives: श्यामदास वैष्णव – Shyamdas Baishnab

कविता : भगवान

~श्यामदास वैष्णव~ भोकाएका बेला भगवान् खानेकुरामा बस्दो रहेछ क्यार त्यसैतर्फ मान्छेको मन जाने। अघाएको बेला भगवान् मनोहरतामा रहँदो रहेछ क्यार त्यसैतर्फ मान्छेको तन जाने।

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : तान चलाउनु चर्खा कात्नु

~श्यामदास वैष्णव~ अरुको भरमा पर्नु हुँदैन आफ्नै भरमा ज्युनु दर्बिलो खुट्टा टेकी सबले गर्बिलो आँखा पार्नु रैतिहरुमा सिप बढ्यो भने देशको नशिव खुल्छ हिमचुलिको सुन्तले घामझै हाम्रो देश यो बन्छ तान चलाउनु चर्खा कात्नु

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : मर्न मलाइ डर लाग्छ

~श्यामदास वैष्णव~ जीर्ण-शीर्ण खंडहर झैं घर रोग र व्याधी गन्ध र फोहर भोका नांगा जनता जर्जर देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।। रुढी-बूढी अन्ध विचार

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अक्षरले जोडिएको नाता

~श्यामदास वैष्णव~ मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : व्यङ्गोद्गार

~श्यामदास वैष्णव~ ‘सत्य’ चिन्ने भए ! ‘सत्य’ चिन्ने भए यदि- ‘झूटा’ को सङ्गत गर्न थाल ! तिनले जे-जे भन्छन्- रगडेर नाक- ‘सही’ हाल ! स्वतन्त्रताको विशेषता जान्ने भए कसैको ‘चाकरी’ गर्न थाल

Posted in कविता | Tagged | Leave a comment

कविता : हुने भएको छ !

~श्यामदास वैष्णव~ जसले जे गरे पनि अहिले ‘हुने’ भएको छ । ‘गाई’लाई ‘गदाह’ र, ‘गदाह’लाई ‘पदाह’ माने पनि फरक नपर्ने भएको छ । रातलाई ‘दिन’ र दिनलाई ‘अलच्छिन’ ठाने पनि मिल्ने भएको छ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : कोयली गाउला बन गुञ्जाउला

~श्यामदास वैष्णव~ कोयली गाउला बन गुञ्जाउला हाय हाय हाय निष्ठुरीको सम्झनालाई सम्झाई मन मेरो रुवाऊला बन गुञ्जाउला गइ गइन् निठुरी बन्दै हाय हाय गइ गइन् निठुरी बन्दै ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कसले होला ?

~श्यामदास वैष्णव~ फूलहरु छरपस्ट भएको त देखियो : यत्रतत्र यिनलाई एकसूत्रमा उन्दै माला बनाउने कसले होला ? फूलबारीलाई रछ्यानतुल्य बनाउन खोज्ने अबुझहरु पनि त देखिए यिनलाई नादान ठह-याई सही सन्देश दिने कसले होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यार मण्डली

~श्यामदास वैष्णव~ व्याप्त भएझै लाग्छ अहिले जताततै नै यार मण्डली यद्यपि भन्न उचित नहोला काम नलाग्ने सञ्चार मण्डली ।। मुखले देश र जनहितको कुरा गरी टोपल्ने कामले भने देश र जनहित विपरीत लाग्ने देखिन लागेका छन् यसबेला अनेकौं अनेक अवतार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : तान चलाउनु चर्खा काट्नु

~श्यामदास वैष्णव~ अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु दर्बिलो खुट्टा टेकि सबले गर्विलो आँखा पार्नु रैतिहरूमा शीप बढ्यो भने देशको नसिब खुल्छ हिमचुलीको सुन्तल घामझै हाम्रो देश बन्छ (तान चलाउनु चर्खा काट्नु रुवो उमारी कपडा बुन्नु आफ्नै नाँच र … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : उद्घोष

~श्यामदास वैष्णव~ साहस छ भने आफूमा हरमान्छे सगरमाथाको प्रतीक बन्न सक्छ निष्ठा छ भने धरतीमाथि हर प्राणी गाथा बन्न सक्छ । आवश्यकता छ केवल सचेतनताको यहाँ होश छ भने हर व्यक्तित्व बुद्ध यहाँ बन्न सक्छ । विवेकशील छ भने हर … Continue reading

Posted in कविता | Tagged | Leave a comment